युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
डी. आर.
क्रिष्टोफर कोलम्बस (Christopher Columbus) को जन्म सन् १४५१ मा जेनोआ नगरमा भएको थियो । जेनोआ इटालीको प्रमुख नगरहरूमध्ये एक थियो । समुद्री किनारमा अवस्थित यो नगरको बन्दरगाहमा सामान र यात्रु बोकेको जहाजहरूको ओहोर–दोहोर भइरहन्थ्यो ।
कोलम्बसका पिताको नाम डोमेनिको कोलोम्बो थियो । उनी एक जुलाहा थिए । उनले छोरा कोलम्बसलाई पिसा नगरको एक माध्यमिक विद्यालयमा भर्ना गरे । त्यहाँ कोलम्बसले भूगोल विषय लिई अध्ययन गरे । उनी समुद्रमा जहाज चलाई टाढा–टाढा पुग्ने इच्छा गर्थे । उनी सानैदेखि सधैँझैँ बन्दरगाहमा पुग्थे र एकपटकले जहाजहरू आइरहेको–गइरहेको हेरिरहन्थे । पहिले उनको नाम क्रिस्टोफोरो कोलोम्बो (Christopher Columbo) थियो । पछि क्रिष्टोफर कोलम्बस भनियो । उनी जवान भए । एकदिन उनले आफ्नो बुबालाई जहाज चालक बन्ने इच्छा बताए । उनले बुबालाई त्यसको लागि अनुमति दिन मान्न लगाए । उनी निकै उत्साहपूर्वक समुद्री यात्रामा गए । उनले जहाज चलाउने अभ्यास सिक्दै गए । उनले धेरै वर्षको यात्राको क्रममा अफ्रिका र स्पेनका मुरहरूसँग धेरैपटक मुठभेड गरिसकेका थिए । उनले कष्टसाध्य समुद्र यात्रामा जाँदाजाँदा कठोर जीवन बिताउन सिकिसकेका थिए । उनी आपत्–विपद्मा जेलिँदै खारिसकेका थिए । सन् १४७८ मा एउटा ठूलो मुठभेडमा कोलम्बस रहेको जहाज ध्वस्त भयो । उनी एउटा फल्याकको सहारामा पोर्तुगलको समुद्री किनारमा उत्रे । पोर्तुगलस्थित लिस्बोनमा कोलम्बसको एकजना भाइ थिए । भाइको नाम बारतोलोमियो (Bartolomeo) थियो । बारतोलोमियो त्यहाँ नक्सा र चार्ट बनाउने काम गर्थे । कोलम्बस आफ्नो भाइकहाँ गए ।
त्यसबेला पोर्तुगल जहाज निर्माण र समुद्री व्यापारमा सबैभन्दा अगाडि थियो । पोर्तुगलका राजकुमार हेनरी (Henry the Navigator) स्वयम् नै विभिन्न आकारको नमुना बनाइ नयाँ–नयाँ जहाज बनाउन लगाउँथे । उनले समुद्र र जहाज विषयमा राम्ररी अध्ययन गरेका थिए । उनकै संरक्षण र निर्देशनले नामी पुर्तगाली जहाज चालकहरू टाढा–टाढासम्म खोजयात्रा गर्थे । पोर्तुगल जहाज र समुद्री व्यापारकै आधारमा धनी, सम्पन्न र बलियो हुँदै थियो ।
कोलम्बस पोर्तुगलमै जहाज चलाउने काममा लागे । उनको एकजना सिपालु पोर्तुगाली चालकसँग परिचय भयो । त्यो चालक हेनरीका चालकहरूमध्ये एक थिए । उनले हेनरीको निर्देशनमा धेरै खोजयात्रा गरिसकेका थिए । उनका पिता बारतोलोमियो पेरेसट्रेलो पनि हेनरीका क्याप्टेन थिए । पछि कोलम्बस र त्यो चालक दुईमा निकै आत्मीयता बढ्यो । उनले कोलम्बसलाई दिशा