भर्खरै :

बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सम्मेलन हुने

–ल्यु काययु
आगामी मे महिनामा चीनको राजधानी बेइजिङमा वेल्ट एण्ड रोडसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय सम्मेलनलाई अन्तर्राष्ट्रिय सहकार्यको लागि बेल्ट एण्ड रोड फोरम नाम दिइएको छ । सो सम्मलेनले बेल्ट एण्ड रोड पहलकदमीलाई थप अन्तर्राष्ट्रियकरण र संस्थागत गर्ने विश्वास चिनियाँ विज्ञहरुले लिएका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलनमा बीसभन्दा देशका नेताहरु सहभागी बन्ने निश्चित भइसकेको चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता ह्वा छुङयिङले जानकारी दिए ।

‘सम्मेलनमा संरा अमेरिकालाई पनि आमन्त्रण गरिएको छ । तर आफूलाई संसारको नेता मान्ने उसको सोचका कारण चीनले लिएको पहलकदमीको समर्थक बन्न गाह«ो मानिरहेकाले सहभागिता जनाउने सम्भावना कम मात्र छ ।’

‘यो पटकको सम्मेलन सन् २०१६ मा चीनले सोही विषयमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनभन्दा बृहत् हुने आशा गरिएको छ । त्यत्तिबेला सम्मेलनमा २० देशका प्रतिनिधिहरुको सहभागिता थियो । …यो पटकको सम्मेलनले चीनको पहलकदमीलाई संस्थागत रुप दिनेछ जसले बहुपक्षीय सहकार्यको लागि विश्वव्यापी आर्थिक नीति प्रदान गर्नेछ ।’,रेनमिन विश्वविद्यालयअन्तर्गत विश्व प्रशासन अध्ययन केन्द्रका निर्देशक पाङ झोङयिङले भने ।
बेल्ट एण्ड रोड पहलकदमी भन्नाले सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रस्ताव राखेको रेशममार्ग आर्थिक क्षेत्र र २१ औं शताब्दीको सामुद्रिक रेशममार्ग प्रस्ताव हो । चीनको सिन्ह्वा समाचार संस्थाअनुसार चीनको यो पहलअन्तर्गत आपसी हितको सहकार्य प्रबद्र्धन गर्न भूमि र समुद्री बाटोमार्फत देश–देशबीचलाई जोड्नेछ ।
आगामी मे १४ र १५ मा हुने सो सम्मेलनअन्तर्गत २५ जना विदेशी नेताहरु र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने १२ सय चिनियाँ तथा विदेशी प्रतिनिधिहरुबीच गोलमेच तथा उच्च स्तरीय बैठक हुने बताइएको छ । कनेक्टिभिटीका नीति, पूर्वाधार, व्यापार, वित्त र जनतालगायतका मुद्दाहरुमा ६ वटा प्यानल छलफल चलाइने कार्यक्रम तय भएको विदेश मन्त्रालयका प्रवक्ताले बताए ।
‘संरक्षणवाद र एकपक्षीयताको विचार फस्टाइरहेको बेला बेल्ट एण्ड रोड पहलकदमी आर्थिक विश्वव्यापीकरण पुनःसन्तुलन गर्न मद्दत गर्ने यो साझा मुद्दा बनेको छ । यो विश्वव्यापी रुपमै सर्वहितकारी र समावेशी हुनेछ आशा गर्न सकिन्छ ।’,कार्यक्रमबारे जानकारी दिने क्रममा विदेश मन्त्रालयका प्रवक्ताले बताए ।
‘पूर्वाधार, प्रविधि र प्रतिभाको बलमा चीनले बेल्ट एण्ड रोड पहलकदमीमार्फत विश्वव्यापीकरणमा टेवा पु¥याउन सक्दछ ।’, सांघाई सामाजिक विज्ञान प्रतिष्ठानका उपाध्यक्ष ह्वाङ रेनवेले भने ।
सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेरते, कम्बोडियाका प्रधानमन्त्री सामदेच तेको हुन सेन सहभागी पक्का भइसकेको बताइएको छ ।
‘सम्मेलनमा संरा अमेरिकालाई पनि आमन्त्रण गरिएको छ । तर आफूलाई संसारको नेता मान्ने उसको सोचका कारण चीनले लिएको पहलकदमीको समर्थक बन्न गाह«ो मानिरहेकाले सहभागिता जनाउने सम्भावना कम मात्र छ ।’,ह्वाङले भने ।
तर संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको फेब्रुअरी महिनामा प्रस्ताव गरेको १ त्रिलियन डलर बराबरको पूर्वाधार लगानी कार्यक्रमलाई यो पहलकदमीसँग जोड्न सके संसारको कल्याण हुने थियो ।
भारतीय अखबार दिकान हेराल्डले जनाएअनुसार सम्मलेनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछ्रैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *