भर्खरै :

अमर यादव अब साधु भए ?

–सुरजसिंह
मङ्गलबार बिहान भएको एउटा कार्यक्रमको समाचारप्रति रौतहटवासी र रौतहटको राजनीतिबारे जानकार धेरैले जिब्रो टोके । मङ्गलबार खुमलटारस्थित प्रचण्ड निवास पुगेर तराई मधेस फोरमका नेता अमर यादवले प्रचण्डको हातबाट टीका लगाए । अमर यादव ती व्यक्ति हुन् जसले गौरको राइसमिलमा ७ चैत २०६३ मा २७ जना माओवादी कार्यकर्ताको ज्यान जाने गरी भएको तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच हिंसात्मक झडप हुँदा फोरमको वा हिंसाकारी फौजको नेतृत्व गरेका थिए । यादवमाथि हत्याको मुद्दा चलाउनुपर्ने माग रौतहटका न्यायप्रेमी जनता र माओवादी पार्टी समेतले गरिरहेको थियो तर मधेश आन्दोलनको नाममा जोगाइएको थियो । उक्त झडपमा माओवादीको नेतृत्व गरेका प्रभु साहले नै मान्नुपर्छ, तिनै अमर यादवलाई निकै जोडबल गरेर नेकपामा प्रवेश गराएको सुन्दा अझ बढी अचम्म लाग्यो । हिजोका हत्यारा यादव आज के साधु बनिसके ? शक्ति र सत्तालोभी प्रचण्ड र प्रभु शाहहरूका लागि पार्टी कार्यकर्ताको बलिदान र भावनाको कुनै मोल छैन भन्ने कुरा फेरि पनि उदाङ्गो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *