अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
हि ¥यु
चीन आज अन्तर्राष्ट्रिय विकासको प्रमुख योगदानकर्ता देश बनेको छ । चीनले विभिन्न देशलाई विभिन्न प्रकारको सहायता उपलब्ध गराउँदैआएको छ । कोही कोही भन्छन्, “संसारकै सबभन्दा ठूलो विकासशील देशले अन्तर्राष्ट्रियतिरभन्दा आफ्नै विकासलाई बढी जोड दिनुपर्छ ।” तर, वास्तवमा घरेलु विकास र बाह्य विकास भनेको एकै सिक्काका दुई पाटा हुन् । गरिबी, बेरोजगारी, सङ्क्रामक रोग र आतङ्कवादजस्ता विश्वमा देखापरिहेका चुनौतीको सामना गरिरहेको आजको विश्वमा कुनै पनि देश बाह्य संसारबाट अलग रहन सक्दैन ।
सन् २०१७ मा संयुक्त राष्ट्र सङ्घको जेनेभास्थित कार्यालयमा बोल्दै चीनका राष्ट्रपति सी चिनफिङले भन्नुभएको थियोः “संसारले राम्रो गरे मात्र चीनले राम्रो गर्नसक्छ । चीनले राम्रो गर्नसके संसारले राम्रो गर्नसक्छ ।” मानव इतिहासमा विकासमा जादु मानिएको चीनको आर्थिक विकासको अनुभवको सार यही हो । चालिस वर्षभन्दा लामो समयसम्म चीनले अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त ग¥यो र तीब्र विकासको अनुभव ग¥यो । आज संसारकै दोस्रो सबभन्दा ठूलो अर्थतन्त्रले शान्तिपूर्ण विकास र सबैलाई फाइदा हुने सहकार्य तथा दिगो शान्ति, विश्वव्यापी सुरक्षा र साझा समृद्धिसहित खुला, समावेशी, सफा र सुन्दर विश्वको लागि आह्वान गरिरहेको छ ।
साझा भविष्य
सन् २०१८ मा राष्ट्रपति सीले व्यवस्थितरूपमा कूटनीतिबारे आफ्नो विचार प्रस्तुत गर्नुभयो । चीनको शासन सिद्धान्तको एउटा महत्वपूर्ण तत्वको रूपमा सी चिङफिङको कूटनीतिसम्बन्धी विचारधारा नयाँ युगको लागि चीनको कूटनीति सञ्चालनको मार्गदर्शक हो । नयाँ युगमा चीनको कूटनीतिक कार्यभारको एउटा महत्वपूर्ण जिम्मेवारी भनेको मानव जातिको साझा भविष्यमा आधारित समुदायको निर्माण हो । साथै सबैको हित हुने विकास गर्नु हो । साझा भविष्यमा आधारित समुदायको निर्माण शान्तिपूर्ण, समावेशी र एकीकृत दृष्टिकोण हो । यसले विकासमा चीनको सफलताको अनुभवलाई संसारको ज्ञानसँग जोड्नेछ ।
चिनियाँकूटनीतिको एउटा प्रमुख माध्यमको रूपमा विकासमा चीनको सहायताले साझा भविष्यमा आधारित समुदाय निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दक्षिण–दक्षिण सहकार्य कार्यक्रमअन्तर्गत चीनले बितेका ६० वर्षभन्दा लामो समयदेखि विभिन्न देशमा सहायताप्रति प्रतिबद्धता जनाउँदै आएको छ । सन् १९६४ मा चीनको सरकारले मित्र देशलाई आर्थिक सहयोग र प्राविधिक सहायतासम्बन्धी आठ सिद्धान्त पारित ग¥यो । ती सिद्धान्तको मूलतत्व भनेको समानता, आपसी हित र निःस्वार्थ भावना थियो । यसले विदेशी सहायतासम्बन्धी प्रमुख सिद्धान्त निक्र्योल भयो । सन् १९७८ मा विदेशी सहायतालाई सामान्यतः सहायताको घेराभन्दा माथि उठाएर आपसी हितमा आधारित सहकार्यका विभिन्न संयन्त्र स्थापना गरियो ।
विविध सहायता
चीनले कुनै पनि देशलाई गर्ने सहायताको अर्थ हेलिकप्टरबाट पैसाको बिटा खसाल्नु पक्कै पनि होइन । सहयोगका मूलतः तीन प्रकार छन्ः अनुदान, निब्र्याजी ऋण र सहुलियत दरको ऋण । गरिबी न्यूनीकरण र आकस्मिक मानवीय सहायताजस्ता जनताको जीवनसँग सम्बन्धित विषयमा अनुदान सहयोग गर्ने गर्छ । औद्योगिक र कृषि क्षेत्रमा पूर्वाधार निर्माणको लागि निब्र्याजी ऋण प्रदान गर्ने गर्दछ । सहुलियत दलको ऋण भविष्यमा आर्थिक फाइदा लिने आशयले बनाइएका परियोजनाको लागि प्रदान गर्ने गरिन्छ ।
सहकार्यको सन्दर्भमा विभिन्न देशका आवश्यकता पूरा गर्ने चिनियाँ सहायता आठ प्रकारका छन्ः पूर्ण परियोजना, साझा सामग्री, प्राविधिक सहकार्य, मानव स्रोत विकास, चिकित्सक टोली, आकस्मिक मानवीय सहायता, सहयोगी स्वयम्सेवक र ऋण मिनाहा ।
साझा भविष्यमा आधारित समुदाय निर्माणप्रतिको प्रतिबद्धता पूरा गर्न चीनले विभिन्न देशलाई दिने सहायताले प्रभावकारी विकासलाई जोड दिएको छ । विकासमा असन्तुलन आजको विश्वले सामना गरिरहेको सबभन्दा ठूलो असन्तुलन हो । विकास असन्तुलनले चीनसहित विकासशील देशमाथि खतरा निम्त्याउने गर्छ । अरू देशमा सन्तुलित र दिगो विकास सुनिश्चित गर्न नसके चीनले नयाँयुगमा सुधार र खुलापन नीतिलाई अझ गहिराईमा विस्तार गर्न सक्दैन किनभने चिनियाँअर्थतन्त्र विश्वव्यापी मूल्यमा आधारित हुन्छ । गरिबी र पूर्वाधार अभाव धेरै विकासशील देशको लागि प्रमुख अवरोध हो । तिनले विदेशी पुँजीलाई आकर्षित गर्न बाधा पु¥याउँछ । रोजगारी सिर्जना गर्ने, जनताको जीवनस्तर उकास्न र औद्योगिक विकासमा त्यसले अवरोध पु¥याउँछ ।
सही तरिकाको सहायताले विकासमुखी अवधारणालाई दुई तरिकाले विस्तार गर्न सकिन्छ । अल्पकालीनरूपमा विभिन्न प्रकोप र सङ्कटमा परेका व्यक्तिलाई आधारभूत र आवश्यक सहायता उपलब्ध गराउन सकिन्छ । यसले सामाजिक स्थायित्व र सद्भाव विकास गर्न मद्दत पु¥याउन सक्छ । उदाहरणको लागि सन् २०१४–१५ मा अफ्रिकामा इबोला रोग फैलियो । त्यतिबेला आवश्यक चिकित्सकीय सहयोगसहित एक हजारभन्दा बढी चिनियाँ स्वास्थ्यकर्मीहरू रोगले प्रभाव पारेको क्षेत्रमा पुगेका थिए । इबोला भाइरसको प्रतिरोध गर्न प्रभावित क्षेत्रमा चीन सरकारले ७५ करोड युआन बराबरको आकस्मिक सहायता वितरण गरेको थियो । मानिसको जीवन र सम्पत्ति सुनिश्चित गर्नसके मात्र विकासबारे सोच्न सकिन्छ ।
दीर्घकालमा विकासमा सहायता, विशेषतः पूर्वाधार निर्माणले विकासशील देशहरूका आधारभूत विकासलाई तीब्र बनाउन सकिन्छ । उदाहरणको लागि सन् २०१६ मा चीनले इथियोपियामा अबा सामुएल जलविद्युत् परियोजना सम्पन्न गरी हस्तान्तरण ग¥यो । सन् १९४१ मा इथियोपियाकै सबभन्दा ठूलो सो जलविद्युत्ले काम थालनी गरेको थियो । तर, सन् १९७० को दशकदेखि प्राविधिक समस्याका कारण ठप्प भएको थियो । सन् २०१२ मा चीनसँग सो परियोजना जीर्णोद्धार गर्ने सहमति भयो । आज त्यो परियोजना चालू भएको छ । त्यसले ऊर्जा उत्पादन गर्न थालेको छ । मानिसले काम पाएका छन् । स्थानीय तथा विदेशी लगानीकर्ताको लागि समेत व्यापारको वातावरण बनेको छ ।
सहयोगदेखि साझेदारीसम्म
विकसित देशहरूले डो¥याएको अन्तर्राष्ट्रिय सहायताको शासनको तुलनामा चीनको सहायता विकासशील देशहरूको लागि फाइदाजनक छ । बितेका चार दशकमा ८० करोड जनतालाई गरिबीबाट उकासेको विकासशील देश चीनले औद्योगिक विकासको क्रममा विकासशील देशका झेल्ने समस्या, सामना गर्नुपर्ने पाटो र जटिलता राम्ररी बुझेको छ । विकासशील देशको भरपर्दो साथी र साझेदारको नाताले चीनले पूर्वाधार निर्माण, मानवीय जनशक्ति तालिम र प्रविधि स्थानान्तरणमा लगानी गर्न जोड दिएको छ किनभने यी विषयले विकासको लागि आवश्यक अवस्था तयार गरिदिन्छ । चीनले बितेका चालिस वर्षमा यो पाठ सिकेको छ ।
दोस्रो, चीनले सहायता दिने क्रममा आफ्नो सफलताको अनुभव र पाठ दुवै समान तरिकामा विकासशील देशसँग आदानप्रदान गर्न चाहन्छ । सहयोग अपेक्षी देशसँग चीन ‘सहयोग’ मात्र गर्न चाहँदैन बरु सँगै मिलेर काम गर्न चाहन्छ । चीन कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहँदैन न त कुनै सर्तको आधारमा सहयोग गर्छ । चीनको सहयोग भनेको दक्षिण–दक्षिण सहकार्यको हिस्सा हो । यसको मूल लक्ष्य उत्तर र दक्षिणबीचको दुरी कम गर्नु हो । आफ्नो विकासको क्षमता विस्तार गर्न अरू विकासशील देशलाई सहयोग गर्नु हो । चीन अरू देशहरूसँग पनि सिक्न चाहन्छ । सहायताको मुद्दा लचिलो र समावेशी छ । चीन साझेदार देश र अन्तर्राष्ट्रिय समुदायको सुझाव सुन्न चाहन्छ ।
दक्षिण–दक्षिण सहकार्यको अतिरिक्त विश्वव्यापी शासन सुधारमा सहयोगको लागि पनि चीनले सहयोगको हात अघि सार्दै आएको हो । साझा भविष्यमा आधारित समुदाय निर्माणको अवधारणा शान्ति, विकास र मानवअधिकारसँग सम्बन्धित संरा सङ्घका महत्वपूर्ण प्रस्तावमा उल्लेख भएका छन् । यो अवधारणा आज विश्वव्यापी समझदारी बनिसकेको छ । चीनको सहायता चीनको दृष्टिकोण हेर्न संसारको लागि झ्याल बनेको छ । यिनै अवधारणालाई आधार मानेर धेरै बहुदेशीय संस्था, विकसित देश र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले चीनसँग सहकार्यको हात बढाएका छन् ।
मानवजातिको लागि साझा भविष्यमा आधारित समुदाय निर्माण गर्न सीले जेनेभामा दिनुभएको मन्तव्यमा कूटनीतिक कार्यमा चीनले न्याय र हितको सही अवधारणा बोक्नुपर्नेमा जोड दिनुभएको छ । त्यसको लागि राजनीतिकरूपमा न्यायबारे बोल्नुपर्छ, आर्थिकरूपमा आपसी हित र साझा विकासको बाटोमा अघि बढ्नुपर्छ र अन्तर्राष्ट्रिय मामिलामा असल भावना र मित्रतालाई जोड दिएर काम गर्नुपर्ने उहाँको भनाइ छ । चीनले विभिन्न देशमा दिने सहायताको यही नै सिद्धान्त हो ।
(लेखक चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानका सहायक अनुसन्धानकर्ता हुनुहुन्छ ।)
स्रोतः बेइजिङ रिभ्यु
नेपाली अनुवादः सुशिला
Leave a Reply