एङ्गेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ बारे
- मंसिर ११, २०८३
अमेरिकीहरू इजरायल–अमेरिकाको त्यो ‘योजना’ सँग परिचित छन्, जसअनुसार ‘पाँच वर्षभित्र सातवटा देश’ (जर्नेल वेस्ली क्लार्कको भनाइ/आत्मसंस्मरण) लाई ध्वस्त पार्ने वा तिनका सरकार ढाल्ने लक्ष्य राखिएको छ । यी देशहरू थिए, इराक, सिरिया, लेबनान, लिबिया, सोमालिया, सुडान र त्यो (योजनाको) श्रीरपेचको रत्न, इरान । जर्ज हर्बर्ट वाकर बुशपछिका प्रत्येक अमेरिकी राष्ट्रपतिले इजरायलको भू–भाग विस्तार र यसको उग्र यहुदिवादी (Zionist) विचारधारालाई पश्चिम एसियामा मात्र नभई सम्पूर्ण पश्चिमा जगतमा उत्साहपूर्वक र आज्ञाकारी भएर समर्थन गरे ।
आठ महिनाअघि, इजरायली सहयोग र गुप्तचर जानकारीको सहयोगमा, ट्रम्पले इरानी सरकारका धेरै सदस्यहरूको हत्या गरे; जसमा लामो समयदेखि सत्तामा रहेका ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, उनकी श्रीमती र नातिनातिनासमेत समावेश थिए । अमेरिकी नौसेनाले मिनाबस्थित एउटा प्राथमिक विद्यालयमा पहिले नै योजना बनाई, क्रमिक रूपमा नियन्त्रित ‘ट्रिपल ट्याप’ (तीन पटक लगातार प्रहार) शैलीमा BGM –ज्ञण्ढ टोमाहक क्षेप्यास्त्र आक्रमण ग¥यो । उक्त समयमा त्यहाँ आइआरजीसी (IRGC) का अधिकारीहरूका छोराछोरीहरू उपस्थित थिए । यस आक्रमणमा १६८ बालबालिकाका साथै उनीहरूका शिक्षक, अभिभावक र आपतकालीन उद्धारकर्मीहरूको ज्यान गयो । त्यसपछि ट्रम्पले इरानलाई बदला नलिन सार्वजनिक रूपमा चेतावनी दिए ।
इरानविरुद्ध ट्रम्प/नेतन्याहुको ‘सशस्त्र कारबाही’ (kinetic action) को परिणामस्वरूप अमेरिकी सेनाले पश्चिम एसियामा आफ्नो उपस्थिति गुमाएको छ । यसले अधिकांश अमेरिकीहरूलाई आर्थिक रूपमा कमजोर बनाएको छ । एउटा यस्तो युद्धका लागि, जसलाई उनीहरूका प्रतिनिधिहरूले अनुमोदन गरेका थिएनन् र जसको विरोध ७० प्रतिशतभन्दा बढी अमेरिकीहरूले गर्छन् । पेन्टागनले इरान युद्धमा हालसम्म ४८.३ अर्ब डलर खर्च भएको स्वीकार गरे तापनि, यो आँकडामा खाडी क्षेत्रभरि रहेका २४ वटा पूर्व अमेरिकी आधार तथा सुविधाहरू गुमेको विषयलाई भने समेटिएको छैन । यसले इजरायलीहरूलाई बम, गोली, क्षेप्यास्त्र र ‘ग्रेटर इजरायल’ परियोजनासँग प्रत्यक्ष सम्बन्धित आर्थिक सहायता उपलब्ध गराउँदा लाग्ने लागतलाई बेवास्ता गर्छ । यसले आकाश छुने विश्वव्यापी ऊर्जा लागतमा भएको अत्यधिक वृद्धिलाई बेवास्ता गर्छ, जुन १६३ अर्ब डलर नाघिसकेको छ र हरेक मिनेट बढ्दै गइरहेको छ । यसले अमेरिकी र इजरायल संलग्न जारी युद्धहरूमा दुवै पक्षतर्फ मारिएका र अङ्गभङ्ग भएका मानिसहरूलाई तथा गाजाका करिब १४ लाख मानिसहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छ† जो अझै पनि भग्नावशेषमा बाँचिरहेका छन् र उनीहरूसँग खाना, सफा पानी, आश्रय वा स्वास्थ्य सेवाको कुनै सुविधा छैन । यस्तो अवस्था तब छ जब एक वर्षभन्दा बढी समयअघि अमेरिकाको मध्यस्थतामा गरिएको ‘युद्धविराम’ सम्झौताका बाबजुद पनि, इजरायली रक्षा बल
(IDF) का आक्रमणहरू दैनिक रूपमा जारी छन् । यसले युद्धको वातावरणीय मूल्यलाई बेवास्ता गर्छ चाहे त्यो युद्धभूमिमा होस् वा स्वदेशमा ।
यसले हामीले युद्धमा गरिएको लगानी नभएको भए प्राप्त गर्न सकिने अवसरको लागतलाई समेट्दैन । हाल यात्रा, नेटवर्किङ, सञ्चार सेवामा आएको ‘अप्रत्यक्ष’ अवरोध तथा खाद्य आपूर्तिको विनाशजस्ता पछिल्ला र आपसमा असम्बन्धितजस्ता देखिने घटनाहरूमा त्यही लागत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देखिन थालेको वा शङ्का गर्न सकिने अवस्था छ । आयोवाको मिडलटाउनमा अस्थिर नेतृत्वसम्बन्धी समस्याका लागि पेन्टागनले प्रस्तुत गरेका समाधानहरू विवादास्पद बनेका छन् । त्यस्तै, अमेरिकी नौसेनाका कार्यवाहक सचिव हङ काओ (जो स्वयम् दक्षिणपूर्वी एसियामा अमेरिकी साम्राज्यवादी युद्धको प्रत्यक्ष परिणामस्वरूप अमेरिका पुगेका व्यक्ति हुन्) ले ‘म्याद सकिएका’ क्षेप्यास्त्रहरूलाई माइक्रोवेभमा तताइएको बासी रोटीझैँ प्रयोग गर्न सकिने भनी दिएको टिप्पणी पनि चासोको विषय बनेको छ । यी त्यही सरकारको सामान्य कार्यशैलीका उदाहरण हुन्, जसले आक्रामक सैन्य भण्डारमा अत्यधिक लगानी गरेको छ र संस्थागत रूपमा सुस्त छ ।
९/११ सेप्टेम्बर, सन् २००१ को घटनाको बेला र त्यसपछि, (WTC) वल्र्ड ट्रेड सेन्टर परिसरमा रहेका ‘ट्विन टावर’, बिल्डिङ ७ (WTC), तथा अन्य भवनहरूलाई भित्रैबाट विस्फोट गराई भत्काउँदा म्यानह्याटनभरि ४०० टन जति मसिनो धुलो एस्बेस्टोस र अन्य हानिकारक पदार्थहरू फैलिएको थियो; यो कुराले अमेरिकीहरूलाई, अझ विशेष गरी न्युयोर्कवासीहरूलाई अचम्मित वा आक्रोशित बनाउँदैन । यो, यस हप्ता १० हजार पाउन्ड अस्थिर सिसा (lead) हटाउने सेनाको योजनाजस्तै, अमेरिकी सरकार र उसको स्वार्थी तथा भ्रष्ट सहयोगीहरूको गुटले निकाल्न सकेकोे सबैभन्दा ‘लागत–प्रभावी’ समाधान थियो । सर्वसाधारणलाई अघि सर्न अपेक्षा गरिन्छ, ऐच्छिक र अतिरिक्त शुल्क तिर्दा उपलब्ध व्यक्तिगत श्वासयन्त्र (रेस्पिरेटर) जसरी प्रयोग हुनका लागि । हामीले सोचेभन्दा बढी कुरा अमेरिकीहरू गाजावासीहरूमाझ समान छन्; विशेष गरी हामी कति सजिलै बलिदान (वा खर्च) हुन सक्छौँ भन्ने सन्दर्भमा र हामी कसरी मर्न चाहन्छौँ भन्ने विकल्पहरूको हकमा ।
अमेरिकी सरकार अब सम्झौता गर्न योग्य वा विश्वासयोग्य रहेन । यसको प्रतिष्ठा त्यसरी नै अपूरणीय रूपमा नष्ट भइसकेको छ जसरी गाजाका हाडखोर, भवन र व्यवसायहरू मसिनो धुलोमा परिणत भएका छन्; जसलाई अमेरिकी ठेकेदारहरू र इजरायली रक्षा बलले ट्रकमा राखेर गाजाबाट नेगेभ मरुभूमिमा ओसारिरहेका छन् । संयुक्त राज्य अमेरिका न त स्वतन्त्रताको प्रवद्र्धन गर्छ न सार्वभौमिकताको सम्मान गर्छ न त नैतिकताको पक्षमा उभिन्छ† यो स्थायी रूपमा साम्राज्यवाद पश्चात्को, उत्पादन–क्षमता गुमाइसकेको र आत्ममुग्ध पतनको अवस्थामा भासिएको छ । अमेरिकीहरूका लागि अमेरिकाको ‘कर्पोरेट सैन्य राज्यवाद’ र दिनप्रतिदिन मूल्यहीन बन्दै गएको कागजी मुद्रामा लगानी गरेका वा सोही कुरामा निर्भर रहेकाहरूका लागि यो यात्रा लामो र कष्टपूर्ण हुनेछ ।
हामीले ‘मध्यपूर्व’ भन्ने क्षेत्रलाई ध्वस्त पार्नमा अमेरिकाले खेलेको भूमिका सधैँका लागि दबिएर रहनेछैन । ‘स्कोफिल्ड बाइबल’को कपोलकल्पित र अपमानजनक व्याख्या र अमेरिकी ‘प्रगतिवाद’ को उदय तथा युजेनिक्स (सुजननी विज्ञान) को प्रसार आदि घटनाक्रमहरू अमेरिकाको विश्वव्यापी साम्राज्यको उदयसँगै एकै समयमा देखा परे । यसै क्रममा वासिङटन डीसीस्थित कर्पोरेट राज्यले युद्ध र धम्कीको माध्यमबाट पेट्रोलियम–आधारित प्रगतिका लागि आवश्यक स्रोत–साधनहरू हात पार्ने प्रयास ग¥यो । मिडिया सम्रात विलियम रान्डोल्फ हस्र्टले फ्रेडरिक रेमिङटनलाई पठाएको सन् १८९७ जनवरीको त्यो कुख्यात सन्देश सम्झनुहोस्, ‘कृपया (क्युवामा) नै रहनुहोस् । तपाईं तस्बिरहरू उपलब्ध गराउनुहोस् र म युद्धको व्यवस्था गर्नेछु ।’
अन्त्यहीन युद्धहरू, जसले प्रथम विश्वयुद्ध र बोल्सेभिक क्रान्तिको उद्देश्य तथा कार्यक्षेत्रलाई विस्तार गरेका छन्, मिडिया उद्यमी विलियम ¥यान्डल्फ हस्र्टको मात्र होइन, हाम्रा पनि विरासत हुन् । ‘नयाँ गौरवशाली विश्व’ निर्माण गर्ने दाबीका साथ सञ्चालन गरिएका यी युद्धहरू प्रभावकारी आदेश–आधारित अर्थतन्त्र, अत्यधिक केन्द्रीकृत राज्यसत्ता तथा सैन्य बलद्वारा नियन्त्रणमा लिइएको वा असमान सर्तमा साटिएको सस्तो तेलको पहुँच विस्तारसँग जोडिएका छन् । हतियारको बलमा स्रोतसाधन कब्जा गर्ने वा न्यून मूल्यका वस्तुहरू तथा आकर्षक देखिए पनि प्रभावहीन हवाई प्रतिरक्षा प्रणालीहरूको सट्टा स्रोतहरू प्राप्त गर्ने अभ्यास रहेको देखिन्छ । युक्रेन र साउदी अरब, कुवेत र अजरबैजान, साथै इरान, प्यालेस्टिन र यमन† आज सबैले यसको मार झेलिरहेका छन्; यो एउटा यस्तो दीर्घकालीन स्रोत–युद्ध हो, जसलाई नक्कली मानवतावाद र अझ बढी नक्कली देशभक्तिको आवरण दिइएको छ ।
इरानलाई ‘ध्वस्त’ गरिनुपर्छ, किनकि अमेरिका र इजरायलसम्बन्धी सत्य कुरा अब उनीहरूको सावधानीपूर्वक निर्माण गरिएको भाष्यबाट चुहिन थालेको छ । स्वतन्त्रता र समानतामा केन्द्रित एक गौरवशाली शक्तिको सट्टा हामी ठगी, घृणा र राज्यद्वारा गरिने हत्याको एक अशोभनीय संरचनामा परिणत भएका छौँ । हामी यसलाई तबसम्म देख्न सक्दैनौँ, जबसम्म हामी केही बेर टाढा गएर फेरि फर्कदैनौँ । ट्रम्प केही दिनअघि शेन्जेनबाट घर फर्केका थिए र अचानक हाम्रा ‘सडकहरू फोहोर छन्… जताततै खाल्डाखुल्डी छन्… रेलिङहरू खसेका छन् र सबै कुरा खिया परेका र घिनलाग्दो अवस्थामा छ,’ भनी थाहा पाए ।
सन् २०२६ मा एउटा सर्वाधिकारवादी, युद्धबाट नाफा कमाउने कर्पोरेट राज्य यस्तो देखिन्छ । रङ्गभेदी पर्खाल र बारहरूको दुवैतर्फ इजरायल लगभग उस्तै देखिन्छ र यसका कारणहरू पनि उस्तै छन् । दुवै मुलुक पुरातात्विक नमुना बनेका छन्, जसको अध्ययन अहिले पूर्वी शक्तिहरू† विशेष गरी रुस र चीनले निकै सावधानीपूर्वक गरिरहेका छन् ।
इरानमाथिको युद्ध, युक्रेनमा रूसविरुद्धको अमेरिका समर्थित युद्ध र भेनेजुयलामाथिको नियन्त्रण प्रयास – यी सबै अमेरिकी ऊर्जा नाफाखोरी र बजारलाई आफ्नो अनुकूल ढाल्नका लागि समय खरिद गर्न तथा इजरायली विस्तारवाद र तीव्रगतिमा भइरहेको नरसंहार सुनिश्चित गर्नका लागि सुरु गरिएका र योजना बनाइएका थिए किनकि राजनीतिक र आर्थिक रूपमा हाम्रा दुई सरकारहरू पहिले नै पूर्ण रूपमा एकअर्कासँग गाँसिएका छन् । हामीलाई अचम्म लाग्छ कि ‘ट्रम्प त्जु’ लाई यो कुराको ‘अत्तोपत्तो’ थिएन कि इरानले जवाफी कारबाही गर्नेछ, होर्मुज जलमार्ग बन्द हुनेछ, खाडी क्षेत्रका तेल र ग्यास उत्पादकहरू नराम्ररी कमजोर हुनेछन् र उनीहरूको आफ्नै बजारहरू अमेरिकी कब्जामा पर्नसक्ने जोखिममा पर्नेछन् । अनपेक्षित परिणामले, उद्देश्य भेटेको छ ।
इरान युद्ध र यसको विस्तारको अर्को उद्देश्य भनेको – पहिले नै तहसनहस भइसकेको गाजा तथा बाँकी प्यालेस्टिनबाट त्यहाँका बासिन्दाहरूलाई विस्थापित गर्ने र लेबनानलाई ध्वस्त पार्ने इजरायलको निरन्तरको कार्यका लागि विश्वव्यापी रूपमा आवरन (सुरक्षा कवच) प्रदान गर्नु हो । इरानमा सत्ता परिवर्तनको चाहना गरिएको हुनसक्थ्यो, तर त्यसको अपेक्षा भने गर्न सकिँदैनथ्यो । यद्यपि, खाडीका कैयौँ मुलुक र राजतन्त्रहरूमा हुन लागेको सत्ता परिवर्तन, ‘पाँच वर्षमा सात मुलुक’ भन्ने अवधारणाकै एउटा सामान्य निरन्तरता हो ।
चिनियाँ र रुसी नेताहरू अमेरिका तथा इजरायलको विदेश नीति देखेर अलमलमा परेका छैनन् । उनीहरू हाम्रा हत्याप्रधान राजधानीहरूलाई सीमित गर्नुको सट्टा नियन्त्रणमा राख्नमै सन्तुष्ट देखिन्छन् । धेरैजसो क्षेत्रमा अमेरिका र इजरायलको तुलनामा उनीहरूसँग रहेका उत्पादकमूलक तथा प्राविधिक फाइदाहरूका कारण, भूमि अतिक्रमण र नरसंहारका विषयमा मौन रहँदै ‘सार्वभौमिकता सम्मान’ गर्ने नीति तत्कालका लागि काम गरिरहेको छ । सायद उनीहरूले के आउँदै छ भन्ने कुरा देखिरहेका छन्; जहाँ इजरायली र अमेरिकी नेतृत्व, जो बङ्करहरू र सुरक्षित सैन्य आधारहरूभित्र लुकेका छन् – निगरानी रहेका, नियन्त्रणमा लिइएका र निःशस्त्र पारिएका मानिसहरूमाथि मनोवैज्ञानिक, आर्थिक, सैन्य र आनुवंशिक युद्ध थोपरिरहेका छन् ।
हाम्रा नेताहरूको नजरमा हामी सबै अब गाजावासी हौँ भन्ने कुरा कतिपयले बुझ्न थालेका छन् । क्लेटन मोरिस सोध्छन्, “के हुन्छ यदि गाजा र लेबनान, हामी बाँकी सबैका लागि योजना बनाइँदै गरेका कुराहरूको एउटा परीक्षण स्थल बने भने ?” यो एउटा राम्रो प्रश्न हो, यस्तो प्रश्न जसलाई इरानले सहजै बुझ्छ र त्यसकोे प्रतिरोध गर्छ । रूस र चीनले पनि यस प्रश्नको जवाफ सकारात्मक रूपमा दिएका देखिन्छन् र उनीहरू स्थितिमाथि निगरानी राख्दै सन्तुष्ट छन् । यदि हामी केही फरक चाहन्छौँ र अमेरिकीहरूका रूपमा कुनै पनि प्रकारको जवाफदेहिता चाहन्छौँ भने, हामीले किन्न नसक्ने भएका केकहरूको माया मार्दै, हामीले सकेसम्म हाम्रो सरकारसँग लड्ने योजनाहरू बनाउन थाल्नुपर्छ वा भाग्ने योजना बनाउनुपर्छ ।
स्रोत : लिउरोकवेल डटकम
Leave a Reply