नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
सुरेन्द्रराज गोसाई
मई दिवसको सन्देश के हो ? मई दिवस मनाउनुको अर्थ के हो ? नेपाली कामदार वर्गको यतिखेरको जिम्मेवारी के हो ? व्यापक छलफल तथा थप बहसको आवश्यकता छ । नेपालको सन्दर्भमा सामन्तवादका बाँकी–बक्यौताविरुद्ध सङ्घर्ष चालू राख्दै समाजवादी गणतन्त्रको पक्षमा समाजवादी प्रचार अभियानलाई तीव्र बनाउनु मजदुर वर्गीय आन्दोलनको जिम्मेवारी हो । गणतन्त्रसँगै उदाएको नव सामन्त तथा नव सम्भ्रान्त वर्गसँग लड्न नयाँ ढङ्गमा तयारी गर्न ढिलो भइसकेको छ । कम्युनिष्टको खोल आढेर देखापरेको नव खान्दानी वर्गको अत्याचार, शोषण, ब्रह्मलुट तथा थिचोमिचोबाट जनतालाई जोगाउनु र सङ्घर्षको निम्ति तयार गर्नु आजको हाम्रो जिम्मेवारी हो ।
मजदुर आन्दोलन, कामदार वर्गको सङ्घर्ष क्षतविक्षत पार्न रातो झण्डा उचालिरहेका नक्कली कम्युनिष्ट तथा धोकेबाजहरूविरुद्ध सङ्घर्ष अगाडि बढाउन, फैलाउन र नयाँ उचाइमा पु¥याउन यतिखेर समयले आह्वान गर्दैछ । नेपाली वामपन्थी आन्दोलन तथा राजनीतिक आन्दोलनको ठूलो चुनौती र अवरोधको रूपमा अवसरवाद तथा संशोधनवाद कायम छ । त्यसको विरुद्ध हामीले दशकौँ वर्ष सङ्घर्ष गरिसकेका छौँ । अझै लामो समयसम्म सम्झौताहीन सङ्घर्ष अगाडि बढाउन र गलत विचारविरुद्ध सैद्धान्तिक सङ्घर्ष चालू राख्न आजको यो पवित्र दिनमा थप सङ्कल्प गर्न आवश्यक छ ।
नेपाली समाजको मुख्य समस्या भनेको भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजी हो । त्यही शक्तिको आडमा हुर्किरहेको दलाल पुँजीपति वर्गकै कारण देश हरेक क्षेत्रमा पछाडि परेको हो । विदेशी पुँजीका दलालहरूलाई उदाङ्ग्याउनु र तिनीहरूविरुद्धको सङ्घर्ष तेज पार्नु तथा भारतीय एकाधिकार पुँजीको चरम शोषण र भारतीय विस्तारवादको हस्तक्षेपविरुद्धको आन्दोलनलाई निरन्तरता दिनु यो देश र नेपाली जनताको हितमा हुनेछ । यस आन्दोलनमा साथ नदिने, समर्थन नजनाउने चाहे त्यो जुनसुकै शक्ति होस् व्यावहारिकरूपमा ती देशभक्त शक्ति ठहरिने छैनन् ।
उदारीकरण तथा निजीकरणको नाउँमा देशको ढुकुटी रिट्याउने, अर्थतन्त्र ध्वस्त पार्ने, भारत निर्भरता बढाउने, देशलाई कङ्गाल बनाउने शासक दलको विरोध गर्नु नेपाली मजदुर आन्दोलनको हितमा हुने निर्विवाद छ । देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचार, कमिसनखोरी र कानुनी डकैतीको निम्ति मुख्य जिम्मेवार पक्ष भनेका एमाले–माओवादी, नेपाली काङ्ग्रेस नै हुन् । प्रत्येक नेपालीलाई ३१ हजारभन्दा बढी ऋण बोकाएर विकास र समृद्धिको नारा लगाउने सरकार पाखण्ड सरकार हो । त्यस्तो सरकारको समर्थन गर्नेहरू अन्धभक्त हुन् । ती दलको पछि पछि लाग्ने र तिनका नेताको चाप्लुसीमा रमाउनेहरू पनि अवसरवादी हुन् । तिनीहरूबाट मजदुर मुक्तिको आशा गर्नु ठूलो भ्रम हुनेछ । ती परिवर्तनका शत्रु हुन् ।
हामीले बुझेका छौँ, पुँजीवादी व्यवस्थामा सरकार भनेको पुँजीपति वर्गको सञ्चालक समिति हुने गर्छ । आज व्यवहारमा अझ तीतो भोग्दैछौँ । मन्त्रीहरू तथा सरकार भनेका ठगहरूको चौघेरा तोड्न नसक्ने आधुनिक अभिमन्यूहरू सावित हँुदैछन् । दुईतिहाइको सरकार भूमि–अपराधी, बन तस्कर, सुन तस्कर, शिक्षा तथा स्वास्थ्य माफियाको संरक्षक बन्दैछ । शासक दल कालाव्यापारीको बुइँ चढेर मतको किनबेच गरी बालुवाटारमा पुग्ने गिरोह बन्दैछ । शासक दलका नेताहरू भारतीयलाई खुलमखुला नागरिकता बेचेर या सुम्पेर देशघात तथा विश्वासघात गर्ने विभीषण बन्दैछन् । आज देश द्रोहीहरू देशको वागडोर सम्हाल्दैछन् तर जनताको आन्दोलनको उभारले एकदिन तिनीहरू दण्डित हुनेछन् । तिनीहरूले हिजोका देशघातीहरूको दुर्भाग्य भोग्नु पर्नेछ । त्यसैको निम्ति सशक्त कामदार वर्गीय सङ्घर्षको तयारी आवश्यक छ ।
हाम्रो मई दिवस नयाँ आन्दोलनको तयारीको रुपमा र बलियो जगको रूपमा परिणत गर्न आवश्यक छ ।
अन्तर्राष्ट्रिय सन्दर्भमा मई दिवस मनाउनुको अर्थ साम्राज्यवादविरुद्ध निरन्तर लडिरहेका विश्वका सम्पूर्ण शक्ति र नवउपनिवेशवादविरुद्ध भिडिरहेका मुक्तिकामी जनताप्रति ऐक्यबद्धता जनाउनु हो । संरा अमेरिकी साम्राज्यवादले विभिन्न देशमाथि थोपरिरहेका युद्ध तथा हस्तक्षेपको विरोध गर्नु र स्वतन्त्रता एवम् मुक्तिको निम्ति सङ्घर्षरत देशहरूको पक्ष लिनु हाम्रो कर्तव्य हो । अफगानिस्तान, इराक, लिबिया, सिरियामाथि भएका संरा अमेरिकी बर्बर हमलाको नेपाली भूमिबाट विरोध गरी हामीले अन्तर्राष्ट्रिय कर्तव्य पूरा ग¥यौँ र गर्दैछौँ । प्रजग कोरियामाथि संरा अमेरिकी नाकाबन्दी, समाजवादी देश क्युवाविरुद्धको नाकाबन्दीको विरोध हामीले निरन्तर ग¥यौँ र गर्दै जानेछौँ । यो भूमिमा गौरवका साथ अन्तर्राष्ट्रवादको झण्डा हामीले फहरायौँ र फहराउँदै जानेछौँ ।
हालै अमेरिकाको ट्रम्प प्रशासनले क्युवा, भेनेजुयला र निकारागुवामाथि कडा कदम चाल्ने, सत्ता पल्टाउने विभिन्न कसरत फेरि तीव्र पार्ने घोषणा ग¥यो । क्युवा र भेनेजुयलाविरुद्ध नाकाबन्दी घोषणा ग¥यो । भेनेजुयलामा संरा अमेरिकाले हिजैमात्र सैनिक विद्रोहको प्रयास ग¥यो, त्यसको निम्ति फेरि जनतालाई भड्कायो । तर, त्यो प्रयास भेनेजुयाली जनताले बहादुरीपूर्वक विफल बनाए । आज मई दिवस मनाइरहँदा साम्राज्यवादको हिजोको त्यो विफलताको स्मरण गर्नु र स्वाधीनताप्रेमी तथा साम्राज्यवादविरोधी भेनेजुयाली जनताप्रति ऐक्यबद्धता जनाउनु हाम्रो कर्तव्य हो । हामीलाई विश्वास छ, संरा अमेरिकी साम्राज्यवाद सृङ्खलाबद्ध हारका साथ ल्याटिन अमेरिकाबाट भाग्न बाध्य हुनेछ । विश्वबाटै ऊ लखेटिइनेछ । त्यो दिन अब धेरै टाढा छैन ।
भेनेजुयलामाथिको हस्तक्षेप भनेको ट्रम्पको तेल स्वार्थसँग प्रत्यक्ष जोडिएको प्रसङ्ग हो । ल्याटिन अमेरिकालाई आफ्नो तखतमा राखी विश्व शक्तिको रजाइँ कायम राख्ने चालबाजी हो । उठ्दो स्वतन्त्रता आन्दोलन, बढ्दो वामपन्थी प्रभाव र साम्राज्यवादविरोधी बलियो जनभावना खत्तम पार्ने ट्रम्पको चाहना अब पूरा हुनेछैन ।
संसारमा ८ सत्र्न्दा बढी ठाउँमा सैनिक अखडा राख्ने संरा अमेरिकी साम्राज्यवाद युद्धको प्रमुख कारण हो । विना प्रमाण ऊ क्युवालाई भेनेजुयलामा सेना पठाएको दोषारोपण गर्दैछ । क्युवासँग निहुँ खोज्दैछ । क्युवालाई विश्वबाट अलग्याउने नयाँ नयाँ उपाय खोज्दैछ । तर, क्युवाली क्रान्ति र क्युवाली समाजवादको ज्वाला अब कुनै तागतले निभाउन नसक्ने साठी वर्षको इतिहासले पुष्टि गरिसकेको छ ।
यथार्थमा ठाउँ ठाउँमा भियतनाम भोगिरहेको संरा अमेरिकी साम्राज्यवाद मृत्युशै्ययामा छट्पटाइरहेको छ । अन्तिम स्वास फेर्दैछ । पुनर्जीवन पाउने आशामा विश्वमा युद्ध रच्ने काममा ट्रम्प व्यस्त छ तर विश्वका युद्धविरोधी, न्यायप्रेमी तथा शान्तिकामी जनताले त्यो सफल हुन दिनेछैनन् । अन्तिम विजय न्यायको हुनेछ ।
मई दिवसको दिन विश्व साम्राज्यवादविरुद्ध लड्दै जाने सङ्कल्प गरौँ । साम्राज्यवादविरोधी विश्वका जनताप्रतिको ऐक्यबद्धता आन्दोलन अझ तीव्र पारौँ । एक्काइसौं शताब्दीलाई समाजवादको युग बनाउने अठोटका साथ कामदार वर्गको रातो झण्डा अझ उँचो पारौँ । मई दिवसको भावना सदा कायम रहोस् ।
Leave a Reply