पत्ता लगाउने तरिका, आफूले नाघेका जलमार्ग र पुगेका देशहरूको नक्सा कोर्नेजस्ता थुप्रै अमूल्य कुराहरू सिकाए । उनले कोलम्बसलाई पहिलेका साहसी चालक एवम् अन्वेषकहरूको यात्रा वर्णन पनि सुनाए । कोलम्बसले आफ्नो भाइसँग पनि नक्सा र चार्ट बनाउने तरिका सिकेका थिए । यसरी उनले जहाज चालकमा हुनुपर्ने दक्षता प्राप्त गर्दै गए । उनको विवाह आफ्नै मित्र एवम् गुरुकी बहिनी फिलिपा मोनिज पेरेसट्रलो ( Filipa Moniz Perestrelo) सँग भयो ।
युरोपमा मसला पाइँदैनथ्यो । एसियाबाटै मसला युरोपमा लगिन्थ्यो । बेलाबेलामा युरोप र एसिया महादेश जोड्ने थलमार्गस्थित राज्यहरूबीच लडाइँ भइरहन्थ्यो । अनि एसिया र युरोपको व्यापार ठप्प हुन्थ्यो । युरोपवासीहरू मसला नपाएर मीठो खानेकुरा खान पाउँदैनथे । एक किसिमले तिनीहरू अर्ध भोका नै हुन्थे । तसर्थ पोर्तुगाली जहाज चालक एवम् अन्वेषकहरू एसिया पुग्ने वैकल्पिक थलमार्गको खोजीमा लागिरहेका थिए ।
यता कोलम्बस पश्चिमी दिशाबाट सीधा हानिँदै भारत र पूर्वी एसियाली मुलुकहरूमा पुग्ने अर्कै जलमार्ग स्थापना गर्न अध्ययन र योजनामा चुर्लुम्म डुबिरहेका थिए । उनले पृथ्वी गोल नै रहेछ भने दिशा नबदलिकन सीधा पश्चिम लाग्दा एसियाली मुलुकहरूमा पुग्ने कल्पना गरेका थिए । त्यस मार्गको खोजीमा लाग्न ठूलो र गतिलो जहाज, रसद पानी, माझी र अन्य सरसामानको लागि प्रशस्त धनराशी चाहिन्थ्यो । कोलम्बसले कहाँ पाउने त्यतिका धनराशी !
अतः कोलम्बस आफ्नो योजना लिएर पोर्तुगाली राजा जोन द्वितीयकहाँ गए र मद्दतको लागि आग्रह गरे । तर राजाले बौलाहा भने । उनी पोर्तुगाली राजाबाट सहयोग नपाउने भएपछि स्पेन गए । त्यहाँ उनले दरबारमा पहुँच भएका जुआन पेरेज र मेदिना सेलीसँग सम्बन्ध राखे र आफ्नो योजना राजा फर्डिनान्डकहाँ पु¥याइदिन अनुरोध गरे । त्यसबेला ग्रानाडमा स्पेनियाली फौज र मुरहरूबीच घमासान लडाइँ भइरहेको थियो । त्यसो भएर राजालाई कोलम्बससँग भेटी उनको योजनाबारे छलफल गर्न सम्भव भएन । राजा फर्डिनान्डबाट पनि आशा मरेपछि उनले आफ्नो भाइलाई बेलायत पठाए । भाइलाई बेलायत पुगी हेनरी सातौँको सामु दाज्यूको योजना बताउनु थियो । कोलम्बस फ्रान्सतिर लागे ।
स्पेन ६ वर्षसम्म लडाइँमा फस्यो । सन् १४९२ मा स्पेनको जीत भयो । लडाइँ सकिएछि फर्विनान्डले कोलम्बसलाई बोलाउन पठाए । कोलम्बसले नक्साहरू देखाई राजालाई नयाँ मार्गबारे सविस्तार बताए । राजाले आफ्ना सल्लाहकारहरूसँग छलफल गरे । कति सल्लाहकारहरूले कोलम्बस ठग होला भन्ने शङ्का गरी राजालाई मद्दत नगर्न सल्लाह दिए । कतिले चेप्टो पृथ्वीलाई कसैले गोल भन्दैमा कहाँ गोल हुन्छ भन्दै कोलम्बसको योजना नै बेकारको भने । फर्डिनान्डले सहयोग नगर्ने कुरा गरे । तर, रानी इसाबेलाले कोलम्बसको योजना तर्कपूर्ण भनिन् र राजालाई मद्दत गर्न आग्रह गरिन् । रानी इसाबेला त्यसबेलाका सबैभन्दा उच्च शिक्षा हासिल गरेका महिलाहरूमध्ये एक थिइन् । तर भण्डारीहरूले ढुकुटीमा पुग्दो पैसा छैन भनी झूटो कुरा गरे । अनि रानीले आफ्नो गहनापात नै बन्धकी राखेर यात्राको लागि चाहिने सर–सामानको बन्दोबस्त गर्न लगाइन् । दसान्ता मेरिआ ( The Santa Maria), निना (Nina) र पिन्ता (The Pinta) नाम गरेका तीनवटा जहाजको बन्दोबस्त भयो । द सान्ता मेरिआ सबैभन्दा ठूलो थियो । त्यो १०० टनको थियो । त्यसमा ४० जवान यात्रु अट्थे । निना र पिन्ता स–साना थिए – ४०–४० टनको थियो । २०–२० जना जति मान्छे अट्थे । रसद–पानीको लागि नुनिलो सुकुटी मासु, दाख, मह, नरिवल, चीज आदि थुपारिदियो । अन्य आवश्यक सर–सामान पनि जुटाइयो । फेरि जहाज खियाउने माझीहरू नभएर अर्को समस्या आइप¥यो । कहिल्यै नगएको बाटोबाट यात्रामा जान कुनै पनि माझी मानेनन् । उहिले मानिसहरू समुद्र धेरै–धेरै टाढा यस धर्तीको पुछारमा पुगी विशाल झरना भई अन्तहीन गहिराइमा खसिरहेको सम्झन्थे । तिनीहरू त्यही झरनाको चपेटामा परी मर्नुपर्ला भन्ने डरले टाढा–टाढा समुद्री यात्रामा जान डराउँथे ।
आखिर व्यवस्थापकहरूले जेलमा थुनिएका कैदीहरूलाई जहाज खियाउने सर्तमा छोड्न लगाए । यसरी अनेकौँ बाधा–अड्चनपछि बल्ल बल्ल यात्राको तयारी भयो । सन् १४९२ अगष्ट ३ तारिखको दिन स्पेनको दक्षिणी भेगस्थित पालोस बन्दरगाहबाट कोलम्बसले आफ्नो महान् यात्रा सुरु गरे । यात्रामा सबै गरेर ८७ जवान यात्रु थिए । द सान्ता मेरिआ कोलम्बस आफैले सम्हालेका थिए । पिन्तालाई क्याप्टेन मार्टिन एलोन्सो पिन्जोले चलाएका थिए, निनालाई भिसेन्ती यानेज पिन्जोले नेतृत्व गरेका थिए । हुन त यात्रा क्याप्टेन मार्टिन एलोन्सो पिन्जोको निर्देशनमा अघि बढिरहेको थियो । कारण कोलम्बसलाई भन्दा उनलाई जहाज चलाउने र दिशा पत्ता लगाउने तरिकाको बढी ज्ञान थियो । केही दिनपछि जहाजहरू मेडिरिया टापू (Maderia) को किनारमा अड्यो । त्यहाँ कोलम्बसले यात्राको लागि थप सामानको व्यवस्था गरे । पुनःयात्रा सुरु भयो । जहाजहरू बेगगतिले बढिरहेका थिए । कोलम्बस ईशु धर्मावलम्बी थिए । उनी आफ्ना सहयोगीहरूसँग बिहान सबेरै ईशुको प्रार्थना गर्थे । स्पेनियालीहरू समुद्री यात्रामा १२–१३ वर्षका दुई तीनजना केटाहरूलाई लाने गर्थे । ती केटाहरूले बिहान भजन गाउने र ‘बालुवा घडीको सिसी’ पल्टाउने काम गर्थे । ‘बालुवा सिसी’ को सबै बालुवा तल्लो सिसीमा खस्न आधा घण्टा लाग्थ्यो । माथिल्लो सिसीको बालुवा जम्मै तल्लो सिसीमा झरेपछि ती केटाहरूले त्यसलाई पल्टाइदिन्थे । बस् यही क्रममा जहाजीहरूले समयको हिसाब लगाउँथे । कहिलेकाहीँ बतासले साथ दिँदा जहाजहरूले दिनको दुईसय सामुद्रिक माइल पार गथ्र्यो । सबै यात्रुहरूले यात्रामा कहिल्यै लुगा फेर्दैनथे । सबै जहाँजहाँ हुन्थ्यो त्यहीँ–त्यहीँ सुत्थे । कोलम्बस एउटा सानो कोठामा सुत्थे । तिनीहरूलाई जहाजमा आगो बाली पकाएर खाने झन्झट गर्न परेको थिएन । कारण तिनीहरूले लगेका खानेकुरो नुनिलो सुकुटी मासु, मह, चिज आदि पकाउनु पर्दैनथ्यो ।
महिनौँ दिन बितिसक्यो, अझै जमिनको अत्तोपत्तो थिएन । खानेकुरा सिधिदै गयो । माझीहरूले आ–आफ्नो घर, जहान–बच्चा सम्झन थाले । तिनीहरूले कोलम्बसलाई फर्कन सल्लाह दिए । कोलम्बसले तिनीहरूलाई अवश्यमेव भारत पुग्ने छ भनी विश्वास दिलाए । क्याप्टेन मार्टिन एलोन्सो पनि यात्रालाई अघि बढाउने पक्षमा थिए । केही दिन माझीहरू चुप लागे । दिन बित्दै गयो । अझै जमिन देखापरेन । माझीहरू रिसले कुर्लदै कोलम्बसलाई मारेर फर्कने धम्की दिए । कोलम्बसले तिनीहरूलाई केही दिनमात्र पर्खन हरतरहले सम्झाए । उनले तीन चार दिनका पनि भारत आइपुगेन भने फर्कने वाचा गरे । नभन्दै एकरात कोलम्बस र अरुले टाढादेखि धमिलो टिलपिल गरिरहेको उज्यालो देखे । भोलिपल्ट झिममिसे उज्यालोमा तिनीहरूले निकै हराभरा जमिन र जङ्गल देखे । कोलम्बसको ‘सपना साकार’ भयो । करीब ७० दिनपछि अक्टोबर १२ को दिन जहाजहरू जमिनको किनारमा अड्यो । त्यो जमिन एउटा टापू थियो । कोलम्बसले अर्कै लुगा फेरे । उनी ईशुको क्रस बोक्दै अरुको साथमा किनारमा उत्रे । उनले त्यस टापूलाई सान साल्भाडोर (San Salvador) भनी नाम राखे । त्यहाँबाट तिनीहरू अन्य वरपरका टापूहरूमा पुगे । त्यस ठाउँका आदिवासीहरूको वर्ण रातो थियो । तिनीहरू गोरा वर्णका र लुगा लगाएका नौला मान्छेहरू देखेर भाग्थे । पछि तिनीहरू कोलम्बस र अरुहरूको नजिक जान थाले । तिनीहरूले कोलम्बस र यात्रा मण्डलीलाई निकै सम्मान गरे । तिनीहरूले कोलम्बसलाई थुप्रै–चाँदीका भाँडाकुँडाहरू कोसेली दिए ।
कोलम्बसले आदिवासीहरू रातो भएकाले तिनीहरूलाई ‘रेड इन्डियन’ भनी नाम राखे । उनले मार्कोपोलोको सुदूरपूर्व यात्रा वर्णन पढेका थिए । त्यस यात्रा वर्णनमा चीनमा भव्य कलाकृतिले परिपूर्ण मन्दिर, जापानमा सुनको छाना भएको घर मन्दिरहरूबारे लेखिएको थियो । त्यसो भएर उनी त्यहाँ भव्य मन्दिरहरूको खोजीमा लागे । तर, उनले भव्य मन्दिरहरू भेटाउन सकेनन् । अनि उनले मार्कोपोलोले बयान गरेको भन्दा चीन निकै ठूलो भएको सम्झे । उनले जापान, चीनबाट दुईसय सामुद्रिक माइल टाढा भएको हिसाब लगाए ।
एकचोटि कोलम्बसले एकजना आदिवासीलाई तरवार देखाए । उसले तरवारको बिंडमा नसमाती धारमै समाएर ताने । हा ! बिचराको हत्केलामा घाउ भइहाल्यो । ऊमात्र होइन अरु रेड इन्डियनहरूले पनि तरवार भनेको देखेकै थिएनन् रे । त्यसैले कोलम्बसले ती रेड इन्डियनहरूलाई मायालु, निश्चल र शान्तिप्रेमी भनेर मुक्तकण्ठले प्रशंसा गरे । उनले आफ्ना यात्रुहरूलाई रेड इन्डियनहरूसँग नम्र व्यवहार गर्न लगाएका थिए । उनले सान साल्भाडोरबाट अघि बढी आफूले पाइला टेकेका चारवटा टापूहरूको नाम क्रमशः इसाबेला, लङ्ग आइसलान्ड, क्युवा र हिस्पाय्निओला नाम दिए ।
कोलम्बस थुप्रै सुनचाँदी, युरोपमा नपाइने लुगा, बाँदर, दुई तीन रेड इन्डियन र अन्य उपहार लिएर स्पेनतिर बढे । द सान्ता मेरिला हिस्पाय्निओला टापूको एउटा ढुङ्गामा ठक्कर खाई बेकम्मा भयो । उनले ४२ जवान यात्रुहरूलाई हिस्पाय्निओलामै बस्ने तारतम्य मिलाई आफू निनामा बसी अघि बढे ।
राजा फर्डिनान्ड र रानी इसाबेलाले कोलम्बसलाई निकै हर्ष र उल्लासका साथ स्वागत गरे । फेरि फर्डिनान्डले कोलम्बसलाई अर्को यात्रा गर्न हौसला दिए । यो पालि त तुरुन्तै १७ वटा जहाज, सरसामान र माझीहरूको बन्दोबस्त भयो । सन् १४९३ मा कोलम्बसले १७०० यात्रुहरूको साथमा दोस्रो पश्चिमी यात्रा प्रारम्भ गरे । धेरैजसो यात्रुहरू सुन–चाँदीको लागि त्यस यात्रामा संलग्न भएका थिए । तर, कोलम्बस र अरु केही क्याप्टेनहरू खोजबिनमा व्यस्त थिए । स्वार्थी र लोभीहरूले रेड इन्डियनहरूलाई निर्दयी व्यवहार गरे । तिनीहरू सुन–चाँदीको गहनापात, भाँडाकुँडा लुट्न चाहन्थे । कोलम्बसलाई आफ्ना यात्रुहरूको व्यवहार सह्य भएन । उनले तिनीहरूलाई आदिवासीहरूसँग राम्रो व्यवहार गर्नुपर्छ भनी कडाइ गरे । तब धेरैजसो भित्रभित्रै कोलम्बसदेखि मुर्मुरिए । कोलम्बस ती भूमिहरूमा शान्तिपूर्वक स्पेनको उपनिवेश जमाउन चाहेका थिए । कोलम्बस हिस्पाय्निओला टापूमा पुगे । त्यहाँ उनले छोडेर गएका ४२ जवानमध्ये एउटा पनि जिउँदो भेट्टाउन सकेनन् । सबै मारिएको थियो । यस यात्रामा कोलम्बसले एकपछि अर्को डोमिनिका, पोर्टोरिको, गुडालोपे, आन्टिगुआ, सान्ताक्रुज र अन्य स–साना टापूहरू भेट्टाए । ती टापूहरूबाट सुन–चाँदी र अन्य वस्तुहरूको ओइरो लाग्नाले स्पेन धनी र शक्तिशाली हुँदै थियो । यसरी कोलम्बसले स्पेनलाई एक धनाढ्य र बलियो राष्ट्रमा फेर्न ठूलो भूमिका निभाए । उता नामी पोर्तुगाली जहाज चालक एवं अन्वेषक भास्को डि गामा (Vasco da Gama) पनि सन् १४९७ मा दक्षिण दिशाबाट भारत पुग्ने नयाँ जलमार्ग खोजयात्रामा गए । उनी जडाजलाई दक्षिणतिर बढाउँदै अफ्रिका महादेशलाई चक्कर लगाउँदै मोजाम्बिकको एउटा बन्दरगाहमा पुगे । उनी एकजना भारतीय जहाज चालकको सहयोगमा त्यहाँबाट पूर्वतिर बढ्दै हिन्द महासागर पार गरेर सन् १४९८ अप्रिलमा भारतकै कलकत्ता बन्दरगाहमा पुगे । पोर्तुगालले अफ्रिका र भारतमा विस्तारै–विस्तारै आफ्नो उपनिवेशको जग बसाल्दै लग्यो । उपनिवेशबाट पोर्तुगाल पनि धनी हुँदै थियो । भारत पुग्ने वैकल्पिक जलमार्ग स्थापना भएपछि युरोपवासीहरू मसलाको हाहाकारबाट मुक्त भए ।
कोलम्बस सन् १५०० मा तेस्रो यात्रामा गए । स्पेनियाली प्रशासकहरूले आ–आफ्नो औपनिवेशिक क्षेत्रहरूमा राम्रो प्रबन्ध मिलाउन सकिरहेका थिएनन् । आदिवासीहरूले स्पेनियालीहरूविरुद्ध विद्रोह गर्नथाले । यसबेला कोलम्बस स्वयम् आदिवासीहरूलाई निर्मतापूर्वक दबाउन संलग्न भए । हिस्पाय्निओलामा भयङ्कर काटमार चल्यो । कैयौं आदिवासीहरूले ज्यान गुमाए ।
त्यस तेस्रो यात्रामा कोलम्बसले दक्षिण अमेरिकाको मुख्य भूमि र त्रिनिडाड पत्ता लगाए । रानी इसाबेलाले हिस्पाय्निओलाको हत्याकाण्ड सुनिन् र नयाँ गभर्नर नियुक्ति गरी पठाइन् । नयाँ गभर्नर हिस्पाय्निओलाको स्थिति सम्हाल्नतिर लागे । कोलम्बस त्यहाँबाट स्पेन फर्के । जब उनको प्रतिष्ठा र इज्जतमा कालो धब्बा लाग्यो ।
जे भए पनि कोलम्बसले हिस्पाय्निओलामा नबस्ने सर्तमा फेरि चौथो यात्रा गर्न अनुमति पाए । उनी आफ्नो स्वास्थ्य खराब भए पनि यात्रामा गए । उनको साहस पहिले जतिकै अडिग थियो । उनी अझ पश्चिमतिर बढे । उनले जमैकामा आदिवासीहरूसँग केही दिन बिताए । कोलम्बससँग आएका यात्रुहरू रोगले थला परे । तिनीहरू र आदिवासीहरूबीच हित्तचित मिल्न छोड्यो । आखिर दुई वर्षसम्म अति दुःखदायी दिन बिताएर कोलम्बस अन्य यात्रुहरूसँग स्पेन फर्के । उनको स्वास्थ्य निकै बिग्रिसकेको थियो । चौथो यात्राबाट फर्केर उनले स्पेनमा अर्को चिन्तित र निराशाजनक दुई वर्ष बिताए । ती दुई वर्ष उनका अन्तिम दिनहरू थिए । सन् १५०६ मा उनको मृत्यु भयो ।
कोलम्बसको मृत्युपछि इटालीका एक नामी जहाज चालक एवं अन्वेषक अमेरिगो भेसपुसी (Amerigo Vespucci) कोलम्बसको नयाँ मार्गबाट भारत पुग्न अघि बढे । उनले कोलम्बसले भारत र एसिया महादेश भनी ठम्याएको भूमि भारत र एसिया महादेश होइन अर्कै ‘नयाँ संसार’ भनी घोषणा गरे । उनको दाबी सत्य थियो । उनकै नामबाट त्यो ‘नयाँ संसार’ को नाम अमेरिका भयो ।
स्रोत ः हाम्रो प्रयास
Leave a Reply