जलवायु परिवर्तनले लाखौँ विस्थापित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी
- कार्तिक २५, २०८२
टेक्सास, ११ असार (बीबीसी) । अमेरिकाको टेक्ससस्थित सिमाना नजिकको एउटा बन्दी केन्द्रबाट झन्डै २५० आप्रवासी बालबालिकाहरू अन्यत्र सारिएका छन् ।
त्यहाँ पुगेका कानुन व्यवसायीहरूले बन्दीगृहमा खाना र औषधी अभावलगायत त्यहाँको कमजोर एवम् भद्रगोलको अवस्थाबारे बोलेका थिए ।
न्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई अनुगमनको पहुँच दिएपछि बालबालिकाहरूलाई निकै कम ध्यान दिइएको उजागर भएको हो ।
त्यस्तो नाजुक अवस्थामा बालबालिकाहरूलाई त्यहाँ थुप्रै साता राखिएको थियो ।
त्यस्ता बन्दीगृहमा गत वर्ष यता छजना बालबालिकाले ज्यान गुमाएका छन् ।
अनुगमनमा गएका एक कानुन व्यवसायीले बीबीसीलाई बताएअनुसार बालबालिकाहरू यसरी थुनिएका थिए, जहाँ कोठाको बिचमा खुला शौचालय थियो । उनीहरू त्यहीं खाने–सुत्ने गर्थे ।
अनुगमन टोलीमा रहेका विलिमेट युनिभर्सिटीका प्राध्यापक वारेन विनफोर्ड भन्छन्, “त्यहाँ ती बालबालिकाको ख्याल गर्ने कोही थिएनन् । पहिले भण्डारण गृह रहेको ठाउँमा सयौं बालबालिकाहरू राखिएका थिए । ती भिडभाडयुक्त मात्र थिएनन्, त्यहाँ जुम्राको प्रकोप पनि थियो ।”
अमेरिकी सीमा काट्ने धेरैजसो मध्य अमेरिकी अभिभावकहरूलाई सन् २०१८ मा उनीहरूका बालबालिकाबाट छुट्ट्याइएको थियो ।
आप्रवासी सम्बन्धी राष्ट्रपति डोनल्ड ट्रम्पको शून्य सहनशीलता नीतिका कारण त्यतिखेर झन्डै तीन हजार बालबालिकाहरू अभिभावकबाट अलग्याइएका थिए ।
ती क्षेत्र आसपास बस्ने मानिसहरूले समेत बालबालिकाको त्यस्तो दयनीय अवस्था देख्दादेख्दै सहयोग गर्न नपाउनुलाई ‘हृदयविदारक अवस्था’ भनेका छन् ।
सीमा अधिकारीहरूले एक वक्तव्यमार्फत् ती गृहहरू तोकिएको कामका लागि उपयुक्त नभएको स्वीकार गरेका छन् । तर, उनीहरूले आर्थिक स्रोत कमजोर भएकाले त्यस्तो अवस्था आएको तर्क गरेका छन् ।
टेक्सासमा सीमा सुरक्षाकर्मीहरूले यसै साता समेत अध्यागमन प्रणाली छल्दै अमेरिका प्रवेश गर्न खोज्दा सातजना आप्रवासीहरूले ज्यान गुमाएको बताएका छन् । जसमा दुई बालबालिका र एक शिशु छन् ।
डेमोक्रयाटहरूले संसद्को तल्लो सदनमा ४.५ अर्ब डलर बराबरको एउटा आपतकालीन सीमा सहायता ल्याउन प्रयास गरिरहेका छन् । तर, ह्वाइटहाउसले यसअघि नै त्यसविरूद्ध विशेषाधिकार भिटो प्रयोग गर्नसक्ने चेतावनी दिएको छ ।
यसैबीच आप्रवासी बालबालिकाहरू राखिने केही बन्दी गृहहरूको अवस्थाका कारण खडा भएको आलोचनात्मक अवस्थाबीच अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका प्रमुखले पदबाट राजीनामा दिएका छन् ।
कार्यवाहक आयुक्तका रूपमा जन स्यान्डर्सले दुई महिनाअघि मात्र उक्त जिम्मेवारी सम्हालेका थिए ।
बीबीसीकी एकजना सम्वाददाता भन्छिन्, “स्यान्डर्सले अर्को साता पद छाड्ने बताएका छन् । उनले कारण खुलाएका छैनन् । तर, समाचारहरूका अनुसार मेक्सिकोको सीमामा उत्पन्न भइरहेका सङ्कटको अवस्थाबाट स्यान्डर्स र उक्त निकायका नेतृत्वकर्ताहरू रनभुल्लमा छन् ।”
स्यान्डर्सले त्यस्तो अवस्थाका लागि पैसाको अभाव जिम्मेवार रहेको बताएका छन् ।
Leave a Reply