छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सुरु साहित्य, संस्कृति र स्वास्थ्य क्षेत्रका विशिष्ट तीन व्यक्तित्वको सम्मान
- कार्तिक ७, २०८३
काठमाडौँ, २४ असार । सरकारको काम कारबाहीबारे शान्तिपूर्णरूपमा असहमति प्रकट गर्ने सर्वसाधारण जनताको प्रजातान्त्रिक र संवैधानिक अधिकार हो । तर, सरकारले शान्तिपूर्णरूपमा असहमति जनाउने सर्वसाधारण जनतामाथि निर्मम दमन गरेको समाचार बढ्दो छ । सरकारको संरक्षणमा हिँड्ने गुण्डाहरु थुप्रै रहेको जनताको गुनासो छ । सरकारी पार्टीको छातामा आएका गुण्डाहरू सुरक्षित रहने र अन्य सर्वसाधारण जनता पीडित हुनुपर्ने र ज्यानसमेत गुमाउनुपर्ने काम कहिले अन्त्य हुने हो ?
नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले प्रतिनिधिसभाको बैठकमा मङ्गलबारगृहमन्त्री रामबहादुर थापासँग उक्त जिज्ञासा राख्नुभएको थियो ।
गृहमन्त्री थापाले सार्वजनिक महत्वको विषयमा मन्तव्य व्यक्त गर्दै सर्लाही जिल्लामा कुमार पौडेल प्रहरीसँगको मुठभेदमा मृत्यु भएको, एक बालक अमृत राय बालुवा उत्खनन गरिएको खाल्डोमा डुबेर मृत्यु भएपछिको आन्दोलनमा सरोजकुमार सिंह प्रहरीको गोली लागी मृत्यु भएको जानकारी गराउनुभयो ।
यसअघि बैठक सुरू भएलगत्तै नेकाका प्रमुख सचेतक बालकृष्ण खाण र राजपाका सांसद प्रमोद साहले सर्लाहीमा सरकारको दमन र हत्याको निन्दा गर्नुभएको थियो ।
सांसदहरूको जिज्ञासाबारे स्पष्टीकरण दिने क्रममा मन्त्री थापाले स्थानीय निर्वाचित प्रतिनिधिहरूकै अनुरोधमा शान्ति सुरक्षा कायम गरिएको जानकारी गराएपछि सांसदहरूले स्थानीय निर्वाचितहरूले जनतालाई गोली चलाई हत्या गर्ने आदेश दिन नसक्ने र सो घटनाको संसदीय छानबीन समिति गठन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेका र राजपाका सांसदहरू सभामुखको अगाडि पुगेर नारा लगाएपछि बैठक १५ मिनेटको लागि स्थगित गरियो । संसदीय छानबीन समिति गठन गर्ने विषयमा सहमति नभएपछि सूचना प्रकाशित गरी असार २५ गते दिउँसो १ बजेको लागि बैठक स्थगित गरियो ।
Leave a Reply