भर्खरै :

5G प्रविधिको विकास र विस्तारमा संरा अमेरिकाको अवरोध

इ. रवीन्द्र फोजू
हुवावेले संरा अमेरिकाको टी– मोबाइलको प्रविधि चोरी गरेको, इरानसँग व्यवसाय सञ्चालन गर्न ग्लोबल बैङ्कलाई गलत विवरण दिएको, अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको, अमेरिकाविरुद्ध जासुसी गरेको आरोपमा गत १ डिसेम्बर २०१८ का दिन चिनियाँ दूरसञ्चार कम्पनीका प्रमुख बित्तीय अधिकृत मेड वाङझाउलाई क्यानाडाले अमेरिकाको आग्रहमा भ्यानकुभर अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ ग¥यो । हाल क्यानाडामा रहेकी मेङलाई सुप्रिम कोर्ट अफ ब्रिटिस कोलम्बियाले भ्यानकुभरमै रहने सर्तमा जमानतमा रिहा गरेको छ । क्यानाडाले मेङलाई संरा अमेरिका सुपुर्दगी गर्नेबारे मुद्दा चलाउने निर्णय गरे तापनि अदालतबाट हालसम्म फैसला हुन भने सकेको छैन ।
यता हुवावे र चीनले आरोप निराधार भएको निरन्तर प्रतिवाद गर्दै मेङको गिरफ्तारी राजनैतिक प्रतिशोध भएको बताउँदै आएका छन् । मेङ पक्राउपछि चीनले पनि राष्ट्रिय सुरक्षामा खलल पु¥याएको आरोपमा दुई क्यानाडेली पूर्व कूटनीतिज्ञ माइकल कोभरिग र व्यवसायी माइकल स्पाभोरलाई पक्राउ गरेको छ । मेङको मुद्दाले हाल चीन र क्यानाडाबीच कूटनीतिक तनाव उत्पन्न भएको छ ।
अमेरिकाले राष्ट्रिय सुरक्षा देखाउँदै सञ्चार जगतमा जासुसी गरी संवेदनशील आधारभूत संरचनामा पहुँच पु¥याउन सक्ने भन्दै हुवावेको उपकरण र सामग्री खरीदमा प्रतिबन्ध लगाएको छ भने आफू निकटका अन्य देशहरूलाई हुवावे, जेटीईलगायतका चिनियाँ दूरसञ्चार कम्पनीहरूका दूरसञ्चार पूर्वाधार र पाँचौं पुस्ताको प्रविधि (छन्) प्रयोग नगर्न दबाब दिइरहेको छ । अमेरिकी उप–राष्ट्रपति माइक पेन्स (ःष्पभ एभलअभ) ले म्युनिख सुरक्षा सम्मेलन– २०१९ मा हुवावेलाई इङ्गित गर्दै आफ्नो देशको राष्ट्रिय सुरक्षा संयन्त्रलाई असर गर्ने कुनै पनि कम्पनीबाट अमेरिका सचेत रहेको र त्यस्ता कम्पनीहरूको प्रविधि अमेरिकाका लागि स्वीकार्य नभएको अभिव्यक्ति दिएका थिए । त्यसैगरी अमेरिकी विदेशमन्त्री पोम्पिओले आफू नजिकका युरोपेली देशहरूलाई संवेदनशील आधारभूत पूर्वाधारहरूमा हुवावेको प्रविधि प्रयोग भएको भेटिएमा आफ्नो देशको प्रविधि सुरक्षा सूचना आदानप्रदान संयन्त्रबाट स्वतः अलग्ग पारिने चेतावनी दिएका थिए । तर, अमेरिकाले हालसम्म पनि चिनियाँ दूरसञ्चार सेवा प्रदायक कम्पनी हुवावेका कस्ता उपकरण र पूर्वाधारहरूले अमेरिकाको गोप्य र अति संवेदनशील सूचनाहरू सङ्कलन गरी चीन सरकारलाई उपलब्ध गराएको घटनाहरू सार्वजनिक गर्न सकेको छैन ।
के हो त फाइभ जी (5G) ?
फाइभ जी नेटवर्क पाँचौं पुस्ताको अत्याधुनिक दूरसञ्चार अर्थात् मोबाइल प्रविधि हो । यो गति (Speed), क्षमता (Capacity), कभरेज एरिया (Coverage) र साइवर सुरक्षाको दृष्टिकोणले तेस्रो पुस्ता (3G) र चौथो पुस्ता (4G) भन्दा उत्कृष्ट र उच्चतम प्रविधि मानिन्छ ।3G को गति प्रतिसेकेन्ड 384 किलो विट्स, 4G को प्रति सेकेन्ड 100 मेगा विट्स हुँदा 5G को गति प्रतिसेकेन्ड 10 गिगा विट्स हुन्छ अर्थात् हामीलाई 3G प्रविधिबाट HD (High density) quality को एउटा फिल्म डाउनलोड गर्न 26 घण्टा, 4G बाट 6 मिनेट लाग्छ भने 5G प्रविधिमा 3.6 सेकेन्डमात्र लाग्छ । त्यसैगरी एक अर्को मोबाइल फोनबीच सञ्चार सम्बन्ध स्थापित हुन 3G मा 150 मिलिसेकेन्ड, 4G मा 90 मिलिसेकेन्ड लाग्छ भने 5G को हकमा जम्मा 1 मिलिसेकेन्डमात्र हुनेछ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (International Telecommunication Union) को IMT–2020 5G  प्रविधिसम्बन्धी विश्वव्यापी स्तरअनुसार 5G प्रविधिको प्रयोगले एक वर्ग किमिमा लाखौं उपकरणहरू सहजतापूर्वक जोड्न सकिन्छ, जुन 4G को हकमा २ हजारसम्म हुने गर्दछ । विशाल र अधिक उपकरणहरू जोड्न सक्ने क्षमता, उच्च गति र दुई उपकरणबीच सम्पर्क स्थापित गर्न अति थोरैमात्र विलम्ब हुने भएका कारण कलकारखाना र उद्योगहरूमा मेसिन र मेसिनबीच सूचना तथा सञ्चार स्थापित गर्न, स्वास्थ्य क्षेत्रमा टेलि सर्जरी (त्भभि कगचनभचथ), शिक्षा क्षेत्रमा दूर शिक्षा (त्भभि(भमगअबतष्यल), स्वचालित कार (क्भाि मचष्खष्लन अबच) र स्मार्ट सिटीहरूमा क्ष्लतभचलभत या त्जष्लन को लागि अत्यधिक प्रयोग हुनेछ ।
हुवावेलाई किन अवरोध गर्न खोज्दैछ अमेरिका ?
चौथो पुस्ताको मोबाइल प्रविधिमा आफ्नो वर्चश्व कायम गर्न सफल अमेरिकाका सांसदहरू, सूचना अधिकृतहरू र जनरलहरूले आफ्नो देश पाँचौं पुस्ताको प्रविधि विकास चीनभन्दा खतरनाक ढङ्गले धेरै पछाडि परेको चेतावनी दिदै आएका छन् । अमेरिकी पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जनरल जेन्स जन्सि लेख्छन्, यदि २१ औं शताब्दीको डिजिटल पूर्वाधार चीनको नियन्त्रणमा रहे अमेरिका र अमेरिका निकट देशहरूको राष्ट्रिय सुरक्षा, व्यापारीक क्षेत्र चीनको इच्छाअनुसार चल्न बाध्य हुनेछ । आफ्नो शक्तिशाली आधिपत्यलाई तोड्ने देखेर अमेरिकाको तारो बनेको छ हुवावे । त्यसैकारण ऊ हुवावेको अधिकारीलाई पक्राउ गर्न, आफ्नो देश र अन्य आफ्ना सहयोगी देशमा हुवावेको उपकरण र पूर्वाधारलाई प्रवेश गर्न नदिने र त्यसप्रति अविश्वास पैदा गर्न उद्यत छ ।
एक सय सत्तरीभन्दा देशको दूरसञ्चार सेवा विस्तारका लागि करीब पाँच सत्न्दा बढी सेवा प्रदायकहरूसँग सहकार्य गर्दै आएको हुवावे विश्व बजारमा दूरसञ्चार उपकरण उपलब्ध गराउने सबभन्दा ठूलो कम्पनी हो । यस कम्पनीमा करीब एक लाख अठासी हजारभन्दा बढी कर्मचारीहरू रहेका छन् । जसमध्ये करीब असी हजार कर्मचारीहरू अनुसन्धान र विकास कार्यमा मात्र संलग्न रहेको बताइन्छ । यस कम्पनीले वार्षिक १५ देखि २० विलियन डलर (बीस अरब) सम्म अध्ययन, अनुसन्धान र विकासमा खर्चिने गरेको छ । यो कम्पनी सामसुङपछि दोस्रो ठूलो मोबाइल फोन निर्माता पनि हो । फेडरेसन कम्युनिकेसन कमिसनका अनुसार हुवावेको चीन बाहिरबाट मात्र आफ्नो कुल सङ्कलित राजस्वको करीब साठी प्रतिशत राजस्व सङ्कलन गर्ने गर्छ ।
चाइना डेलिका अनुसार 5G प्रविधि निर्माणका लागि चीनले २०२०–२०२५ भित्रमा नौ सय विलियन युयान (१३४ विलियन डलर) देखि १(५ ट्रिलियन युयान (२२४ विलियन डलर) खर्चिने प्रक्षेपण चाइना एकेडेमी इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीले प्रकाशित आलेखमा उल्लेख गरेको बताइएको छ । ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन एशोसियसन (GSMA) को रिपोर्टअनुसार सन् २०२५ भित्र 5G प्रविधिको सबभन्दा ठूलो बजार चीन रहनेछ । सन् २०२५ भित्र चीनमा छन् को प्रयोगकर्ता छयालीस करोड (460 million) रहने प्रक्षेपण गरेको छ । जून युरोप (२० करोड ५ लाख) र अमेरिका (१८ करोड ७ लाख) हरूको योगभन्दा पनि बढी हो । आइप्लेटिक्स (Iplytics) का अनुसार छन् सम्बन्धी पेटेन्ट (Patents) मा पनि चीनको हुवावेको पेटेन्ट सङ्ख्या (११,४२३), हिसिलिकन (७२४८), जेटीई (३,७३८), CATT ( २,३१६) अन्य मुलुकहरूको दूरसञ्चार सेवा प्रदायकको भन्दा उच्च रहेको छ । अमेरिकी कम्पनी क्वालकम (४,४९३) यस मामिलामा धेरै नै पछाडि परेको तथ्याङ्क छ । संसारका उत्कृष्ट बीस प्रविधि कम्पनीमध्ये सन् २०१८ मा नौ कम्पनी चिनियाँ हुनु, चिनियाँ प्रविधि कम्पनीहरूले अध्ययन, अनुसन्धान र विकासका लागि अधिक रकम खर्चिनु सन् २०३० भित्र कृत्रिम बौद्धिकतामा चीन संसारको ठूलो नेतृत्वकर्ता हुने प्रक्षेपणका कारण सूचना, सञ्चार र प्रविधिमा चीनभन्दा पछि पर्ने सम्भावनाबाट त्रसित अमेरिका विभिन्न बहानामा हुवावेका उपकरणहरू आफ्नो देशमा पूर्णतः बन्द गर्न बाध्य छ ।
सम्भावित परिणाम !
२१ औँ शताब्दीको अर्थतन्त्रमा 5G प्रविधि केन्द्रीय स्नायुु प्रणाली बन्ने सम्भावना बढ्दो छ । यदि चीनको हुवावे कम्पनी बढ्दो गतिमा उदाए भविष्यमा राजनैतिक, आर्थिक र प्रविधिको केन्द्र अमेरिकाको वासिङटन नभई चीनको पेइचिङ्ग बन्ने छ । त्यसैले 5G पुस्ताको प्रविधिका अध्येता एवम् स्वीडिस इन्स्टिच्युट अफ इन्टरनेसनल अफेर (Swedish Institute of International Affair) का टिम रुहलिगका ( Tim Ruhlig) का अनुसार पाँचौं पुस्ताको प्रविधि अमेरिका र चीनबीचको भू–राजनीतिको युद्ध भूमिमा परिणत हुँदैछ ।
सीसीएस इनसाइत (CCS Insight) का प्रमुख कार्यकारी अधिकृत शाउन कोलिन्स (Shaun Collins) का अनुसार अमेरिकी बजारमा हुवावेको प्रतिबन्धले केही असर नगर्ने र त्यसको विकल्पमा नोकिया, इरिक्सन र सामसुङले आवश्यकता परिपूर्ति हुने दाबी गरिरहँदा डेल्टा पार्टनस्का विनोद नकैकाअनुसार अमेरिकामा हुवावेको बन्देजले 5G नेटवर्कको गतिको गुणस्तरमा ठूलो प्रभाव पर्ने बताउनुहुन्छ ।
अमेरिकाको चिनियाँ प्रविधिमाथिको प्रतिबन्ध र अवरोधको कारण विशेषतः युरोपेली देशहरू र अमेरिका निकट देशहरू अप्ठेरो स्थितिमा छन् । एकातिर आफू निकट देशहरूले हुवावेको 5G को मोबाइल प्रविधि प्रयोग गरे आफ्नो सुरक्षा र सूचना सयन्त्रबाट स्वतः वञ्चित गराउने अमेरिकाको चेतावनी, अर्कोतर्फ 3G प्रविधिदेखि नै हुवावेसँग साझेदारीमा रहेको र हाल सम्झौता र साझेदारीबाट बाहिरिनु परे निकै खर्चिलो सावित हुने र छन् प्रविधि भित्राउन ढिलाइ हुने सम्भावनाको चेपुवामा फसेको छ ।
पाँचौं पुस्ताको प्रविधिको प्रतिस्पर्धामा बन्देज लगाउँदा युरोपमा छन् को प्रयोगमा अन्य क्षेत्रभन्दा बढी असर पर्नेछ । 5G को प्रविधिमा प्रतिस्पर्धी कम्पनीहरू फिनल्याण्डको दूरसञ्चार कम्पनी नोकिया, स्वीडेनको इरिक्सन र दक्षिण कोरियाको सामसुङले हुवावेलाई रोक लगाइएमा बजारमा केन्द्रित हुनुपर्दा 5G को प्रयोगमा ढिलाइ हुनुको साथसाथै उपकरण खरिदमा लाग्ने खर्च पनि बढ्नेछ ।
त्यसैगरी केही एसियाली देशहरूमा पनि हुवावेको अभाव खड्किने छ । मूल्य तथा प्रविधिको हिसाबमा नोकिया, इरिक्सन र सामसुङले हुवावेसँग प्रतिस्पर्धा गर्नसक्दैनन् । 5G को प्रविधिका मामिलामा यी कम्पनीहरू धेरै पछाडि छन् र उपकरणहरू पनि हुवावेको तुलनामा धेरै महँगा छन् ।
अमेरिकाको तीव्र दबाब भए पनि बेलायत र जर्मनीलगायत उसका निकट देशहरू छन् प्रविधिमाथि प्रतिबन्ध लगाउन तयार देखिँदैन । हुवावेले हालैमात्र छन् प्रविधिको पूर्वाधार निर्माणका लागि संसारका ३० कम्पनीहरूसँग सम्झौता गरेको छ । संसारभर नै हुवावेको 5G प्रविधिमा प्रतिबन्ध लागे प्रतिस्पर्धामा कमी आउने र पूर्वाधार र उपकरणको मूल्य स्वतः वृद्धि हुनुको साथै उच्च गतिको प्रविधिको प्रवेशमा ढिलाइ हुने निश्चित छ ।
लेखक इन्जिनियर समाज नेपालका अध्यक्ष हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *