अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
बेइजिङ, १९ साउन (रासस-सिन्ह्वा) – चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ ।
पछिल्लो एक सर्वेक्षणले गृहनगर रोज्ने युवाको संख्यामा बृद्धि भएको देखाएको चाइना युथ डेलीले लेखेको छ ।
कुल एक हजार ९७३ युवालाई सोधिएकोमा ८७.९ प्रतिशत युवाले आफू आफ्नै गाउँ ठाउँमा काम गर्न चाहेको जवाफ दिएका थिए ।
उनीहरुमध्ये ५६.५ प्रतिशत युवाले आफ्नो ठाउँको तिब्र विकासका लागि आफ्नै ठाउँ जान चाहेको सर्वेक्षणमा उल्लेख छ ।
चीनको रेन्मीन विश्वविद्यालयका प्राध्यापक लिन छिङ्कीले आफ्नै ठाउँमा काम गर्न पाएका युवामा थप उत्सुकता, सक्रियता र सृजनात्मकता देखिएको बताउनुभयो ।
त्यसैगरी आफ्ना बृद्ध बुवाआमालाई सहयोग गर्ने उद्देश्यले पनि उनीहरुले आफ्नै गाउँ ठाउँ रोज्ने सर्वेक्षणकर्ताको भनाइ छ ।
Leave a Reply