ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
बिहीबार सार्वजनिक भारतको सत्रौं लोकसभा निर्वाचनको परिणामले भारतमा फासीवादी सत्ता अझै बलियो बन्दै गएको देखाएको छ । धर्म, पैसा, साम्प्रदायिक विभाजन, राजनीतिक चालबाजी, अपराध आदि सबैमा साम, दाम, दण्ड र भेद नीति लागू गरी हिन्दू अतिवादी भारतीय जनता पार्टीले अर्को चुनावी सफलता हासिल गरेको छ । चुनावी परिणामले भारतमा हिन्दू अतिवादी राजनीतिले अझ बलियो जग राख्ने सम्भावना देखाएको छ । भारतीय स्वतन्त्रता आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको भारतीय राष्ट्रिय काङ्ग्रेसले यो पटकको चुनावमा पनि पराजय भोग्नुप¥यो । वामपन्थी दलले लामो समयदेखि चुनाव जित्दै आएका क्षेत्रमा पुराना किल्ला ढलेका छन् । उत्तर प्रदेशमा भाजपाको प्रतिकार गर्न बनेको समाजवादी दल र मायावतीको जनता दलबीचको गठबन्धनले पनि भाजपालाई ठूलो सङ्ख्यामा स्थान जित्न रोक्न सकेन ।
संसारका जुनसुकै पुँजीवादी देशमा हुने निर्वाचनमा पैसा र शक्तिकै प्रतिस्पर्धा हुने गर्छ । जसको हातमा पैसा र शक्ति हुन्छ, उसले नै पुँजीवादी निर्वाचनमा सफलता हासिल गर्ने गर्छ । पुँजीवादी निर्वाचनमा जनताको विवेकलाई प्रचारबाजी र पैसाको बिर्कोले बन्द गरिदिएको हुन्छ । पुँजीवादी निर्वाचनमा राजनीतिक दलको विचार र कार्यक्रमलाई भन्दा दलको झिलिमिली प्रचार, नेताको अतिरञ्जनापूर्ण पूजा, साम्प्रदायिकता, धर्म, जातजाति, क्षेत्र र पैसालाई प्राथमिकता दिइन्छ । त्यसकारण पुँजीवादी निर्वाचन विचारको निर्वाचन हुने गर्दैन । भारतमा सम्पन्न निर्वाचन पुँजीवादी निर्वाचनको उत्तम उदाहरण हो । भाजपालगायत सबै पार्टीले आफ्ना कार्यक्रम र योजनाबारे जनतालाई सचेत बनाउनुभन्दा नेताको नायकत्व (हिरोइज्म) को आधारमा चुनावी गतिविधि गरे । पैसाकै आधारमा चुनाव जित्ने भएकोले चुनावबाट अपराधी, बलात्कारीलगायतले जनताको आँखामा छारो फालेर आफ्नो दुनो सोझ्याउने मानिस चुनाव जितेका छन् । अघिल्लो निर्वाचनजस्तै यो निर्वाचन पनि भाजपाले भारतका कर्पोरेटहरूको बलियो सहयोगमा लडेको थियो । पुँजीवादी निर्वाचनमा जसको हातमा धेरै व्यापारी र पुँजीपति हुन्छन्, उनीहरू नै चुनाव जित्ने गर्छन् । हिजो काङ्ग्रेससँग धेरै कर्पोरेटहरू हातमा थिए, उसले चुनाव जित्थ्यो । अहिले भाजपाले उनीहरूलाई आप्mनो बनायो, भाजपाले चुनाव जितेको छ ।
मोदीको विजयले दक्षिण एसियामा संरा अमेरिका नेतृत्वको साम्राज्यवादको उपस्थिति अझ बलियो हुने देखिन्छ । आफ्नो पहिलो कार्यकालमा मोदीले भारतमा अमेरिकी उपस्थितिलाई बलियो बनाएका थिए । वर्षौं वर्षदेखि भारतले नगरेको संरा अमेरिकासँगको सैनिक सम्झौता मोदीको पालामा भएको थियो । मोदीले छिमेकी देशसँग राम्रो सम्बन्ध विस्तार गर्न सकेनन् । नेपालमा मोदी सरकारले नाकाबन्दी लगाउँदा नेपाली जनताले भोग्नुपरेको सास्ती नेपाली जनताले अझै भुलेका छैनन् । मोदीले पाकिस्तानसँगको सम्बन्ध पनि सुधार्न सकेनन् । बरु चुनावअघि पुलावानमा भएको हमलालाई लिएर पाकिस्तानमाथि लगातार गालीगलौज गरिरहे । चिनियाँ भूमि दोक्लामलाई आफ्नो दाबी गरेर चीनसँग पनि अर्को सन् १९६२ दोहो¥याउन मोदीले चाहेको देखियो । चीनको लगातारको आपत्तिबीच पनि उनले भारतको विवादास्पद कथित अरुणाञ्चल क्षेत्रको भ्रमण गरे ।
मोदी शासनमा भारतका विभिन्न प्रान्तमा सरकारसामु प्रश्न गर्ने बुद्धिजीवी, सामाजिक अभियन्ता, पत्रकार र विद्वानमाथि हमला भयो । पत्रकार गौरी लंकेशको हत्या भयो । जेएनयूमा वामपन्थी विद्यार्थी नेताहरूमाथि हमला भयो । झूठा आरोपमा धर्मनिरपेक्षताका पक्षधर लेखक र कलाकारमाथि हमला र गालीगलौज भारतमा नित्य घटनाक्रम बन्यो । गौरक्षाको नाममा गाईको बध गर्ने र गाईको मासु खाने समुदायका मानिसमाथि राज्यको संरक्षणमा कुटपिट र हत्यासमेत भयो । दलित समुदाय सबभन्दा उत्पीडित भए । हैदराबाद विश्वविद्यालयमा अपमान र विभेदकै कारण रोहित भेमुला आत्महत्या गर्न बाध्य भए । राजनीतिकरूपमा शक्तिशाली बनेको भाजपाको अर्को कार्यकालमा यस्ता घटना अझ बढ्नेछ । यसको विरोधमा भारतमा फासीवाद र पुँजीवादविरोधी आन्दोलन अझ विस्तार हुनेछ । हरेक नकारात्मक पक्षले पनि केही सकारात्मक पदचाप छोडेको हुन्छ । मोदीको विजयले दक्षिण एसियामा पुँजीवाद र फासीवादविरोधी सङ्घर्षलाई अझ परिपक्व बनाउनेछ ।
Leave a Reply