अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
२. बन्दुक नियन्त्रणको प्रयासमा संरा अमेरिकी दलीय राजनीतिको दुष्प्रभाव
व्यक्तिको स्वामित्वमा रहने बन्दुकमाथि पूर्णतः निषेध गर्न नसकिने अवस्थामा संरा अमेरिकाले बन्दुकमाथि नियन्त्रण गर्ने उपाय भने निकाल्न सक्छ । अर्थात् बन्दुक किन्ने, दर्ता गर्ने र व्यवस्थापन गर्ने विषयमा सरकारले नियन्त्रण गर्न सक्छ । तथापि, व्यक्तिको स्वामित्वमा रहेका बन्दुकमाथि थोरै सङ्ख्याका नियन्त्रण गर्न पनि अनेकन प्रतिकूलताको सामना भने गर्नुपरेको छ । पछिल्ला दसकमा संरा अमेरिकी राजनीतिमा भइरहेको ‘धु्रवीकरण’ अझ प्रष्ट बन्दै गएको छ । डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीचको टकाव अझ गहिरो बनेको छ । दुवै पार्टीका स्थायी मतदाताबीच बन्दुकमाथि निषेध गर्ने विषयमा पूर्णतः दुई विपरीत दृष्टिकोण छन् । डेमोक्रेटिक पार्टीले बन्दुकमाथि नियन्त्रणको पक्ष लिएको छ । बन्दुक नियन्त्रणको लागि कडा खालको नीतिको आवश्यकता भएको उनीहरूको धारण छ । तर, रिपब्लिकन पार्टी भने ठीक विपरीत बन्दुक नियन्त्रणको विपक्षमा छ । बन्दुकमाथि नियन्त्रण संरा अमेरिकाको राष्ट्रपति निर्वाचन र संसदीय निर्वाचनको प्रमुख विषय बन्दै आएको छ । निर्वाचनमा उम्मेद्वारहरूको सफलता वा असफलताको निम्ति यो विषयमा उनीहरूको धारणा पनि निर्णायक विषय बन्ने गरेको छ । क्लिन्टन सरकारको पालामा संरा अमेरिकी काङ्ग्रेसले ‘सङ्घीय हमलाकारी हतियार निषेध’ (ँभमभचब िब्ककबगति ध्भबउयलक द्यबल) कानुन पारित ग¥यो । सो कानुनले १९ थरी अति उच्च आक्रामक अर्ध स्वचालित हतियार र १० भन्दा बढी थरीका गोली बेच्न निजी क्षेत्रमाथि निषेध लगायो । बन्दुक नियन्त्रणमा यो एउटा प्रगतिशील कदम थियो । ओबामा सरकारको पालामा संरा अमेरिकामा धेरै पटक गोली काण्ड भयो । विद्यालयहरूमा बारम्बार गोली काण्डका घटना दोहोरिए । त्यस्तो परिस्थितिमा सिनेटका डेमोक्रेटहरूले बन्दुक नियन्त्रण कानुनमा संशोधनको प्रस्ताव गरे । उनीहरूको संशोधनले बन्दुक प्रदर्शन वा अनलाइनबाट बन्दुक खरिद गर्दा बन्दुक खरिदकर्ताको पृष्ठभूमि परीक्षण गर्नुपर्ने प्रावधान राख्ने प्रस्ताव गरे । सो प्रस्तावको पक्षमा ९० प्रतिशत संरा अमेरिकी नागरिक समर्थनमा उभिएका थिए । विडम्बना सन् २०१३ मा सिनेटले सो प्रस्ताव अस्वीकार ग¥यो । बन्दुक नियन्त्रण सम्बन्धी विधेयक एकपछि अर्कोगरी पटक–पटक संसदले असफल बनाएपछि सन् २०१६ को जनवरीमा ओबामा सरकारले संसदलाई नाघेर प्रशासनिक निर्देशन जारी गरी हतियारमाथि नियन्त्रण गर्ने प्रयास ग¥यो । ओबामा सरकारद्वारा प्रस्तावित निर्देशनले मानसिक रोगीलाई बन्दुक चलाउन नदिने, बन्दुक व्यापारीसँग अनुमति प्रमाणपत्र हुनुपर्ने र बन्दुक खरिदकर्ताको पृष्ठभूमि परीक्षण गर्नुपर्ने प्रावधान राख्न खोजियो । तर, पछि बनेको रिपब्लिकन सरकारले ओबामा सरकारले लागू गरेका ती सबै बन्दुक नियन्त्रणसम्बन्धी प्रावधान विफल तुल्याइदियो ।
