भर्खरै :

काल्पनिक समाजवादी रोवर्ट ओवेन –२ (सन् १७७१ – १८५८)

समाजवादका एक प्रचारक
अमेरिकी र न्यूलेनार्कको असफलताबाट अब उहाँ एक पुँजीपतिको रूपमा रहनुभएन । उहाँ लण्डनमा बस्नुभयो र समाजवादको एक प्रचारकको रूपमा काम गर्न थाल्नुभयो । उहाँ १८३२ तिर मजदुरहरूको सङ्गठन गर्नमा लाग्नुभयो ।
सन् १८३३ को अक्टोबरमा बेलायतका सबै सहकारी र मजदुरहरूको एक महासम्मेलन भयो । रोवर्ट ओवेनले त्यस महासम्मेलनको अध्यक्षता गर्नुभयो । त्यो महासम्मेलन बेलायतका सबै मजदुर सङ्घहरूको संयुक्त र सिङ्गो विशाल सङ्गठन थियो । महासम्मेलनले ओवेनकै अध्यक्षतामा एक औपचारिक समिति गठन ग¥यो । त्यसमा बेलायत र आयरलायण्डका धेरै कारखानाका प्रतिनिधिहरू सामेल थिए । त्यस सङ्गठनलाई बेलायतको पुँजीवादी राज्य र पुँजीपतिहरूले सा¥है खेदो गरे । यसकारण त्यस सङ्गठनलाई उहाँले १८३४ को अगष्ट महिनामा भङ्ग गरिदिनुभयो ।
रोवर्ट ओवेनले फुटकर व्यापारी र उत्पादनको निम्ति सहकारी संस्थाहरूमा सङ्गठन गर्नुभयो । यस प्रयोगले व्यापारी र कारखानेदाहरू आवश्यक कुरो होइन भनेर उहाँले देखाइदिनुभयो ।
ती सहकारी संस्थाहरूमा श्रमको बजार पनि चालू गरियो । श्रमका घण्टाहरू तोकिएको नोट प्रचलनमा ल्याइयो । ती नोट पैसाजस्तै लेनदेनको काममा ल्याइन्थ्यो । मूल्यलाई श्रमको घण्टामा हिसाब गरिएको थियो । केही समयपछि ओवेनको त्यो व्यवस्था पनि असफल भयो । तर, ओवेन विचलित हुनुभएन । उहाँ नथाकिकन ‘तीस वर्षसम्म’ मजदुरहरूको बीचमा काम गर्दै जानुभयो ।
१८३५ मा उहाँले राष्ट्रका सबै वर्गका निमित्त एक संस्थामा खोल्नुभयो । उहाँको व्यापारिक शिक्षाले मजदुर वर्गमा केही प्रभाव पनि प¥यो ।
१८३९ मा ‘ध्भकत ःष्लष्कतभच च्भखष्भध’ भन्ने पत्रिकाले ओवेनका विचारहरू छाप्न सुरु ग¥यो । विवाहबारे उहाँको विचारमाथि अरुले आलोचना गर्नथाले । तर, उहाँ निराश हुनुभएन । अरु ठाउँमा पनि उहाँको विचार र योजनालाई प्रयोग गरेर हेर्ने धोको छोड्नुभएन । आयरलायण्डमा क्लारे भन्ने एक जिल्ला थियो । त्यस जिल्लाको रालाहाइने भन्ने ठाउँमा फेरि उहाँले एउटा प्रयोग गराउनुभयो । त्यो प्रयोग तीन साढे तीन वर्षसम्म राम्रै चल्यो । तर, त्यसको प्रबन्धक नै एक जुवारी वा बारम्हासे थियो । एक दिन ऊ जुवामा हा¥यो । उसले समाजको सम्पत्ति नै बेचिदियो ।
त्यस्तै १८३९ मै हाम्पसायरको टोथेली भन्ने ठाउँमा उहाँले एक अर्को प्रयोग गराउनुभएको थियो । त्यो पनि असफल भयो । यसप्रकार १८४६ मा पुग्दा उहाँ एक प्रचारक र सङ्गठनकर्ताको रूपमा देखिनुभयो । उहाँ जनसभाहरू आयोजना गर्नुहुन्थ्यो, पत्रपत्रिका निकाल्नुहुन्थ्यो र किताब र पर्चाहरू छपाउनु हुन्थ्यो । काम गर्दागर्दै उहाँले सबै सम्पत्ति सिध्याउनुभयो । उहाँ एक गरीबको अवस्थामा पुग्नुभयो । तर, उहाँले आफ्नो जाँगरलाई छोड्नुभएन । उहाँले सहकारी आन्दोलन चलाउँदै जानुभयो ।
रोवर्ट ओवेनले जीवनको अन्तिम बेलासम्म आफ्नो विश्वास मुताबिक मानव जातिको निम्ति काम गर्दै जानुभयो । उहाँ ८७ वर्षको बुढो हुनुभयो । तर, कामबाट थाक्नुभएन । उहाँले त्यस उमेरमा आफू जन्मेकै थलो न्यूटाउनमा फर्कनुभयो । आखिर १८५८ मा उहाँ सदाको निम्ति आराम गर्नुभयो ।
उहाँले आफ्नो सम्बन्ध सीधा मजदुर वर्गसँग जोड्नुभयो । उहाँले ३० वर्षसम्म काम गर्दै जानुभयो । बेलायतका मजदुर वर्गको हरेक वास्तविक प्रगति, हरेक सामाजिक आन्दोलनसँग ओवेनको नाम गाँसिएको छ ।
ओवेनको व्यक्तित्व
रोवर्ट ओवेन सा¥है स्पष्टवादी, उदार, परोपकारी र काम गर्न नहिच्किच्याउने मानिस हुनुहुन्थ्यो । आफ्नो विश्वासलाई कार्यरूप दिन ठूलो उत्सुकता र धैर्यपूर्वक काम गर्दागर्दै उहाँले आफ्नो सबै साधन रित्याइदिनुभयो । यस अर्थमा उहाँ एक विचारक र तपस्वीमात्र नभएर एक कर्मयोगी या कर्मनिष्ठ पनि हुनुहुन्थ्यो ।
पुँजीवादी व्यवस्थाले समाजलाई अनेक दुःखकष्ट ल्याइरहेको बेलामा २९ वर्षका एक कारखानाका मालिक एक सुधारकको रूपमा अगाडि आउनुभयो । उहाँको स्वभावमा केटाकेटीको सरलता र महानता झल्किन्थ्यो । सा¥है कममा मात्रै पाइने जन्मजात नेताको गुण उहाँमा थियो ।
‘समाजको नयाँ दर्शन’, ‘गरिबीको ऐन समितिलाई रिपोर्ट’, ‘नयाँ नैतिक संसारको किताब’, ‘मानव जातिको विचार र व्यवहारमा क्रान्ति’ आदि उहाँका मुख्य मुख्य कृति हुन् । १८५७ मा उहाँले आफ्नो आत्मकथा पनि लेख्नुभएको थियो ।
उहाँको विचार र प्रयोग असफल भयो । तर, उहाँले बेलायत र मानव समाजको निम्ति धेरै सुधारका कामहरू गर्नुभयो । उहाँ बेलायतमा परोपकार स्कूलको सबभन्दा पहिलो संस्थापक हुनुहुन्थ्यो । कारखानामा कामको घण्टालाई उचितरूपले कम गर्दै लाने काममा प्रयोग गरेर देखाउने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । बेलायतको कारखानाका ऐनमा सुधारहरू ल्याउनेमा अथकरूपले काम गर्नेहरूमा उहाँ नै सबभन्दा अगाडि हुनुहुन्थ्यो । सहकारी आन्दोलनका वास्तविक संस्थापक उहाँ नै हुनुहुन्थ्यो । शिक्षा, सफाइ र साधारण जीवनमा राम्रो र मानवीय जीवनका विचारहरूमा सुधार ल्याउने समकालीन (दौंतरी) हरूमा उहाँ नै सबभन्दा मोहडामा हुनुहुन्थ्यो ।
उहाँ काल्पनिक समाजवादीहरूमा तेस्रो हुनुहुन्थ्यो । बेलायतका मजदुरहरूको गरिबीलाई देखेर १८१७ मा उहाँले समाजलाई पुनः निर्माण गर्ने एक कम्युनिष्ट योजना बनाउनुभएको थियो । तर, उहाँ वर्गसङ्घर्षलाई स्वीकार गर्नुहुन्नथ्यो । सम्पत्तिको आधारबाट कसैलाई बञ्चित गर्नुपर्दैन भन्ने उहाँको विश्वास थियो । साम्यवादी समाजको निर्माणको निम्ति चाहिने यी दुवै कुराहरू उहाँमा कमी थियो ।
एक साम्यवादी बस्ती बसालेर उहाँले जनतालाई पुनः शिक्षित गर्नुभयो । तिनीहरूलाई नयाँ जीवन दिएर अरुलाई बाटो देखाउनुभयो । अमेरिकासम्म पुगेर साम्यवादी बस्ती बसाल्न खोज्नुभयो । आफ्ना समर्थकहरूसँगै उहाँले त्यहाँ काम गर्नुभयो । तर, उहाँका ती योजनाहरू भताभुङ्ग भए । पुँजीवादी ढङ्गले बनाएका ती वस्तुहरू छिट्टै छिन्न–भिन्न भए वा कामदारहरूको शोषणमा अडेको पुँजीवादी उद्यममा फेरिए ।
रोवर्ट ओवेनको मुत्यु भएको आज १४२ वर्ष हुनलाग्यो । तर, मजदुर वर्गले उहाँका कामहरूलाई बिर्सेका छैनन् । उहाँका विचारहरूलाई पूरै अस्वीकार गरेका छैनन् । अँ, यो कुरा साँचो हो कि उहाँको साम्यवाद पूरा व्यापार या व्यापारिक लेन–देनमा आधारित थियो । त्यसकारण एक राम्रो दर्शनमा जग नराखिएको साम्यवादी भवन स्थाई रहँदैन भन्ने कुरा देखाइदियो ।
तर, उहाँको शिक्षासम्बन्धी विचार, मजदुरहरूको कामको उचित घण्टा मजदुरहरूको बस्ती, सुपथ मोलको पसल र सहकारी योजना आज पनि कति समाजवादी देशहरूमा विभिन्न रूपमा लागू भइरहेको देख्दै छौँ । जनवादी चीनको केटाकेटी खेल्ने बालोद्यान र स्कूलहरू, मजदुरहरूको बस्ती वा उपनगर र कम्युनहरू सहकारी पसलहरूले रोवर्ट ओवेनलाई सम्झना गराउँछ ।
यसकारण रोवर्ट ओवेनको रचनात्मक र कल्याणकारी विचारहरूलाई सम्मान गर्नुपर्छ र उहाँको असफलताका कारणहरूको लेखा–जोखा गरेर त्यस्ता कमजोरीहरूबाट जोगिनु पर्दछ ।
स्रोत ः काल्पनिक समाजवादी र
अराजकतावादीहरू
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *