भर्खरै :

आपूर्तिमन्त्री यादव राजीनामा देऊ

नेपाल सरकारले असार ३ गतेदेखि लागू हुने गरी भारतलगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय ग¥यो । राजपत्रमा सो निर्णय प्रकाशित भयो । त्यही कारण नेपाल–भारत सीमामा हप्तौँसम्म भारतबाट तरकारी र फलपूmल बोकेको ट्रक रोकिनुप¥यो । विषादी परीक्षणको सरकारी निर्णयलाई नेपाली जनताले सकारात्मक रूपमा लिए । विषादीकै कारण अनेकन प्राणघातक रोगबाट पिरोलिनु परेको नेपाली समाजलाई स्वस्थ बनाउन सरकारले चालेको कदमका कारण तरकारीको भाउ वृद्धि भए पनि नेपाली जनताले सहज रूपमा लिए । नेपालको आप्mनै तरकारी उत्पादनले मूल्य पाउन थालेको थियो । तर, सरकारले अचानक सो निर्णय फिर्ता ग¥यो ।
विगतका नजिरसमेतलाई ध्यानमा राखी नेपाली जनताले भारतीय दबाबकै कारण नेपाल सरकारले यस्तो निर्णय गरेको निक्र्योल निकाले । सोमबार सो विषयमा प्रतिनिधिसभामा सांसदहरूले कुरा उठाए । उनीहरूले भारतको दबाबमा परेर सरकारबाट यस्तो निर्णय गरेको कुरा उठाए । स्पष्टीकरण दिने क्रममा आपूर्ति मन्त्रीले कसैको दबाबमा परेर सरकारले यस्तो निर्णय नगरेको र ‘बुझेरमात्र बोल्न’ भन्नुभयो । सोमबार नै सोही विषयमा आयोजित पत्रकार भेटघाटमा पनि मन्त्री यादवले सो विषयको खण्डन गर्नुभयो । कसैबाट कुनै दबाब नआएको कुरा उहाँले पटक–पटक दोहो¥याउनुभयो । तर, मन्त्री यादवको उत्तर भुइँमा झर्न नपाउँदै नेपालका केही सञ्चारमाध्यमले विषादी फिर्ता गर्न भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयको नाममा पठाएको पत्र सार्वजनिक गरे । मन्त्रालयलाई प्राप्त पत्रको तस्वीर नै सार्वजनिक गरे मन्त्री यादवले दिउँसो सार्वभौम प्रतिनिधिसभा र पत्रकारहरूबीच झूट बोलेको प्रस्ट भयो । प्रतिनिधिसभामा र पत्रकारहरूमार्फत नेपाली जनतालाई झूट बोल्ने मन्त्री मातृका यादवले अनैतिक काम गरेको घामजत्तिकै सफा भएको छ ।
के मन्त्रीले यसरी जनतालाई झूट बोल्नु ठीक हो ? झूट बोल्नु नैतिक अपराध हो । नैतिकरूपमा दोषी मानिस कसरी मन्त्री बन्न योग्य हुनसक्छ ? सार्वभौम संसद् र जनतासमक्ष झूट बोल्ने मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।
नेपाल सरकारमाथि भारतीय दूतावासको दबाब सार्वजनिक पत्रबाट प्रस्ट छ । घटनाक्रमले पनि सरकारले भारतकै दबाबमा परी उक्त निर्णय गरेको देखिन्छ । नेपालका स–साना विषयमा समेत भारतीय हस्तक्षेप तीतो सत्य हो । नेपालका प्रहरी चौकीमा हस्तक्षेप गर्ने भारतीय दूतावासले आफ्नो देशबाट आयात गरिएका सयौं गाडी तरकारी र फलफूलबारे दबाब नदिएको होला भन्ने कुरा अविश्वसनीय छ । त्यसकारणले पनि नेपाली जनताले भारतीय दूतावासको दबाबबारे सहजै पूर्वानुमान गरेका थिए । आज त्यो पूर्वानुमान यथार्थमा परिणत भएको छ । तर, झूटो बोल्ने आपूर्तिमन्त्री नैतिकताको घेरामा परेका छन् । त्यही नैतिकताको अंश बाँकी भए पदबाट राजीनामा दिनुपर्छ । आफ्नो दोष र कमजोरी कोही सचिवको टाउकोमा बजारेर मन्त्रीले उन्मुक्ति पाउनु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *