भर्खरै :

ओ, ट्रिपर !

– सुम्निमा
नगरपालिकाका कर्मचारीहरू
हरेक बिहान सडक सफा गर्छन्
चोक र मन्दिर सफा गर्छन्
तिमी ट्रिपर ! हर बिहान
सडक र बाटाहरू फोहर गर्र्छौँ
के तिमीलाई तिम्रो मालिकले
सामान ओसार्नेमात्र हो ।
फोहोर गर्ने काम तिम्रो होइन
भनी सिकाएन ?
हो, थाहा छ, तिमी भारतमा बनेको
नेपालमा हरदिन, हरहप्ता
हरेक महिना मानिस मार्छौ
तिम्रो सरकारले जनता
हरेक दिन गोलीले मारेजस्तै ।
तर, खबरदार, ट्रिपर !
तिमीले चालकसँग सिक
तिम्रो काम फोहर गर्ने होइन
नत्र तिम्रो मालिकले
जनताको अदालतमा उभ्याउने छ
तिमीलाई फोहर गरेकोमा
जरिवाना तिराउने छ ।
हिजो मान्छे मार्ने भारतेली ट्रिपर
आजभोलि फोहोर गर्दै सडक
हुनसक्छ तिमीले पर्सि हाम्रो
देश नै फोहर गर्नेछौ
भारतेली मालिक बन्दुक बोकेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *