क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
नाति कवां
यू.एस.ए.
उत्तर अमेरिका महादेश ५० उत्तरी अक्षांशदेखि ८५० उत्तरी अक्षांश र १०० पश्चिमी देशान्तरदेखि १६५० पश्चिमी देशान्तरभित्र पर्दछ । उत्तर अमेरिकी महादेशमा ग्रीनल्यान्ड, क्यानडा, संयुक्त राज्य अमेरिका (USA), मेक्सिको, ग्वाटेमाला, होण्डुरस, एल.साल्भाडोर, निकारागुवा, कोष्टारिका, पानामा, क्युवा, हाइटी, जमैका, बहमास टापुहरू, (होनोलुलु, लाहैना, हिलो) हवाई टापुहरू, डोमिनिकन रिपब्लिकन, जमैका, हाइटी, सानजून आदि देशहरू छन् । यीमध्ये संयुक्त राज्य अमेरिका (यू.एस.ए.) ५० वटा राज्य मिलेर बनेको हो ।
५० वटा राज्यहरूमध्ये २०१७ नोभेम्बर २४ तारिखका दिन ‘एरिजोना’ राज्यको कोलोराडो भ्रमणको लागि निस्कियौँ । एरिजोना ३३ङ्क २६’ ५२.१” उत्तरी अक्षांश र ११२ङ्क ५’ ४९.९” पश्चिमी गोलाद्र्धमा पर्दछ । ‘कोलोराडो’, एरिजोना राज्यको ठूलो नदी हो । हामी संयुक्त राज्य अमेरिकाकै राज्य न्यु मेक्सिको हुँदै सान जून नेसनल फोरेस्ट सिल्भरटन (San Juan National Forest Silverton) पुग्यौँ । यो रकी पर्वतको अल्वर्ट पर्वतको श्रेणीमा पर्दछ । यो पर्वत हिउँले ढाकिरहेको थियो । हामी यही पहाडको अग्लो टाकुराको बाटो हुँदै Whit river National Forest, San Isabnlel National Forest जाँदा बीच बाटोमा कोकाकोला उद्योगमा काम गर्ने कामदार राख्नको लागि रेड स्टोन Red Stone भन्ने ठाउँमा साना गुफाजस्ता घरहरू बनाइराखेको हे¥यौँ । त्यस गुफा या घरमा मानिस सुत्नमात्र सकिन्छ । उठेर यताउता गर्न सकिँदैन । हामी Red Stone बाट अगाडि गयौँ । हामी Ouray मा पुग्यौँ । चारैतिर पहाडले घेरिएको यो सानो बस्ती पहाडको फेँदमा अवस्थित छ । यहाँ सडक, बत्ती, पानी, ढल, इन्टरनेट सबै विकास गरिएका छन् । पर्यटकहरूको लागि हाम्रो नाम्चे बजारजस्तै आकर्षण केन्द्र बनेको छ । त्यहाँ हिउँमा स्केटिङ खेल्ने व्यवस्था गरिएको छ । हामी त्यही San Isabel मा बास बस्यौँ । २०१७ नोभेम्बर २५ तारिखका दिन हामी Aspen गयौँ । Aspen का पहाडहरू हिउँले ढाकिएको दृश्य अवलोकन ग¥यौँ । हिउँले बाटो पुरिएको कारण पहाडको भित्री भागमा जान पाएनौँ । हामी Aspen बाट फक्र्यौं । San Isabel बाट पहाडी बाटो हुँदै Glenwood Spring हुँदै Monitou Spring पुग्यौँ । बाटोमा काठमाडौँ भोटाहिटीका शाक्य परिवारका एकजना नेपालीको पसलमा बिहान खाना खायौँ । पसलमा नेपालको झण्डा फहराइरहेको थियो । साइनबोर्डमा स्वयम्भू र पशुपतिको मन्दिर थियो । त्यो देखेर हामीलाई गर्व लाग्यो । हामी Monitou Spring मा पुग्दा बेलुका भइसकेको थियो । होटल बुक गरेर हामी कोठामा सामानहरू राखी गाडी पार्किङ्ग गरेर हिँडेरै बजार घुम्न गयौँ । पसल घुम्दै जाँदा नेपालीहरूको पसल भेटियो । त्यसमध्ये हामी हस्तकलाका सामान भएको पसलमा छि¥यौँ । त्यहाँ नेपाली कलात्मक सामानहरू प्रदर्शन गरिएको थियो । पसलमा कान्तिपुर टेलिभिजनका समाचार वाचिका बसिरहेकी छिन् । उनी कान्तिपुर टेलिभिजनको जागिर छोडेर आएकी रहेछिन् । भनाइअनुसार पसल उनका भिनाजुको रहेछ । उनीसँग केही समय भलाकुसारी गरेर बाहिर निस्क्यौँ । बाहिर अलि भीड थियो । यो पुरानो सहरमा झिलीमिली वातावरणमा रमाउने विद्यार्थी, युवायुवती तथा कामको सिलसिलामा आएका मानिसहरूको जमघट हुनेरहेछ ।
२०१७ नोभेम्बर २६ का दिन Colorado Springs Cascsade and Pike NTZ Forest गयौँ । प्रतिव्यक्ति १५ डलर तिरेर Summit Peak Pike मा गयौँ । यसको उचाइ १४११५ फिट छ । त्यो टाकुरामा हेर्नलायक केही छैन । वरिपरि हराभरा दृश्यहरूमात्र हेर्ने हो । तर त्यहाँ धेरै पहिले नै रेल चलाइसकेको रहेछ । आजकल रेलको अवशेषमात्र बाँकी छ । टाकुरामा एउटा पसल छ । त्यहाँ खानेकुराको व्यवस्था छ । बाहिर खुला ठाउँमा हावाको कारण बस्नसक्दैन । त्यस पहाडको उचाइ कम भएअनुसार जङ्गल छ । जङ्गलभित्र विभिन्न जीवजन्तुहरू पाइन्छन् । कति त बाटो नै छेक्ने गरी चर्न आउँछन् । भनिन्छ, त्यस जङ्गलभित्र Bigfoot मान्छे बस्थे । जसरी हाम्रो हिमालमा हिममानव भनिन्छ । त्यसको सालिक फेदीमा राखेको छ । यहीबाट ‘कोलोराडो’ को भ्रमण नगरी घर फक्र्याैं ।
२०१८ अगष्ट ३१ तारिखको दिन म र मेरो परिवार छोरा सुविनसहित ३ जना न्युयोर्क भ्रमणको लागि बिहान ५ बजे घरबाट बाहिर निस्कियौँ । बिहान ८ बजे बिल क्लिन्टन जन्मेको ठाउँ अर्कान्सस राज्यमा पुग्यौँ, अर्कान्सस, मिन्सक, मिसौरी हुँदै अब्राहम लिङ्कनको जन्मथलो मिसौरीमा पुग्यौँ ।
२०१८ सेप्टेम्बर १ तारेखका दिन हामीले आफ्नो यात्रालाई अगाडि बढायौँ । बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्मको यात्रापछि सिकागोकोे डाउनटाउन पुग्यौँ । सिकागो (मजदुर आन्दोलनको उल्लेख छैन) मिचिगन झिलको दक्षिण पश्चिम किनारामा अवस्थित छ । यो सहर ४१ङ्क ५२’ ४१.२” उत्तरी अक्षांश र ८७ङ्क ३७’ ४७.३” पश्चिमी देशान्तरमा अवस्थित छ । यो सहर इलिनोइस राज्यमा पर्दछ । यो यू.एस.ए.को जनसङ्ख्याको आधारमा तेस्रो ठूलो सहर हो । यहाँ २० लाख ७० हजार जनसङ्ख्या रहेको छ । यो सहर क्रान्तिको हिसाबले ज्यादै ठूलो महत्वको सहर हो । यहाँ अहिले पनि Revolution Club Chicago भन्ने संस्था छ । सिकागोको महत्वपूर्ण ठाउँ भन्नु नै मिलेनियम पार्क हो । मिलेनियम पार्कको परिचय भनेको Cloud gate हो । त्यहाँ सङ्गीत समारोह, नृत्य समारोह र अन्य समारोहको लागि मञ्चको व्यवस्था गरिएको छ । त्यो हाम्रो नेपालको खुला मञ्चजस्तै हो । त्यस्तै Rington Memorial Park बकिङ्घम दरबार छ । सिकागोमा हरबर लाइट हाउस (Chicago Harbour Lighthouse Bronzeville Historical Society) छ । यो एउटा अफ्रिकन अमेरिकन सिभिल वार Portrayals प्रदर्शन गर्ने थलो हो । शिकागोको दृश्यावलोकनपछि हामी क्यानडाको लागि प्रस्थान ग¥यौँ ।
क्यानडा जानको लागि ग्रीनकार्ड या नागरिकता चाहिन्छ । हामीसँग ग्रीनकार्ड भएकोले सिमानामा ग्रीनकार्ड देखाएर क्यानडा छि¥यौँ । क्यानडाको ‘टोरन्टो’ को डाउनटाउन पुग्न धेरै समय लाग्ने भएकोले होटेल खोज्यौँ । त्यहाँ खेलकुद प्रतियोगिता भइरहेकोले होटेल खाली थिएन । सब–वेमा गएर खाना खायौँ । त्यसपछि हामी गाडीभित्रै बास बस्यौँ ।
२०१८ सेप्टेम्बर २ तारेखको दिन बिहान ६ बजेबाट ‘टोरन्टो’ को सदरमुकामको लागि गाडी अगाडि बढायौँ । बिहान १० बजे टोरन्टो पुग्यौँ । टोरन्टो ४३ङ्क ३५’ १६” उत्तरी अक्षांश र ७९ङ्क २२’ ५०.५” पश्चिमी देशान्तरमा अवस्थित छ । मोटर पार्किङ्गको लागि व्यवस्था थिएन । हामीले होटल नै रिजर्भ गरेर गाडी होटल मालिकलाई जिम्मा लगाउनुप¥यो । गाडी जिम्मा लगाइसकेपछि टोरन्टो सहर घुम्यौँ । टोरन्टोको मुख्य आकर्षण भनेको CN Tower हो । यो २९ तलाको छ । यो Isabel Valley Grawford Park मा अवस्थित छ र CN Tower चढ्न १०÷१० डलर तिरेर टिकट लियौँ । लिफ्टबाट माथि चढ्यौँ । वरिपरिका दृश्य हेरेर त्यहाँबाट फक्र्यौं भनिन्छ, CN Tower बन्नुभन्दा अगाडि नेपालको धरहरा बनिसकेको थियो । धरहरा हेरेर नै यो CN Tower बनेको हो । विज्ञान कला र संस्कृतिमा सयौँ वर्षपहिले नै नेपालमा विकास भइसकेको छ । CN Tower को अवलोकनपछि तल ओल्र्याैं र केही समय बजार अवलोकन गर्यौँ । ‘टोरन्टो’ बजार हाम्रो नेपालको न्यु रोडजस्तै भएको अनुभव ग¥यौँ । त्यहाँ चिनियाँ, जापानी, कोरियाली, भारतको पञ्जावका मानिसहरू धेरै बसोबास गर्दछन् ।
बजारको घुमघामपछि हामी नायग्रा झरना हेर्न नायग्रा नदीतिर गयौँ । करिब १०÷१५ मिनेटको ओरालोको पैदल यात्रापछि नायग्रा नदी पुग्यौँ । त्यस ठाउँबाट हेर्दा २ वटा झरना देखिन्छ । ठूलो झरना क्यानडामा पर्दछ भने सानो झरना संरा अमेरिकामा पर्दछ । त्यस झरनाबाट पानीको बाफ आउँछ । त्यस बाफको पानीले बाटो नै भिजेको हुन्छ । क्यानडाबाट ती दुवै झरना स्पष्ट देखिन्छ । झरनाभन्दा तल नदीमा संरा अमेरिका र क्यानडाको छुट्टाछुट्टै साना जहाजहरू चल्छन् । जहाजमा बसेर मानिसहरू झरनाको मुनिसम्म घुमाएर फर्काउँछन् । १५ डलर तिरिसकेपछि प्लाष्टिकको रेनकोट लाएर झरनाको मज्जा लिन्छन् र दिउँसो त्यस झरनामा इन्द्रेणी देखिन्छ । बेलुका ती झरनामा बत्तीद्वारा विभिन्न रङ्गको झरना देखाइन्छ । रातो, नीलो, कालो भनौँ इन्द्रेणीमा पाइने सबै रङगको झरना देखाइन्छ । त्यसपछि आकाशमा पटाका पड्काएर आकाशमा विभिन्न आकृति देखाइन्छ । ती दृश्यहरू हेर्न प्रत्येक दिन लाखौँ मानिस आउने गर्दछन् ।
‘नायग्रा फल’ ओन्टारिओ झिलबाट निस्केको ‘नायग्रा नदी’ मा बनेको हो । नायग्रा नदीको बीच भागमा Goat Island रहेकोले नदी दुई हाँगामा विभाजित हुन्छ र एउटा क्यानडातिर बग्दछ । अर्को संरातिर बग्दछ । त्यसकारण ‘नायग्रा फल’ दुवै देशमा भएको हो । क्यानडातिरको ‘झरना’ भीमकाय छ भने संरा अमेरिकाको झरना सानो छ । यी दुवै झरना हिउँद लागेपछि अर्थात् अक्टोबर, नोभेम्बर, डिसेम्बरमा हिउँको ढिक्काको रूपमा रहन्छ । त्यसकारण हिउँदमा पर्यटकहरू आउँदैनन् । यसरी सेप्टेम्बर २ तारेखको दिन नायग्रा फलको अवलोकन गरेर ओन्टारिओमै बास बस्यौँ ।
२०१८ सेप्टेम्बर ३ मा बिहान ७ बजे क्यानडाबाट न्युयोर्कको लागि रमाना भयौँ । करिब २ घण्टाको यात्रापछि क्यानडाको सिमाना नाघ्यौँ र न्युयोर्क पुग्यौँ । न्युयोर्कतिर पनि नायग्रा फलकै लागि ‘नायग्रा रिजरभेसन स्टेट पार्क जानको लागि हाम्रो कारलाई एक ठाउँमा पार्किङ गरेर बस चढ्यौँ । नायग्रा पार्क पुगेपछि नायग्रा नदी हे¥यौँ । झरना पैदल यात्रा गरेर निरीक्षण ग¥यौँ । नायग्रा फल जानको लागि टिकट लियौँ । टिकटसँगै प्लाष्टिकको रेनकोट लिएर सानो पानीजहाजमा बसेर झरनाको मुनिसम्म गएर फक्र्याैं । संरा अमेरिकातिरको झरना हेर्न फेरि टिकट लियौँ । सुरुङ मार्ग भएर झरना जाने बाटोमा पुग्यौँ । त्यहाँ रेनकोट र चप्पल दिइयो । झरनाको छहारीमा जाँदा शरीर नभिजियोस् र चिप्लोबाट नलडियोस् भनेर रेनकोट र चप्पल दिइएको हो । हामी त्यही रेनकोट र चप्पल लगाएर झरना सुरु हुने अग्लो स्थानसम्म पुग्यौँ । झरनाको पानीका छिटाले हामी भिजेका थियौँ । त्यहाँको दृश्यावलोकन र पानीको स्पर्शको मनोरञ्जन लिइसकेपछि त्यहाँबाट फक्र्यौँ । बस चढेर कार पार्किङ स्थलसम्म आइपुग्यौँ । हामी कारबाटै न्युयोर्कको सदरमुकामका लागि यात्रालाई अगाडि बढायौँ ।
न्युयोर्क संरा अमेरिकाको ‘न्युयोर्क’ स्टेटमा पर्दछ । हामी साँझ न्युयोर्कको सदरमुकाममा पुग्यौँ । न्युयोर्क ४०ङ्क ४२’ ४६” उत्तरी अक्षांश र ७४ङ्क ००’ २१.५” पश्चिमी गोलाद्र्धमा पर्दछ । यू.एस.ए.को जनसङ्ख्याको हिसाबले यो दोस्रो ठूलो राज्य हो । त्यसदिन हामी हाम्रो कार होटल साहुलाई बुझाएर होटलमै बास बस्यौँ । २०१८ सेप्टेम्बर ४ तारेखको दिन हामीले पैदल यात्रामै घुम्यौँ । ट्विनटावरका अवशेषहरू हे¥यौँ । अवशेषको रूपमा जग (Foundation) सफा गरिराखेको र वरिपरि पर्खाल बनाएर राखेको छ । त्यो पर्खालमा ट्विन टावरभित्र मरेका मानिसहरूको नामको सूची राखिएको छ । त्यसलाई म्युजियमको रूपमा राखिएको छ । केही पर भत्केका ट्विन टावरका अवशेषहरू राखेको भवन (म्युजियम) हेर्न गयौँ । म्युजियमभित्र राखिएको सामान हेर्दा हवाईजहाजको ठोकाइले मात्र त्यो टावर भत्कँदैन । जहाजभित्र शक्तिशाली बम हुनुपर्ने अनुमान गरिएको छ । ट्विन टावर भत्केको ठाउँलाई Memorial Museum भनिन्छ । ट्विन टावर निर्माण १९६६, अगष्ट ५ मा पहिलो भवनको निर्माण सुरु गरिएको रहेछ । यो उत्तरतिर मनहाटनमा पर्दछ । दोस्रो १९७० डिसेम्बरमा दक्षिणतिर सुरु भयो र १९७३ अप्रिल ४ मा उद्घाटन भयो ।
(लेखक निवृत्त शिक्षक हुनुहुन्छ ।)
बाँकी भोलिको अङ्कमा
Leave a Reply