क्याट्रिना आँधीले संरा अमेरिकाको जातिवादी र वर्गीय चरित्र उदाङ्गो ग¥यो
- भाद्र २४, २०८३
डोनाल्ड ट्रम्प संरा अमेरिकाका राष्ट्रपति बनेयता जातीय घृणा फैलाउने र अमेरिकी जनताबीचको सामाजिक सद्भाव बिथोल्ने लगातार प्रयास हुँदै आएका छन् । ट्रम्प कहिले आप्रवासी जनतालाई निषेध गर्ने अभिव्यक्ति दिन्छन् त कहिले जातीय घृणा फैलिने कुरा बोल्छन् । राष्ट्रपतिका यस्ता भनाइले संरा अमेरिकाका श्वेत अहङ्कारवादी र कट्टर जातिवादीहरू फरक परिचय बोकेका समुदायप्रति भौतिक तथा मनोवैज्ञानिक हमला गर्न उद्यत छन् । यही शिलशिलामा गएको आइतबार र सोमबार राष्ट्रपति ट्रम्पले संरा अमेरिकाका चार जना सांसदहरूप्रति लक्षित गरी गरेको विद्वेषपूर्ण ट्वीटले अमेरिकी राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । ट्रम्पले अमेरिकी सांसदहरू अलेक्सान्द्रिया अकासिओ कोर्जेट, इल्हान ओमार, आयाना प्रेसले र रशिदा त्लाबलाई ‘संरा अमेरिका मन नपरे आफ्नो देश फर्किन सक्ने’ भनी ज्यादै नमीठो र अशोभनीय ट्वीट गरे । ट्रम्पले हमला गरेका चारै जना सांसदहरू आप्रवासी महिला हुन् । उनीहरूमाथिको यस्तो अभिव्यक्तिले ट्रम्पको शासन असहिष्णु, जातिवादी र पुरुषवादी भएको पुनः उजागर गरेको छ ।
ट्रम्पका अभिव्यक्तिबाट आक्रोशित महिला सांसदमध्ये एकजनाले ट्रम्पमाथि महाभियोग लगाउने समय आएको बोलिन् । अर्का सांसदले आप्रवासीका छोराछोरीलाई बन्दी बनाउने राष्ट्रपतिबाट आफूविरुद्ध यस्तो आक्रामक भनाइ आउनु आफ्नो लागि आश्चर्य नभएको बताइन् । संरा अमेरिकामा देखिएको आजको राजनीतिक विभाजनको अवस्थाले पश्चिमा प्रजातन्त्रमा मौलाएको विकृति उजागर गरेको हो ।
पुँजीवादी प्रजातन्त्र नाफाको भरमा चलेको हुन्छ । नाफामा थोरैमात्र कमी आउने बित्तिकै पुँजीवादले आफ्नो आक्रामक रूप देखाइहाल्छ । नाफाको पौष्टिक तत्व पाएसम्म पुँजीवादले प्रजातन्त्रको आवरण लगाएको हुन्छ । जुन दिन पुँजीपतिले भोग्दै आएको नाफाको थोरै अंशमात्र खोसिने अवस्था बन्छ, तब उसले प्रजातन्त्रका सबै नक्कली आवरण च्यातेर आफ्नो संहारक रूप देखाउने गर्छ ।
आज संरा अमेरिकी प्रजातन्त्र त्यसरी नै च्यातचुत पारिंदै छ । संरा अमेरिकी साम्राज्यवादको ओरालोलाग्दो प्रभावबाट आत्तिएको अमेरिकी पुँजीपति वर्ग यतिबेला आफ्नो प्रभाव कायम राख्न प्रजातन्त्रका आदर्शलाई एकातिर मिल्काएर रौद्ररूपमा देखापरेको छ । अमेरिकी शासक वर्गभित्रै ठूलो अन्तर्विरोध देखापरेको छ । इतिहासलाई नालीमा मिल्काएर आप्रवासी र जातीय घृणाको विषवृक्षलाई सिञ्चन गरिएको छ । संरा अमेरिकी गोरा शासकहरू पनि खासमा आदिवासी अमेरिकी होइनन् भन्ने वास्तविकतालाई भुलेर आज उनीहरू अमेरिकाभित्रै र संसारभर जातीय द्वन्द्वको विषवृक्षमा हुर्काइरहेका छन् ।
ट्रम्प सरकार अमेरिकी जनताको लागि घाँटीमा अड्केको तातो पिँडालु बनेको छ । ट्रम्पकै सहयोगीहरूका लागि यो सरकारको रवैया अस्वीकार्य बन्दै गएको छ । त्यसैकारण ट्रम्प सरकारका पदाधिकारीहरू एकपछि अर्को राजीनामा दिंदै सरकारी जिम्मेवारीबाट पन्छिदै छन् । ट्रम्पसँग विगत लामो समयदेखि संसारमा युद्ध र हमला थोपर्दै आएका अतिवादीहरूको एउटा झुण्डमात्र बाँकी छ र उनीहरूले पनि राष्ट्रपतिलाई विभिन्न जालमा फसाउँदै छन् ।
संरा अमेरिका संसारकै राम्रो प्रजातन्त्र भएको मान्यता यतिबेला पुँजीवादी चिन्तकहरूसमेत मान्न हिच्कियाइरहेका छन् । सांसदहरूमाथि ट्रम्पको पछिल्लो व्यक्तिगत हमलाले संरा अमेरिकी साम्राज्यवादको शक्ति क्रमशः क्षीण हुँदै गएको पुष्टि गरेको छ ।
Leave a Reply