भर्खरै :

चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्धको दोस्रो श्वेतपत्र – १

 
चीन–संरा अमेरिकी आर्थिक तथा व्यापार परामर्शहरूमा चीनको स्थान र भूमिका
भूमिका
चीन–संरा अमेरिकाबीचको व्यावसायिक सम्बन्धले समग्र दुईपक्षीय सम्बन्धको उत्थानका लागि चट्टानजस्तो बलियो र स्थिर, जहाजजस्तो गतिशील र गन्तव्यउन्मूख भूमिका निर्वाह गर्दछ । दुई देशका जनताको आधारभूत चाहना र चासो, विश्वको समृद्धि र स्थिरता नै दुईपक्षीय सम्बन्धको आधारशीला हो । चीन र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्धको स्थापनादेखि नै उच्चस्तरीय सहकार्यका क्षेत्रहरूको विस्तार र दुईपक्षीय व्यापार तथा आर्थिक सम्बन्धले लामो यात्रा तय ग¥यो । बलियो परिपूरक र आपसमा जोडिएका उद्देश्यहरूसँगै आपसी लाभ र‘जीत–जीत’ सिद्धान्त नै सम्बन्धको जग बन्यो । यसले दुई देशको मात्र होइन बरु सम्पूर्ण विश्वकै हित गर्यो ।
दुई देशको विकास र आर्थिक प्रणालीको तहमा भिन्नता रहेको कारण आपसी व्यावसायिक सहकार्यमा पनि भिन्नता र विवाद उत्पन्न हुनु स्वाभाविक हो । चीन र संरा अमेरिकाबीचको व्यापार तथा आर्थिक सम्बन्धको इतिहासले थुप्रै फरक मोडहरू र कठिन समयहरूको सामना ग¥यो । क्षेत्रीय र सहकारीताको विचार अवलम्बन गरी दुई देशले पहिलेका सबै असमझदारी व्यवस्थापन ग¥यो । भिन्नताहरूलाई जोड्ने पुल निर्माण ग¥यो र वार्ता तथा परामर्शको माध्यमबाट दुईपक्षीय व्यावसायिक सम्बन्ध अझ परिपक्व बनायो ।
संरा अमेरिकी नयाँ प्रशासनले सन् २०१७ मा कार्यकालको सुरुआतदेखि नै थप भन्सार कर र अन्य अड्चनहरू खडा गर्ने धम्की दिएको थियो । आफ्ना व्यापार साझेदार देशहरूसँग आर्थिक तथा व्यापार विवाद चर्काउने चेतावनी पटक–पटक दिएको थियो । फलस्वरुप सन् २०१८ मार्चमा आइपुग्दा संरा अमेरिकाले एकतर्फी रुपले आर्थिक तथा व्यापार विवादको सुरुआत ग¥यो । चीनले आऋना जनताको साथमा प्रतिकारको दरिलो उपायहरू अपनायो । त्यही समयमा व्यापार असमझदारीहरू वार्ता र परामर्शका आधारमा सल्टाउने प्रतिबद्धता जाहेर ग¥यो । दुईपक्षीय व्यावसायिक सम्बन्धको स्थायित्व र स्थिरताका निम्ति चीनले संरा अमेरिकासँग धेरै चरणमा आर्थिक तथा व्यापार परामर्शहरू अगाडि बढाउन भूमिका खेल्यो । दुई देशको उद्देश्य प्राप्तिको बाटो सहकार्य नै हो, असमझदारीले क्षति र नोक्सानबाहेक केही हुन्न र दुई पक्षका लागि सहकार्य नै एकमात्र सही मार्ग हो भन्ने विषयमा चीन अडिग र स्पष्ट थियो र छ । दुई देशहरूका आपसी भिन्नता, असमझदारी र विवादका सम्बन्धमा चीन सुरुदेखि नै संरा अमेरिकासँग मिलेर समाधान खोज्ने पक्षमा थियो साथै आपसी लाभ र‘जीत–जीत’ सम्झौतामा पुग्न साझा पहलको पक्षमा थियो । तथापि, सहकार्य सिद्धान्तको आधारमा मात्रै सम्भव हुन्छ । परामर्शमा पनि अन्तिम परिधि अर्थात् तलको सिमा रेखाहरू हुन्छन् । चीनले सिद्धान्तको सवालमा कहिल्यै सम्झौता गर्ने छैन । चीन व्यापार युद्ध चाहँदैन तर व्यापार युद्धसँग डराउँदैन पनि । आवश्यकता परे चीन अन्तिम घडीसम्म लड्नेछ । यसमा चीनको स्थान कहिल्यै परिवर्तन हुने छैन ।
चीन–संरा अमेरिकी आर्थिक तथा व्यापार परामर्शहरूको व्यापक तस्वीर प्रस्तुत गर्न र यी परामर्शहरूमा चीनको नीतिगत स्थानबारे विश्व जगतलाई अवगत गराउन चिनियाँ सरकारले यो श्वेतपत्र जारी गरेको हो ।
खण्ड एक ः
संरा अमेरिकाले आर्थिक तथा व्यापार विवाद थप अनियन्त्रित ढङ्गले भड्काएमा दुई देश र सारा विश्वको चासो तथा उद्देश्यमाथि क्षति पुग्ने
‘अमेरिका पहिलो’ को रटानसहित वर्तमान संरा अमेरिकी प्रशासनले एकतर्फी र संरक्षणवादी उपायहरूको श्रृङ्खला पछ्याइरहेको देखिन्छ ।‘ठूलो छडी’ का रूपमा भन्सार करमाथि नियमित नियन्त्रण र आफ्नो माग स्विकार्न अन्य देशहरूमाथि जबरजस्ती दबाब थोपर्दैछ, संरा अमेरिका । संरा अमेरिकाले आफ्नो व्यापार साझेदारहरूविरुद्ध लामो समय प्रयोगमा नल्याइएको दफा २०१ र २३२ अन्तर्गत पटक – पटक अनुसन्धानको थालनी ग¥यो । यसले विश्वव्यापी आर्थिक तथा व्यापारिक परिदृश्य बिथोलिरहेको छ । विशेषगरी चीनलाई निशाना बनाएर सन् २०१७ अगष्टमा संरा अमेरिकाले दफा ३०१ अन्तर्गत एकतर्फी अनुसन्धानको घोषणा ग¥यो । बौद्धिक सम्पत्ति सुरक्षाका लागि र विदेशी लगानीकर्ताहरूको व्यावसायिक वातावरण तयारीका लागि चीनले गरिरहेको निरन्तरको प्रयास र उल्लेखनीय प्रगतिमाथि संरा अमेरिकाले आँखा चिम्लेको प्रमाण हो, यो घटना । दुई देशबीच आर्थिक र व्यापार विवादको हल्ला गर्दै संरा अमेरिकाले असङ्ख्य पूर्वाग्रही र नकारात्मक टिप्पणीहरू चीनमाथि थोप¥र्यो । चीनमा लगानी प्रतिबन्धको नीति र भन्सार कर लाद्यो ।
चीनको प्राविधिक अविष्कारिकता आत्मनिर्भरताको आधारशिलामा खडा छ । चीनमाथि लगाइएको बौद्धिक सम्पत्ति चोरी र बलजफ्ती प्रविधि हस्तान्तरणको आक्षेप पूर्णतः निराधार छ ।
चीन एक नयाँ खोज र आविष्कार गर्ने लगनशील देश हो । यसले उच्चस्तरीय एवम् वैभवशाली सभ्यता निर्माण ग¥यो । ५ हजार वर्ष लामो मानव विकासक्रममा चीनले अतुलनीय योगदान पु¥यायो । सन् १९४९ मा जन–गणतन्त्र चीनको स्थापनादेखि सन् १९७८ मा सुधार र खुलापनको सुरुआतदेखि चीनले वैज्ञानिक तथा प्राविधिक आविष्कार र सफलताहरूले थुप्रै चरणहरू पार गरिसकेको यथार्थ लुकाउन सकिन्न । ती सफलताहरू कठिनत्तम सुरुआतका परिणाम हुन् । सुधारको बाटो पहिल्याउँदै नयाँ खोज र आविष्कारको विविधतासँगै थुप्रै सफलताहरू चीनले हासिल ग¥यो । यी प्राप्ति र उपलब्धिहरूले विश्वव्यापी मान्यता जितेको छ ।
ऐतिहासिक प्रमाणहरूले बताउँछ – वैज्ञानिक र प्राविधिक आविष्कारमा चीनका उपलब्धिहरू हामीले कहीँ अरूसँग बलपूर्वक खोसेको या चोरेको होइन । ती उपलब्धिहरू आत्मनिर्भरता र कडा परिश्रमका उपज हुन् । चीनले आफ्नो विकासका लागि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप सरासर निराधार र जालसाजी ठहर हुँदैछ ।
चीन बौद्धिक सम्पत्ति संरक्षणका लागि पूर्णरुपले प्रतिबद्ध छ । चीनले बौद्धिक सम्पत्ति संरक्षणका लागि कानुनी प्रणाली खडा ग¥यो जुन प्रचलित अन्तर्राष्ट्रिय नियमहरू र चीनको घरेलु अवस्था सापेक्ष छ । चीनले बौद्धिक सम्पत्ति संरक्षणका लागि न्यायिक उपायहरूको नेतृत्वदायी भूमिकालाई महत्व दिन्छ साथै प्रभावकारी नतिजासमेत हासिल गरिसकेको छ । चीनमा सर्वसाधारण जनता र व्यवसायिक समुदाय माझमा बौद्धिक सम्पत्तिको महत्वबारे राम्रो बुझाइ छ र यो व्यापक बन्दै पनि छ । कानुनीरूपमा अधिकारप्राप्त विदेशी संस्थाहरू (foreign right-holders) लाई दिने रोयल्टीको मूल्य उल्लेख्य बढ्दैछ । बौद्धिक सम्पत्ति आवेदन र दर्ताको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदैछ ।
चीनको बौद्धिक सम्पत्ति संरक्षणको प्रभावले व्यापक अन्तर्राष्ट्रिय मान्यता जित्दैछ । विश्व बौद्धिक सम्पत्ति स·ठन, World Intellectual Property Organization (WIPO) का पूर्व निर्देशक अरपाद बोग्च (Arpad Bogsch)ले उच्च मूल्याङ्कनसहित चीनको बौद्धिक सम्पत्ति संरक्षणको कानुनी रुपरेखाबारे बोले – “यो क्षेत्रमा चीनको उपलब्धि, बौद्धिक सम्पत्ति संरक्षणको इतिहासमै कसैसँग पनि मेल खाँदैन ।” संरा अमेरिकी वाणिज्य विभाग (Chamber of Commerce) ले चित्रण ग¥यो – चीनले एकाइसौँ सताब्दी सुहाउँदो बौद्धिक सम्पत्ति संरक्षणको वातावरण निर्माणमा यथेष्ट प्रगति गर्दैछ । सन् २०१८ मा संरा अमेरिकी वाणिज्य विभागको विश्वव्यापी आविष्कारिकता नीति केन्द्र (The Global Innovation Policy Center of the US Chamber of commerce) ले अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति सूचाङ्क २०१८ प्रकाशित ग¥यो । ५० वटा श्रेणीका अर्थतन्त्रहरू माझमा चीन १९.०८ अङ्कसहित २५ औँ श्रेणीमा उक्लन सफल रह्यो । यो सन् २०१७ मा भन्दा दुई स्थान माथि हो ।
सन् २०१८ को चीन व्यवसाय जलवायु सर्वेक्षण प्रतिवेदन (2018 China Business Climate Survey Report) र अमेरिकी वाणिज्य विभागका अनुसार चीनमा सञ्चालनमा रहेका सदस्य कम्पनीहरूले सामना गरिरहेको बौद्धिक सम्पत्तिसम्बन्धी मुख्य चुनौती आधारमा चीन सन् २०११ मा ५ औँ स्थानबाट सन् २०१८ मा १२ औँ स्थानमा ओर्लन सफल छ । “द डिप्लोम्याट, The Diplomat” शीर्षकको लेखले अनुमान ग¥यो —‘चीन विश्वव्यापी बौद्धिक सम्पत्तिको नेतृत्वकर्ता बन्नेछ ।’ यो विषयमा चासो देखाउने धेरैजसो विदेशी फर्महरू न्यायिक सुधार र बलियो दबाबमूलक संयन्त्रमार्फत चीनमा व्यावसायिक गतिविधि अगाडि बढाउँदैछन् ।
बजार अर्थतन्त्रको कानुनलाई सम्मान गर्दै चीनले नयाँ खोज र आविष्कारको निम्ति नीति एवम् प्रणाली सक्रियतापूर्वक सुदृढ बनाउँदै छ । खोज र विकासमा निरन्तर लगानी वृद्धि गर्दैछ । नवीन खोजकर्ताहरूको विकास र श्रीवृद्धिको गति तीव्र पार्दैछ र सम्भावित सम्पूर्ण उपायमार्फत प्राविधिक आविष्कारको क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाउँदै छ । केही मुख्य खोज र आविष्कारका सूचाङ्कहरूका आधारमा चीन पहिले नै विश्वका नेतृत्वकर्ता देशहरूको पङ्क्तिमा छ । प्रमुख वैज्ञानिक र प्राविधिक उपलब्धिका श्रृङ्खलाहरू लगातार हात पारेको आधारमा चीनका उद्योगहरू मध्यम र उच्चस्तरीय उत्पादनको क्षमतातर्फ उन्मुख छ । साथै अन्तर्राष्ट्रिय बजारमा चीनको प्रभाव उल्लेख्यरूपमै बढिरहेको छ । सन् २०१७ मा, चीनले कुल खोज र विकास लगानी १७ खर्ब ६० अर्ब आरएमबी (RMB) पु¥यायो । यस शीर्षकको विश्व आँकडामा यो तथ्याङ्क दोस्रो स्थानमा पर्छ । लगातार ७ वर्षका लागि प्रथम स्थान बनाउँदै पेटेन्ट आवेदनहरूको सङ्ख्या १३ लाख ८२ हजार पुग्यो । करिब ३२७००० वटा‘आविष्कार पेटेन्ट’ प्रदान गरियो । यो हरेक वर्ष ८.२ प्रतिशतका दरले बढ्दैछ । वैध आविष्कार पेटेन्टका आधारमा चीनले विश्वमै तेस्रो स्थान हासिल ग¥यो ।
चीनले सदैव आपसी लाभ र‘जीत–जीत’ नीतिलाई व्यापारको आधारभूत मूल्य मान्यताका रूपमा ग्रहण गर्दै अन्तर्राष्ट्रिय प्राविधिक सहकार्य अवलम्बन ग¥यो । चीनको आर्थिक विकास, अन्तर्राष्ट्रिय प्रविधि हस्तान्तरण र वितरण या फैलावटबाट विश्वले लाभ लिइरहेको साँचो हो । अन्तर्राष्ट्रिय प्रविधिका मालिकहरूले पनि यस प्रक्रियाबाट असङ्ख्य फाइदा प्राप्त गरे । चीन, बजार सिद्धान्तहरूमा आधारित रही चिनियाँ र विदेशी फर्महरूबीच स्वयम्सेवी प्राविधिक सहकार्यलाई सम्मान र उत्साह प्रदान गर्दछ । चीनले जहिल्यै पनि बलपूर्वक प्रविधि हस्तान्तरणको विरोध ग¥यो र बौद्धिक सम्पत्ति संरक्षणको मान्यता उल्लङ्घनविरुद्ध ठोस कारबाही ग¥यो । यी परिदृश्यबाट, चीनविरुद्ध बलजफ्ती प्रविधि हस्तान्तरणको संरा अमेरिकी आरोपहरू आधारहीन र गलत मनसायले प्रेरित भएको प्रतीत हुन्छ ।
चीन र संरा अमेरिकामा विकासका फरक चरण र आर्थिक संरचनाको प्रकृतिका साथसाथै अन्तर्राष्ट्रिय औद्योगिक श्रमविभाजनप्रति नजरअन्दाज गर्दै चीनको‘अनुचित’ र‘गैर–पारस्परिक’ व्यापार नीतिहरूले दुईपक्षीय व्यावसायिक आदानप्रदानमा व्यापार घाटा उत्पन्न गर्याे भन्ने झूटमा संरा अमेरिकाले जोड दियो । जसबाट चीनमा एकतर्फी दबाबबाट फाइदा लुट्ने संरा अमेरिकाको नियत प्रस्ट हुन्छ ।
वास्तवमा, आजको विश्वव्यापीकृत विश्वमा चिनियाँ र अमेरिकी अर्थतन्त्र एक–अर्कासँग अत्यन्त जेलिएको देखिन्छ । दुबैले सँगै व्यापक औद्यौगिक चक्रको प्रतिनिधित्व समेत गर्छन् । दुई अर्थतन्त्रहरू आपसी लाभ र‘जीत–जीत’ प्रकृतिको सङ्घमा आवद्ध छन् । व्यापार घाटाको सूत्र खडा गरी एकतर्फी नाफा लिन खोज्नु वास्तवमा गल्ती हो । संरा अमेरिकाले अघि सारेको प्रतिबन्धित मानकहरू चीनको लागि त ठिक छैन नै स्वयम् संरा अमेरिका र बाँकी सम्पूर्ण विश्वको लागि पनि घातक बन्न सक्छ ।
चिनियाँ र अमेरिकी अर्थतन्त्र आपसमा जोडिएको छ र दुईपक्षीय व्यापार तथा लगानी आपसमा लाभदायक छ –
चीन र संरा अमेरिका एक अर्काका ठूला व्यापार साझेदार र महत्वपूर्ण लगानी स्रोत हुन् । सन् २०१८ दुईपक्षीय वस्तु र सेवा व्यापारले ७५० अर्ब अमेरिकी डलर नाघ्यो । दोहोरो प्रत्यक्ष लगानी १६० अर्ब अमेरिकी डलर पुग्यो । चीन संरा अमेरिकी व्यावसायिक सहकार्यले दुई देश र दुई देशका जनताका लागि वास्तवमै उल्लेख्य फाइदा पु¥यायो ।
चीनको भन्सारका अनुसार, चीन र संरा अमेरिकाबीच सन् १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि वस्तुमा व्यापार, २.५ अर्ब अमेरिकी डलरबाट सन् २०१८ मा ६३३.५ अर्ब अमेरिकी डलर पुग्यो । सन् १९७९ बाट सन् २०१८ सम्ममा २५२ गुणाले बढेको तथ्याङ्क छ । सन् २०१८ मा संरा अमेरिका चीनको सबैभन्दा ठूलो व्यापार साझेदार, निर्यात बजार र छैठौँ ठूलो आयातको स्रोत रह्यो । संरा अमेरिकी वाणिज्य विभागका अनुसार सन् २०१८ मा चीन, संरा अमेरिकाको सबैभन्दा ठूलो व्यापार साझेदार, तेस्रो ठूलो निर्यात बजार र आयातको सबैभन्दा ठूलो स्रोत रह्यो । चीन, संरा अमेरिकी हवाइजहाज, भटमास, अटोमोबाइल, इन्टिग्रेटेड सर्किटहरू र कपास जस्ता वस्तुहरूका लागि मुख्य निर्यात बजार हो । सन् २००९ देखि २०१८, यो १० वर्षको दौरान चीन अत्यन्त तीव्र गतिले विकास भएको अमेरिकी सामानको निर्यात बजार हो । यसको वार्षिक औसत वृद्धिदर ६.३ प्रतिशत र समष्टिगत वृद्धि ७३.२ प्रतिशत छ । यो तथ्याङ्क विश्वको औसत वृद्धि ५६.९ प्रतिशतभन्दा उच्च छ ।
सेवा क्षेत्रमा दुई देशबीचको व्यापार फक्रँदैछ र अत्यन्त परिपूरक बन्दैछ । दुई देशले पर्यटन, संस्कृति र बौद्धिक सम्पत्तिको क्षेत्रमा व्यापक, गहिरो र आपसी लाभको सहकार्य अघि बढाउँदै छ । चीन एसिया, संरा अमेरिकी पर्यटकहरूको सबैभन्दा बढी रोजाइमा पर्ने गन्तव्यस्थल हो र संरा अमेरिका चिनियाँ विद्यार्थीको रोजाइमा पर्ने विदेशी भूमि हो । चिनियाँ तथ्याङ्क अनुसार सेवाक्षेत्रमा दोहोरो व्यापार सन् २००६ मा २७.४ अर्ब अमेरिकी डलरबाट बढेर सन् २०१८ मा १२५.३ अर्ब अमेरिकी डलर पुग्यो । यो तथ्याङ्कले १२ वर्षमा ३.६ गुना वृद्धिको सङ्केत गर्छ । सन् २०१८ मा चीनको सेवा क्षेत्रमा संरा अमेरिकासँग व्यापार घाटा ४८.५ अर्ब अमेरिकी डलर पुग्यो ।
वितेका ४० वर्षमा, चीन र संरा अमेरिकाबीचको दोहोरो लगानी करिब सून्यदेखि लगभग १६० अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्क छ र यसले सहकार्य फलदायी रहेको प्रमाणित गर्छ । जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालय (MOFCOM) का अनुसार सन् २०१८ को अन्तसम्ममा संरा अमेरिकामा चिनियाँ प्रत्यक्ष व्यावसायिक लगानी सञ्चिति बढेर ७३.१७ अर्ब अमेरिकी डलर पुग्यो । चिनियाँ व्यावसायिक लगानीको तीव्र वृद्धिले संरा अमेरिकाको स्थानीय अर्थतन्त्र वृद्धि, रोजगारी सृजना र कर राजश्व वृद्धिमा महत्वपूर्ण योगदान पु¥यायो ।MOFCOM का अनुसार चीनमा संरा अमेरिकाद्वारा भुक्तान गरिएको (Paid in Investment) लगानी सन् २०१८ को अन्त्यसम्ममा ८५.१९ अर्ब अमेरिकी डलर पुग्यो । सन् २०१७ मा चीनमा संरा अमेरिकाद्वारा लगानी गरिएका कम्पनीहरूको कूल वार्षिक बिक्री आम्दानी ७०० अर्ब अमेरिकी डलर रह्यो । यसमा नाफामात्रै ५० अर्ब अमेरिकी डलरले बढेको देखिन्छ ।
त्यसकारण, यदि वस्तु र सेवा क्षेत्रका साथसाथै दोहोरो लगानी पनि समेट्ने हो भने चीन–संरा अमेरिकी व्यापार तथा आर्थिक सम्बन्ध आपसमा लाभदायक देखिन्छ ।
अनुवाद — हौसला
China’s Position on the China – US Economic and Trade Consultations
June, 2019
The State Council Information Office of
the People’s Republic of China.

Leave a Reply

Your email address will not be published. Required fields are marked *