सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
- भाद्र २१, २०८३
भक्तपुर, २८ साउन : भक्तपुर नगरपालिकाको आयोजनामा भएको फोटोग्राफी तालिमका सहभागीहरुको भेला कार्यक्रम बुधबार भनपा–९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकामा सम्पन्न भयो ।
भेलामा वडाध्यक्ष ज्याख्वले भक्तपुरमा मनाइने प्रसिद्ध गाइजात्राको विशेषताको बारेमा जानकारी दिनुहुँदै फोटोग्राफी तालिम लिएका सहभागीहरुले आफूले सिकेको सीपको अधिकतम प्रयोग गर्न गाईजात्रालाई अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले विभिन्न युवा लक्षित तालिमहरु सञ्चालन गर्दै आएको बताउनुहुँदै गाईजात्राको दिनबाट शुरु भई कृष्णाष्टमी सम्म हुने विभिन्न नाचगान लगायतका साँस्कृतिक झलकहरुको फोटो खिच्न आग्रह गर्नुहुँदै श्रावण ३१ गते गाइजात्राको दिन दिनभरी र भाद्र १ गतेदेखि ६ गतेसम्म दिनको ३ बजेदेखि ५ बजेसम्म भक्तपुरको मुख्य मुख्य स्थानहरु (भक्तपुर दरबार स्क्वायर, टौमढी, दत्तात्रय, नासमना)मा हुने प्रदर्शनीको पनि फोटो खिची डकुमेन्टेशन गर्नको लागि सहयोग गर्न अनुरोध गर्नुभयो । फोटोले सँस्कृतिकर्मीहरुको सीप हस्तान्तरण गर्न पनि सहयोग गर्ने हुनाले फोटोले इतिहास बोक्ने र खिचेका फोटोहरु प्रमाणको रुपमा रहने पनि जानकारी गराउनुभयो ।
उहाँले सहभागी फोटोग्राफरहरुलाई गाईजात्रा (सापारु)को दिनदेखि कृष्णाष्टमीसम्म खिचेका फोटोहरु मध्ये उत्कृष्ट १० जटा फोटो नगरपालिकामा बुझाइदिनुहुन आग्रह गर्नुहुँदै सो फोटोहरु सम्बन्धित फोटोग्राफरको नाम उल्लेख नगरपालिकाले डकुमेन्टेशन गरी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाले संकलन गरेका मध्येबाट उत्कृष्ट फोटोहरु प्रदर्शनीमा राख्ने सोच रहेको पनि जानकारी गराउनुभयो ।
Leave a Reply