भर्खरै :

तिब्बतमा प्रजातान्त्रिक सुधारका ६० वर्ष – ८

धार्मिक स्वतन्त्रताको रक्षा
जनवादी गणतन्त्र चीनको संविधानमा प्रस्ट शब्दमा लेखिएको छ, “राज्यका कुनै निकाय, सङ्गठन वा व्यक्तिले कोही पनि नागरिकलाई कुनै पनि धर्मप्रति आस्था राख्न वा नराख्न बाध्य पार्नसक्दैन अथवा धर्मप्रतिको आस्थाकै आधारमा कोही पनि नागरिकलाई विभेद गर्न मिल्दैन ।” तिब्बतमा तिब्बती बुद्धधर्म, बोन, इस्लाम र क्याथोलिक धर्म अरु धेरै धर्मसँग सहअस्तित्वमा छन् । तिब्बती बुद्धधर्मअन्तर्गत पनि विभिन्न सम्प्रदाय छन् । जस्तैः निङ्गमा (Nyingma), काग्यु
(Kagyu), शाक्य (Shakya) र गेलुग (Gelug) । प्रजातान्त्रिक सुधारपश्चात् तिब्बतमा धार्मिक शासनको अन्त्य गरियो । सरकारलाई धर्मबाट अलग बनाइयो । त्यसो गर्दा धर्मको वास्तविक महत्वले पुनः ठाउँ पायो । सबै जनजातिका धार्मिक विश्वासको स्वतन्त्रतालाई संविधान र कानुनले संरक्षण गरिका छन् । सबै धर्म र धार्मिक सम्प्रदायलाई सम्मान रूपमा सम्मान र संरक्षण गरिएको हुन्छ । यो नै वास्तवमा धार्मिक सद्भावना हो ।
नियमित धार्मिक गतिविधि
हाल तिब्बतमा तिब्बती बुद्ध धर्मको अभ्यास गरिने १ हजार ७८७ स्थानहरू छन् । त्यहाँ ४६ हजारभन्दा बढी भिक्षु र आनीहरू छन् । ३५८ जना जीवित बुद्धहरू छन् । तिब्बतमा चार वटा मस्जिद र १२ हजारभन्दा बढी स्थानीय मुसलमानहरू छन् । त्यहाँ एउटा क्याथोलिक चर्च र ७ सय क्याथोलिक धर्मावलम्बीहरू छन् । आफ्नो स्थानीय परम्पराअनुसार नै तिब्बती र अन्य अल्पसङ्ख्यक जनजातिहरूले आफ्ना धार्मिक गतिविधि गर्ने गरेका छन् । तिब्बती बुद्धधर्मका गुम्बाहरूमा लिपि सिक्ने र छलफल गर्ने, योग्यताको आधारमा पदोन्नति गर्ने, भिक्षु वा आनीको रूपमा काम थालनी गर्ने, अभिषेक, मन्त्रोच्चरण र आत्मानुशासन नियमित दैनिकीमा गरिन्छ ।
स्थानीय चलनअनुसार धार्मिक पर्व पूजामा सांस्कृतिक गतिविधि पनि गरिन्छ । सन् २०१५ मा एघारौँ पञ्चेन लामा चोकी गाल्पोको राज्यारोहणको २० औँ वर्ष मनाइयो । कलाचक्रको पदस्थापन र अन्य प्रमुख बौद्ध धार्मिक परम्परा पनि मनाइन्छ । तिब्बती बुद्धधर्मप्रति आस्था राख्ने सर्वसाधारण धर्मालम्बीको घरमै धार्मिक अनुष्ठानको कोठा वा बुद्धको गुम्बा बनाइएको हुन्छ । मन्त्रोच्चारण गर्दै बुद्ध गुम्बाको परिक्रमा गर्ने, बुद्ध आराधना गर्ने, लामा वा आनीलाई गुम्बाबाट धार्मिक अनुष्ठानको लागि घरमा बोलाउने जस्ता गतिविधि नियमितरूपमा हुने गर्दछ ।
बुद्धका धार्मिक ज्ञान तिब्बती भाषामा प्रकाशन गर्ने र गुम्बामा त्यस्ता प्रकाशित कृति दान गर्ने कामले बौद्ध भिक्षु र आनीहरूको अध्ययनलाई टेवा पुगेको हुन्छ । यस्ता धार्मिक कृतिले सर्वसाधारण धर्मावलम्बीहरूलाई पनि मद्दत गरेको हुन्छ ।
जीवित बुद्धको पुनर्जन्मको प्रक्रिया निरन्तर चालू छ
तिब्बत बुद्धधर्ममा जीवित बुद्धको पुनर्जन्म उत्तराधिकारी प्रणालीको मौलिक व्यवस्था हो । तिब्बती स्वशासित क्षेत्रका सबै तहका राज्य र सरकारले यो प्रणालीलाई सम्मान गर्दछ । राज्यले सन् २००७ मा तिब्बती बुद्धधर्मको जीवित बुद्धको पुनर्जन्म व्यवस्थापनसम्बन्धी नियम जारी ग¥यो । त्यो नियमले जीवित बुद्धको पुनर्जन्म प्रक्रियालाई संस्थागत बनायो । सन् १९८२ मा धार्मिक मामिलासम्बन्धी सरकारी कार्यालयले सत्रौँ जीवित बुद्ध कर्मापाको उत्तराधिकारी अनुमोदन ग¥यो ।
सुनको घ्याम्पोबाट नाम निकाल्ने धार्मिक परम्परा र ऐतिहासिक मान्यताको आधारमा दसौँ पञ्चेनको खोजी र पहिचान गरिन्छ । चीनको राज्य परिषद् (मन्त्रिमण्डल) को अनुमोदनमा एघारौँ पञ्चेन लामाको पद घोषणा भयो र सन् १९९५ मा राज्यारोहण गरियो । धार्मिक परम्परा र ऐतिहासिक मान्यताको आधारमा सन् २००० मा सातौँ रिम्पोचेको राज्यारोहण गरियो । सन् २०१० मा सुनको घ्याम्पोबाट नाम निकालेर छैटौँ जीवित बुद्ध देझुबको राज्यारोहण गरियो । उनको राज्यारोहणलाई तिब्बतको स्वशासित क्षेत्रको सरकारले अनुमोदन ग¥यो । सन् २०१८ मा धार्मिक परम्परा र ऐतिहासिक मान्यताको आधारमा ९१ जना जीवित बुद्धको पुनर्जन्म तय गरियो ।
धार्मिक कार्यकर्ताको विकास र तालिममा जोड
तिब्बती बौद्ध भिक्षुहरूले मन्त्र सिक्ने प्रणालीमा सुधार गरिका छन् । तिब्बत स्वशासित क्षेत्रले तिब्बती बौद्ध प्रतिष्ठानको शाखा निर्माण गर्ने र तिब्बती बौद्ध प्रतिष्ठानमा शैक्षिक स्तरसम्बन्धी तरिका (परीक्षण) बारे आधारपत्र सार्वजनिक गरेको छ । चीन तिब्बती भाषा उच्चस्तरीय बौद्ध प्रतिष्ठान पेइचिङमा स्थापना गरिएको छ । त्यस्तैै ल्हासामा तिब्बती बौद्ध प्रतिष्ठान स्थापना गरिएको छ । ती दुवै प्रतिष्ठानमा तालिम दिलाउन वरिष्ठ बौद्ध शिक्षकहरूको व्यवस्था गरिएको हुन्छ । सन् २०११ को नोभेम्बर महिनामा तिब्बती बौद्ध प्रतिष्ठानको निर्माण कार्य सम्पन्न भई सेवा आरम्भ गरियो । सो परियोजनाको लागि १० करोड युआन लगानी गरिएको थियो । पेइचिङको चीन तिब्बती भाषा उच्चस्तरीय बौद्ध प्रतिष्ठानमा सन् २००५ देखि नै हरेक वर्ष वरिष्ठ प्राज्ञिक पदको लागि परीक्षा र दीक्षान्त समारोह गर्दै आएको छ । गेलुगको आफ्नै खालको परीक्षा जोखाङ मन्दिर र ल्हासाका तीन वटा प्रमुख गुम्बामा हुने गर्दछ । सन् २०१८ मा ल्हासामा ११७ जनालाई वरिष्ठ दीक्षाको पदकले दीक्षित गरियो । पेइचिङमा ६८ जनालाई त्यस्तो पदकले दीक्षित गरियो ।
गुम्बा र भिक्षुहरूको अधिकार सुनिश्चित
तिब्बतमा सबै मन्दिर र गुम्बाको संरक्षण र संवद्र्धन सरकारले नै गरेको हुन्छ । सन् १९८० दसकयता तिब्बती सांस्कृतिक सम्पदाको पुनस्र्थापना र प्रमुख गुम्बाको जीर्णोद्धार गर्न १ अर्ब ४० करोडभन्दा बढी युआन खर्च गरियो । केन्द्र सरकारको संरक्षकत्वमा रहेका प्रमुख सांस्कृतिक स्थलबाहेक मध्यमस्तर र स–साना गुम्बाको वार्षिकरूपमा बजेट विनियोजन गरेर क्षेत्रीय सरकारले काम गर्दछ । गुम्बाले चलाएका लिपि छाप्ने गृहको संरक्षण र विकास गरिन्छ । पोताला दरबार र अन्य गुम्बामा ६० वटा त्यस्ता छाप्ने गृहहरू छन् । ती प्रकाशन गृहबाट प्रत्येक वर्ष ६३ हजार लिपि सामग्री तयार गरिन्छ । धार्मिक गतिविधि गरिने क्षेत्रको उल्लेख्यरूपमा सुधार र स्तरोन्नति गरिएको छ ।
स्वशासित क्षेत्रमा नाम दर्ता गरिएका सबै भिक्षु र आनीहरूलाई सामाजिक सुरक्षा छाताअन्तर्गत ल्याइएको छ । उनीहरूलाई पूर्ण स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक बीमा, जीवन निर्वाह भत्ता र व्यक्तिगत दुर्घटना बीमाको व्यवस्था गरिएको छ । भिक्षु र आनीहरूको वार्षिकरूपमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । उनीहरूको स्वास्थ्य अवस्थाबारे अस्पतालमा व्यवस्थितरूपमा अभिलेख राखिने व्यवस्था छ । गुम्बाका भिक्षु र आनीका लागि बनाइएका आवास गृह सरकारको सहुलियत मूल्यको आवास योजनाअन्तर्गत नै समावेश गरिएको हुन्छ ।
धार्मिक मामिलाको व्यवस्थापन कानुनमा आधारित हुन्छ
चीन सरकार र तिब्बत स्वशासित क्षेत्रले धार्मिक मामिलाको व्यवस्थापन कानुन र नियमअनुसार गर्ने गर्दछ । धार्मिक आस्था राख्ने स्वतन्त्रता, सामान्य धार्मिक गतिविधि, धार्मिक समूहका कानुनी अधिकार र हितको रक्षा कानुनअनुसार गरिन्छ । सन् १९७८ मा चीनमा सुधार र खुलापन सुरु भयो । त्यसपछि तिब्बत स्वशासित क्षेत्रको सरकारले स्थानीय परिस्थितिमा आधारित रहेर कानुन र नियमअनुसार धार्मिक गतिविधिको व्यवस्थापन बलियो बनाउन विभिन्न नीति र नियमन दस्तावेजहरू सार्वजनिक ग¥यो ।
तिब्बत स्वशासित क्षेत्रमा बुद्ध गुम्बाको प्रजातान्त्रिक व्यवस्थापन गर्न बनेको नियमावली (परीक्षण), तिब्बत स्वशासित क्षेत्रमा धार्मिक मामिलाको नियमनको लागि लागू गरिएको नियमावली (परीक्षण), तिब्बत स्वशासित क्षेत्रमा प्रमुख धार्मिक गतिविधि व्यवस्थापन गर्न बनेको कार्यविधि, तिब्बत स्वशासित क्षेत्रमा तिब्बती बुद्ध धर्मअनुसार जीवित बुद्ध पुनर्जन्म व्यवस्थापनको लागि बनेको विस्तृत नियम आदि त्यस्ता महत्वपूर्ण दस्तावेज हुन् । सन् २०१७ मा राज्यले धार्मिक मामिला नियमन गर्न बनेको नियमावलीमा संशोधन ग¥यो ।
क्षेत्रीय सरकारले बुद्ध धर्म, धार्मिक गतिविधि, धार्मिक गतिविधि गर्ने स्थानको निर्माण र जीर्णोद्धारको लागि परीक्षण र अनुमोदन र तिब्बती बौद्ध प्रतिष्ठानको शाखाको सञ्चालनसम्बन्धी नियमनकारी दस्तावेज जारी ग¥यो । यी सबै गतिविधि र दस्तावेजले धार्मिक मामिलाको लागि उच्च तहबाट बनेका योजना र तिब्बतमा धार्मिक गतिविधिको लागि उपयुक्त कानुनमा निकै सुधार भएको प्रस्ट बनाउँछ ।
जनजातिबीच समानता र एकता
चीनका सबै जनजातिबीच विविधतामा एकता छ । इतिहासको लामो समयक्रममा तिब्बतका जनजातिले तिब्बत पठारको विकासको लागि मिलेर काम गरे र तिब्बतको इतिहास निर्माण गरे । चिनियाँ राष्ट्रको इतिहासमा यो निकै महत्वपूर्ण हिस्सा हो । जनवादी गणतन्त्र चीनको स्थापना यता चिनियाँकम्युनिस्ट पार्टी र चीन सरकारले जनजाति समस्याबारे व्यवहारिक अवधारणा बोकेको छ । जनजातिबीच समानता र एकता, क्षेत्रीय जनजाति स्वायत्तता र सबै जनजाति समूहबीच साझा समृद्धिको सिद्धान्तमा आधारित रहेर जनजाति नीति निर्माण र कार्यान्वयन गरिएको छ ।
बितेका ६० वर्षमा तिब्बतले चिनियाँकम्युनिस्ट पार्टीको जनजाति नीतिको पूर्ण कार्यान्वयन गरेको छ । यसले जनजातिबीच एकतासम्बन्धी चेतना र चिनियाँराष्ट्रको सामुदायिक भावना, जनजातिहरूबीच बलियो संवाद र एकता निर्माण गरेको छ । समानता, ऐक्यबद्धता, आपसी सहायता र सद्भावसहितको नयाँ थरीको समाजवादी जनजाति सम्बन्ध निर्माण भएको छ । राष्ट्रिय एकता कायम राख्न र विभाजनको विरोध गर्न तिब्बतका जनजातिहरू सबै थरी परीक्षाबाट उत्तीर्ण भएका छन् र चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिमा गोलबद्ध भएर सबै खालका खतराको प्रतिरोध गरेका छन् ।
बितेका ६० वर्षमा केन्द्रीय सरकार र सबै जनजाति समूह तिब्बत र समग्र चीनको समन्वयात्मक विकास गर्न प्रतिबद्ध छन् । सन् १९५९ देखि १९६५ सम्म सिङ्गो चीन आर्थिक समस्यासँग जुझिरहेको अवस्थामा पनि केन्द्रीय सरकारले तिब्बतलाई आर्थिक सहुलियतलाई निरन्तरता दियो । ५९ करोड युआन थप बजेटको व्यवस्था गरिएको थियो । सन् १९६३ देखि १९६४ सम्ममा राज्यले किसान र गोठालालाई सहयोग गर्न, ३ हजारभन्दा बढी घर परिवारको लागि चौपाया र भेँडा खरिद गर्न १४ लाख युआनको विनियोजन गरेको थियो । विभिन्न विशेष परियोजनाको लागि केन्द्रीय सरकारले विशेष कोषको व्यवस्था गरेको थियो । सन् १९५९ देखि १९६४ सम्ममा केन्द्रीय सरकारले तिब्बतको कृषि र पशुपालनको लागि निव्र्याजी र न्यून व्याजको ऋणमात्र ८४ लाख ७० हजार युआन विनियोजन गरेको थियो । त्यस्तो ऋण २ करोड किलो बीउ र अन्न खरिद गर्न उपयोग गरिएको थियो । १८ हजार चौपाया र १३ हजार भेँडा, ३५ सय अरु घरपालुवा जनावर, १ लाख वटा कृषि औजार र औजार बनाउन ९५ टन स्पात खरिद गरिएको थियो ।
तिब्बतको समाजवादी निर्माण, सुधार र विकासको प्रमुख ऐतिहासिक मोडमा केन्द्रीय सरकारले तिब्बतलाई साझा समृद्धिको दिशामा अघि बढाउने देशभरिबाट सम्भव भएसम्म धेरैभन्दा धेरै स्रोत परिचालन र व्यवस्था ग¥यो । सन् १९६० दसकमा काम र दैनिक जीवनयापनको लागि आवश्यक वस्तु जस्तै सिन्च्याङबाट अन्न, फुजियानबाट चिया, सिचुवानबाट राम्रो गुणको वस्तुभाउ र साङ्घाईबाट ब्लान्केट उपलब्ध गराएर तिब्बती जनताका आवश्यकता पूरा गरिएको थियो ।
विशेषतः जब कुनै प्रकोप आइपर्दछ, तब जनजातिहरूबीच यस्तो निकटको सम्बन्ध कायम रहन्छ । सन् १९६६ मा हेपेई प्रान्तको सिन्ताईमा भूकम्प गयो । तिब्बतबाट ६० जना गोठालाहरू २६ दिनमा ५५ सय किलोमिटर पार गरेर सिन्ताईको उद्धार कार्यमा सहयोग पु¥याउने हेतुले २४० वटा घोडा पु¥याएका थिए । त्यो घटना घटेको तीस वर्षपछि पुरानो गुण तिर्न छिन्ताईबाट २८ जना मानिस ६० वटा आफ्नो ठाउँमा बनेका ट्याक्टर लिएर ल्हासा पुगेका थिए । सन् १९८५, १९९० र १९९७ मा हिमआँधीले नकु क्षेत्रका जनता प्रभावित बने । चीनभरिबाट त्यहाँ सहायता पुग्यो । कसैले खाद्यान्न पठाए, कसैले ओड्ने ओछ्याउने र कसैले कोट पु¥याए । सन् २००८ मा सिचुआनको वेनछ्वानलाई अकल्पनीय भूकम्प आयो । तिब्बतका सबै जनजातिका जनताले भूकम्प प्रभावित क्षेत्रमा सहायता पठाए । आपसीका सहायताका यस्ता कथा लामो छ ।
सुधार र खुलापनपछि चीनको केन्द्रीय सरकारले तिब्बतमा सहायता पठाउन अझ अग्रसर बनेको छ । सन् १९८०, १९८४, १९९४, २००१, २०१० र २०१५ मा तिब्बतको विषयमा राष्ट्रिय गोष्ठी आयोजना गरियो । तिब्बतमा नीतिगत प्राथमिकता सुधार गर्न ती गोष्ठीको आयोजना गरिएको थियो । पहिलो राष्ट्रिय गोष्ठीपश्चात् अर्थतन्त्रमा सुधार गर्न, गरिबी निवारण गर्न र जीवन सुधार वृद्धि गर्न विभिन्न नीतिहरू तर्जुमा गरिए । दोस्रो गोष्ठीबाट घरेलु व्यापार सञ्चार र बजार नियमनलाई प्राथमिकतामा राख्ने नीति तर्जुमा गरियो ।
तिब्बत सम्बन्धमा दीर्घकालीन सरकारी नीतिले परिवारको आधारमा वस्तुभाउमाथि निजी स्वामित्वको व्यवस्था गरियो । साथै चरन क्षेत्रमा स्वतन्त्र दानाको व्यवस्थापन र व्यापार सञ्चालनमा पनि निजी स्वामित्वको बाटो खोल्यो । कृषि क्षेत्रमा परिवारको आधारमा कृषि भूमिमाथि परिवारको स्वामित्वको व्यवस्था भयो । आफ्नो भूमिको प्रयोग र उपयोग सम्बन्धमा निर्णय किसानले स्वतन्त्ररूपमा गर्नसक्ने व्यवस्था ग¥यो । तेस्रो गोष्ठीबाट केन्द्रीय सरकारले कर, लगानी र वित्तीय व्यवस्थापन, वित्तीय सेवा, मूल्यमा सहुलियत, विदेश व्यापार, सामाजिक सुरक्षा, कृषि तथा ग्रामीण क्षेत्र र उद्योगमा सुधारजस्ता विषयमा नीतिगत निर्णय गरियो । सन् २००५ मा घाँसेमैदानमा सार्वजनिक स्वामित्वबारे अर्को दीर्घकालीन नीति सार्वजनिक गरियो । साथै परिवारलाई ठेक्कामा दिने र स्वतन्त्र व्यवस्थापनको नीति लागू गरियो ।
नयाँ शताब्दीको आरम्भसँगै चीनको केन्द्रीय सरकारले तिब्बतमा समग्र राष्ट्रिय र स्थानीय विकासको दिशामै अघि बढाउने नीतिगत प्राथमिकता दियो । सन् २००६ मा चीनको राज्य परिषद्को कार्यालयले तिब्बतमा विकासको गति र स्थायित्व कायम गर्न नीतिगत सूचनामा चालीस वटा प्राथमिकतामा परेका नीतिहरू समावेश थिए । सन् २०१६ मा तिब्बतको सामाजिक र आर्थिक विकासलाई समर्थन गर्न प्रमुख नीति तथा परियोजनासम्बन्धी विस्तृत आधार पत्र तयार पारियो । सन् १९८० देखि २०१८ सम्ममा तिब्बतमा मात्र केन्द्रीय सरकारले १ शङ्ख २४ खर्ब युआन बराबरको बजेट विनियोजन गरियो । तिब्बतको वित्तीय खर्चको यो रकम ९१ प्रतिशत हुन आउँछ ।
सन् १९६० दसकदेखि चीनका अन्य प्रान्त, स्वशासित क्षेत्र र केन्द्रीय सरकारमातहतका नगरपालिकाहरू र ठूला तथा मध्यम आकारका उद्योगले तिब्बतलाई सानो सहायता गर्न थाले । सन् १९७८ मा सुधार र खुलापनको आरम्भपछि विकसित प्रान्त र सहरबाट तिब्बतलाई प्रदान गर्ने सहायता अझ बढ्यो । सन् १९९४ मा तिब्बतको विषयमा तेस्रो राष्ट्रिय गोष्ठी भयो । तिब्बतको लागि राष्ट्रिय तहमा सहयोग बढाउन त्यो गोष्ठी सहायक सिद्ध भयो ।
निश्चित प्रान्तलाई निश्चित जिम्मेवारी तोकियो र नियमितरूपमा त्यस्तो सहायता आलोपालो गर्ने सो गोष्ठीको निर्णयले तिब्बतको विकासले अझ गति लियो । आजसम्म पनि विभिन्न प्रान्तका १८ हजार अधिकारी र कर्मचारीहरू तिब्बतको विकासमा परिचालित छन् । सन् २०१५ यता चीनभरिका शैक्षिक तथा चिकित्सा क्षेत्रका जनशक्तिले तिब्बतको सामाजिक विकासमा ठूलो योगदान गरेको छ । १० हजारभन्दा बढी परियोजनामार्फत तिब्बतले सहयोग प्राप्त गरिरहेको छ । ती सबै परियोजनाको कुल बजेट ४० अर्ब युआन छ ।
सुधार र खुलापनको गहिराइसँगै तिब्बत र चीनका बाँकी भागबीच आर्थिक र सांस्कृतिक सम्बन्ध अझ गाढा बन्दै गएको छ । मिश्रित समुदायको सङ्ख्या बढेको छ । भावनात्मक सम्बन्ध अझ निकट बन्दै गएको छ । अत्याधुनिक सोच र प्रविधि बोकेर चीनभरिका क्षमतावान मानिस आज तिब्बत पुगेका छन् । उनीहरूलाई स्थानीय जनताले हार्दिकतापूर्वक स्वागत गरेका छन् । सिचुआन, छिन्ताई, काउसु, पेइचिङ, पेइचिङ र साङ्घाईमा व्यापार गर्ने तिब्बतीहरूको सङ्ख्या बढेको छ । जनजातिबीच आपसी सम्बन्ध सहज बनेको छ । अन्तरजातीय विवाह सामान्य विषय बनेको छ । आजभोलि तिब्बती परिवारमा विभिन्न जातीय पृष्ठभूमिका मानिस अटाएका छन् । ल्हासाको बार्खोर बजारमा एउटा चोक छ जहाँ २० भन्दा बढी परिवार बस्छन् । ती परिवारमा हान, तिब्बती र हुई जातिका मानिस आपसमा मिलेर सद्भावपूर्वक बसेका छन् ।
Democratic Reforms in Tibet- Sixty year on
नेपाली अनुवाद ः अनिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *