अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
४. संरा अमेरिकामा बन्दुकको व्यापकताको सम्बन्ध त्यहाँका प्रहरीले अत्यधिक मात्रामा गर्ने बन्दुकको प्रयोगसँग गाँसिएको छ ।
आफ्नो जिम्मेवारी पालनाको क्रममा संरा अमेरिकी प्रहरीले बन्दुकको अत्यधिक प्रयोग गर्ने र हिंसा भड्काउने गर्छ । प्रहरीले हतियार बोकेको आशङ्कामा यसप्रकार गर्ने अत्यधिक बन्दुकको प्रयोगले ठूलो सङ्ख्यामा मानिस मारिने वा घाइते हुने गरेका छन् । सन् २०१७ मा संरा अमेरिकी प्रहरीले ९८७ जना मानिसको गोली हानी हत्या ग¥यो । मारिनेमध्ये अधिकांश निर्दोष थिए । सन् २०१६ मा द वाशिङ्टन पोस्टमा प्रकाशित समाचारअनुसार ६ महिनामा प्रहरीद्वारा मारिएका ५०९ जनामध्ये कम्तीमा १२४ जना मानिस मानसिकरूपमा बिरामी थिए । प्रहरीले सर्वसाधारण नागरिकमाथि गोली हान्न आफ्नो अधिकारको दुरूपयोग ग¥यो । तर, ती घटनाको आपराधिक जिम्मेवारीको लागि मुस्किलले मात्र अनुसन्धान भयो । हरेक वर्ष झण्डै १ हजार सर्वसाधारणलाई प्रहरीले गोली हानी घाइते बनाउने गरेको छ । तीमध्ये कम्तीमा ४ सय मानिस मारिन्छन् । अचम्मको कुरा त के हो भने सन् २००५ देखि २०१६ सम्ममा ७७ जना प्रहरीमाथि मात्र हत्याको आरोप लाग्यो । यो तथ्याङ्कले प्रतिवर्ष ७.७ जना मानिसमात्र प्रहरीले मारेको देखिन्छ । अर्थात् अत्यधिक बहुमत प्रहरीलाई उनीहरूले गरेको अपराधबाट उन्मुक्ति दिइयो । सन् २०१५ का सुरुका पाँच महिनामा संरा अमेरिकी प्रहरीको बन्दुकबाट मारिनेको सङ्ख्या ३८५ थियो । अर्थात् प्रतिदिन दुई जनाभन्दा बढी मानिस प्रहरीबाट मारिएको देखिन्छ । विडम्बना यही अवधिमा तीनजना प्रहरीलाई मात्र मानिसको ज्यान लिएको मुद्दा लगाइएको थियो अर्थात् मात्र एक प्रतिशतले मात्र त्यस्तो मुद्दा खेप्नुपरेको थियो । यस्तो अवस्थाले ठूलो सामाजिक क्षति भोग्नुपरेको छ । सन् २०१५ मा सिकागोका एकजना प्रहरी अधिकारीले १७ वर्षका एकजना अफ्रिकी–अमेरिकी किशोर मेकडोनाल्डको गोली हानी हत्या गरेका थिए । तर, हत्या गर्ने प्रहरी अधिकारीलाई लामो समयसम्म कुनै किसिमको कारबाही गरिएन । फलतः सर्वसाधारण दण्डहीनताको विरोधमा उत्रे । मेकडोनाल्डको हत्याअघि नै ती प्रहरी अधिकारीविरुद्ध २० वटा उजुरी परिसकेका थिए । तर, कुनै पनि उजुरीको विषयमा कुनै सुनुवाइ भएको थिएन ।
यसप्रकारको संस्थागत कारणले पनि संरा अमेरिकामा बन्दुकको विषय समाधान हुने आशा निकै क्षीण छ । संरा अमेरिकी सरकार स्वयम् बन्दुक नियन्त्रणको विषयमा अन्योलमा छ । यसले कथित उदार लोकतन्त्रको कमजोरी पूर्णतः प्रतिविम्बित गर्दछ । संरा अमेरिकी राजनीतिक प्रणालीले व्यक्तिगत स्वतन्त्रता र सार्वजनिक स्वतन्त्रताको विरोधाभास समाधान गर्न सकेको छैन । यी दुईबीच सन्तुलन कायम गर्न त्यहाँको राजनीतिक प्रणाली असफल छ । हतियार बोकेर हिँड्ने व्यक्तिगत स्वतन्त्रताका कारण मारिने र घाइते हुने मानिसको सङ्ख्या बढ्दै गएको र सार्वजनिक सुरक्षामा आँच आएकोले बिग्रँदो अवस्था सँभाल्न संरा अमेरिकी सरकार असफल छ । ‘संरा अमेरिकी प्रजातन्त्र’ ले बन्दुकको विषय समाधान गर्ने मार्गप्रशस्त गर्न सक्दैन किनभने संरा अमेरिकी प्रजातन्त्रको आधार भनेको पैसामा आधारित चुनाव प्रणाली हो । आर्थिक चन्दामार्फत बन्दुकसँग सम्बन्धित स्वार्थ समूहले राजनीतिक प्रभाव विस्तार गर्छन् र उनीहरू नै सरकारलाई बन्दुकमाथि रोक लगाउन रोक्छन् । साथै, बन्दुक बोक्न पाउनुपर्ने धारणा राख्ने मतदाताको मत पाउन उम्मेद्वारहरूले पनि बन्दुक बोक्न पाउने अधिकारको वकालत गरिदिन्छन् । संरा अमेरिकी दलीय राजनीति त्यहाँको सङ्घीय सर्वोच्च अदालतमा पनि घुसेको छ । खासमा सर्वोच्च अदालत स्वतन्त्र न्यायिक निकाय हुनुपर्ने थियो । दलीय राजनीतिको यही प्रभावका कारण सर्वोच्च अदालतले पनि बन्दुक नियन्त्रणको मुद्दामा निर्णय गर्न सकेको छैन । बन्दुक नियन्त्रणको विषयले संरा अमेरिकी राजनीतिक प्रणालीको आधारभूत अन्योल प्रतिविम्बित गर्दछ । संरा अमेरिकी शैलीको उदार लोकतन्त्रले अवसानको घोषणा गर्दछ ।
तेस्रो खण्ड
बन्दुकको व्यापकताको कारण निम्तिएका गम्भीर सामाजिक समस्या
संरा अमेरिकामा बन्दुक र बन्दुकको हिंसाको व्यापकताले गम्भीर परिणामको सामना गर्नुपरेको छ । ठूलो सङ्ख्यामा मानिस घाइते हुने र मारिनेबाहेक यसले ठूलो परिमाणमा हिंसा र अपराध बढाएको छ । यसले संरा अमेरिकी समाजमा सुरक्षाको अनुभूति ठूलो मात्रामा घटाएको छ ।
१) संरा अमेरिकामा बन्दुकको व्यापकताले ठूलो सङ्ख्यामा हत्याको वृद्धि भएको छ ।
बन्दुकको हत्यासँग नजिकको सम्बन्ध हुन्छ । संरा अमेरिकी जनतासँग ठूलो सङ्ख्यामा निजी बन्दुक छन् । बन्दुक सहजरूपमा उपलब्ध हुने अवस्थामा कुनै पनि द्वन्द्वमा बन्दुक प्रयोगको सम्भावना प्रबल हुन्छ । बन्दुक भएपछि स–साना विवाद पनि हत्यामा पुग्ने गर्छ । अपराधीले बन्दुक बोकेको अवस्थामा डकैती र चोरीजस्ता आपराधिक क्रियाकलाप पनि हत्यामा परिणत हुने गर्छ । हतियार र लागूपदार्थको सम्बन्ध जोडिएको अवस्थामा त हिंसात्मक अपराध अझ बढ्ने गर्छ । बन्दुकको प्रयोगले सङ्गठित समूहको अपराधले अझ बढी क्षति पु¥याउने गर्छ । संरा अमेरिकी समाजमा व्यापक परिमाणमा व्यक्तिगत बन्दुक भएकाले ठूलो सङ्ख्यामा बन्दुक बिक्री गर्ने र दर्ताविना पनि बन्दुक राख्ने क्रम रोक्नै सकिन्न । यसले साना हतियार नियन्त्रणमा ठूलो समस्या निम्त्याउँछ र परिणामतः संरा अमेरिकामा हत्या दर अचाक्ली बढाउँछ । हावर्ड शारीरिक क्षति नियन्त्रण अनुसन्धान केन्द्रले विभिन्न देशमा गरेको अध्ययनअनुसार व्यक्तिगत स्वामित्वका बन्दुक र हत्याको प्रत्यक्ष सम्बन्ध छ । सन् १९९० को दशकमा संरा अमेरिकामा प्रतिवर्ष औसतमा २० लाख आपराधिक मुद्दा र २४ हजार हत्या काण्ड भए । तीमध्ये ७० प्रतिशत बन्दुकसित सम्बन्धित थियो । सन् २००५ देखि २०१२ को बीचमा संयुक्त राष्ट्र सङ्घीय लागूपदार्थ तथा अपराधसम्बन्धी प्रतिवेदनअनुसार संरा अमेरिकामा हुने झण्डै ६० प्रतिशत सचेततापूर्वक गरिएका हत्या बन्दुकको प्रयोगबाट भएका थिए । बन्दुक र हिंसात्मक अपराधबीचको नजिकको सम्बन्ध सन् २०१७ मा संरा अमेरिकामा प्रकाशित एउटा अपराधसम्बन्धी तथ्याङ्कको विश्लेषणबाट पनि पुष्टि हुन्छ । सो अध्ययनअनुसार दस वर्षको अन्तरालमा संरा अमेरिकी केही राज्यमा हिंसात्मक अपराधको दर १० देखि १५ प्रतिशतले बढेको छ । साना हतियारको लाइसेन्स जारी गर्न लगाइएको रोक फिर्ता लिएपछि यसप्रकार अपराधको दर बढेको थियो ।
२) बन्दुकको व्यापकताले विद्यालयमा लगातार गोली काण्ड भइरहेका छन्
विद्यालयमा बरोबर हुने गोलीकाण्ड संरा अमेरिकामा हुने आश्चर्यलाग्दो घटना र बन्दुकको व्यापकताको परिणाम हो । बन्दुक नियन्त्रणमा कडाइ भएको कुनै पनि देशमा संरा अमेरिकामा जस्तै क्याम्पसहरूमा गोलीकाण्डहरू हुने गर्दैन । क्याम्पस धेरै मानिस हुने स्थान हो । त्यस्तो ठाउँमा हुने गोलीकाण्डले स्वाभाविकरूपमा धेरै मानवीय क्षति पु¥याउँछ । क्याम्पस र विद्यालयमा एकै ठाउँमा धेरै किशोरकिशोरीले त्यस्तो अवस्थामा आफूलाई जोगाउन सक्दैनन्, अनपेक्षितरूपमा भएको घटनाको प्रतिरोध कसरी गर्ने उनीहरूलाई थाहा हुँदैन । विद्यालयमा हुने गोलीकाण्डको उनीहरू शिकार बनेका हुन्छन् । विद्यालयमा भएको गोलीकाण्डको त्रासद अनुभवले धेरै केटाकेटीलाई लामो समयसम्म नोक्सान पु¥याएको हुन्छ । फलतः उनीहरूको शैक्षिक प्रस्तुति कमजोर हुन्छ । असामाजिक, निरास, पीडा, निद्रा नलाग्ने र लागूपदार्थ दुव्यर्सनीजस्ता समस्यामा फस्छन् । त्यस्ता विद्यार्थीका परिवार पनि प्रभावित बन्छन् । तसर्थ, विद्यालयमा हुने गोलीकाण्डको सामाजिक प्रभाव निकै विस्तारित हुन्छ । सन् २०१८ मा संरा अमेरिकाका २५ वटा क्याम्पसमा गोलीकाण्ड भएको थियो । ती काण्डबाट २५ हजार ३३२ जना विद्यार्थी प्रभावित भए । ३३ जनाको ज्यान गयो र ६१ जना घाइते भए । शैक्षिक वर्ष सन् २०१७–१८ मा संरा अमेरिकाका ४० लाखभन्दा बढी विद्यार्थीहरूले त्यस्ता घटनाका कारण क्याम्पस बन्दको अनुभव गर्नुप¥यो । त्यसले उनीहरूलाई शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट पीडित बनायो । बरोबर हुने विद्यालयको गोलीकाण्डका कारण संरा अमेरिकामा शिक्षक र विद्यार्थीले बन्दुक बोक्न पाउने अचम्मलाग्दो व्यवस्था सुरु भएको छ । केही राज्यले त शिक्षकले बन्दुक बोक्नुपर्ने कानुन कार्यान्वयनमा समेत ल्याइसकेको छ ।
३) बन्दुकले निम्त्याउने हिंसाले संरा अमेरिकी जनताको सुरक्षाभावलाई गम्भीर आघात पु¥याएको छ
व्यक्तिगत स्वामित्वमा बन्दुक राख्न पाउनुपर्ने मत राख्ने मानिसहरूले दिने एउटा तर्क भनेको बन्दुकले व्यक्तिगत सुरक्षा गर्छ भन्ने हो । विरोधाभासको कुरा के भने यदि सबैले बन्दुक बोके उनीहरू थप असुरक्षित हुने गर्छन् । ठूलठूला गोली काण्ड र व्यापकरूपमा फैलिएको बन्दुक हिंसाका कारण संरा अमेरिका संसारकै अत्यन्त असुरक्षित देश हो । त्यहाँका जनता भयमा बाँच्छन् र आफ्नो सुरक्षाको लागि बन्दुकको भर पर्न बाध्य छन् । संरा अमेरिकी कानुनले त्यहाँका जनताको भय प्रतिविम्बित गर्छ । त्यहाँका धेरै राज्यका कानुनले आफ्ना नागरिकलाई कुनै किसिमको खतरा आइलागे गोली चलाउन छुट दिन्छ । यसले समाजमा असुरक्षाभाव थप गर्दछ । जब कि कतिपय त्यस्ता खतरा हतियार प्रयोग नगरी नै पनि टार्न सकिन्छ । संरा अमेरिका आज अन्त्यहीन चक्रमा फसेको छ । एकातिर संरा अमेरिकामा बन्दुकको व्यापकताले थप सुरक्षा खतरा निम्त्याएको छ, अन्त्यहीन आपराधिक घटनाको सङ्ख्या बढाएको छ । अर्कोतिर, गोलीकाण्डका घटना हुँदा प्रत्येक पटक अरू थप संरा अमेरिकी जनताले आफ्नो सुरक्षा र आत्मरक्षा प्रयोजनको लागि बन्दुक किन्ने गरेका छन् । 
मानिसहरू गहिरो असुरक्षामा बाँचिरहेका छन् । सन् २०१५ को ग्यालप सर्वेक्षणअनुसार ३७ प्रतिशत उत्तरदाताले रातको समयमा आफ्नो घर–बस्तीबाट एक किलोमिटर पर जाने पनि आँट नभएको बताए । परिवारको वार्षिक आम्दानी ३० हजार अमेरिकी डलरभन्दा कम भएको न्यून आयस्रोतका झण्डै चालिस प्रतिशत मानिसहरू रातको समयमा कहीँ पनि बाहिर निस्कने हिम्मत गर्दैनन् । अमेरिकन जर्नल अफ पब्लिक हेल्थले सन् २०१७ मा गरेको सर्वेक्षणअनुसार ९० लाख अमेरिकी नागरिक कम्तीमा महिनामा एकपल्ट गोली भरिएको पिस्तोलसहित बाहिर निस्कने गर्छन् । तीस लाख मानिस हरेक दिन आफूसँग बन्दुक बोकेर हिँड्छन् । जर्नल अफ द अमेरिकी मेडिकल एसोसिएसनले सन् २०१६ को फेब्रुअरीमा गरेको अध्ययनअनुसार अरू विकसित देशहरूको तुलनामा अमेरिकीहरूलाई गोली लाग्ने सम्भावना दस गुणाले बढी छ ।
जथाभावी हुने बन्दुक हिंसा गम्भीर मानवअधिकार समस्याको आधार हो । साथै संरा अमेरिकामा अचाक्ली मौलाएको चरम व्यक्तिवादको परिणाम हो । यसले त्यहाँको संस्थागत समस्यालाई उजागर गर्छ । संरा अमेरिकाका धेरै मानिस भूलवश बन्दुकले आफ्नो सुरक्षा हुन सक्ने कुरामा विश्वास गर्छन् । उनीहरूले व्यक्तिको सुरक्षा राज्यको सुरक्षासँग अन्योन्यास्रितरूपमा गाँसिएको कुरा भुल्दैछन् । बन्दुक नियन्त्रणको विषयमा संरा अमेरिका एउटा भयानक अन्त्यतिर धकेलिएको छ । संरा अमेरिकी समाजको मागले मात्र बन्दुकको विषयमा कानुनी फेरबदल हुन सक्दैन । साथै निर्णय प्रक्रियामा परिवर्तन सम्भव छैन । बन्दुक नियन्त्रणको विषयमा हामीले संरा अमेरिकी लोकतन्त्रको प्रभावकारिता देखिरहेका छैनौँ । संरा अमेरिकी लोकतन्त्र राजनीतिक धु्रवीकरणको दलदलमा फसेको छ । त्यहाँका सरकारमा जाने पार्टीहरूले संरा अमेरिकी समाजको वास्तविक माग सम्बोधन गर्न सकेका छैनन् । हरेक क्षण संरा अमेरिकी समाज बन्दुकको हिंसा खेप्नुपर्ने भयले आक्रान्त छ । मानवअधिकार खोसिने त्रासले पिरोलिएको छ ।
(चिनियाँ मानवअधिकार अध्ययन समाजले अगस्ट २४, २०१९ मा जारी गरेको संरा अमेरिकामा बन्दुक हिंसा र त्यसले मानवअधिकारमा पारेको प्रभावसम्बन्धी आलेख । सो आलेखको शीर्षक ‘संरा अमेरिकामा लामो समयदेखि नसुल्झिएको बन्दुक हिंसाले त्यहाँको मानवअधिकारमाथि गम्भीर खतरा निम्त्याएको छ’ राखिएको छ ।)
अनुवादः अनिता
समाप्त
Leave a Reply