सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
प्योङयाङ, ६ जुलाइ । प्रजग कोरियाले आफ्नो देशको कानुनविपरीत गतिविधिमा संलग्न भएको आरोपमा एकजना अस्ट्रेलियाली विद्यार्थीलाई देश निकाला गरेको त्यहाँको आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ ।
केसीएनएले सार्वजनिक गरेको समाचारअनुसार गएको जून २५ मा इन्टरनेटमा अस्ट्रेलियाली विद्यार्थी एलेक्स सिग्ले नामको विद्यार्थीलाई देशनिकाला गरेको छ । सिग्ले प्रजग कोरियामा अध्ययनरत थिए ।
“उनले इमानदारीपूर्वक आफू गुप्तचरी गतिविधिमा संलग्न भएको स्वीकारेका छन् । विदेशी सञ्चारमाध्यमको लागि प्रजग कोरियाको आन्तरिक अवस्थाबारे सूचना सङ्कलन र सम्प्रेषण गरेको उनले स्वीकारेका छन् र पटक पटक क्षमाको लागि आग्रह गरेका थिए”, केसीएनएले भनेको छ ।
आफ्नो गल्ती स्वीकार्दै माफी मागेपछि उनलाई आफ्नो देश फिर्ता पठाइएको थियो । बिहीबार स्वदेश फर्किने क्रममा जापानको राजधानी टोकियो पुगेका सिग्लेले आफ्नो अवस्था निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । उनी प्योङयाङ विश्वविद्यालयका विद्यार्थी थिए । राजधानी प्योङयाङमा उनी पर्यटक पथप्रदर्शकको काम गर्थे ।
प्योङयाङले उनलाई मानवताको आधारमा क्षमादान गरिएको केसीएनएले जनाएको छ ।
Leave a Reply