नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
सृजना सैंजू ,नेमकिपा वैकल्पिक केन्द्रीय सदस्य
१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अन्तर्राष्ट्रिय जगतमा कामदार जनता उत्साह र उल्लासका साथ मनाउँदै छन् । श्रमिकमाथि हुने शोषण र अत्याचारविरुद्धको सङ्घर्षहरूको सिलसिला, आन्दोलनको एउटा सृङ्खलाको रुपमा हामी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै छौँ । सम्पूर्ण कामगरी खाने जनतामा सङ्घर्षशील अभिवादनका साथ शुभकामना व्यक्त गर्दछु ।
विगतमा विश्वका कुनाकाप्चामा उठेका मजदुर आवाज, जनताले जितेका समाजवादी आन्दोलनहरूबाट २१ औँ शताब्दीका श्रमिकहरू सिक्दैछन्, सङ्घर्षमा जुट्दैछन् । इतिहासबाट सिक्दै श्रमिक वर्ग आप्mनो राजनीतिक तथा आर्थिक अधिकार र हकहितको निम्ति लड्दै छ । श्रमको कदर हुने समाज निर्माणका निम्ति, श्रमिकको सम्मान गर्ने व्यवस्थाका लागि हाम्रो सङ्घर्ष जारी छ ।
जीवनलाई हत्केलामा राखेर एक छाक रोटीको लागि रगत पसिना बगाउने कोइला खानीका मजदुरहरू, पेट्रोलियम खानी, विभिन्न कारखाना र खानीका श्रमिकहरू, दिनको १८÷२० घण्टा काम गर्नुपर्ने तर पारिश्रमिक नपाएका मजदुरहरू, उच्चतम र न्यूनतम तापक्रममा पनि काम गर्न बाध्य श्रमिकहरू, मालिकका सिक्रीले बाँधिएका मजदुरहरूको हिजोको अवस्थामा केही परिवर्तन आए पनि शोषणका रुपहरू फेरिए पनि शोषण उस्तै छ ।
मानव समाजको विकास सँगसँगै कामदार वर्गमाथि हुने शोषणका रुपहरूमात्रै बदलिएको छ । दास युग, सामन्तवादी युगविरुद्ध उठेको वर्ग नै पुँजीवादी व्यवस्थाविरुद्ध पनि लड्छन् । पुँजीवादको विकाससँगै निजी कलकारखाना र व्यक्तिगत सम्पत्तिको पनि विकास हुन्छ । मुट्ठीभर पुँजीपतिहरूको हातमा राज्यसत्ताको बागडोर पुग्छ । पुँजीवादले नाफातन्त्रको विकास गर्छ । नाफातन्त्रको विकासले पुँजीवादलाई बलियो बनाउँछ ।
श्रमिकले गरेको मेहनत चुसेर पुँजीपतिहरू मोटाउँछन् । श्रमिकले पाउनुपर्ने ज्याला घटाएर, श्रमसमय बढाएर, महिला श्रम शोषण गरेर र केटाकेटीको अन्यायपूर्ण प्रयोग गरेर पुँजीपतिहरू मोटाउँछन् ।
सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सले भन्नुभएको छ, “पुँजीपतिहरू अरु त अरु नाफाका निमित्त आफैलाई झुण्ड्याउन पनि पछि पर्दैनन् ।”
भ्रष्टाचार, कमिसनको चलखेल, ठगी, बेइमानी र आपराधिक गतिविधिमा संलग्न पुँजीपतिहरूको अखडा बन्छ पुँजीवादी राज्य व्यवस्था । पुँजीवादी व्यवस्था भ्रष्टाचारी र लुटेराहरूको व्यवस्था साबित हुन्छ ।
वाइडबडीको ४ अर्ब, ६२÷६३ पछिका सरकारहरूले आफन्तलाई बाँडेको ४ अर्ब, ल्अभिि को ७४ अर्ब, ल्त्ऋ को द्धन् मा भएको घोटाला १५ अर्ब पुँजीवादी व्यवस्थाका मालिकहरूले आफ्नो खल्तीमा पु¥याउन हदैसम्मको आपराधिक गतिविधि गर्न पछि नहटेको हामी देख्दैछौँ । बालुवाटारको जग्गा, खुला मञ्चको जग्गा पनि आफ्नो बनाउनका निम्ति लागिपरेका नयाँ शोषकहरूविरुद्ध कामदार वर्गीय आन्दोलनको सिलसिलाको रुपमा मजदुर दिवस मनाउँदै छौँ ।
पुँजीवादी देशहरूमा हरेक दस दस वर्षमा आर्थिक सङ्कट आउँछ भन्नुभएको छ माक्र्सले । आम्दानीमा कमी, बेरोजगारी, उपभोग क्षमता हिनता र चर्को मुद्रास्फीतिको अर्को नाम आर्थिक मन्दी हो । यो अवस्थामा उपभोग क्षमता नभएपछि माग घट्छ । कारखानामा उत्पादन घट्छ र मजदुरहरू कामबाट निकालिन्छन् । मोलमोलाइको माध्यमबाट मजदुरहरू दिनको २४ घण्टासम्म पनि काम गर्न बाध्य हुन्छन् । काम गर्दा गर्दै प्राण त्याग्छन् । यो अवस्थाको सृजना पुँजीवादी व्यवस्थाले गर्छ ।
मजदुर दिवस पुँजीवादी व्यवस्थाविरुद्धको सङ्घर्षको अर्को नाम हो । हाम्रो आन्दोलन उत्पादनका मुख्य–मुख्य साधनहरू सामाजिकीकरण गराउने मुद्दामा केन्द्रित गर्न जरुरी छ । निजीकरणको विरुद्धमा चर्को आवाजको आवश्यकता छ ।
१५ औँ पञ्चवर्षीय योजनाले ५५.५ ड लगानी निजी क्षेत्रका निम्ति खुला गर्ने प्रस्ताव पारित भइसकेको छ । यसले शोषणयुक्त समाज विकास गर्नेमा कुनै सन्देह छैन ।
वर्तमान सरकार विदेशी लगानीको नाउँमा शोषकहरूलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्दैछ । गरिब देशहरू, आफ्नै क्षमता नभएका देशहरू विदेशी लगानीकै कारण कङ्गाल भएको इतिहास छ । निजी क्षेत्रमाथिको निर्भरता र विदेशी पुँजीले समृद्धि आउँदैन । देशको ब्रह्मट भने जरुर हुन्छ । ल्अभिि ले १ करोड २० लाख लगानी गरी केही वर्षमै खरबौँ कमायो । ७४ अर्ब कर नेकपाले १० अर्ब चन्दासँग साटेको घटना ताजै छ । विदेशी लगानीले बहुसङ्ख्यक जनताको जीवनमा परिवर्तन ल्याउँदैन । संरा अमेरिकी साम्राज्यवाद लगानीको माध्यमबाट नेपालमा आप्mनो झण्डा गाड्न खोज्दैछ । नेपालको आत्मनिर्भरता र विकासका लागि नेपालमा उत्पादन अर्थतन्त्रको विकासका लागि चीन, सोभियत सङ्घलगायतका देशहरूले हिजो थुप्रै कलकारखानाहरू निर्माण गरिदिएका थिए । भृकुटी कागज कारखाना चीन सरकारको सहयोगमा स्थापना भएको थियो । एसियामै राम्रो कागज उत्पादन सुरु भएको थियो । जनताले सस्तोमा पुस्तक कापी उपभोग गर्न थालेका थिए । विडम्बना ! सो कारखाना बेचियो, कौडीको मूल्यमा । आज देश कागजमा भारतनिर्भर छ । बाँसबारी छाला जुत्ता कारखाना, वीरगञ्च कृषिऔजार कारखानाका दुर्भाग्यपूर्ण कथा पनि धेरै थोरै उस्तै छ ।
ती कारखानाहरू पुनःसञ्चालनमा सरकारको ध्यान छैन । ती कारखानाले उत्पादन मात्र होइन देशको आर्थिक विकासमा सहयोग पु¥याएका थिए । स्वदेशमै रोजगारी सृजना हुँदै थियो । तर, आर्थिक ठगी कर्ममा रमाउने अकर्मण्य शासक दलका कारण आज देश परिनिर्भर र एक किसिमले आर्थिक उपनिवेशको रूपमा छ ।
काङ्ग्रेसले अघि सारेको श्रम ऐनले नेपालीलाई खाडी मुलुक पठायो । नेकपा त्यही पदचाप पछ्र्याउँदै छ । ७० लाख युवाहरू विदेशमा रगत पसिना बगाउँदै छन् । बौद्धिक पलायन दिनप्रतिदिन बढ्दो छ । बाल श्रम पछिल्लो ५ वर्षमा ५०० ड ले भारतमा निर्यात भएको तथ्याङ्क छ ।
वैदेशिक रोजगारी नै समृद्धि भित्याउने मूल द्वार भनिरहेका छन् श्रममन्त्री । विभिन्न खाडी मुलुकसँग श्रमशक्तिको लेनदेन या मोलमोलाइ गर्दैछन् । सामाजिक सुरक्षा कोषको नाममा ६५ प्रतिशत किसानहरूलाई सम्बोधन नगर्ने नीति बोकेर नयाँ युग यही हो भनिरहेको छ यो सरकार । वैदेशिक रोजगारीसँग जोडिएको मानव बेचबिखन तथा ओसारपसार जारी छ । खाडीमा पुगेका नेपाली चेलीको फर्कन नपाउने पीडादायी कथा टुङ्गिएको छैन । सरकारले उत्पादनका प्रमुख साधन सामाजिकीकरण गरी स्वदेशमै रोजगारी दिन नसकेकै कारण त्रिभुवन विमानस्थलमा लामबद्ध हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै छ । त्यो सँगै दैनिक बाकसमा करिब चारवटा लास पनि भित्रिरहेका छन् । कोही अपाङ्ग, कोही दीर्घरोगी र विकलाङ्ग भई फर्केका छन् । विदेशमा नेपालीहरूलाई आधुनिक दासको रुपमा बेच्ने सरकारको नीतिविरुद्ध निरन्तर सङ्घर्ष आवश्यक छ ।
भारतीय एकाधिकार पुँजीको घोडा साबित भएको यो सरकारको नेतृत्वमा सङ्घीयता बाँदरको हातमा नरिवल बन्दैछ ।
उत्पादन श्रमसँग जोडिएको शिक्षाले नै शारीरिक श्रम र बौद्धिक श्रमबीचको भेद हटाउन मद्दत गर्ने हुँदा त्यसको पक्षमा पनि मजदुर आवाज आवश्यक छ ।
देशलाई दलाल पुँजीवादी देशमा परिणत गरिंदै छ । कारखाना स्थापना र सञ्चालन नगरी उत्पादनमात्र रोकेको छैन बरु उत्पादन आयात तथा श्रमशक्ति निर्यातसमेत गरिरहेको छ । त्यतिमात्र होइन मजदुर आन्दोलन उठ्न नदिन अनेक छल गर्दैछन् ।
तसर्थ वर्तमान पुँजीवादी व्यवस्थाका तमाम जनविरोधी नीति तथा कदमविरुद्ध नयाँ सङ्घर्ष थाल्न एकजुट भई उठौं भन्ने आह्वानका साथ बिदा हुन्छु ।
(१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिको आयोजनामा बुधबार आयोजित जनसभामा व्यक्त मन्तव्य)
Leave a Reply