ग्रिन आर्मी : ओलीको पालामा दर्ता देउवाको पालामा कम्ब्याट ड्रेसको अनुमति
- भाद्र २१, २०८३
तिब्बतमा नयाँ युगको विकास
सन् २०१२ मा चिनियाँकम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशन भयो । त्यसयता महासचिव सी चिनफिङको नेतृत्वमा चिनियाँकम्युनिस्ट पार्टी केन्द्रीय समितिले तिब्बत र त्यहाँका जनजातिहरूलाई ठूलो महत्व दिँदै आएको छ । सबै कोणबाट मध्यमस्तरमा समृद्ध समाज निर्माण, दुई शताब्दी लक्ष्य हासिल र राष्ट्रिय पुनर्जागरणको चिनियाँसपना साकार बनाउन आवश्यक पक्ष पूरा गर्न तिब्बतको विकास र स्थायित्वको लागि चिनियाँकम्युनिस्ट पार्टी केन्द्रीय समितिले प्रमुख नीति तर्जुमा गरेको छ ।
चिनियाँकम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सीले आफ्नो एउटा मन्तव्यमा महत्वपूर्ण रणनीतिक विचार अघि सार्नुभएको छ । उहाँ भन्नुहुन्छ, “देश सही तरिकाबाट शासन गर्न सिमाना क्षेत्रमा सही तरिकाको शासन सञ्चालन आवश्यक छ । सिमाना क्षेत्रमा शासन सही तरिकाले गर्न हामीले तिब्बतमा स्थायित्व सुनिश्चित गर्न आवश्यक छ ।” उहाँले “जनजातिबीचको एकता बलियो बनाऊ र सुन्दर तिब्बत निर्माण गर” भन्ने निर्देशन दिनुभएको छ । सन् २०१५ को अगस्टमा तिब्बतबारे छैटौँ राष्ट्रिय गोष्ठीको आयोजना गरियो । सो गोष्ठीको अध्यक्षता महासचिव सी स्वयम्ले गर्नुभएको थियो । सो क्रममा सीले नयाँ युगको लागि तिब्बतका निर्देशक सिद्धान्त, लक्ष्य र कार्यभारबारे व्याख्या गर्नुभएको थियो । गोष्ठीले धेरै सङ्ख्यामा तिब्बतका प्रमुख परियोजनाहरूमा केन्द्रीय सरकारले लगानी गर्ने निर्णय ग¥यो । ती परियोजना चीनको १२ औँ र १३ औँ पञ्चवर्षीय योजनामा समावेश गरिएको छ । दुई पञ्चवर्षीय योजना सन् २०११ देखि २०२० सम्म सञ्चालन भइरहेको छ । साथै तिब्बतका सबै जनजातिको हित हुने विशेष प्राथमिकताका नीतिहरू पनि लागू गरिएको छ । महासचिव सीले छिन्हाई–तिब्बत पठारको विस्तृत वैज्ञानिक अनुसन्धान र अध्ययनको सुरुवात तथा सिझाङ्ग मिन्झु (Xizang Minzu) विश्वविद्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा तिब्बतका नाममा धेरै पटक पत्र लेख्नुभएको थियो । साथै ल्हुन्चे (Lhunche) काउन्टीको युमाई (Yumai) नगरका जनताका पत्रको जवाफी पत्र पनि लेख्नुभएको थियो । उहाँले नगकु (Nagqu) मा वृक्षरोपण परियोजनाको नाममा पनि निर्देशनपत्र लेख्नुभयो । सिचुवान–तिब्बत रेलमार्ग योजनाको उहाँ आफैँले अध्ययन गर्नुभयो । तिब्बतको विकास र स्थायित्वको लागि उहाँले धेरै महत्वपूर्ण सल्लाह दिनुभयो ।
सी चिनफिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले व्याख्या गरेको नयाँयुगमा तिब्बतको शासनको योजना त्यहाँ प्रजातान्त्रिक सुधारको थालनीसँगै तिब्बतमा लागू भएका सिद्धान्त र नीतिकै शिलशिला हो । नयाँयुगमा तिब्बतको विकासका आवश्यकता पूरा गर्न ती सिद्धान्त र नीति तर्जुमा भएका हुन् । यसले तिब्बतको विकास र दीर्घकालीन स्थायित्वलाई प्रवद्र्धन गरेको छ ।
नयाँयुगमा तिब्बतको विकास गर्न केन्द्रीय सरकार जनतामा आधारित दर्शनप्रति प्रतिबद्ध छ । साथै उत्पे्ररक, समन्वयात्मक, पर्यावरणीय, खुला र समावेशी विकासको अवधारणाप्रति पनि कटिबद्ध छ । केन्द्रीय सरकारले आर्थिक तथा सामाजिक विकास, जनताको जीवनमा सुरक्षा र सुधार, जनजातिबीच आपसी सम्बन्ध र एकता तथा वातावरणीय संरक्षण बलियो बनाउन मिहिनेत गरिरहेको छ । यी सबै पहल तिब्बतको लागि अत्यन्त महत्वपूर्ण र अत्यावश्यक छन् ।
अनुसन्धानमूलक विकास र बृहत् आर्थिक प्रगतिप्रति प्रतिबद्ध
अनुसन्धानलाई आधारभूत उत्प्रेरक शक्ति मानेर तिब्बतको सरकारले अनुसन्धानमा आधारित विकासको रणनीति कार्यान्वयनको लागि मिहिनेत गरिरहेको छ ।
तिब्बत सरकारले संस्थागत अनुसन्धानलाई प्रोत्साहन गरिरहेको छ । आपूर्तिमूलक संरचनागत सुधारसहितको विकासमा आधारित भएर तिब्बत सरकारले राज्यको स्वामित्वका उद्योग, गैरसरकारी अर्थतन्त्र, बजार, आर्थिक तथा कर प्रणाली, वित्तीय प्रणाली, ज्येष्ठ नागरिक बीमा प्रणाली र चिकित्सकीय तथा स्वास्थ्य प्रणालीमा सुधार अघि बढाइएको छ । विकासका सम्भावनाका ढोका खोल्नु नै यस्ता सुधारका मूल लक्ष्य हुन् ।
सरकारको बलियो मार्गनिर्देशनमा तिब्बत सरकारले वैज्ञानिक तथा प्राविधिक अनुसन्धानमूलक विकास अघि बढाइरहेको छ । विकासको लक्ष्य हासिल गर्न तिब्बत सरकारले बजारमुखी वैज्ञानिक तथा प्राविधिक अनुसन्धान प्रणालीलाई जोड दिएको छ । सरकार, उद्योग, विश्वविद्यालय र अनुसन्धान संस्थाहरूबीच समन्वय गरी उद्योगलाई अघि बढाइएको छ । उद्योगलाई वैज्ञानिक तथा प्राविधिक अनुसन्धानको केन्द्र बनाइएको छ । वैज्ञानिक तथा प्राविधिक विकासको व्यवसायिकरण गर्न र आर्थिक विकासमा विज्ञान र प्रविधिको योगदानलाई अझ बिस्तार गर्न तिब्बत सरकारले जोड दिइरहेको छ ।
सन् २०१८ सम्ममा तिब्बतले ७४ वटा व्यावसायिक र अनुसन्धानमूलक संस्थाको विकास गरिसकेको छ । त्यस्ता संस्थाअन्तर्गत मेकरस्पेस, विज्ञान प्रविधिमा आधारित उद्योग, अनुसन्धान तथा व्यावसायिक केन्द्रहरू छन् । ती सबै संस्था विशेषतः कलेजका विद्यार्थीहरूको अध्ययन अनुसन्धानप्रति लक्षित छन् । साथै साना तथा मझौला व्यापार व्यवसायका लागि ती उद्योग उपयोगी छन् । यस्ता अध्ययन केन्द्रहरूले तिब्बतका १ हजार ३३८ व्यापारिक समूह र संस्थालाई सेवा प्रदान गरेका छन् । विज्ञान र प्रविधि अनुसन्धान केन्द्र दिनानुदिन शक्तिशाली बनेका छन् । सन् २०१८ सम्ममा तिब्बतमा उच्च प्राविधिक संस्थाहरूको सङ्ख्या सन् २०१७ को तुलनामा ५०–५३ प्रतिशतले बढेका छन् । वैज्ञानिक अनुसन्धानमा आधारित साना तथा मध्य खालका संस्था ७५ पुगेको छ । हरेक वर्ष १४२ प्रतिशतको दरले यस्ता संस्थाको सङ्ख्या बढिरहेको छ ।
तिब्बतले स्थानीय विशेषताका उद्योगहरूलाई प्रवद्र्धन गरिरहेको छ । जस्तैः उचाइमा फल्ने जौ, याक र तिब्बती औषधिसम्बन्धी उद्योगलाई प्राथमिकतामा राखिएको छ । यस्ता उद्योगको विस्तार स्थानीय रूपमा त फलदायी हुन्छ नै । साथै सो क्षेत्रका अन्य उद्योगको लागि सहयोगी हुने गरेको छ । तिब्बतको अर्थतन्त्रको लागि यस्ता स्थानीय विशेषतासहितका उद्योगको तीव्र विकासले बहुआयामिक र सरकारात्मक प्रभाव पारेको छ ।
ल्हासा, सिगाजे (Xigaze), नगकु र न्यिङची (Nyingchi) र न्यिङची राष्ट्रिय दिगो विकास प्रयोग क्षेत्रले उल्लेख्य प्रभाव पारेको छ । बाह« वटा अनुसन्धानमा आधारित कृषि केन्द्रले कृषि तथा चरन क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक उपलब्धिको व्यावसायीकरणमा सक्रिय भूमिका खेलेका छन् । साथै स्थानीय जनताको आयस्रोत वृद्धिमा योगदान भएको छ ।
समन्वयात्मक र दिगो विकास
अहिलेको आर्थिक र सामाजिक अवस्थाको कोणबाट तिब्बतको आर्थिक र सामाजिक समस्या समाधान सही तरिकाबाट सन्तुलित र पुग्दो विकास भएको छैन । यस्तो परिस्थितिमा तिब्बतले निम्न सम्बन्धको सही व्यवस्थापनको लागि मिहिनेत गरिरहेको छ ।
– राज्यको लगानी र सामाजिक लगानीबीचको सम्बन्ध,
– प्रमुख परियोजना र जनताको जीवनवृत्तिको लागि सुधार गर्नुपर्ने परियोजनाबीचको सम्बन्ध,
– सशक्त बनिसकेका क्षेत्र र कमजोर क्षेत्रलाई सशक्त बनाउनुपर्ने सम्बन्ध,
– सहरी रोजगारी र सुविधाजनक रोजगारीबीचको सम्बन्ध । सुविधाजनक रोजगारी भन्नाले जहाँ बसेको छ, त्यही रोजगारीको अवसर र जनतालाई रोजगार बन्न अवस्थामा सुधारको अवस्था हो ।
– सहरी क्षेत्रका गरिबी जनताको व्यवस्थापन गर्ने र अतिरिक्त उत्पादनमूलक स्रोत तथा तुलनात्मकरूपमा पूर्वाधारको विकास भएको क्षेत्रबीचको सम्बन्ध,
– पिर्यावरणको संरक्षण र जनताको हितको सम्बन्ध,
– सिहरी क्षेत्रको विकास र कृषि तथा चरन क्षेत्रमा आधारभूत सार्वजनिक क्षेत्रको सुधारबीच सम्बन्ध,
– प्रिशासनको चुस्त सञ्चालन, स्थानीय तहमा अधिकारको प्रत्यायोजन र स्थानीयकरणबीच सम्बन्ध र
– उिद्योगहरूको उत्पादन र प्रभावकारिता बढाउने र किसान एवम् गोठालाको आयस्रोत एवम् मजदुरको हितमा सुधार गर्ने सम्बन्ध ।
तिब्बतले ग्रामीण क्षेत्रको विकासका लागि नयाँउत्पादक शक्तिको विकासका लागि ग्रामीण पुनर्जीवन योजना बनाएको छ । सन् २०१८ सम्ममा तिब्बतमा ८ हजार ३६४ वटा विशेषीकृत कृषि सहकारीको विकास भइसकेको थियो । कृषि उत्पादनसम्बन्धी उद्योगको कुल उत्पादन मूल्य ४ अर्ब २० करोड युआन बराबर छ । ग्रामीण क्षेत्रका पूर्वाधारमा सुधार भइरहेको छ । कृषि क्षेत्रमा प्रकोप रोकथाम र निर्मूलन, कृषि उत्पादनको गुणस्तर परीक्षण तथा सुरक्षा र पशुमा महामारी नियन्त्रणलाई ध्यानमा राखी विभिन्न प्रणालीको विकास गरिएको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने वातावरणमा सुधार गरिएको छ । ढल निकासको उचित व्यवस्थापन गरिएको छ । तिब्बतका ९८ प्रतिशत प्रशासनिक एकाइमा अप्टिकल फाइबर सञ्जालको विस्तार भएको छ ।
तिब्बतले सन्तुलित क्षेत्रीय विकासलाई जोड दिएको छ । पछाडि परेका क्षेत्रको विकासमा तीव्रता दिएको छ । स्थानीय विशेषताका उद्योगको पूर्ण उपयोगको लागि स्थानीय क्षेत्रलाई उत्साहित गरेको छ । यसले समग्र क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याइरहेको छ । परिणामस्वरुप, विभिन्न क्षेत्रबीच सकारात्मक प्रतिस्पर्धा पनि हुने गरेको छ । आर्थिक विकासको गति अझ बढाइएको छ ।
तिब्बतले ल्हासा र सिगात्सेको विकासमा विशेष ध्यान दिएको छ । यी दुवै क्षेत्र बेल्ट एन्ड रोड परियोजनाका केन्द्रहरू हुन् । केन्द्र र दक्षिण एसिया क्षेत्रका सिमाना सहर जोड्ने प्रमुख केन्द्रहरू पनि हुन् । ल्हासा र सान्नानको आर्थिक एकीकरण प्रगतिउन्मुख छ । मध्य तिब्बतको ‘तीन घण्टे’ आर्थिक र यातायात वृत्तले मूर्त रूप लिइरहेको छ । पूर्वी तिब्बतमा यातायात र ऊर्जा आपूर्ति पूर्वाधारमा प्रगति भइरहेको छ । उत्तरपश्चिम तिब्बतमा पर्यावरणीय संरक्षणलाई अझ जोड दिइएको छ । दक्षिणपूर्वी तिब्बतको सर्वकालिक पर्यटन र सर्वव्यापी पर्यटनको विकास गरिएको छ । स्थायी बसोबास भएका क्षेत्रमा सहरीकरणको दर ३१ प्रतिशत छ ।
Democratic Reforms in Tibet- Sixty year on
नेपाली अनुवाद ः अनिता
Leave a Reply