भर्खरै :

चीनको अफिम युद्ध

प्रथम अफिम युद्ध
सन् १८३० तिरको कुरा हो, चीनमा छिङ्ग (Ching) वंशको सरकार थियो । चीन त्यसबेला आत्मनिर्भर किसानी अर्थतन्त्रमा आधारित एक सामन्ती समाज थियो । त्यसबेला बेलायत संसारको सबभन्दा अगाडि बढेको औपनिवेशिक शक्ति थियो र त्यसको पुँजीपति वर्ग अन्य देशमा जस्तै चीनमा पनि घुस्न चाहन्थे । तिनीहरू चीनमा आफ्ना कपास र ऊनले बनेका तयारी सामान बेच्न चाहन्थे र त्यहाँका कच्चा सामान लैजान चाहन्थे । चीनमा विदेशीहरू आएर बन्द व्यापार गर्न पाउँदैनथे । बेलायती पुँजीपति वर्ग चीनमा बसेर आफ्नो व्यापार बढाई चिनियाँ जनतालाई ठग्न र लुट्न चाहन्थे । बजार कब्जा गर्न सरकारको स्वीकृति चाहिन्थ्यो वा ढोका खोल्नु आवश्यक थियो ।
बेलायती पुँजीपतिहरूले चीनमा अफिमको व्यापार गर्न थाले । त्यसबाट बेलायतले २–३ करोड स्वर्ण मुद्रा वा सुनको इँटा हात पा¥यो र १८३५ सम्ममा चीनको २० लाख ठूल–ठूला कर्मचारी, बुद्धिजीवीहरू, जमिनदारहरू, खान्दानी र साहुमहाजनहरू अफिमको लतमा परिसकेका थिए । अफिमको लतले एकातिर माथिल्ला चिनियाँ जनता काम गर्न नसक्ने ऐयासी र खर्चालु भए भने अर्कोतिर सुनको भण्डार बेलायतीहरूको हातमा गयो । त्यसले चाँदीको मुद्राको भाउ बढ्यो, साथै तामाको मुद्राको मूल्य पनि बढ्यो । त्यसको प्रत्यक्ष प्रभाव किसान र अन्य काम गरी खाने तल्लो वर्गका जनतामा प¥यो । तिनीहरूले तिर्ने करको भार बढ्दै गयो । जनताको जीवनस्तर तल झ¥यो र दैनिक जीवन कष्टकर हुँदै गयो ।
अफिमको व्यापारले देशको चौतर्फी नोक्सान गरेको बारे दरबारमा दुईमत देखा प¥यो । एउटा पक्ष, अफिमको व्यापारमाथि रोक लगाउनुपर्छ भन्ने थियो भने अर्को पक्ष त्यसको समर्थनमा थियो । अफिम व्यापारबाट फाइदा उठाइरहेका दरबारी गुट स्वाभाविक रूपमा बेलायतको पक्षमा थियो । तिनीहरू सारमा बेलायतका दलाल भइसकेका थिए ।
चिनियाँ सम्राट ताओ कुआङ्ग (Tao Kuang) ले अफिमको व्यापारमा रोक लगाउन सैनिक अञ्चलाधीशको रूपमा लिन त्से स्यु (Lin Tse Hsu) लाई क्यान्टनमा खटायो । १८३९ को बसन्तमा क्यान्टन पुग्नासाथै अञ्चलाधीशले सबै विदेशी साहुमहाजन र व्यापारीहरूलाई सम्पूर्ण अफिम चीन सरकारलाई सुपुर्द गर्न (बुझाउन) र आयन्दा अफिम व्यापार नगर्न र नल्याउन हस्ताक्षर गर्न आदेश दियो । आज्ञा उल्लङ्घन गर्नेलाई मृत्युदण्ड दिने र सबै सामान जफत गर्ने आदेश पनि सुनाइयो ।
त्यसबेला बेलायती व्यापारको मुख्य अधिकारी क्याप्टेन चाल्र्स इलियट (Captain Charles Elliot) थियो । उसले चीन सरकारको त्यो निर्देशनलाई असफल पार्न बेलायती साहु महाजनहरूलाई अफिम सुपुर्द नगर्न र अब आयन्दा अफिमको व्यापार नगर्ने कागतमा हस्ताक्षर नगर्नसमेत आदेश दियो ।
बेलायतीहरूको त्यस अवज्ञाको जवाफमा अञ्चलाधीश लिने त्से स्युले विदेशीहरूका सबै गोदामहरूलाई चिनियाँ सिपाहीहरूले घेर्न लगाए, दानापानी अर्थात् तरकारी र पानी आपूर्ति रोके, तिनीहरूलाई बहालमा दिइएका सबै ठाउँ छोड्ने आदेश दिए तथा बेलायतीहरूकहाँ काम गर्ने सबै चिनियाँ कर्मचारीहरूलाई विदेशी व्यापारीहरूको गोदाम र व्यापार केन्द्रहरू छोड्न निर्देशन दिए ।
तीन दिनको घेराबन्दीपछि क्याप्टेन इलियटले आत्मसमर्पण ग¥यो र सरकारलाई बुझायो, त्यसमा अमेरिकी साहु महाजनहरूको एक हजार अफिमको बाकस पनि थियो ।
३ जुन १९३९ को दिन हुम्यान (Human) भन्ने समुद्री किनारमा तीन दिन लगातार जफत भएको अफिमलाई आगो लगाई खरानी पारियो । त्यो दिन चिनियाँ इतिहासमा विजयको दिन जत्तिकै खुसीको दिन थियो र अञ्चलाधीश एक वीरको रूपमा स्मरण गरिए ।
युद्धको तयारी प्रतिक्रियावादीहरू अन्तसम्म हार मान्दैनन् भनेजस्तै बेलायती पुँजीपति वर्गले हार मानेन । बेलायतीहरूले युद्धको तयारी गरेको थाहा पाएपछि अञ्चलाधीश लिन त्से स्युले मोती नदी (Pearl River) का किनाराहरूमा फलामे सिक्री र काठहरूले छेकवारहरू बनाउन दिए । नयाँ–नयाँ किल्ला बनाइए र ३ सय तोपहरूसहितका सिपाहीहरू नदीका किनारमा तैनाथ गरिए । चिनियाँ पल्टनको उत्साह उँचो थियो र परेड खेलाइयो । त्यहाँ जलसेनाका नायक क्वान तिइन पै (Kuan Tien Pai) थिए ।
बेलायती आक्रामकहरूले क्वाङ्गतुङ्ग प्रान्तमा समुद्री किनाराबाट घुस्न अनेक प्रयत्न गरे तर सकेनन् । ठाउँ–ठाउँमा आफ्नो देशलाई जोगाउन स्वयंसेवक दलहरू उपस्थित थिए । सेना र जनताको घनिष्ठ सम्बन्धले गर्दा बेलायती आक्रमण असफल हुँदै गयो । पानी परेको हुँदा बारुद्ध भिजेर बेलायती सेनाको बन्दुक पड्केन र किसान जनताले पछाडिबाट गएर बेलायती सिपाहीहरूमाथि हमला गरे । अन्ततः बेलायती आक्रमण असफल भयो ।
तर बेलायती साम्राज्यवादीहरूले अप्रिल १८४० मा पुनः आक्रमण गर्न जर्ज इलियट (George Elliot) को अगुवाइमा नयाँ तयारी ग¥यो । अर्कोतिर बेलायती सरकारले पेकिङको राजदरबारमा सुनको घडी उपहार दिए मेलमिलाप गर्ने र दुई देशको बीचमा झगडा लगाउने काम गरेको भनी अञ्चलाधीश लिन त्से स्युलाई दोष दियो । दरबारभित्र अफिम व्यापारले फाइदा उठाइरहेका बेलायती दलालहरू लिन त्से स्युको विरोधमा कुरो लगाउँदै थिए । दलालहरूको कुरा सुनेर सम्राट ताओ क्वाङ्गले अञ्चलाधीश लिन त्से स्युलाई बर्खास्त ग¥यो र बेलायतसँग मिल्ने चि शान (Chi Shan) लाई अञ्चलाधीश नियुक्त ग¥यो ।
बेलायत समर्थक नयाँ अञ्चलाधीश चि शानले क्यान्टन र समुद्री किनारामा बनाइएका सबै किल्ला, रक्षा पङ्क्ति र चौकीहरू भत्काउन दियो । बेलायतले आक्रमण सुरु ग¥यो । चिनियाँ सम्राटले सम्झौता गर्न खोज्यो । बेलायतले हङकङ लिने र ६० लाख चाँदीको मुद्रा क्षतिपूर्ति माग ग¥यो । चीनले त्यस शर्तलाई अपमान सम्झ्यो र बेलायतको अगाडि नझुक्ने दृष्टिकोण अगाडि सा¥यो ।
बेलायतले चिनियाँ सम्राटको मनसाय बुझेर हुम्यान (Human गढमा हमला ग¥यो । चिनियाँ जलसेना नायक क्वान तिइन पै अन्तिम व्यक्ति भएसम्म लड्दै रहे । चीनको पराजय भयो र बेलायती सेना क्यान्टनको पर्खालसम्म पुग्यो र राती व्यापक हत्याकाण्ड, लुटपाट र आगो लगाउने काम ग¥यो ।
त्यस घटनाले चिनियाँ जनतामा ठूलो आक्रोश फैलियो । त्यसको बदला लिन चिनियाँ जनताले ‘बेलायती सेना दबाउने’
(Ping Ying Tuan) सङ्गठन बनाए । १८४१ को मई महिनामा क्यान्टनमा बेलायती सिपाहीहरूले उत्पात मच्चाउँदा अचानक घण्टा बज्यो र दशौँ हजार चिनियाँहरूले कुटो–कोदाली र साधारण हातहतियार लिएर हमला सुरु गरे । महिला र केटाकेटीले लडाकूहरूलाई खानेकुरा र पानी पु¥याउँथे । पानी परेको हुनाले बेलायती सिपाहीँहरू हिलोमा फसे । बेलायतको अगाडि आत्मसमर्पण गर्ने सरकारी अधिकारीहरूले किसानहरूलाई फकाई–फुलाई घर फर्काए र बेलायतीहरूलाई भाग्न दिए ।
चिनियाँ सरकारले लडाई समाप्त भएको सम्झी समुद्र किनारका सबै अवरोध र किल्ला भत्काए । तर बेलायतले २५ अगष्ट १८४१ मा पुनः ठूलो आकारको हमला ग¥यो र अमोइ (Amoy) सहर कब्जा ग¥यो । एक महिनापछि बेलायतले अमोइको उत्तरको तिङ्गहाइ (Tinghai_) ६ दिन ६ रात लडाईं गरी हात पा¥यो र त्यसपछि त्यसको पश्चिमको नगर निङ्गपो (Nigpo) लाई १३ अक्टोबरको दिन हात पा¥यो ।
ती लडाईंहरूमा चिनियाँ सेना नायकहरूले अत्यन्त वीरतापूर्वक लडे, घाइते र रक्ताम्य हुँदै देशको रक्षा गरे तर माथिल्ला पदाधिकारीहरू भित्रभित्र बेलायतसँग मिलेका थिए । त्यस्ता दलालहरूले चीनलाई खाल्डोमा पार्दै थिए ।
बेलायती सेनाले ६ अगष्ट १८४२ मा नानकिङ्ग नजिकै हमला ग¥यो । २९ अगष्टको दिन नानकिङ्ग बाहिर बेलायती जहाजमा चीनले पहिले असमान सन्धिमा चीनले हस्ताक्षर ग¥यो । त्यस सन्धिअनुसार क्यान्टन, फूचाउ, अमोइ, निङ्गपो र शाङ्घाई गरी ५ वटा बन्दरगाह सहरमा बेलायतलाई व्यापार गर्न दिने भयो । हङकङ बेलायतलाई छोड्ने, दुई करोड १० लाख चाँदीको मुद्रा चीनले क्षतिपूर्ति दिने तथा बेलायतसँग सल्लाह गरेरमात्रै बेलायती सामानमा करको दर निर्धारण गर्न पाउने शर्त चीनलाई मान्न बाध्य बनाइयो ।
नानकिङ्ग सम्झौतापछि अर्थात् चीनको कमजोरी थाहा पाएपछि बेलायतले चीनमाथि एकपछि अर्को असमान सन्धि थोप्दै गयो । १८४३ मईमा बेलायतले ‘सबभन्दा महत्व दिएको राष्ट्रको व्यवहार गर्ने’ अर्थात् बेलायतलाई अरु शक्ति राष्ट्रभन्दा बढी सहुलियतहरू दिने, चिनियाँ र बेलायती साहु–महाजनबीच कुनै विवाद भएमा बेलायती न्यायिक क्षेत्रभित्र पर्ने अर्थात् बेलायतको कानुनअनुसार फैसला गर्ने आदि चीनमा सर्वाधिकार सम्पन्न महावाणिज्यदूतको बन्दोबस्त गर्न चीन राजी भयो ।
बेलायतले यसरी चीनको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतामाथि भाँजो हाल्दै गयो ।
अफिम युद्धको परिणाम
संरा अमेरिकासँग वाङ्गहिया सम्झौता बेलायतसँग नानकिङ्ग सम्झौताले चीनसँग निहुँ खोज्न संरा अमेरिकालाई उत्साहित ग¥यो र १८४४ फेब्रुअरी महिनामा उसले मकाउ (Macao) का सर्वाधिकार सम्पन्न दूत पेकिङ पठायो । संरा अमेरिकासँग डराएको छिङ्ग सरकारले १८४४ जुलाई महिनामा मकाओ नजिकैको एउटा गाउँ वाङ्गहिया (Wanghia) संरा अमेरिकासँग एक असमान सन्धि ग¥यो ।
३४ धारा भएको वाङ्गहिया सन्धिले बेलायतसँगको सन्धिमा भन्दा बढी सहुलियतहरू अमेरिकालाई दिने भयो र विदेशी पुँजीवादी शक्तिको निम्ति चीनको बाटो चौडा हुँदै गयो ।
फ्रान्ससँग ह्वाङ्गपो असमान सन्धि ओरालो लागेको मृगलाई बाछो पनि लखेट्छ भनेजस्तै चीनमाथि फ्रान्सले पनि ३६ धाराको असमान सन्धिमा हस्ताक्षर गरायो । त्यस सन्धिमा बेलायत र संरा अमेरिकाले पाएको सरह सबै सहुलियतहरू पाउने र चीनमा रोम क्याथोलिक धर्म प्रचार गर्न पाउने भयो ।
त्यस सन्धिअनुसार चीनको ५ वटा बन्दरगाहहरूमा चर्च वा गिर्जाघर बनाउने र चिहानहरू बनाउन पाउने भयो । ती चर्चका पादरीहरूले चीनविरोधी गतिविधि पनि गर्थे ।
तिनीहरूको अधिकार क्षेत्रभित्र पस्ने वा अतिक्रमण गर्ने चिनियाँहरूलाई र चीनको स्थानीय प्रशासनलाई सजाय वा कारबाहीको निम्ति बुझाउने पनि सन्धिमा उल्लेख थियो ।
चीन एक अर्ध उपनिवेश देश बन्यो
नानकिङ्ग सन्धिपछि बेलायती र अरु साम्राज्यवादी देशहरूको तयारी सामानले चीनको गाउँ–गाउँसम्म बजार पायो । बेलायती कपडाले चीनको कुटीर व्यवसाय ध्वस्त पा¥यो । बेलायतले फेरि अफिम बेचेर चीनको चाँदीको सम्पत्ति सोह¥यो र बजार मूल्य बढेर जनता झन् झन् गरिबीमा डुबे । चीनको आत्मनिर्भर अर्थतन्त्रलाई विदेशी पुँजीवादको प्रहारले ध्वस्त पा¥यो । चीन एक सामन्ती अर्थतन्त्रबाट अर्धउपनिवेशवादी अर्थतन्त्र र अर्धसामन्ती अर्थतन्त्रमा फेरियो ।
१८४९ मा क्यान्टनका जनताले विदेशीहरूलाई नगरभित्र पस्न नदिन ठूलो भिडन्त गरे तर सरकार झुक्यो ।
चिनियाँ जनताचले विदेशी आक्रमणकारी र विदेशीको दलाली गर्ने र जनतालाई शोषण गर्ने स्थानीय सामन्ती शासकहरूको विरोधमा सङ्घर्ष गर्न थाले ।
दोस्रो अफिम युद्ध
चीनको छिङ्ग सरकार र ताइपिङ्ग विद्रोहीबीच भीषण सङ्घर्ष भइरहेको थियो । छिङ्ग सरकार अत्यन्त अप्ठेरोमा थियो । बेलायत, फ्रान्स र अमेरिकाले अक्टोबर १८५६ मा उत्तर र दक्षिणमा आक्रमण गरे । त्यसलाई चिनियाँ इतिहासमा दोस्रो अफिम युद्ध भनिन्छ ।
पेकिङ्गको सुन्दर गृष्म दरबार (Yuan Ming Yuan – Summew Palace) लाई विदेशी आक्रमणले ध्वस्त पा¥यो ।
१८६० जुलाई र अगष्ट महिनामा बेलायती, फ्रान्सेली र अमेरिकीहरू मिलेर शाङ्घाई क्षेत्रमा ताइपिङ्ग क्रान्तिकारी क्षेत्रमाथि आक्रमण ग¥यो र विद्रोहीहरूलाई छिङ्ग सरकारसँग अक्टोबरमा येनसिन सन्धि (Treaties of Tientsin) गराउन बाध्य पारे । त्यस सन्धिले १० वटा नयाँ बन्दरगाहहरू विदेशीको निम्ति खोेल्यो, विदेशीहरूले चीनमा स्वतन्त्र व्यापार गर्न पाउने भए, पारवहन कर हटाइयो, धर्म प्रचार गर्न पाउने, चर्च बनाउन पाउने र २० लाख सुनको इँटा वा मुद्रा क्षतिपूर्ति दिन छिङ्ग सरकार बाध्य भयो ।
ताइपिङ्गहरूले विदेशीहरूको निम्ति १० वटा बन्दरगाहहरू खोल्ने खालको सन्धि गर्न मानेका थिएनन् । तर, चेन यू–चेङ्ग
(Chen Yu-Chang) भन्ने १४ वर्षका एकजना ‘बाल सैनिक’ लडाइँकै सिलसिलामा एक सेना नायकको रूपमा उदय भयो । आनकिङ (Anking) को पतनपछि उनी उत्तरको अभियानमा लागे । चेन यू–चेङ्ग केही साथीहरूसँग शोउचोउ
(Shouchow) नगरमा प्रवेश हुँदा उनी शत्रुसँग मिलेको विश्वासघातीले गर्दा छिङ्ग सरकारको गुटबाट उनी पक्राउ परे ।
चेन यू–चेङ्गलाई समर्पण गराउन खोज्दा उनले भगुवाहरूको अगाडि नझुक्ने र आत्म–सम्मानको निम्ति आफू मर्न तयार रहेको बताए । ४ जून १८६२ मा उनी हुनान (Hunan) प्रान्तको ऐन्चिन (Yanchin) मा मारिए । त्यसबेला उनी भर्खर २६ वर्षका थिए । यस्ता वीरहरू ताइपिङ्गमा धेरै थिए ।
शाङ्गघाई र निङ्पोमा विदेशीहरूले नयाँ–नयाँ हातहतियार थपे । नयाँ–नयाँ सेना र जहाजहरूको प्रयोगले ताइपिङ्ग विद्रोहलाई क्षति पु¥यायो । तर, ताइपिङ विद्रोहीहरू विदेशीका सहयोगी सरकार र साम्राज्यवादीहरूसँग नझुकी सङ्घर्ष गर्दै गए ।
देशी र विदेशीहरू एक हुँदा १८६२ पछि ताइपिङ्गहरूको निम्ति स्थिति झन्झन् गा¥हो हुँदै गयो, राजधानी थिनचिङ्गलाई कियाङ्गसु (Kiangisu ) प्रान्त र चेकियाङ्ग (Chekiang) प्रान्त दुवैतिरबाट घेरिँदै गयो । ताइपिङ्गभित्रै पनि अनेक घात–प्रतिघात देखियो ।
१८६४ मई महिनामा ताइपिङ्गको अन्तिम गढ दक्षिणी कियाङ्गसुको पतन भयो । १ जून १८६४ मा ताइपिङ्ग स्वर्गीय अधिराज्यका नेता हुङ्ग स्यू च्यूनको बिरामीको कारण मृत्यु भयो ।
हुङ्ग स्यू च्यूनको मृत्युपछि उनको १६ वर्षे जेठो छोरो हुङ्ग तीनकुइ फू (Hung Tienkuai–Fu) लाई स्वर्गीय राजाको उत्तराधिकारी घोषणा गरियो । राजधानीलाई चारैतिर छिङ्ग सेनाले घेरेको थियो भने भित्र खानेकुराको पूर्ण अभाव हुँदै गयो ।
जुलाई १८६४ मा शत्रु सेना नगरभित्र पस्यो र दुवैतिर भीषण सङ्घर्ष भयो । ताइपिङ्ग क्रान्तिकारीहरू अन्तिम व्यक्ति र अन्तिम सास भएसम्म सङ्घर्ष गर्दै मरे ।
देशी र विदेशी प्रतिक्रियावादी सेनाले लुटपाट र निर्मम हत्याकाण्ड मच्चाउँदै गयो । सुन्दर सहरलाई आगो लगाइदियो । ७ दिनपछि सहर खरानीमा परिणत भयो ।
१० जनवरी १८६८ किसान सेनाको नेता लाई वेन–क्वाङ (Lai Wen Kuang) शान्तुङ्ग (Shantung) को याङ्गचो (Yangchow) मा पक्राउ परेर मारिए ।
१८६७ को सुरुमा चाङ त्सुङ्ग–यु (Chang Tsung–Yu) को किसान विद्रोही सेना शान्सी (Shansi) प्रान्तको सियान (Sian) को नजिक छिङ्ग सरकारको सेनासँग भिड्यो ।
यो सेना १८६८ अगस्तमा शान्तुङ्ग (Shantung) प्रान्तको चिहपिङ्ग (Chihping) मा पराजित भयो । स्वर्गीय राजधानी पतनको ४ वर्षपछि सम्म किसान सेना चीनको विभिन्न प्रान्तका शत्रुमाथि धावा बोल्दै शत्रुलाई छकाउँदै र थकाउँदै लड्दै रह्यो ।
ताइपिङ्ग स्वर्गीय अधिराज्यको आन्दोलन चिनियाँ इतिहासमा सबैभन्दा ठूलो एक किसान क्रान्ति थियो । राजनैतिक र सैनिक नेतृत्वमा मतभेद, राजनैतिक र सैनिक गल्तीहरू तथा देशी र विदेशी प्रतिक्रियावादीहरूको संयुक्त हमलामा त्यो क्रान्तिकारी सेना टिक्न सकेन ।
त्यो क्रान्ति पूरा किसान क्रान्ति भएको हुँदा अर्ध–उपनिवेश र अर्ध सामन्ती समाजको स्थितिमा सर्वहारा वर्गको नेतृत्व थिएन ।
१८५१ देखि १८६४ सम्मको ताइपिङ्ग विद्रोह छिङ्ग सरकार र जमिनदार वर्ग एवं साम्राज्यवादी आक्रमणहरूको निम्ति ठूलो प्रहार थियो ।
त्यसरी नै क्विचाओ (Kweichow) प्रान्तका म्याओ (Miao) जाति, युनान (थ्गललबल) प्रान्तका हुई (Hui) जातिका जनता र किसान जनताले छिङ्ग सरकार र विदेशी आक्रमणहरूको विरोधमा सङ्घर्ष गर्दै रहे ।
स्रोतः चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *