भर्खरै :

बालबालिका तथा स्त्रीरोग अस्पताल विस्तार गरिने

काठमाडौँ, ८ भदौ (रासस) : बालबालिका तथा स्त्रीरोग अस्पताल (इशान)ले आगामी दिनमा शय्या थप गर्दै विपन्न बालबालिकालाई थप निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने जनाएको छ । दुई जना चिकित्सकबाट सेवा शुरु गरेको सो अस्पतालको हाल २५ शय्या रहेकामा यसलाई विस्तार गर्दै १०० शय्या र ४७ जना बालरोग विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका छन् ।
अस्पतालको २४औँ वार्षिकोत्सवका अवसरमा आज अस्पतालका निर्देशक प्रा डा रामनन्दप्रसाद चौधरीले निजी क्षेत्रको पहिलो बाल अस्पतालले बालरोगसम्बन्धी विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ । गत वर्ष अस्पतालबाट एक लाख ५३ हजार बालबालिकाले सेवा लिएका थिए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक प्रा डा सुशीलनाथ प्याकुरेलले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच बढाउन सरकारले निजी क्षेत्रसितको सहकार्यलाई उच्च महत्व दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनसँगै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन चुनौती थपिएको छ, जनशक्ति, पूर्वाधार तथा औषधिको पहुँचमा सरकारको प्राथमिकता छ, यसलाई निजी क्षेत्रले सहयोग गर्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *