भर्खरै :

तिहार

  • कार्तिक १४, २०८३
  • जयन्त पौडेल ‘आश्रम’
  • साहित्य
तिहार

हाम्रो दोस्रो चाड
तिहारै यसपालि पनि
हर्ष उल्लासै सक्दो बोकी
घर घरै आयो ।१।
जानाँै यो पर्वलाई
यम पञ्चकै पनि भनिन्छ
किनभने मनाइन्छ पाँच दिन
आयु नै बढोस् भनी ।२।
यसमा पहिलो दिन काग पुजिन्छ
दोस्रो दिन कुकुर
त्यस्तै तेस्रो दिन गाई
चौथो दिनमा गोरु ।३।
अन्तिम दिन दिदीबहिनीहरूले
दाजु भाइ पुज्छन्
आयु सक्दो बढोस् भनी
त्यस्तै दाजु भाइले पनि ।४।
यो पर्वमा तेस्रो दिन
चेलीहरूले भैलो खेल्छन्
त्यस्तै चौथो दिनमा फेरि
केटाहरूले देउसी खेल्छन् । ५।
यहीँ पर्वलाई दीपावली भनिन्छ
मधेसी समुदायहरूमा
रात उज्यालो पर्व भनिन्छ
सबै कुरा पन्छाई ।६।

Leave a Reply

Your email address will not be published. Required fields are marked *