नसिरूद्दीन

संवाद र सूचनाको संयन्त्र र जाल होस् त भारतको जस्तो होस्, नभए हुँदै नहोस् । अगस्त ५ सोमबारको दिन भारतको राज्यसभामा काश्मीरमाथि चर्चा सुरूमात्र के भएको थियो, सामाजिक सञ्जालमा यस्तो एक खास किसिमको सन्देश घुम्न थाल्यो ।
मेरा अविवाहित साथीहरू गर तयारी अब काश्मीरमा हुनसक्छ ससुराली तिम्रो ।” केही सन्देशहरूमा त तारिख पनि बताउन थालियो–१५ अगस्तपछि काश्मीरमा हुनसक्छ तिम्रो ससुराली ।
कोही कोही आफू अहिलेसम्म अविवाहित रहेकोमा खुशी व्यक्त गरिरहेका थिए – ठीक गरेँ आजसम्म विवाह गरिनँ अब त लाग्छ काश्मीरमा ससुराली हुनेछ ।” कुनै कुनै अविवाहितले त ईश्वरको याद गरे – आज ईश्वरको लीला बुझ्दैछु, उनले आजसम्म मेरो विवाह किन हुन दिएन । उनी जे गर्छन् राम्रैका लागि गर्छन् । काश्मीरमा ससुराली ।”
कोही कोही त यति खुशी भए कि सरकारको जयघोष गर्न लागे । Fजम्मू काश्मीर में हमारा भी ससुराल होगा, चलो हिन्दुस्तानियों जम्मू–कश्मीरमें बारात लेकर चलते हैंर कौन–कौन चल रहा है मेरे साथर जय श्री राम ¤ तबसम्म अर्को तक एक भाइको जोश आइहाल्यो, काश्मिरी लड्कियोँ’ करो तैयारी, आ रहे हेँ भगवाधारी ।”
कश्मीरी प्लटको अर्थ के हो ?
त्यस्ता सन्देशहरूका साथमा कयौँ काश्मीरी केटीहरूको सामूहिक तस्वीरहरू पनि थिए । त्यसमा भाग लगाउन पनि थालियो – Fदाहिनेतिरकी मेरी, बाहिनेतिरकी मेरी, बीचकी मेरी ।” केही कोही लेख्न लागे – Fत्यो निलो घेरोवाला काश्मीरी प्लट मेरो हो बाँकी आ–आफ्नो आफै हेर ।” (यदि कश्मीरी केटीहरूको सामूहिक तस्वीरमाथि यस्तो कमेन्ट लेखिन्छ भने काश्मिरी प्लटको अर्थ के लाग्ने भयो ?
एक–दुई जना त काश्मीरका पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीकी छोरीको लागि केटा खोजिरहेका छन् भने कसैले जेएनयूकी स्टुडेन्ट लिडर रहिरहेकी शेहला रासिदको नाम सुझाव दिएका छन् । तिनीहरूको तस्विर साझा गरिएका छन् । एक भाइले त इनामको घोषणासमेत गरिसके – Fजो हिन्दू भाइले काश्मिरी केटीसित विवाह गर्छ, उसलाई म ५० हजार नगद दिन्छु ।”
त्यतिमात्र होइन, ती सबैका बीच कतिपयलाई अफसोस पनि रहेछ – Fकाश विवाहका लागि दुई–तीन वर्ष रोकिएको भए आज ससुराली काश्मीरमा हुनेथियो ।”
पछिल्लो दुई–तीन दिनमा ह्वाटस् एप, फेसबुक, ट्वीटर, टिकटक आदि सामाजिक सञ्जालहरू यस्तै यस्तै सन्देशहरूले भारिएका छन् । तर यी सन्देशहरूका साथ के कस्ता अर्थ लुकेका छन् ? के यी सन्देशहरूले केही अरू नै कुरा भनिरहेका त छैनन् ?
एक–दुई कुरा अरू केलाउन जरूरी देख्छु । यी सबै सन्देशका वाक्यका बनावटले भनिरहेका छन् कि यी सबै लोग्ने मानिसहरू भनिरहेका छन् कि उनीहरूमा काश्मिरी केटीहरूसित विवाह गर्ने लालसा छ । साथसाथै काश्मीरको जमिन किन्ने र त्यही बस्ने चाहनासमेत प्रतिविम्वित हुन्छ ।
स्त्री युद्ध जितेकोका इनाम होे ?
इतिहासले हामीलाई बताउँछ कि काबिला युग र मध्यकालको सामन्तवादी युगमा साम्राज्य विस्तारको निम्ति युद्ध हुने गर्थे । युद्धका विजेताले हारेकाहरूको जमिन र सम्पतिहरूमाथि कब्जा गर्ने गर्थे । धेरैजसो हमलाकारीहरू महिलाहरूलाई पनि सम्पत्तिजस्तै मान्थे । त्यसैले तिनीहरू महिलाहरूलाई आ–आफ्नो कब्जामा लिएर भोग गर्थे ।
पुरूषवादी सोच भएको समाजले युगौं पहिलेदेखि महिलाहरूलाई कुनै समाज, समूह, जाति, सम्प्रदाय र देशको इज्जतका रूपमा हेर्ने गरेको छ । यसैकारण देशहरूबीचको युद्धमा होस् या साम्प्रदायिक हिंसा । जित्नको लागि एउटा लडाइँ महिलाहरूको शरीरमाथि भोग गर्नको लागि पनि लड्ने गरिन्छ । यो हाम्रो समयमा पनि भएको थियो र आज पनि भइरहेको छ ।
म त सधैं नै यही थाहा पाउँदै थिएँ कि र किताबहरूमा पनि त्यही पढाइन्थ्यो – काश्मीर भारतको अभिन्न अङ्ग हो । हाम्रो कुराकानी काश्मीरबाट सुरू भएर कन्याकुमारीमा पुगेर अन्त हुँदै आएको थियो । फेरि यही अगस्त ५–६ तारिखको दौरान त्यस्तो के भयो कि केही मानिसहरूलाई अहिले आएरमात्र काश्मीर भारतको भएको लागेको छ ? अहिले आएर काश्मीरमाथि जीत मिलेको छ ? के तिनहिरू विजेता हुन् ? आफ्नै इलाकामा विजेता ? आफ्नैहरूमाथि विजेता ?
जसरी पुरानो युगका बिजेताहरूलाई सम्पत्ति र जमिनमाथि कब्जाको हतार रहन्थ्यो, आज पनि सबैजना आफ्नो बन्दोबस्तीका सामान गुन्टा उठाएर जम्मु–काश्मीर–लद्दाखमा सम्पत्ति आर्जित गर्ने चाहना प्रकट गर्न लागेका छन् । सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा व्याप्त सन्देशहरूले त गुत्थी कुरा त्यही देखाइरहेको छ ।
तब के हामीलाई त्यहाँका मानिस होइनन्, जम्मु काश्मीरको सम्पत्तिको चाहनामात्र थियो ? यस्तै चाहना हुनेहरू सम्पत्तिमा स्त्रीहरूलाई पनि सामेल गर्छन् । किनभने यिनीहरूमध्ये धेरैजसो आफ्नो घर–समाजका स्त्रीहरूलाई पनि सम्पत्तिका रूपमा देख्ने बानी लागेका छन् । भन्नेहरूले यसो पनि भन्न सक्छन् कि सामाजिक सञ्जालमा पोस्ट भएका यी सन्देशहरूलाई त्यति गम्भीरतापूर्वक लिन आवश्यक छैन । कुरा त सही हो यदि एक–दुई जनाले मात्र भनेको भए त सायद हल्का फुल्का चर्चा मात्रै हुन्थ्यो । तर, यस्ता सन्देशहरूको त बाढी नै छ, यदि विश्वास लाग्दैन भने तपाइँ आफै सर्च गर्नुस् । त्यसको जरासम्म खोज्ने हो भने यताउता पनि ध्यान दिनुपर्ने हुन्छ ।
दबिएको चाहनाको कारण ?
हेर्नुस् केटीहरू जित्ने कति बलियो चाहना छ । एक खबरअनुसार सत्तासीन भाजपाका नेतृसमेत रहेकी साध्वी प्राची आर्याले बागपतको बडौतमा भनिन् – Fजो अविवाहित युवक छन्, उनका लागि ठूलो खुशीको खबर छ । काश्मीरको डल ताल वरपर १५ अगस्तपछि प्लट खरिद् गर्नुहोस्, तपाइँको नाममा रजिस्ट्री हुनेछ । ससुराली पनि तपाइँको काश्मीरमै हुनेछ । हाम्रो सपना पूरा भएको छ ।”
खतौली मुजफ्फनगरका भाजपा विधायक विक्रम सिंह सैनीले यस कुरालाई अझ विस्तारमा व्याख्या गरे – Fपार्टीका कार्यकर्ता उत्साहित छन् किन कि उनीहरूले अब काश्मीरका गोरी केटीहरूसित विवाह गर्न पाउनेछन् ¤ उनीहरूको विवाह त्यही गरिदिन्छौं कुनै समस्या छैन । अझ जो यहाँका मुस्लिम कार्यकर्ता छन्, उनहिरूले खुशी मनाउनुपर्छ । उनीहरूलाई त्यहाँ गोरी काश्मीरी केटीहरूसित विवाह गर्न सजिलो हुने भएको छ । म काश्मीरमा घर बनाउन चाहन्छु । त्यहाँका हरेक कुरा सुन्दर छन् – ठाउँ, पुरूष र महिलाहरू, सबैकुरा ।”
जहाँसम्म जानकारी छ त्यसअनुसार गैरकाश्मिरी केटाकेटीहरूलाई काश्मिरी केटा वा केटीहरूसित विवाह गर्न कुनै प्रतिबन्ध रहेको छैन । यसका कयौँ नामी उदाहरण छन् । हो तर यस्तो व्यवस्था जरूर छ कि आफ्नो राज्यबाट बाहिर विवाह गर्ने काश्मीरी चेलीका सन्तानहरूलाई त्यहाँको अचल सम्पत्तिमा अंश लाग्दैन थियो । केही मानिसले यस झुटमा पनि विश्वास दिलाउने जोडदार कोसिस गरेका छन् कि पाकिस्तानीहरूसित विवाह गर्नेहरूमाथि यस्तो प्रतिबन्ध छैन ।
यसकारण यो कुरा कुनै अबुझहरूको दिमागको उपज होइन । तिनीहरूको सङ्ख्या र कुराले बताइरहेका छन् कि वास्तवमा यो भारतीयहरूमा दबिएर रहेको चाहना हो । के यस चाहनालाई पखेता नमिल्नुको सबभन्दा बलियो कारण त्यहाँका ठूलो जनसङ्ख्याले मान्ने खास धर्म हो ? त्यसैले हामीलाई मात्र जर–जमिन र मात्र केटीहरूमात्र चाहिएको हो ?
ध्यान रहोस् यो चाहना मात्र गैरकाश्मिरी भारतीय केटा र लोग्ने मानिसले व्यक्त गरेका छन् । यदि यो चाहनालाई सौन्दर्यको मापनका रूपमा लिने हो भने त्यहाँका केटाहरूमाथि पनि यो लागू हुन्थे । त के गैरकाश्मिरी केटीहरूले पनि काश्मिरी केटाहरूलाई आफ्नो सपनाको राजकुमारका रूपमा हेरेका छन् ?
यी चर्चाले उत्पन्न प्रश्नहरू
यो कसरी बिर्सन मिल्ला कि जुन पार्टीका नेता युवाहरूको विवाह काश्मीरमा गराउन लाँदैछन् तर त्यही पार्टीका तिनीहरूका साथीहरूका छोरी आफ्नो खुशीले विवाह गरेकै हुनाले ज्यान बचाउनको लागि यहाँ–उहाँ भागिरहनुपरेको छ । यी उत्साही पुरूषहरू त्यसै समाजका हुन् जहाँ मनखुशीले विवाह गर्नेहरूलाई रूखमा झुन्ड्याइन्छ र जो जातिभन्दा बाहिर विवाह गर्ने हिम्मत गर्दैनन् । भ्यालेन्टाइन डे होस् वा अरू सामान्य दिन होस् प्रेम गर्नेहरूलाई लठ्ठीले तह लगाउने गरिन्छ ।
यी पुरूषहरू सम्पति, विवाह र काश्मिरी केटीहरूको चाहना जस्तो चाहना हिमाञ्चल वा उत्तराखण्डका लागि किन गरेका देखिंदैन ? देख्नमा त यी तीनै इलाकाका केटीहरूमा धेरै फरक देखिंदैन । बस्नका लागि तीनै ठाउँको मौसम पनि एकैजस्तो नै छ । के काश्मीरका केटीहरू अब यति विवस, लाचार, बाध्य र बेआवाज छन् कि कोही पनि कहीँबाट पनि गएर तिनीहरूको खुशीविरूद्ध नै पनि तिनीहरूलाई आफ्नो बनाउन सक्छन् ? त्यसैले त त्यहाँ सबैलाई बरियात लिएर जाने आह्वान गरिँदैछ । के यो लभ जिहाद्कै नमुनामा अगाडि बढ्छ ?
पुरूषवादी राष्ट्रवाद
वास्तवमा यो पुरूषवादी राष्ट्रवादको विचार हो । जहाँ स्त्रीहरूको माध्यमबाट आफ्नो सम्मान वा अपमान तय हुन्छ । यसकारण जब एक साहेबलाई यसो नगर्न कसैले भने त उनको जवाफ थियो – जस्तालाई त्यस्तै जवाफ नदिएमा त आफू जीवित रहनु र मर्नु एक समान हुन्छ । काश्मीरमा स्थायी शान्ति चाहने हो भने त्यहाँका केटीहरूसित विवाह गर्नु र उनीहरूबाट बच्चा जन्माउनु कुनै अपराध होइन र यो नै शान्तिको उत्तम मार्ग हो ।
त्यसो त भन्ने पनि गरिन्छ कि नाता रोटी र बेटीको सम्बन्धले बलियो हुन्छन् । यसको मतलव त यही भयो कि हामी सबै काश्मीरका छोरीहरूलाई अपनाउने मात्र होइन हाम्रा छोरीहरूलाई पनि काश्मीर जानबाट रोक्ने छैनौँ ? त्यसो त सोचेर हेर्ने बेलामा पूरा भारतमा अन्तरजातीय, अन्तर प्रान्तीय, अन्तर धार्मिक विवाहहरू हुन लागेमा वास्तवमै शान्तिको उत्तम मार्ग खुल्नेछ होइन र ?
अँ साँचै यसैबीच केही गीतहरू पनि आइसकेका छन् र ती गीत युट्युब, फेसबुक र ह्वाटस्एपमा साझा भइरहेका छन् । एक भोजपुरी गीत बनाइएको छ – Fअब हम जाइब काश्मीर जाके काश्मीर में लइबे दो का जमीन, उमें चलइबै धान कूटे के मशीन”
त्यस्तै हरियाणाको भाषामा पनि एक गीत खुबै हेर्ने र सुन्ने गर्न थालिएको छ । त्यो गीत कयौं लयमा उपलब्ध छन्, गीतमा भनिएको छ –
पहली बार किसी सरकारने कुँवारेकी फरियाद सुनी है अरे काश्मीर में हरियाणा के ताकतवर जवानों की बहुत जरूरत है । अब बिहारको छोड, काश्मीर से बहू लानी है ।”
तर यस्तो समाजबाट गीत निक्लेको छ जहाँ छोरीको भ्रुण हत्या गरिन्छ । जहाँ छोरीहरूमाथि अत्याचार गरिन्छ । जहाँ मनखुशीले विवाह गरेमा आफ्नै दाजुभाइ तथा बाबु–काकाहरूबाटै हत्यासम्म गरिन्छन् । विवाह गर्न केटीहरू नमिलेपछि विहार वा अन्यत्र कतै गएर पैसा दिएर केटाहरूको विवाह गर्नु परिरहेको छ । तब ती गीतको अर्थ यो हुन जान्छ– हामी विहार होइन काश्मीर जानेछौँ । त्यहाँबाट बुहारी ल्याउनेछौं तर आफ्ना छोरीहरूलाई जिउँदो राख्ने छैनौं ।
यसैकारण काश्मीरको यतिविघ्न चिन्ता भइरहेको थियो । हामीलाई काश्मीर चाहियो र त्यसका साथै काश्मिरी केटीहरू चाहियो । काश्मीरको जमिन र सम्पत्ति पनि चाहियो । कतै यसैलाई नै हाम्रा पुर्खाहरूले जर–जोरू र जमिनको सङ्घर्ष भन्ने गरेका त होइनन् ?
अनि साँचै जमिन लिनु नै विकास हो भनी सम्झिइन्छ भने त्यो सत्य होइन भन्न कतै टाढा जान जरूरी छैन । प्राकृतिक स्रोत–साधनले भरिएको उत्तराखण्ड, हिमाचल, झारखण्ड, छत्तीसगढ र उडिसालगायत राज्यमा हामीले विकासको अनुहार राम्ररी देखिरहेका छौँ । त्यहाँका प्राकृतिक सम्पदा र मूल बासिन्दाहरूको दयनीय अवस्थामा हामी प्रगति र उन्नति खोज्न सक्छौँ । तब के प्रगतिको यो बाटो प्रकृति विरोधी र स्त्रीविरोधी हो ? के यसैकारण प्रकृति अर्थात् जल–जङ्गल–जमिन र स्त्रीमाथि कब्जा गर्न हामीलाई काश्मीरमा ससुराली बनाउने लोभ जागेको हो ? त्यही बाटो खोलिदिएकोमा मोदी नेतृत्वको केन्द्र सरकारको जयजयकार गरिरहेका हौँ ? सत्य यही हो भने धिक्कार छ हामीलाई ।
(नसरुद्दीन भारतका वरिष्ठ पत्रकार र स्तम्भ लेखक हुन् । उनको यो लेख बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो । –सम्पादक)
अनुवाद ः प्रकाश