भर्खरै :

शोषणरहित र आदर्शोन्मुख समाज आजको आवश्यकता

शोषणरहित र आदर्शोन्मुख समाज आजको आवश्यकता

काठमाडौँ, १० कार्तिक । शोषणरहित र आदर्शोन्मुख समाज आजको आवश्यकता हो । शोषण नभएको आदर्शोन्मुख समाजमा न्याय, समानता र सुरक्षाको अनुभूति हुन्छ । जनताको अधिकार सुनिश्चित हुन्छ । त्यहाँ चोरी चकारी, लुटपाट, हिंसा हुँदैन । त्यहाँ विभेद हुँदैन । बालबालिकाको अपहरण गर्ने, बेपत्ता पार्ने, महिला बेचबिखन गर्ने काम हुँदैन या त्यसलाई नियन्त्रण गरिएको हुन्छ । बालविवाह गर्न दिइँदैन । तर, पुँजीवादी व्यवस्थामा यस्ता अमानवीय कार्य, विकृति र विसङ्गति नियन्त्रण गर्नेतर्फ वास्ता हुँदैन । आपराधिक क्रियाकलाप रोक्न, बालविवाह नियन्त्रण गर्न बालबालिका तथा महिलामाथि हुने हिंसा रोक्न सरकारले बजेट छुट्याएको हुन्छ । सरकारी लगानी जतिसुकै भए पनि गरिए पनि आपराधिक र अमानवीय कार्य रोकेको हुँदैन । जुन उद्देश्यले बजेट छुट्याइएको हो, त्यो व्यवहारमा कार्यान्वयन हुनुपर्छ । कार्यान्वयन गर्नको निम्ति जिम्मेवार निकाय या संस्था क्रियाशील हुनुपर्छ; समाजका अग्रजहरूको ध्यान पुग्नुपर्छ । योजना बाँड्ने, योजनामा अनियमितता गरेर पदको दुरूपयोग गरी कमाउनेतर्फ लागिरहेसम्म देशमा सुशासन आउने हुनेछैन; परिवर्तनको अनुभूति दिनसक्ने छैन ।
समाचार स्रोतअनुसार सुदूरपच्छिम प्रदेशको बझाङमा ३४ प्रतिशत, दार्चुलामा ३३ प्रतिशत, डडेलधुरामा ३० प्रतिशत, अछाममा ३० प्रतिशत, डोटी र कैलालीमा २९ प्रतिशत, बाजुरामा २८ प्रतिशत र बैतडीमा २७ प्रतिशत बालविवाह भएको तथ्याङ्क छ । यो बालविवाहको तथ्याङ्कले हाम्रो समाजमा अहिले पनि अभिभावक वर्गमा राजनीतिक, सांस्कृतिक चेतनाको कमी भएको देखाउँछ । विज्ञान र प्रविधिको यो एक्काइसौँ शताब्दीमा पनि बालविवाहले स्थान पाइरहेको छ । बालविवाहले किशोरीको शिक्षामा बाधा पु¥याउँछ† घर व्यवहारमा केन्द्रित भएर कहीँ कतै रोजगारीको अवसर पाउँदैन । अशिक्षा र गरिबीले पनि चाँडै विवाह भएको सामाजिक अभियन्ताहरूको भनाइ रहेको छ । चाँडै विवाहले चाँडै सन्तान पाउने हुँदा विवाहपछि चाहेर पनि पढ्न पाउँदैन† रोजगारी पाउँदैन । सुदूरपच्छिममा बालविवाह रोकथाम गर्न प्रदेशले बजेट छुट्याए पनि बालबालिकाको विवाह गर्ने काम रोकेको देखिँदैन । यसले सरकारी अभियान बजेट सिध्याउने मेसो मात्र भएको देखाउँछ । यसमा सरकारको चासो र तडारुकता देखिँदैन ।
बालविवाह रोक्नको निम्ति परिवारको पनि महत्वपूर्ण भूमिका हुन्छ । अभिभावक या आमा–बाबुमा नागरिक भावना र सांस्कृतिक स्तर नभएको कारणले पनि बालविवाह बढी भएको देखिन्छ । उमेर पुगेपछि केटाहरू पाउन मुस्किल भएको स्थानीय समस्याले पनि पढाइ नै छोडाएर घर–व्यवहारको कुरा थाहै नभइकन विवाह भएको पाइन्छ । सानैमा विवाह हुँदा घर – व्यवहारको काम कुरा थाहा नपाएर महिलाले घरायसी समस्या झेल्नुपरेको स्थिति छ । आज भोलि त आमा–बुबाको राय नै नलिइकन विवाह बढेको देखिन्छ । कहिले आमा–बाबुलाई जानकारी नै नदिई मायाप्रीतिमा बाँधेर विवाह भएका बग्रेल्ती घटनाहरू छन् । सामाजिक सञ्जालमा फसेर र मायाप्रीतिको कारण भएका कति विवाह टुटेका पनि छन् । एकले अर्कोलाई धोका दिएर पनि भइसकेको विवाहको सम्बन्ध विच्छेद भएकोे पाइन्छ । यही कारण आज भोलि सम्बन्ध विच्छेदका घटनाहरू बढेको पाइन्छ । यो राम्रो सङ्केत होइन ।
मधेशमा बालबालिकामाथि बढ्दो असुरक्षा र अपहरणदेखि जघन्य अपराधको चपेटामा परेको खबर छापामा आएको छ । बालबालिकाहरू बेपत्ता पारिएको खबर पनि बेलाबखता छापामा आइरहेको छ । बालबालिकालाई लोभलालच देखाएर बेपत्ता पार्ने, कहिलेकाहीँ विदेशमा पु¥याउने, हत्या गर्ने र बेपत्ता पारिएको सन्तान फिर्ता पाउन पैसा लिने गरेको पनि पाइन्छ । बालबालिकामाथि हुने हिंसा, अपहरण, बलात्कार र हत्याका घटनाले परिवार र समुदायमा असुरक्षाको कारण चिन्ता बढाएको हो । घरभित्रै, आँगनमा खेल्दाखेल्दै, विद्यालयमा जाँदा, विद्यालयबाट फर्कँदा बालबालिकामाथि भइरहेका यस्ता घटनाले बालबालिकाको सुरक्षामाथि प्रश्न उठाएको छ । यतातर्फ सुरक्षा निकाय अन्य सरकारी सङ्गठन र सरकारको ध्यान पुग्नुपर्छ । बेपत्ता पारिएका बालबालिकाहरू मृत अवस्थामा भेटिएका छन् । बलात्कार गरेर मारिएका घटनाहरू पनि देखिएका छन् । यी घटनाले देशमा सुशासन छ भनेर कसरी विश्वास गर्ने ? अतः बालबालिकामाथि हुने यस्ता घटना रोक्न प्रहरी प्रशासन, स्थानीय तह, अभिभावक, बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियन्ता† सरकार, सरकारी दल तथा अन्य दलका कार्यकर्ताहरूको पनि ध्यान पुग्नुपर्छ । यी सबै पक्ष सचेत र गम्भीर हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *