ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
गर्मीयाम सुरू भएसँगै काठमाडाँै उपत्यकामा पानीको अभाव भएको छ । मेलम्चीको पानीको आश्वासन बाँड्दै आजसम्म देशमा धेरै सरकार बनिसके । मेलम्ची जप्दै धेरै जना प्रधानमन्त्री भइसके । तर, पानीको अभाव भने अझै पनि समाधान हुन सकेको छैन । जनताले मनग्य पिउने पानी समेत पाएका छैनन् । काठमाडाँै उपत्यका खानेपानी लिमिटेडले खानेपानी सेवाको दस्तुर बढायो । तर, अझै पनि पुग्दो मात्रामा पानी वितरण गर्न सकेको छैन । धाराबाट पानी नआउँदा सर्वसाधारण जनता खानेपानी किन्न बाध्य छन् । ट्याङ्करबाट पानी आपूर्ति गर्ने वितरकहरूसँग महँगोमा पानी किनेर पिउन र अन्य प्रयोजनमा उपभोग गर्न बाध्य छन् । यसरी किनेको पानी अशुद्ध हुँदा जनता अनेकन स्वास्थ्य समस्याबाट पीडित छन् । काउखालिका धाराबाट आउने पानीसमेत सफा नहुँदा जनताको स्वास्थ्यमाथि खेलवाड भएको छ ।
खानेपानी, आवास, शिक्षा, स्वास्थ्यजस्ता जनताका दैनिक जीवनसँग अन्योन्यास्रितरूपमा गाँसिएका क्षेत्र राज्यको दायित्वभित्र पर्छन् । लोककल्याणकारी राज्यले ती क्षेत्रलाई आफ्नो अहम् दायित्वको रूपमा ग्रहण गरेका हुन्छन् । नेपालको संविधानले नेपालमा समाजवादउन्मुख राज्य हुने बताएको छ । समाजवादउन्मुख राज्यले जनताका यस्ता आधारभूत आवश्यकतामा कुनै कमी आउन दिनुहुने थिएन । यो समाजवादउन्मुख राज्यको धर्म हो । तर, वर्तमान सरकारले खानेपानी समेत पुग्दो मात्रामा व्यवस्था गर्न नसक्दा समाजवादउन्मुख चरित्रको न्यूनतम आवश्यकता पूरा गर्न नसकेको देखिएको छ ।
काठमाडौँ उपत्यकामा खानेपानीको उचित व्यवस्था हुन नसक्नुको मूल कारण जनसङ्ख्या केन्द्रीकरण नै हो । उपत्यकालाई पुग्ने खानेपानीको स्रोतको तुलनामा यहाँ कैयौं गुणा जनसङ्ख्या वृद्धि हुँदा जनताले आँतसमेत भिजाउन नपाउने अवस्था सिर्जना भएको छ । सहरीकरण र जनसङ्ख्या वृद्धिले पुराना धारा, इनार सबै सुकेका छन् । पुराना पानीका मुहान सबै सुक्दा पुराना बस्तीको जनजीवन र संस्कृति प्रभावित बनेको छ । उपत्यकाका अधिकांश नदी र खोलामा प्रदूषणको मात्रा अचाक्ली बढेको छ ।
काठमाडाँै उपत्यकामा अहिलेकै गतिमा जनसङ्ख्या बढ्दै जाने र सहरीकरण विस्तार हुँदै गए मेलम्चीको पानीले पनि काठमाडाँैको प्यास मेटाउन सक्नेछैन । सरकारले जनताप्रतिको आफ्नो दायित्वप्रति गम्भीर बनी खानेपानीलगायत जनताका अत्यावश्यक आवश्यकता पूरा गर्न दीर्घकालीन योजना बनाउन जरूरी छ । देशमा सङ्घीय व्यवस्था लागू भइसकेको अवस्थामा जनसङ्ख्या केन्द्रीकरण अन्त्य गर्न जरूरी छ । पानीका पुराना स्रोतहरूको पहिचान गरी तिनलाई पुनस्र्थापना गरिनुपर्छ । हराएका पानीका स्रोतलाई पुनर्जीवन दिइनुपर्छ । उपत्यका वरपरका पहाडमा भइरहेको डोजर आतड्ढ र बस्ती विस्तार गरी वृक्षरोपणलाई व्यापक बनाइनु जरूरी छ । पानीको जोहो गर्ने अन्य वैज्ञानिक विधिबारे अध्ययन अनुसन्धान गरी प्रयोगमा ल्याइनुपर्छ । पानीका स्रोतमा निजी स्वामित्व अन्त्य गरी सार्वजनिक हितलाई प्राथमिकता दिइनुपर्छ । पानीका मूलमा निजी कम्पनी बन्द गरी सार्वजनिक हितको लागि पानीका मुहानको प्रयोग गरिनुपर्छ ।
वर्षाको पानी सञ्चय गर्न प्रोत्साहित गर्न जनतालाई तालिम र उपकरणको ज्ञान दिइनु आवश्यक छ । पिउने पानी प्रदूषित नहोस् भनी आवश्यक उपचारको लागि जनचेतना फैलाउने दायित्व सरकारले पूरा गर्नुपर्छ ।
Leave a Reply