भर्खरै :

इरान आणविक सम्झौताका थप बुँदाबाट फिर्ता हुने

तेहरान, जुलाई ३ । इरानका राष्ट्रपति हस्सन रोहानीले बुधबार आगामी दिनमा इरान सन् २०१५ मा भएको आणविक सम्झौताका केही बुँदाबाट फिर्ता हुने बताउनुभएको छ ।
उहाँले आगामी जुलाई ७ देखि युरेनियम प्रशोधनको मात्रा थप बढाउने जानकारी दिनुभयो ।
इरानको तस्मिन समाचार संस्थामा उहाँले भन्नुभयो, “जुलाई ७ पछि हाम्रो युरेनियम प्रशोधन ३.६७ प्रतिशत शुद्धतामा सीमित राखिने छैन ।”
संरा अमेरिकाले एकपक्षीयरूपमा इरानी आणविक सम्झौताबाट हात झिकेपछि गएको मे ८ का दिन इरानले पनि सम्झौताका केही बुँदाबाट हात झिक्ने घोषणा गरेको थियो ।
त्यही बेला इरान सरकारले सम्झौताका प्रावधानको बुँदाहरूको रक्षा नगरिने थप चर्को कदम चाल्दै जाने घोषणा गरेको थियो ।
इरानले इरानी आणविक सम्झौतामा हस्ताक्षर गरेका सबै देशलाई ६० दिनको समयसीमा दिएको थियो ।
राष्ट्रपति रोहानीले बुधबार बसेको मन्त्रिमण्डलको बैठकमा सन् २०१५ को आणविक सम्झौतामा पुनःनिर्माण गर्ने इरानको एराक आणविक प्रतिक्रियाजन्य पानी उत्पादन गर्ने केन्द्रलाई पुनःसञ्चालन गर्नुपर्ने बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *