क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
– बोधबहादुर नेपाली
सरकारले सामाजिक सुरक्षा भत्तालाई ज्येष्ठ नागरिकहरूको कल्याणको लागि लागू गरेको बखान गरिरहँदा भत्ता वितरण प्रक्रिया तीनै ज्येष्ठ नागरिकहरूको ज्यान लिने चाल बनिरहेको तथ्यतर्फ कमैको ध्यान गएको छ । सामाजिक सुरक्षा भत्ता बुझ््न आउँदा आइतबार दाङको राजपुर गाउँपालिकामा दुई तीन जना ज्येष्ठ नागरिकहरू गर्मीले मुच्र्छा परेको समाचार आयो । यसअघि पनि विभिन्न जिल्लामा भत्ता बुभ्mन आएका ज्येष्ठ नागरिकहरूको बाटामै निधन भएको समाचार आइसकेको छ । सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकहरूलाई राज्यले सम्मानस्वरुप दिएको सहयोग हो । त्यसैले त्यसलाई सम्मानस्वरुप विना कुनै कानुनी र व्यावहारिक कठिनाइ दिने बन्दोबस्त सरकारले गर्नुपर्छ ।
हिजो स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा गाविस सचिवलगायत केही कर्मचारीहरूले बदमासी गरेको घटनालाई आधार बनाई बैङ्कमार्फत भत्ता वितरणको बन्दोबस्त लादियो । हिजो गाविससम्म पुग्न गा¥हो भएका ज्येष्ठ नागरिक आज झनै वृद्धवृद्धा भएका छन्, गाविसभन्दा गाउँपालिका र नगरपालिका टाढा भएको छ, त्यसैले बैङ्क खोज्दै आउन र जान झन् कठिन भएको छ । ज्येष्ठ नागरिक र अशक्तहरूलाई घरघर पुगेर भत्ता वितरण गर्ने बन्दोबस्त गर्नुपर्छ । भक्तपुर नगरपालिकाले सुरुदेखि नै नगर क्षेत्रमा वडा वडामै भत्ता वितरण गरेर राम्रो उदाहरण कायम गर्नुका साथै जनताको सेवा गरेको छ । अब हरेक नगरपालिका र गाउँपालिकाहरूले वडा वडामै र अशक्तका लागि घरघरमै गएर भत्ता वितरण गर्नुपर्छ । स्थानीय तहको निर्वाचन प्रचारका क्रममा सबैजसो पार्टी र उम्मेदवारले जनतालाई त्यसै गर्ने वचनवद्धता जाहेर गरेकै पनि हुन् । उमेरले ७० कटेका घामपानी, हावाहुरी र चिसोबाट बचेर बस्नुपर्ने ज्येष्ठ नागरिकलाई हिउँदमा चिसोले कठयाङ्ग्रिने गरी र गर्मीमा तन्टलापुर घाममा सेकिने गरी सदरमुकाम र बजार क्षेत्रको बैङ्कबाट मात्र भत्ता वितरण गर्ने व्यवस्था तुरुन्त अन्त्य गरिनुपर्छ । ताकि सामाजिक सुरक्षा भत्ता वितरण ज्येष्ठ नागरिकको ज्यान लिने चाल नबनोस् ।
Leave a Reply