अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
सियोल, १० साउन ९
प्रजग कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ ।
दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् ।
प्रजग कोरियाले बिहीबार बिहानै प्रजग कोरियाको वोनसानबाट दुई वटा नयाँ प्रकारका क्षेप्यास्त्र परीक्षण गरेको थियो । ती क्षेप्यास्त्रहरु करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेका बताइएपछि यसबाट छिमेकी दक्षिण कोरिया र अमेरिकालाई पर्नसक्ने खतराका बारेमा अनुसन्धान गरिएको बताइएको छ ।
दक्षिण कोरियाको राजधानी सोलमा रहेको उक्त संयुक्त सैन्य अभ्यासको कमाण्डले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी ती क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई कुनै खतरा नदेखिएको पाइएको जनाएको छ ।
दक्षिण कोरियाका सेनापतिले प्रजग कोरियाले बिहीबार परीक्षण गरेको पछिल्लो क्षेप्यास्त्र अहिलेसम्म नै उसले गर्दै आएको परीक्षणमा नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बिहीबार बताउनुभएको थियो ।
प्रजग कोरियाले अकस्मात ती क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएपछि दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले पनि गोप्य रुपमा अनुसन्धान थालेको बताएका छन् ।
उनीहरुको विश्लेषणमा ती दुबै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको पाइएको उल्लेख गरिएको छ । दोस्रो क्षेप्यास्त्र भने ६९० किलोमिटर टाढासम्म पुगेको बताइएको थियो ।
सिओल र वासिङ्टनद्वारा संयुक्त रुपमा प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, “यी क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई प्रत्यक्ष रुपमा कुनै खतरा छैन र यसबाट सुरक्षा अवस्थामा पनि कुनै फरक पार्ने देखिँदैन ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाली नेता किम जोङ अनबीच विभिन्न चरणमा वार्ता जारी रहेको छ । गत महिना मात्र पनि दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएको थियो ।
प्रजग कोरियाले आफ्नो विगतको क्षेप्यास्त्र परीक्षणको क्रमलाई स्थगित गरेको जनाएको थियो । उसले लामो समयसम्म क्षेप्यास्त्र हानेको थिएन ।
अमेरिका–प्रजग कोरियाबीच गत बर्ष पहिलोे वार्ता चलेपश्चात यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । दुबै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने विषयमा वार्ता र छलफलहरु भइरहेका छन् । तर बिहीबार प्रजग कोरियाले भने अकस्मात यो क्षेप्यास्त्र परीक्षण गरेको छ ।
गएको मे महिनामा प्रजग कोरियाले एउटा सामान्य प्रकृतिको र छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । तर यस घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साना तिना घटनाका रुपमा लिएको बताउनुभएको थियो ।
यस पटकका यी क्षेप्यास्त्रहरु मे महिनामा गरिएका क्षेप्यास्त्रभन्दा शक्तिशाली भएको अनुमान गरिएको छ । यस परीक्षणपछि भने दुई मुलुकबीचको सम्बन्धमा के कस्तो असर गर्ने हो भन्ने विषयमा विभिन्न अड्कलहरु काटिएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र प्रजग कोरियाबीच आगामी जुलाईमा उच्चस्तरीय वार्ता हुनसक्ने केही समयअघि मात्र बताउनुभएको थियो ।
तर बिहीबारको यो क्षेप्यास्त्र परीक्षणपछि विश्लेषकहरुले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति प्रजग कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन् ।
यस सैन्य अभ्यासको प्रजग कोरियाले बिगतदेखि नै विरोध गर्दै आएको थियो । यो पछिल्लो परीक्षणपछि राष्ट्रपति ट्रम्प र प्रजग कोरियाली नेता अनको औपचारिक भनाई सार्वजनिक भएको छैन ।
अमेरिका र दक्षिण कोरियाले बेला बेलामा गर्ने गरेको संयुक्त सैन्य अभ्यासले अमेरिकासँगको आफ्नो वार्तामा पनि असर परिरहेको भनाई प्रजग कोरियाले बारम्बार राख्दै आएको छ ।रासस÷सिन्ह्वा
Leave a Reply