भर्खरै :

मजदुरहरूको राजनीति

रामसुन्दर सुवाल, काष्ठ मजदुर
‘विश्वका मजदुर एक होऔँ’ भन्ने मूल नाराका साथ भइरहेको १३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भक्तपुर सिकर्मी सङ्घको तर्फबाट नेपाल क्रान्तिकारी मजदुर सङ्घलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
१ मई १८८६ को दिन ८ घण्टा काम र ज्याला बढाउने माग राखी अमेरिकाको शिकागो सहरमा भएको मजदुर आन्दोलनमा कैयौँ मजदुर नेताहरूको बलिदानबाट आठ घण्टा कामको दिन र ज्याला बढाउने मजदुरहरूको माग पूरा भयो । मजदुरहरूको आन्दोलन र बलिदान खेर गएन । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका मजदुरहरूको एक बैठक भयो । बैठकले १ मेलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने निधो गरेको थियो ।
हामी आज देशमा भइरहेको बेथितिसँग सम्बन्धित रहेर १३० अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन यहाँ भेला भइरहेका छौँ ।
नेपालमा अधिकांश कच्चा सामानको खबत बिल वास्तविक मूल्त्र्न्दा धेरै कम मूल्यमा आउने गरेको यथार्थ यहाँहरूसमक्ष अवगतै होला । यस्तो अवस्थामा नेपालका साना–ठूला व्यवसायी कसैले पनि इमानदारीपूर्वक मूल्य अभिवद्वि कर (खबत) को हिसाब यथार्थ मिलाउन नसक्दा आफ्नो घर खेत नै बेचेर कर तिर्नुपर्ने अवस्था सृजना भएको छ । यस्तो स्थिति रहँदा रहँदै सरकारले वास्तविकता नबुझी हामी साना–तिना स्वरोजगारका रूपमा कुटिर व्यवसाय गर्दै आएका सिकर्मीहरूमाथि अनिवार्य ख्ब्त् लागू गरेकै कारण आफ्नो काम नै बन्द गरी विदेशिनुपर्ने बाध्यता छ ।
कम्युनिष्ट सरकारको पहिलो काम भनेकै काम गरी खाने बहुमत जनताको हितबारे सोच्नु हो । तर, यसको ठीक उल्टो यहाँ स्वदेशी वस्तुलाई प्रोत्साहन दिई गरिबी उकास्नुपर्ने अवस्था देखिंदैन । कुनै व्यवस्थाबिनै कमिसनको लोभमा परी विदेशी सामान धमाधम भित्र्याइदै छ । यसबाट आफ्नो देशमा उत्पादन भएको वस्तु विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थितिको सृजना भएको छ । यसबाट मजदुरहरूले पाउनुपर्ने ज्याला पनि पाउन सकेका छैनन् । राज्यबाट उठ्नै नसक्ने गरी कर लिनु र त्यसबाट दिनुपर्ने सुविधाको बारेमा सोच्दै नसोची बसेको अवस्था रहेको छ ।
नेपालमा प्रायः कच्चा सामान भारतबाटै आयात भइरहेको अवस्थामा भारत सरकार र त्यहाँको कच्चा सामान कम्पनीहरूले आफ्ना मजदुरहरूलाई ती कच्चा सामानबारे पूरा तालिमको व्यवस्था गरी कामबारे निपुण बनाउने गर्दछन् तर नेपालमा नेपाली मजदुरहरूलाई त्यस्ता आयात भएका सामानबारे तालिमको कुनै व्यवस्था नभएकोले ती भारतीय मजदुरहरूसँग प्रतिस्पर्धा गर्न पनि मुस्किल भइरहेको छ । भारतीय मजदुरहरू निर्वाधरूपमा नेपालमा काम गर्नसक्ने व्यवस्थाका कारण नेपाली मजदुरहरू विदेश पलायन हुने स्थिति सृजना भएको छ । आज छिमेकी देशहरू २१ औँ शताब्दीलाई वैज्ञानिक युगको रूपमा रूपान्तरण गर्दैछन् तर हाम्रो देश सत्तासीन दलका नेताहरूको अकर्मण्यताको कारण विदेशी देशहरूको दासको रूपमा परिणत हुँदैछन् । यदि नेपाली जनता विशेष गरेर काम गरी खाने बहुमत श्रमजीवी जनताले आफ्नो मातृभूमि र आफ्नै देशको राजनीतिक अवस्थाबारे ज्ञान र चासो नलिने हो भने शासक दलहरूले स्यालझैँ ¥याल चुहाई झन् झन् दुःख दिइरहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *