भर्खरै :

हङकङस्थित चीन सरकारको सम्पर्क कार्यालयमा हमलाको भत्र्सना

हङकङ, २२ जुलाई । हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारले आइतबार हङकङमा रहेको चीनको केन्द्रीय सरकारको सम्पर्क कार्यालयमाथि भएको हमलाको भत्र्सना गरेको छ ।
केही उग्रवादीहरूले सम्पर्क कार्यालयमाथि हमला गरेको थियो । हङकङ सरकारका प्रवक्ताले सम्पर्क कार्यालय चीनको केन्द्रीय सरकारले स्थापना गरेको संवैधानिक अधिकारसहितको कार्यालय भएको बताउनुभयो ।
हङकङ सरकारले प्रदर्शनकारीहरूबाट राष्ट्रिय सार्वभौमिकतालाई चुनौती दिंदै राष्ट्रिय चिन्हमा क्षति पु¥याउनुका साथै सम्पर्क कार्यालयमा तोडफोड गरेकोप्रति कडा शब्दमा भत्र्सना गरेको छ ।
“हङकङ सरकारले यो कार्यलाई गम्भीर विषयको रूपमा लिएको र यस घटनाका दोषीलाई कानुनबमोजिम कार्वाही गरिने छ”, प्रवक्ताले भन्नुभयो ।
प्रवक्ताले सरकारविरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरूबाट ठूलो परिमाणमा अवैध हानिकारक बस्तुका साथै हातहतियार बरामद गरेको खुलासा गर्नुभयो ।
उहाँले ऐन कानुनको बर्खिलाप गर्ने र ‘एक देश दुई प्रणाली’ को भावनाविपरीत हुने गतिविधि सह्य हुन नसक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *