भर्खरै :

“प्रजग कोरियासँग अर्को वार्ताको लागि तयार छौँ”

सिओल, २८ जून । प्रजग कोरिया मामिलाका लागि संरा अमेरिकी विशेष दुत स्टेफन बिइगुनले शुक्रबार गत साल सिङ्गापुरमा सम्पन्न पहिलो प्रजग कोरिया–संरा अमेरिका शिखर सम्मेलनमा पुगेको सहमतिअनुसार नै प्रजग कोरियाको अर्को चरणको वार्ता गर्न संरा अमेरिका तयार रहेको बताउनुभएको छ ।
कोरियाली प्रायःद्विपको शान्ति र सुरक्षा मामिलाका लागि दक्षिण कोरियाली विशेष प्रतिनिधि ली डु–हूनसँग दक्षिण कोरियाली राजधानी सिओलमा भेट पछि संरा अमेरिकी दुतले यस्तो अभिव्यक्ति दिनुभएको सिओलको विदेशमन्त्रालयले जनाएको छ ।
बिगुइनले सिङ्गापुर सहमतिलाई एकसाथ एकगठ रूपमा अघि बढाउन प्रजग कोरियासँग रचनात्मक छलफल गर्न संरा अमेरिका तयार रहेको भनाइ दोहो¥याउनुभयो ।
गत वर्षको जून महिनामा सिङ्गापुरमा भएको सम्मेलनमा प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुई देशबीच कोरियाली प्रायःद्विपमा पूर्ण आणविक निशस्त्रीकरण गर्ने र दिगो शान्ति स्थापना गर्नुपर्ने सहमति भएको थियो ।
किम–ट्रम्प दोस्रो शिखर सम्मेलन गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा भएको थियो । सो सम्मेलनमा कुनै सहमति भएको थिएन ।
संरा अमेरिकी प्रतिनिधिले आसन्न ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीचको वार्ता कोरिया प्रायःद्विपमा शान्ति तथा समृद्धि हासिल गर्ने एउटा उपयुक्त अवसर हुने विश्वास व्यक्त गरेको दक्षिण कोरियाली विदेशमन्त्रालयले जनाएको छ ।
ट्रम्प शनिबार मुनसँग भेट्न दक्षिण कोरिया जाँदै हुनुहुन्छ । उहाँहरूबीच आइतबार वार्ता हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *