भर्खरै :

तिब्बतमा प्रजातान्त्रिक सुधारका ६० वर्ष – १०

पर्यावरणमैत्री विकास र सुन्दर तिब्बत बनाउने प्रतिबद्धता
तिब्बत सरकार स्वच्छ पानी र हरिया पहाड भनेका अमूल्य सम्पत्ति हुन् भन्ने कुरामा विश्वास गर्छ । पर्यावरणीय संरक्षण भनेको उत्पादक शक्तिको रक्षा गर्ने माध्यम पनि हो । यही कुरा मनमा राखेर तिब्बतले पर्यावरणको संरक्षणसँगै हरित विकासलाई प्राथमिकता दिँंदै आएको छ ।
तिब्बतले पर्यावरणीय संरक्षणलाई आफ्नो प्राथमिक जिम्मेवारीको रूपमा बहन गरेको छ । पर्यावरणीय सुरक्षाको सिद्धान्तलाई कडाइका साथ पालना गर्दै आएको छ । तिब्बतमा उच्च प्रदूषण, खराब ग्यासको उत्सर्जन र उच्च ऊर्जासम्बन्धी परियोजनालाई रोक लगाइएको छ । खनिज स्रोतको उत्खनन र विकासका परियोजना स्वीकृति दिने अधिकार एकैजनामात्र नेतृत्वदायी अधिकारीलाई मात्र हुने व्यवस्था तिब्बतमा कडाइका साथ लागू गरिएको छ । वातावरणलाई असर पार्ने कुनै पनि परियोजनालाई एकै आदेशको भरमा कुनै पनि समय बन्द गराउन सक्ने व्यवस्था छ ।
तिब्बतले पर्यावरणीय रक्षाको लागि अनुदान वा छुटको बन्दोबस्त पनि गरेको छ । पर्यावरणीय रक्षासम्बन्धी पदहरूमा तिब्बतमा ७ लाख मानिसलाई परिचालन गरिएको छ । यसले स्थानीय किसान र गोठालाहरूलाई रोजगारको अवसर सिर्जना गरेको छ । उनीहरूले पर्यावरणीय रक्षामार्फत आफ्नो जीविकोपार्जनको लागि आयआर्जन पनि गर्न सकेका छन् । पर्यावरणीय संरक्षणमा लक्षित विभिन्न प्रमुख परियोजना पनि लागू गरिएको छ । तिब्बतले सबै क्षेत्रमा हरियाली प्रवद्र्धनलाई जोड दिएको छ । विस्तृत क्षेत्रीय पर्यावरणीय संरक्षण सञ्जालको विकास गरिएको छ ।
तिब्बतले हरित उद्योगको विकास र सफा ऊर्जाको प्रवद्र्धनको लागि मिहिनेतका साथ काम गरिरहेको छ । सन् २०१८ मा हरित उद्योगजस्तै प्राकृतिक पिउने पानी आदिबाट ५ अर्ब ३० करोड युआन बराबरको आम्दानी गरियो । सन् २०१७ को तुलनामा यो रकम १४.३ प्रतिशतले बढी हो । हरित विकासले तिब्बतको पर्यटन क्षेत्रमा ३० प्रतिशत राजस्व वृद्धि ग¥यो । सन् २०१८ मा तिब्बतमा पुग्ने पर्यटकको सङ्ख्या ३१.४ प्रतिशतले बढ्यो ।
तिब्बतले पर्यावरणीय छेकबारको रक्षालाई निरन्तरता दिएको छ । नयाँ नयाँ त्यस्ता छेकबारको निर्माण गरेको छ । यार्लुङ्ग जाङपो (Yarlung Zangbo), नुचियाङ्ग (Nujiang), ल्हासा, नैनचु (Nianchu), यार्लुङ्ग (यार्लुङ्ग जाम्बोको शाखा नदी) र शिछ्वान (Shiquan) नदीको वरपर वृक्षरोपणलाई तीव्रता दिइएको छ । पर्यावरणीय प्रभावसँग जोडिएको विषयमा बुझ्ने, पुरस्कृत गर्ने वा सजाय दिने गतिविधिका लागि संरचनागत सुधार गरिएको छ । यस्ता पहलको परिणामस्वरुप तिब्बतको एकतिहाइ भूभाग प्राकृतिक स्रोतले भरिपूर्ण बनेको छ । काठ उत्पादन गरिने जङ्गलको वृद्धिदर, प्रतिव्यक्ति जङ्गल क्षेत्र, प्रतिव्यक्ति वन पैदावर, प्रतिव्यक्ति प्राकृतिक वन पैदावर र प्रतिएकाइ वन पैदावर सबैमा चीन सबभन्दा अग्रपङ्क्तिमा छ । नदीको मुहान क्षेत्र, घाँसेमैदान, ताल, तलैया, प्राकृतिक जङ्गल, जल पर्यावरण, भौगर्भिक सम्पदा र जैविक विविधताको प्रभावकारी तरिकाबाट संरक्षण भइरहेको छ । यसले तिब्बतको स्वच्छ आकाश, सफा पहाड र स्वच्छ पानीको संरक्षण गर्न मद्दत पुगेको छ ।
चिनियाँ विज्ञान प्रतिष्ठान र अन्य सम्बन्धित विभागहरूले गरेको अनुगमन र मूल्याङ्कनअनुसार तिब्बत पठारको पर्या–पर्यावरण सामान्यतः स्थिर छ । हावा, पानी, माटो र आम पर्यावरणीय वातावरण राम्रो छ । ध्वनि र विकिरण नियन्त्रण सकारात्मक छ । तिब्बतका अधिकांश भाग अझ पनि प्राकृतिक अवस्थामा छ । संसारमै उत्कृष्ट पर्यावरणीय वातावरण भएको क्षेत्रमा तिब्बत पनि एउटा पर्दछ ।
खुला विकास र आपसमा हितकारी नतिजामा प्रतिबद्ध
बेल्ट एन्ड रोड परियोजना पछ्याउँदै तिब्बतको सरकारले प्रकृतिसँग समावेशी, खुला र सहकार्यमूलक नीति संरचना निर्माण गरेको छ । यसले खुलापनलाई अझ गति प्रदान गरेको छ ।
तिब्बतले बेल्ट एन्ड रोड परियोजनालाई दक्षिण एसियासँग जोडिने महत्वपूर्ण बाटोको रूपमा हेरेको छ । बङ्गलादेश–चीन–भारत–म्यानमार आर्थिक क्षेत्र निर्माणमा सहभागी भएर र अन्तर हिमालय आर्थिक सहकार्य क्षेत्रको प्रवद्र्धन गरेर बेल्ट एन्ड रोड परियोजनामा सहभागी बनेको छ । नेपालसँगको पूर्वाधार अन्तरसम्बन्ध बलियो बनाउन तिब्बत रेलमार्ग र राजमार्ग निर्माण गर्दै छ । सन् २०१४ मा चीनको तिब्बत हवाई सेवा र नेपालको यती हवाई सेवाबीचको संयुक्त लगानीमा हिमालय हवाई सेवा स्थापना गरेको थियो । यसले दुई देशबीच हवाई सेवामा सम्बन्ध विकासमा टेवा पुगेको छ । तिब्बतले ग्युरोङ्ग (Gyirong) र बुराङ्ग (Burang) जस्ता व्यापारिक नाका विस्तार गर्न मिहिनेत गरिरहेको छ । साथै झाम (Zham) नाका पुनः खोल्न प्रयास गरिरहेको छ ।
खुला अर्थतन्त्रको विकास गर्न तिब्बतले कडा मिहिनेत गरिरहेको छ । सन् २०१८ मा तिब्बतले सफलतापूर्वक चीन तिब्बत–नेपाल आर्थिक तथा व्यापार मेला सफलतापूर्वक सम्पन्न ग¥यो । ग्युरोङ अन्तर सिमाना आर्थिक सहकार्य क्षेत्र र ल्हासा विस्तृत अनुबद्ध क्षेत्र निर्माणको काम भइरहेको छ । आर्थिक तथा औद्योगिक क्षेत्रहरूको कुल आम्दानी २५ अर्ब युआन पुगेको छ । सन् २०१८ मा क्षेत्रीय आयात र निर्यात ४ अर्ब ८० करोड युआन बराबर पुगेको थियो । सिमाना क्षेत्रमा बसोबास गर्नेहरूको व्यापार आकार अघिल्लो वर्षको तुलनामा १.८ गुणाले बढेको छ ।
तिब्बतले बाहिरी लगानी आकर्षित गर्न पहल गरिरहेको छ । सन् २०१८ मा यसले बाह्य लगानी भित्याउन १ हजार ४५० वटा परियोजना सार्वजनिक ग¥यो । परिणामस्वरुप ६३ अर्ब ८ करोड युआन तिब्बत भित्रियो । अघिल्लो वर्षको तुलनामा यो ३८.८ प्रतिशतले वृद्धि हो ।
‘भित्र बोलाउने र बाहिर जाने’ नीतिलाई जोड दिंँदै तिब्बतले व्यापक स्तरमा तिब्बत बाहिर विभिन्न सम्बन्ध विस्तार र सहकार्य गरिरहेको छ । पर्यटन, संस्कृति, कृषि, पशुपालनलगायत विभिन्न क्षेत्रमा तिब्बतले सम्बन्ध र सहकार्य गरिरहेको छ । चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनका चार शृङ्खला तिब्बतले सफलतापूर्वक आयोजना गरिसक्यो । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा तिब्बतले राम्रो गुणस्तरको उत्पादनको विकास गरेको छ । तिब्बतको क्षेत्रीय विकासको लागि तिनले चालक शक्तिको रूपमा सेवा गरिरहेको छ । तिब्बतले ल्हासामा तिब्बतको विकासका लागि दुईपटक सम्मेलन आयोजना गरिसकेको छ । पहिलो अन्तर हिमालय सहकार्यसम्बन्धी बेल्ट एन्ड रोड सम्मेलन र चीन–दक्षिण एसिया स्तरीयकरण मञ्च तिब्बतले आयोजना गरेको दुई सम्मेलन हुन् । विकासको विकसित अवधारणाबारे विश्वमा ख्याती कमाएका विज्ञ र प्राज्ञिक व्यक्तित्वहरूसँग लगातार संवाद गरी चीन विकासको नयाँ युगको नयाँ बाटो र ढाँचामा अघि बढिरहेको छ ।
जनताको खुसीको लागि साझा विकासमा प्रतिबद्धता
तिब्बत सरकारले सबै जनजातिमा सहभागिता र उपलब्धिको भावना जगाउन र विकासको फल सबै जनतासम्म पु¥याउन मिहिनेत गरिरहेको छ ।
तिब्बतको सामाजिक सुरक्षा तहमा सुधार भइरहेको छ । मध्यमस्तरको समृद्ध समाज निर्माणको लागि काम भइरहेको छ । विद्यालय जाने उमेरभन्दा अघिका बालबालिकाको स्याहार, शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र ज्येष्ठ नागरिकको स्याहार, आवास र कमजोरलाई सहयोगको अधिकार सबै जनतालाई सुनिश्चित गर्न तिब्बतले सामाजिक सुरक्षाको ढाँचा बनाइरहेको छ ।
सन् २०१३ मा मात्र २ लाख ७३ हजार नयाँ सहरी रोजगारी सिर्जना गरियो । सन् २०१८ मा दर्ता भएको सहरी बेरोजगारी दर २.८३ मा झरेको थियो । सहरी क्षेत्रमा प्रतिव्यक्ति खर्च गर्नसक्ने क्षमता १०.२ प्रतिशतले बढेको थियो । ग्रामीण क्षेत्रमा यो दर १०.८ मा झरेको थियो । सहरी र ग्रामीण क्षेत्रका बासिन्दालाई सामाजिक सुरक्षा सञ्जालमा ल्याउन लगातार काम भइरहेको छ । अनाथाश्रम सबै नगर (प्रिफ्याक्चर तह) मा स्थापना गरिएको छ । ज्येष्ठ नागरिकको लागि आदर निकेतन क्षेत्रीय, नगर (प्रिफ्याक्चर) र काउन्टी (जिल्ला) तहमा विस्तार गरिएको छ । तिब्बत अनाथहरूको केन्द्रिकृत स्याहारको व्यवस्था गरिएको पहिलो क्षेत्र बनेको छ । त्यहाँ ‘पाँच ग्यारेन्टी’ दिन योग्य अनाथ अशक्तहरूको स्याहार गरिन्छ । सन् २०१३ मा तिब्बतमा ७ लाख १० हजार मानिसलाई गरिबीबाट उकासियो । सन् २०१२ मा तिब्बतको गरिबी दर ३५.२ प्रतिशत थियो । सन् २०१८ सम्ममा गरिबीको दर ६ प्रतिशतभन्दा मुनि पुग्यो ।
सहरीकरण तीव्रगतिमा अघि बढिरहेको छ । सिगात्से, सान्नान, न्यिङची, छाम्दो र नगकु प्रिफ्याक्चरबाट सहरमा परिणत भएको छ । सन् २०१३ मा ३ लाख १४ हजार ६ सय वटा सरकारी अनुदान प्राप्त घर बने ।
चीनका अन्य क्षेत्रबाट तिब्बतमा साझेदारी सहयोग कार्यक्रम पनि तीव्ररूपमा विकास भएको छ । सन् २०१३ देखि २०१७ सम्ममा १ हजार ७३६ वटा त्यस्ता परियोजना लागू गरियो । ती परियोजनाको कुल लागत १४ अर्ब ३५ करोड युआन थियो ।
चीनको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९७ प्रतिशतभन्दा बढी तिब्बती जनता आफ्नो जीवनबाट खुसी छन् । ९७.३ प्रतिशत जनता मध्यमस्तरको समृद्धि हासिल गर्न विश्वस्त छन् ।
निष्कर्ष
बितेका ६० वर्षमा तिब्बतको विकासले मारेको फड्कोले त्यहाँ भएको प्रजातान्त्रिक सुधार नै तत्कालीन समयको ऐतिहासिक मूलधार थियो । तिब्बतका सबै जनजातिको आधारभूत भावनालाई त्यो सुधारले समेटेको थियो । सामाजिक प्रगतिका लागि जनताका वास्तविक मागलाई त्यो सुधारले पूरा गरेको थियो । तिब्बतको सामाजिक व्यवस्थामा उक्त सुधारले ऐतिहासिक रुपान्तरण ल्यायो । तिब्बत स्वशासित क्षेत्रको तीव्र विकास भयो । तिब्बतका सबै जनजातिहरूले सुखपूर्ण जीवन बाँच्न पाए । जनताका अधिकारको पूर्ण ग्यारेन्टी गरियो ।
प्रजातान्त्रिक सुधारयता तिब्बतमा सबै जनजाति आफ्नो देशका मालिक आफैँ बने । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, समाजवादी बाटो र क्षेत्रीय जनजाति स्वायत्तताको प्रणालीप्रति हामी प्रतिबद्ध हुनुपर्ने कुरा तिब्बतका जनताको मनमा गहिरो गरी गडेको छ । दलाई लामाले प्रतिनिधित्व गर्दै आएको पुरानो तिब्बती शक्तिले आफ्नो राजनीतिक स्वार्थ र सामन्ती भूदासप्रथाको अँध्यारो र पिछडिएका दिनलाई कायम राख्न तिब्बतमा प्रजातान्त्रिक सुधार र विकासका उपलब्धिलाई अस्वीकार गर्ने प्रयास गरिरह्यो । उनीहरू तथ्यलाई अस्वीकार गर्थे । उनीहरू मानव सभ्यताको हितविपरीत इतिहासको धारलाई उल्ट्याउन खोज्थे ।
नयाँ युगको लागि चिनियाँविशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधाराको मार्गदर्शनमा तिब्बतका सबै जनजाति सम्पूर्ण चीनसँग मिलेर उत्तम जीवन बनाउन काम गरिरहेका छन् । चिनियाँ राष्ट्रको पुनर्जागरण हासिल गर्न उनीहरू मिलेर काम गरिरहेका छन् । नयाँयुगको लागि चिनियाँ विशेषतासहितको समाजवादतिर लगातार अघि बढिरहेका छन् । तिब्बतको उज्यालो भविष्य अवश्यम्भावी छ ।
Democratic Reforms in Tibet- Sixty Years On
नेपाली अनुवाद ः अनिता
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *