भर्खरै :

एसियाली र अफ्रिकी विकासोन्मुख देशहरूका लागि समृद्धि र पुनर्जागरण

चाङ स्युतोङ (ZHANG XUDONG)
ऐतिहासिक चिनियाँ अभ्यास र महत्वपूर्ण सिकाइको सार हो – कडा परिश्रमलाई जग अर्थात् आधारशीला बनाइए प्रतिफल स्वाभाविकरूपमा सुन्दर, उत्कृष्ट र महत्वपूर्ण हुन्छ ।
चीनले प्रस्ताव गरेको क्षेत्र तथा मार्ग अगुवाइले एसियाली र अफ्रिकी विकासोन्मुख देशहरूको समृद्धि र पुनर्जागरणमा अत्यन्त ठूलो भूमिका निर्वाह गर्दै छ । क्षेत्र तथा मार्गमा जोडिएका देशहरूसँग चीनको गहिरो सहकार्यको व्यापकता र मूर्त प्रगतिसँगै धेरै एसियाली र अफ्रिकी मुलुकहरूमा बीआरआईका प्रारम्भिक परियोजनाले सकारात्मक प्रतिफल दिन थालेको छ ।
लागोस–इवादन रेलमार्गः नाइजेरियाको विकासलाई तिव्रता दिंदै
पश्चिम अफ्रिकाको दक्षिणपूर्वमा रहेको नाइजेरिया यस महाद्वीपको सर्वाधिक ठूलो देश हो जहाँ करिब २० करोड जनसङ्ख्या छ । आर्थिक केन्द्रको रूपमा अफ्रिकाको सबैभन्दा ठूलो सहर लागोसमा मात्र करिब २ करोड जनसङ्ख्या बसोबास गर्छ । जनसङ्ख्याको तुलनामा नाइजेरियामा भौतिक संरचना र पूर्वाधार निर्माण पछाडि परेको देखिन्छ । विशेषतः त्यहाँको रेलमार्ग प्रणालीका कारण मुलुकले सवारी चापको गम्भीर समस्या भोगिरहेको छ । यातायात व्यवस्थापन हुन नसक्दा आर्थिक विकास सुस्त बनेको छ । उदाहरणका लागि अपापा नामक लागोसको बन्दरगाहले विगत लामो समयदेखि सवारी चापको सङ्कट भोगिरहेको छ । त्यतिमात्र होइन मालबाहक ट्रकहरू लामो लाइनमा पर्खिरहेको दृश्य अत्यन्त सामान्य बनिसकेको छ ।
चिनियाँहरू अक्सर भन्ने गर्छन्– “यदि तपाईं धनी बन्न चाहनुहुन्छ भने पहिले बाटो बनाउनुहोस् ।” नाइजेरियाले विकासको बाटोमा तेर्सिएको बाधा या घाँटी नै अँठ्याउने खालका व्यवधान पन्छाउँदै लागोस–कङ्गो रेलमार्ग नामक स्तरीय र चौडा रेलमार्ग निर्माण गर्ने निर्णय ग¥यो । योभन्दा अगाडिको रेलमार्ग साँघुरो थियो । प्रतिखण्ड ४० फिट चौडा र ट्राय्कहरूको बीचमा जम्मा १ मिटरको दूरीमात्र थियो । सोही साँघुरो दूरीका कारण रेलको गति र गाडीको चौडाइ सीमित थियो । छोटो लम्बाइका कारण रेल जोडाइ र त्यसको चक्का एक आपसमा ठोकिने डर थियो । चक्काबीचको ठोकाइले ठूलो आवाज निकाल्नुका साथै रेलमार्ग ट्राय्क र ट्रेनहरूको आयु पनि घटाउँथ्यो ।
बीआरआईअन्तर्गतको चीन–नाइजेरिया सहकार्य परियोजनाको कोशेढुङ्गास्वरुप लागोस–इवादान रेलमार्ग, लागोस–कानो रेलमार्गको एउटा अंश चिनियाँ कम्पनीहरूले निर्माण गर्ने सम्झौता भएको हो । लागोस, ओगुन (Ogun) र ओयो (Oyo) गरी तीन प्रान्तहरू भएर गुड्ने करिब १५६.०८ किमि लामो त्यस रेलमार्ग १.५८१ अर्ब (1.581 billion) अमेरिकी डलरमा ठेक्का दिइएको छ । सन् २०१७ को मार्च ७ का दिनबाट सुरु भएको त्यस रेलमार्ग निर्माणको काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । रेलमार्ग चिनियाँ मानकको डबल–ट्राय्क १४३५ कि.मि चौडा र १५० कि.मि. प्रतिघण्टाको अत्यधिक गतिका लागि डिजाइन गरिएको छ । परियोजनाको निर्माणपश्चात् नाइजेरिया र दक्षिण अफ्रिकी क्षेत्रमा चिनियाँ विशेषता र स्तरको रेलमार्ग सञ्चालनमा आउने छ । रेलहरू यसअघिको भन्दा निकै आरामदायी, स्थिर र सुरक्षित ढङ्गले सञ्चालित हुने छन् । रेलमार्गले लागोसको बन्दरगाहबाट सामग्रीहरू ढुवानी गर्ने सुविधा प्रदान गर्ने छ । जसले रेलमार्गसँग जोडिएका क्षेत्रहरूको आर्थिक विकासमा उल्लेखनीय भूमिका खेल्ने छ । विशेषगरी ओगुन प्रान्त जुन लागोसको उत्तरी औद्योगिक क्षेत्र हो, त्यहाँ प्रभाव पार्ने छ । ओगुन राज्यका गभर्नर इविकुन्ले आमोसुन (Ibikunle Amosun )का अनुसार लागोसको यातायात प्रणालीको चाप न्यून गर्न रेलमार्गले डिकम्प्रेसन भल्भ (Decompression Valve) को रुपमा काम गर्ने छ । यसले विकासको आवश्यकता पूर्ति गर्नेछ । भविष्यमा धेरै मानिसहरूलाई ओगुन प्रान्तमा काम गर्न र बस्न उत्साहित गर्ने छ, विकासको द्रुत गतिसँगै त्यस ठाउँलाई अझ अन्तर्राष्ट्रिय बनाउने छ । रेलमार्गले आर्थिक वृद्धिलाई गति दिने छ र सिङ्गो नाइजेरियाको विकासको जग हाल्ने छ ।
निर्माणाधीन उक्त रेलमार्गले अहिले नै नाइजेरियाको लागि उल्लेख्य आर्थिक फाइदा र हित भएको छ । परियोजनाले ४,००० भन्दा बढी रोजगारी सृजना ग¥यो । यही सिलसिलामा विकाससँग जोडिएका उद्योगहरू जस्तै निर्माण सामग्री र इन्जिनियरिङ निर्माण विकास ग¥यो । त्यस्तैगरी नयाँ करहरूको पनि बन्दोबस्त ग¥यो ।
सन् २०१९ को फेब्रुअरी ८ का दिन भएको पहिलो यात्रामा ठूलो सङ्ख्यामा जनताको सहभागिता रह्यो र रेलका सबै डिब्बाहरू भरिएका थिए । प्रत्येक चोटि ट्रेनले बजार पार गर्दा जनताको ठूलो समूहले ट्रेनको आगमनलाई स्वागत गर्दै खुसी व्यक्त ग¥यो । हिंडिरहेका थुप्रै यात्रुहरू केहीबेर टक्क रोकिए र फोटो खिचे । बालबालिकाहरू रेलपछाडि मज्जाले कुदे । रेलमार्गको पहिलो परीक्षण सञ्चालनको अन्त्यमा ओगुन प्रान्तको राजधानी अबेउकुनामा आयोजित समारोहमा नाइजेरियाका यातायात मन्त्री रोतिमी अमाएचि (Rotimi Amaechi) ले चिनियाँ मित्रहरूप्रति आभार व्यक्त गरे ।
आजको मितिमा नाइजेरिया र अफ्रिकी सङ्घसहित ३७ अफ्रिकी मुलुकहरूले संयुक्तरूपमा क्षेत्र तथा मार्ग निर्माण गर्न चीनसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । क्षेत्र तथा मार्ग अन्तर्राष्ट्रिय सहकार्यका लागि अफ्रिका एक महत्वपूर्ण ध्रुव बनिसकेको छ । पछिल्लो सेप्टेम्बरमा पिपुल्स डेलीसँगको अन्तर्वार्ताको सिलसिलामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भनेका थिए, “म विश्वास गर्छु, विश्व शान्ति र विकासका लागि अफ्रिकाको सफलता नै प्रमुख हो, अफ्रिकाको सफलतालाई चीनसँगको सहकार्यबाट अलग्ग गर्न सकिंदैन ।”
भू–उपग्रह टीभीको पहुँचसहित संसारलाई नियाल्न अफ्रिकी सर्वसाधारण जनताका निम्ति टेलिभिजन हेर्नु भनेको विलासिताको विषय थियो । सन् २०१५ मा दक्षिण अफ्रिकाको जोहनस्वर्गमा आयोजित चीन–अफ्रिकी सहकार्य मञ्चको सम्मेलनलगत्तै चिनियाँ सरकारले १०,००० अफ्रिकी गाउँहरूका लागि भू–उपग्रह टी.भी. उपलब्ध गरायो । साथै २०,००० अफ्रिकी परिवारलाई सेट–अप बक्स अनुदानस्वरुप प्रदान गरी अफ्रिकी जनताको इच्छा पूरा ग¥यो । त्यस परियोजना कार्यान्वयन गर्ने व्यावसायिक पाटो र मर्मत सम्भारको पाटो हेर्ने जिम्मेवारी एउटा चिनियाँ कम्पनीलाई दिइयो ।
उक्त परियोजनामार्फत १० लाख गाउँहरूले लाभ प्राप्त गरेको तथ्याङ्क छ । प्रत्येक गाउँमा तीनवटा सार्वजनिक स्थानमा टीभी प्रसारण र टीभी सेट जडान गरिएको छ । गाउँलेहरू त्यस सामग्रीमार्फत २१ वटा टीभी च्यानलहरू निःशुल्क हेर्नसक्दछन् । यस योजनाअन्तर्गत प्रत्येक गाउँमा २० वटा परिवारका लागि सेट–अप बक्स र दुई महिनाको शुल्क अनुदान दिइएको छ । दुई महिनापश्चात् यदि प्रयोगकर्ताले शुल्क नतिरे उनीहरूले एउटा सेट स्याटेलाइट टीभी कार्यक्रम निःशुल्क हेर्न सक्दछन् । अर्थात् प्रतिमहिना १८ आरएमबि बराबरको शुल्क तिरी ३४ सेट च्यानल हेर्नसक्छन् । त्यहाँका गाउँलेहरू अब स्थिर सिग्नल र उत्कृष्ट सामग्रीको डिजिटल टीभी कार्यक्रमहरू हेर्नसक्छन् ।
नाइजेरिया र अरु धेरै अफ्रिकी देशका गाउँलेहरू दुई कारण टीभी हेर्ने अवसरबाट बञ्चित छन्, एउटा विद्युत् अभाव र अर्को उच्च शुल्क । ऊर्जाको उपलब्धतालाई सौर्य ऊर्जाका लागि आवश्यक प्यानल उपलब्ध गराएको छ । जसबाट प्रत्येक दिन कम्तीमा ५ घण्टा निरन्तर टीभी हेर्न सकिन्छ । भू–उपग्रह टिभीको शुल्क तुलनात्मक रुपमा कम छ, चिनियाँ कम्पनीहरूले निःशुल्क रुपमा प्रदान गरेका कार्यक्रमले आधारभूत रुपमा उनीहरूको सामग्रीको माग पूरा गर्छ ।
चिनियाँ कम्पनीले प्रदान गरेका सेट–अप बक्समार्फत प्रसारित विशेष कुङ फु च्यानलमा पनि स्थानीय दर्शकहरूको पहुँच छ । चिनियाँ कुङ फु स्टार अभिनित केही चलचित्रहरू अत्यन्त मन पराइएका छन् । यसले स्थानीयहरूमा मार्सल आर्टप्रति मोह समेत जगाएको पाइन्छ । नाइजेरियाका लागि चिनियाँ राजदूत चाउ पिङ चियाङ (Zhou Pingjian) का अनुसार “यो आयोजनाको कार्यान्वयन क्षेत्र तथा मार्ग अगुवाइको व्यापकताको प्रमाण हो । नाइजेरियाली जनताको बाह्य सम्पर्क र पहुँच सुदृढ गर्न आयोजनामा सहभागी हुन पाएकोमा चीन सरकार अत्यन्त खुसी छ ।”
“मैले कहिल्यै सोचेको थिइन कि म टीभी हेर्न पाउँछु, स्पष्ट डिजिटल टीभी । बाहिरको संसार र विश्व हेर्न एक जोडा नयाँ आँखा पाएको अनुभूत भइरहेको छ । विश्व विराट छ र धेरै रमाइला पाटाहरू पनि छन् । अवगत हुँदै छु ।” ९ वर्षको नाइजेरियाली केटा इभिनिङले भने ।
तल्लो सेसान दोस्रो जलविद्युत् आयोजना ः कम्बोडियाको विकासको बाटोमा उज्यालो छर्दै
कम्बोडिया चीनको दक्षिण–पूर्वी एसियाको एक छिमेकी मित्रराष्ट्र एवम् क्षेत्र तथा मार्गको एक महत्वपूर्ण सहयात्री मुलुक हो । लामो समयका लागि यस मुलुकले ऊर्जा सङ्कटको भूमरी बेहो¥यो । जलस्रोतको अत्यन्त धनी मुलुक भए तापनि त्यसको विकास र व्यवस्थापन गर्न नसकेको कारण ऊर्जा प्रसारण सङ्कटबाट देश गुज्रनुप¥यो । अत्यधिक विद्युत् आयात गर्दै देश नै ऊर्जामा परनिर्भर बन्दै गयो ।
ऊर्जा सङ्कटको समस्याबाट प्रभावकारी ढङ्गबाट उन्मुक्तिको खोजी कम्बोडियाले गरिरहेकै थियो । त्यसैबीच चिनियाँ कम्पनी र कम्बोडियाली सरकारले सहकार्य गर्ने निर्णय ग¥यो । सहकार्यमा आधारित संयुक्तरूपले सम्भावित जलविद्युत्को खोजी सुरु गरियो । लाङ्काङ र मेकङ नदी चीनबाट कम्बोडियाको उत्तरबाट दक्षिणतिर बग्छ । यस नदीको सयौँ माइल लामो एक सहायक नदी सेसान हो । यो स्टङ्गटे«ङ प्रान्तको उत्तर पूर्वी क्षेत्रमा अवस्थित छ । उक्त प्रान्तको मेकङ नदी (Mekong), साइगोन नदी (Saigon) र सेसान (Sesan) नदीको त्रिवेणीमा अत्यन्तै ठूलो क्षमताको जलविद्युत्को स्रोत उपलब्ध छ, सम्भाव्यता प्रचुर छ ।
सन् २०१८ को डिसेम्बर १८ का दिन चिनियाँ कम्पनीले निर्माण गरेको तल्लो सेसान– २ जलविद्युत् गृह आधिकारिक रुपमा सम्पन्न गरियो र सञ्चालनमा ल्याइयो । ६.५ कि.मि. लामो बाँध सहितको उक्त आयोजना कम्बोडियाको आजसम्मको इतिहासमा सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो भने एसियाकै सबैभन्दा लामो बाँध पनि हो । जलासयले २.७२ अर्ब घनमिटर (2.72 billion) पानी सञ्चय र सङ्कलन गर्ने क्षमता राख्छ । त्यस्तै परियोजनाको जडान क्षमता ४०० मेगावाट (400,000 kilowatts) रहेको छ जुन मुलुकको कुल जडित (installed) क्षमताको बीस प्रतिशत हो । आयोजनामा ५० मेगावाटका ८ वटा चिनियाँ–निर्मित जेनेरेटरहरूबाट उर्जा उत्पादन हुन्छ । यसको वार्षिक ऊर्जा उत्पादन क्षमता ४.९७ अर्ब किलोवाट प्रतिघण्टा (4.97 billion kilowatts – hours) सम्म पुन सक्ने प्रक्षेपण छ । कम्बोडियाको १ करोड ४० लाख (14 milion) जनसङ्ख्या र वार्षिक ८.८ अर्ब (8.8 billion) किलोवाट प्रतिघण्टा ऊर्जा घरायसी प्रयोजनका लागि उपभोग गर्ने तथ्याङ्कको आधारमा विश्लेषण गर्दा यस आयोजनाले ३० लाख (3 million) कम्बोडियाली जनतालाई उपभोग गर्न पुग्ने ऊर्जा उत्पादन गर्दछ ।
आयोजना स्थलका जनतालाई स्थानान्तरण गर्न र पर्यावरणीय जोखिमका मुद्दाहरूजस्ता जलविद्युत आयोजनासँग जोडिएका विषयहरू उचित ढङ्गले कसरी समाधान गर्ने भन्ने चासो थिए । यस सम्बन्धमा चिनियाँ कम्पनीहरूले अत्यन्त परिपक्व भई, होसियारीपूर्वक अनुसन्धान र विचारविमर्श गरी समाधानका उपाय पहिल्याए ।
स्थानीय जनतालाई स्थानान्तरण गर्ने विषयलाई चिनियाँ कम्पनीले अत्यन्त गम्भीरतापूर्वक आफ्नो प्रधान प्राथमिकतामा राख्यो । आयोजनाबाट प्रभावित जम्मा ३,६९० स्थानीय अहिले नयाँ, उज्यालो, सुरक्षित र आरामदायी भवनहरूमा पुनःस्थापित भइसकेका छन् । चिनियाँहरूको अनुभवले कम्बोडियामा पनि काम ग¥यो । धरातलतिर फर्केर जनतालाई विकल्पसहित उचित मुआब्जा दिने नीतिकै अवलम्बन गरियो । चिनियाँ सरकार अन्तर्राष्ट्रिय वातावरण संरक्षणको सवालमा गम्भीर छ । हरित उत्पादनतर्फ केन्द्रित छ । त्यसकारण चिनियाँ कम्पनीले उक्त आयोजनाको योजना निर्माणकै दौरान वातावरण संरक्षणलाई ठूलो महत्व र प्राथमिकतामा रोखेको थियो । त्यस ठाउँ फिरन्ते (Migratory) माछाको प्रजननका लागि अनुकूल मानिन्छ । त्यसकारण चीन सरकारले त्यो प्रजातिको माछा जोगाउन अर्थात् प्रजनन र अस्तित्व सुरक्षित गर्न आयोजनाको दायाँ किनारमा करिब १५ लाख अमेरिकी डलर बराबरको (1.5 million) लगानीमा (Fishway) माछाको लागि बाटो निर्माण गरेको छ । जलविद्युत् आयोजनाको निर्माण सकिएपश्चात् विशाल जलाशयमा ठूलो सङ्ख्यामा स्वच्छ पानीमा पाइने माछा उत्पादन गर्ने व्यवस्था गरियो । जसले स्थानीय जनताको अर्थोपार्जन वृद्धिमा मद्दत गरेको बताइन्छ । वातावरण संरक्षणका लागि चिनियाँ कम्पनीले गरेको लगानीबाट कम्बोडियाली जनताको मन जित्न सफल रह्यो र धेरै प्रशंसा पनि कमायो ।
कम्बोडियाका खानी तथा ऊर्जामन्त्री सुय सेम (Suy Sem) का अनुसार सो जलविद्युत् आयोजना कम्बोडियाको ऊर्जा उत्पादनको मेरुदण्ड नै हो । स्तुङ्ग टे«ङ्ग प्रान्तका गभर्नर मम सारोइन (Mom Saroeun) ले पनि जोड दिए, “क्षेत्र तथा मार्ग अगुवाइले यस प्रदेशमा विकासको अपार अवसर सृजना गरेको छ ।”
सन् २०१७ मा सम्पन्न अन्तर्राष्ट्रिय सहकार्यका लागि पहिलो क्षेत्र तथा मार्ग अगुवाइ मञ्चको उद्घाटन समारोहका प्रमुख अतिथिको सम्बोधनमा राष्ट्रपति सि चिन फिङले भन्नुभएको थियो, “ऐतिहासिक रेसममार्गले शान्ति र सहकार्यको पवित्र भावना आत्मसात् गर्छ । खुलापन र समावेशिता, आपसी सिकाइ र आपसी लाभको भावना विकास गर्छ । रेशम मार्गको उद्देश्य मानव सभ्यताको पनि उत्कृष्ट उपज बनेको छ ।”
चीनको क्षेत्र तथा मार्ग अगुवाइले एसियाली र अफ्रिकी विकासोन्मुख मुलुकहरूमा समृद्धि र पुनर्जागरणको उडानका लागि पखेटारुपी कार्य गर्दै छ ।
(डा. चाङ सुतोङ (पीएचडी) सिङघाउ विश्वविद्यालय (Tsinghua University) का अन्तर्राष्ट्रिय सम्बन्ध विभागका विज्ञ हुन् ।)
– हौसला
China Today, Vol.68 No.5 May 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *