अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
संरा अमेरिकी युद्धपिपासु राजनीतिक नेतृत्वका कारण संसारले अझै पनि अशान्ति र विध्वंसबाट त्राण पाउन सकेको छैन । संरा अमेरिकाले मध्यपूर्वी देश इरानमाथि लगाएको नाकाबन्दी अझै पेचिलो बनाएको छ । यही साता युद्धकविमान उडाउने क्षमता भएको अब्राहम लिङ्कन युद्धपोत र केही विशेष बमबारी गर्ने क्षमता भएको सैनिक टोली भूमध्यसागरतिर संरा अमेरिकाले तैनाथ गरेको छ । त्यसअघि मे २ देखि लागू हुने गरी संरा अमेरिकाले इरानको तेल खरिद गरिरहेका देशहरूलाई इरानी तेल खरिद बन्द गर्न अथवा संरा अमेरिकी नाकाबन्दी सामना गर्न चेतावनी दिएको छ । संरा अमेरिकाले एकातिर इरानी सिमाना छेउ युद्धपोत तैनाथ गर्नु र अर्कोतिर इरानसँग व्यापार गरिरहेका देशलाई पनि यसप्रकारको चेतावनी जारी गरेपछि मध्यपूर्वमा फेरि पनि युद्धको नगरा बज्ने सम्भावना बढेको छ ।
इरानले गैरसैनिक प्रयोजनको लागि युरेनियम उत्पादन आफ्नो अधिकार दाबी गर्दै आएको छ । संरा अमेरिकाले जसरी ऊर्जाको लागि आणविक भट्टीहरू बनाएको छ, इरानले पनि आफ्नो देशको ऊर्जा पूर्ति गर्न युुरेनियम उत्पादन गर्न पाउनुपर्ने उसको दाबी हो । तर, संरा अमेरिकाले त्यसैलाई बहाना बनाएर इरानमाथि लगातार राजनीतिक र कूटनीतिक दबाब दिने गर्दै आएको छ । इरानले संरा अमेरिकाको कडा नाकाबन्दी लगातार सामना गर्दै आएको छ ।
सन् २०१५ मा इरानको आणविक मामिलासँग जोडिएका विभिन्न देशहरूबीच एउटा सम्झौता भएको थियो । संरा अमेरिकाले पनि त्यो सम्झौतामा हस्ताक्षर गरेको थियो । तर, सन् २०१८ मा संरा अमेरिकाले इरान आणविक सम्झौताबाट हात झिक्यो र इरानमाथि पुरानै आक्रामक व्यवहार गर्दै आएको छ । सन् २०१५ मा भएको इरान आणविक सम्झौतामा इरानलाई आफ्नो आन्तरिक गैरसैनिक प्रयोजनको लागि युरेनियम उत्पादन गर्ने छुट दिएको थियो । संरा अमेरिकाले सो सम्झौताबाट हात झिकेपछि युरेनियम उत्पादनमा पनि प्रमुख अत्तो थपेर हमलाको निहुँ बनाइरहेको छ ।
इरानमाथिको हमलाको दुष्प्रभाव इरानी सिमानाभित्र मात्र सीमित रहनेछैन । मध्यपूर्वको सिमाना नाघेर यो युद्ध विश्वका धेरै स्थानमा विस्तार हुनेछ । संसारमा संरा अमेरिकी बेढ·ी राजनीतिक नेतृत्वप्रति वितृष्णा तीव्ररूपमा बढिरहेको छ । इरानमाथि कदाचित हमला भए संसारले संरा अमेरिकी साम्राज्यवादलाई सबक सिकाउनेछ । इरानी नेतृत्व र जनताले आफ्नो देशलाई अर्को इराक र लिबिया बन्न दिनेछैन । सन् १९७९ मा भएको इरानी क्रान्तिको साम्राज्यवादविरोधी गौरवपूर्ण विरासत इरानी नेतृत्व, सेना र जनता आज पनि कायम नै छ ।
इरानको तेल संसारमा पठाउन बन्द गरेको अवस्थामा इरानी अर्थतन्त्रमाथि प्रभावित हुने होइन । इरानी तेलमा निर्भर संसारका धेरै देशहरूको अर्थतन्त्रमा यसको नकारात्मक प्रभाव पार्नेछ । नेपालको अर्थतन्त्र पनि यसबाट प्रत्यक्षरूपमा प्रभावित बन्नेछ । यस्तो परिस्थितिले संसारमा संरा अमेरिकी साम्राज्यवाद अझै बदनाम हुनेछ । संरा अमेरिकी नाकाबन्दीका कारण इरानी जनतामात्र मारमा पर्नेछैनन् । बरू संसारका धेरै जनता यसबाट प्रभावित बन्नेछन् ।
इरानमाथि नाकाबन्दी पेचिलो बन्दै गएसँगै इरान सरकारले संरा अमेरिकी सरकारविरूद्ध आफूजस्तै गरी लडिरहेका देशसँग ऐक्यबद्धताको लागि हात फैलाएको छ । संरा अमेरिकाको हस्तक्षेपका कारण राजनीतिक अस्थिरता सामना गरिरहेको भेनेजुयलालाई इरान सरकारले समर्थन गरेको छ । साथै भेनेजुयलाले इरानी मुद्दामा पनि सहयोग गरिरहेको छ । रूस र चीनजस्ता शक्ति देशहरूले पनि इरान र भेनेजुयलामाथिको नाकाबन्दी र दमनको विरोध गर्दै अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकी प्रभुत्ववादलाई चुनौती दिएका छन् ।
Leave a Reply