संरा अमेरिकाको चुनावी राजनीति र कडा बन्दुक नियन्त्रण नीतिले डेमोक्रेटिक पार्टीको मत बढाउन उपयुक्त नहुने वास्तविकताका कारण डेमोक्रेटिक पार्टीले पनि क्रमशः पछिल्ला वर्षमा यस विषयमा आफ्नो धारणा नरम बनाउँदै गएको छ । क्लिन्टन सरकारको पालामा सन् १९९४ मा भएको मध्यावधि चुनावमा सिनेट र प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले नियन्त्रण गुमायो । डेमोक्रेटिक पार्टीले ठूलो सङ्ख्या मत र चन्दा गुमाउनुको मूल कारण क्लिन्टन सरकारले बन्दुक नियन्त्रणसम्बन्धी दुई वटा विधेयक पारित गर्न लगाएको जोड थियो । डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार अल गोरलाई व्यक्तिको स्वामित्वमा बन्दुक राख्न दिने विषयका विरोधीको रूपमा बुझियो । सिनेटको सभापति र संरा अमेरिकाका उपराष्ट्रपति रहँदा उनले बन्दुक नियन्त्रण विधेयकको पक्षमा मत व्यक्त गरेका थिए । राष्ट्रपति निर्वाचनमा उनी पराजित हुनुको मूल कारण त्यही बन्यो । यो असफलताबाट डेमोक्रेटिक पार्टीले पाठ सिक्यो । त्यसपछि उसले बन्दुक नियन्त्रणबारे आफ्नो धारणा खुकुलो बनाउँदै लग्यो । उसले खुला रूपमा बन्दुक नियन्त्रणको पक्ष लिन हिम्मत गरेन किनभने कडा खालको बन्दुक नियन्त्रण नीतिले ठूलो सङ्ख्यामा मत गुमाउने खतरा रहन्थ्यो । उसका पुराना मतदाताको समर्थनसमेत गुमाउने भयले बन्दुकको विरोधमा कम मात्र उत्सुकता देखाउन थाल्यो । हतियार नियन्त्रणको विषयमा डेमोक्रेटिक पार्टीको धारणा क्रमशः अस्पष्ट बन्दै गयो । मत धेरै प्राप्त गर्न र राजनीतिक अवसर पाउन उम्मेद्वार बनेका केही डेमोक्रेटिक पार्टीका नेताहरूले बन्दुकमाथि कडा नियन्त्रणलाई कम जोड दिन थाले । व्यक्तिको स्वामित्वमा भएका बन्दुकमाथि पूर्णतः निषेध गर्ने कुरा त त्यसै बिलाएर गयो ।
रिपब्लिकन पार्टीले सधैं व्यक्तिको नाममा बन्दुक राख्न दिने मतको समर्थन गर्दै आएको छ । हतियारमाथि कडा नियन्त्रणको रिपब्लिकनहरू विपक्षमा उभिएका छन् । त्यसैकारण रिपब्लिकन सरकारले प्रायशः बन्दुकमा व्यक्तिको स्वामित्वलाई खुकुलो बनाउँदै आएको छ । उदाहरणको लागि, रेगन सरकारको पालामा सन् १९८६ मा अमेरिकी काङ्ग्रेसले हतियार मालिक सुरक्षा ऐन पारित ग¥यो । त्यो ऐनले बन्दुक बिक्रेता र खरिदकर्तामाथिका नियन्त्रणलाई पूर्णतः हटाइदियो । उक्त कानुनले वर्षको एक पटक सङ्घीय सरकारबाट हतियार अनुगमन गर्ने प्रावधान कायम ग¥यो । रेगन सरकारले सो कानुनमार्फत संरा अमेरिकामा बन्दुक अधिकारलाई उल्लेख्य रूपमा बलियो बनायो । संरा अमेरिकामा बन्दुकमाथि उचित नियन्त्रण गर्ने विषयमा त्यो कानुन एउटा प्रतिगमन नै थियो । सङ्घीय हमलाकारी हतियार निषेध (एडब्ल्युबी) कानुन बनेको दस वर्ष पूरा भएपछि अमेरिकी काङ्ग्रेस सो कानुनलाई निरन्तरता दिने वा नदिने विषयमा अन्योलमा प¥यो । त्यत्तिबेला बुश सरकार थियो । अन्ततः उसले सो कानुन आफसेआफ निष्क्रिय बनाउने विकल्प रोज्यो ।
संरा अमेरिकामा आजको सरकारले अझै पनि बन्दुकमाथि व्यक्तिको स्वामित्वप्रति समर्थन गर्छ । सन् २०१७ को फेब्रुअरीमा रिपब्लिकनको बहुमत भएको सिनेट र प्रतिनिधि सभाले ओबामा सरकारले जारी गरेको प्रशासनिक आदेश सबै खारेज ग¥यो । ओबामा सरकारले जारी गरेका ती आदेशले गम्भीर मानसिक बिरामी भएका व्यक्तिलाई बन्दुक बेच्न नपाउने र कोही त्यस्ता बिरामीले बन्दुक खरिद गर्न चाहे त्यस्तो बिरामीको जमानी बस्न सक्ने व्यक्तिले एफबीआईलाई आफ्नो परिचय खुल्ने कागजात बुझाउनुपर्ने प्रावधान थियो । सन् २०१८ को अप्रिलमा संरा अमेरिकी उपराष्ट्रपति पेन्स अमेरिकी नेशनल राइफल एसोसिएसनको वार्षिक कार्यक्रममा सहभागी बने । उनले त्यहाँ दिएको भाषणमा बोलेका थिए, “राष्ट्रपति र मेरो दुवैको संविधानको दोस्रो संशोधनलाई समर्थन गर्नेमा प्रष्ट मत छ । यो सरकारले हतियार राख्ने र बोक्ने जनताको अधिकारमाथि हस्तक्षेप गर्दैन ।” सन् २०१८ को मार्चमा विद्यालयमा केही हिंसात्मक गोली काण्ड भए । फ्लोरिडाको सिनेटले एउटा विधेयक पारित गरी शिक्षकले विद्यालयमा बन्दुक बोक्न पाउने प्रावधान लागू ग¥यो । त्यसलगत्तै संरा अमेरिकी सङ्घीय सरकारले पनि विद्यालयमा गोली काण्ड हुन नदिन विद्यालयले हतियारबन्द कर्मचारी राख्न पाउने उस्तै कानुन प्रस्ताव ग¥यो । बन्दुक नियन्त्रणप्रति रिपब्लिकन पार्टीको लगातारको विरोधका कारण संरा अमेरिकामा भविष्यमा बन्दुक व्यवस्थापनमा थप खुकुलोपना आउनेमा विश्वास गर्ने ठाउँ छ । संरा अमेरिकामा बन्दुकको व्यापकताको समस्या समाधान गर्ने सम्भावना झिनो छ । बन्दुक हिंसा र त्यस्ता हिंसाका कारण मारिने र घाइते हुनेहरूको सङ्ख्या आगामी दिनमा अझ बढ्दै जानेछ ।
बन्दुक राख्न पाउने अधिकारलाई रिपब्लिकन पार्टीले गर्दैआएको समर्थनले संसदको कानुन निर्माण प्रक्रियालाई मात्र प्रभावित पारेको छैन । बरु सर्वोच्च अदालतको फैसलामा पनि फरक पार्नेछ । सन् २०१० मा रिपब्लिकन समर्थकहरूको बलियो प्रभाव रहेको संरा अमेरिकी सर्वोच्च अदालतले मेकडोनालको मुद्दामा संरा अमेरिकाका सबै राज्य र सहरका नागरिकले बन्दुक राख्न पाउनु संविधानप्रदत्त अधिकार भएको भनी फैसला ग¥यो । त्यसको अर्थ संरा अमेरिकाभरिका सबै नागरिकले बन्दुक राख्न पाउने भए । सर्वोच्च अदालतको सो फैसलासँगै संरा अमेरिकामा बन्दुक नियन्त्रण अझ खुकुलो बन्दै गयो । संरा अमेरिकाका आधाभन्दा बढी राज्यले अधिकांश सार्वजनिक थलोमा खुला रूपमा बन्दुक बोक्न पाउने गरी आफ्नो मूल कानुनमा संशोधन गरे । इलिनियोसको साना हतियार बोक्नेसम्बन्धी ऐन (एफसीसीए) सन् २०१४ को जनवरीबाट औपचारिक रूपमा लागू गरियो । फलतः संरा अमेरिकाका सबै पचास राज्यमा साना हतियार राख्नु र बोक्नु वैधानिक भयो । एफसीसीएले साना हतियारसम्बन्धी लाइसेन्स पाएको व्यक्तिले त्यस्ता हतियार सरकारी भवन, विद्यालय, अस्पताल र गाडीलगायतका सार्वजनिक थलोबाहेक जहाँकहीं पनि लिएर जान पाउने व्यवस्था गरिदियो । त्यसको अर्थ बजारमा थप हतियारको बिगबिगी हुने भयो । फिलाडेलफिया, लस एन्जेल्स र सान फ्रान्सिस्कोलगायत २० भन्दा बढी विमानस्थलमा सुरक्षा चेकप्वाइन्टमा पनि बन्दुक मालिकले बन्दुक लान पाउँछ । उत्तरी टेक्सासका विद्यालयहरूमा शिक्षकहरूले बन्दुक लिएर जान्छन् । टेनिसी, अरिजोना, जोर्जिया र भर्जिनियामा बारहरूमा गोलीसहितका पिस्टोल लिएर जान पाइन्छ । रक्सी खुवाइने रेस्टुराँमा समेत हतियार लिएर जान त्यहाँका अठार वटा राज्यमा छुट छ ।
३) संरा अमेरिकामा बन्दुक नियन्त्रणको लागि सबभन्दा ठूलो विरोधी भनेको स्वार्थ समूह (क्ष्लतभचभकत न्चयगउ) नै हुन्
संरा अमेरिकामा गहिरो गरी बसेको बन्दुक संस्कृतिको अतिरिक्त उपयुक्त बन्दुक नियन्त्रणको निम्ति अर्को महत्वपूर्ण चुनौती भनेको स्वार्थ समूहहरू हुन् । कानुनी कारण त देखाउने कारण मात्र हो । वास्तविक कारण भनेको स्वार्थ समूहको प्रभाव नै हो । संरा अमेरिकामा हतियार उत्पादन, बिक्री र प्रयोगको लागि एउटा ठूलो औद्योगिक सञ्जाल बनेको छ । जसले ठूलो परिमाणमा नाफा कमाउने गर्दछ । नेशनल ब्रोडकास्टिङ कम्पनीले सन् २०१५ मा सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार संरा अमेरिकामा हातहतियार कम्पनीहरूले वार्षिक कारोबार लगभग १३ अर्ब ५० करोड अमेरिकी डलर बराबरको गर्छ । हातहतियारको भण्डारबाट वार्षिक ३ अर्ब १० करोड अमेरिकी डलर बराबर गर्छ । वार्षिक खुद नाफा ४७ करोड ८४ लाख अमेरिकी डलर बराबर गर्छ । बन्दुक उत्पादन र बिक्री उद्योगहरूले २ अर्ब अमेरिकी डलर कर तिर्ने गर्छन् । २ लाख ६३ हजार जनालाई पूर्णकालीन रोजगारी दिएको छ । हतियार बिक्रीको लागि आधिकारिक रूपमा १ लाख वटा पसल खुलेका छन् । हातहतियार उद्योगले संरा अमेरिकाको अर्थतन्त्रमा कुल प्रभावको मूल्य ४२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको पार्ने गरेको अनुमान गरिएको छ । बन्दुकमाथि नियन्त्रणको विरोध गर्ने, बन्दुक उद्योगको स्वार्थसँग जोडिएका र हतियार बोक्ने मानिसहरूले बन्दुक नियन्त्रणको मुद्दामा ठूलो प्रभाव पार्ने गरेको छ । संरा अमेरिकामा हतियारमाथि नियन्त्रणको विरोध गर्ने १२ वटा राष्ट्रियस्तरका सङ्गठनहरू छन् । नेशसन राइफल एसोसिएसन अफ अमेरिका (एनआरए), गन ओनर्स अफ अमेरिका (जीओए), नेशनल सुटिङ स्पोर्टस् फाउन्डेसन (एनएसएसएफ) र नेशनल एसोसिएसन फर गन राइटस आदि त्यस्ता सङ्गठनहरू हुन् । संरा अमेरिकी राष्ट्रपति र संसदीय निर्वाचनमा यी स्वार्थ समूहहरूले ठूलो परिमाणमा चन्दा दिने गरेका छन् ।
पोलिटिकल एक्सन कमिटि (पीएसी) मार्फत उनीहरूले सन् २०१० देखि २०१८ सम्ममा जम्मा १३ करोड अमेरिकी डलर चन्दा दिएका थिए । सन् १८७१ मा स्थापना भएको नेशनल राइफल एसोसिएसन अफ अमेरिका संरा अमेरिकामा बन्दुक नियन्त्रणको विरोधमा उभिएको अग्रणी सङ्गठन हो । त्यसमा ५० लाख जना सदस्य छन् । उनीहरूमध्ये कोही शक्तिशाली बन्दुक उत्पादक र वितरक पनि छन् । हतियारमाथि नियन्त्रण गर्ने विषयको विरोध गर्ने आफ्नो लक्ष्य फत्ते गर्न यो सङ्गठनले बन्दुकमा व्यक्तिको स्वामित्वको पक्षमा, बन्दुक नियन्त्रणको विरोधमा विभिन्न गतिविधि गर्ने गर्छ । राजनीतिक सहयोग पनि गर्ने गर्दछ । यो विषयमा एनआरए नै सबभन्दा अग्रणी पहलकर्ता सङ्गठन हो । त्यसको वार्षिक बजेट नै २५ करोड अमेरिकी डलर छ । चुनाव हुने वर्षहरूमा उसको खर्च बढ्ने गरेको छ । भरपर्दो एक तथ्याङ्कअनुसार एनआरएले सन् २०१६ को राष्ट्रपति चुनावमा राजनीतिक प्रयोजनको लागि ५ करोड ४४ लाख अमेरिकी डलर चन्दा दिएको थियो । त्यसमध्ये ३ करोड त रिपब्लिकन पार्टीका उम्मेद्वारलाई दिएको थियो । सीएनएनले जनाएअनुसार हाल सिनेटमा रहेका ५३५ जना सिनेटर र काङ्ग्रेसका प्रतिनिधिहरूमध्ये ३०७ जनाले यो सङ्गठन वा त्यससँग सम्बन्धित अन्य सङ्गठनमार्फत पैसा लिएका छन् । अथवा आफ्नो प्रचार कार्यक्रममा सङ्गठनबाट कुनै न कुनै फाइदा उठाएको छ । एनआरएले धेरै संसद सदस्यलाई चन्दा दिएको छ । तीमध्ये सबभन्दा धेरै धेरै दिइएका २० वटा चन्दा रिपब्लिकन पार्टीका सांसदहरूलाई दिइएको थियो । पछिल्ला वर्षहरूमा एनआरएले प्रतिनिधित्व गर्ने बन्दुकमाथि नियन्त्रणको विरोध गर्ने स्वार्थ समूहले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । उनीहरू बन्दुकमाथि नियन्त्रण गर्ने सबै विधेयक असफल बनाउन सफल भएका छन् । साथै संरा अमेरिकामा बन्दुकमाथि नियन्त्रणका सम्भावना मत्थर बनाइदिएका छन् ।
अनुवाद ः अनिता
Leave a Reply