भर्खरै :

खरिपाटीमा कष्टकर जनजीवन

 
कोपिला भण्डारी
पानी परेको कारणले खरीपाटीको जनजीवन कठिनाइपूर्ण बनेको छ । सरकार तथा स्थानीय तहले यस विषयमा चासो दिएको पाइएको छैन । बाटोमा पैदल यात्राको लागि कठिन भइरहेको छ । स्कूल, कलेजमा यात्रा गर्नको लागि धेरै नै कष्टकर छ । बसमा यात्रा गर्दा पनि कतै दुर्घटना तथा यस्ता समस्यासँग जुध्नुपर्ने त होइन भन्ने कुरा यात्रुहरूका मनमा कुरा खेलिरहेको हुन्छ । बाटो राम्रोसँग निर्माण नभएका कारण जता पनि हिलो र मोटरसाइकलमा हिँड्दा लड्ने हो कि भन्ने डर रहेको हुन्छ ।
नगरकोट जाने बाटो पनि राम्रोसँग सुधारिएको छैन । यसरी बाटोका कारण कति ठाउँबाट आउने पर्यटकहरूले विभिन्न किसिमका समस्या भोगिरहेका छन् ।
समयमा विकासका कार्यहरू सञ्चालन भएमा यस्ता समस्या तथा विभिन्न गतिविधिहरूसँग लड्नुपर्ने थिएन । यहाँ बाटो निर्माणका लागि लाखौँ बजेट आउने गर्दछ । तर, यो पैसा बीचमा नै अरुको हातमा पर्ने गर्दछ । हिउँभरि काम सञ्चालन हुँदैन र आम जनताको आँखामा छारो हाल्नका लागि काम गरेजस्तो गर्ने तथा देखावटी काम हुने गर्दछ ।
यसले गर्दा आफ्नो समुदाय तथा ठाउँको विकास हुन सकेको छैन । यस्ता कार्यमा युवाहरू लागिपरेका देखिँदैनन् । कतिपय युवाहरू पनि बाटो निर्माण तथा राम्रो कामको लागि होइन पैसाको लागि यस्तो बाटो र धारो निर्माण कार्यमा लागेको देखिन्छ । खरीपाटीका व्यक्तिहरूलाई आज पनि आफ्नो ठाउँको कसरी विकास गर्ने भन्नेबारेमा थाहा छैन ।
कुुनै पनि व्यक्तिले गरेको नराम्रो वा राम्रो भन्ने थाहा नभई उनीहरूको पछि लाग्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *