नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
ललितपुर, १३ भदौ (रासस) : ‘जगदम्बा नेपाली साहित्यको वृहत् इतिहास (दोस्रो ठेली)’ विमोचन भएको छ । मदन पुरस्कार पुस्तकालय, मदन पुरस्कार गुठी र यलमाया केन्द्रले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उक्त ठेलीको नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्नुभएका प्रा डा वासुदेव त्रिपाठीले विमोचन गर्नुभयो ।
उक्त ठेलीमा चार पुस्तक डा चूडामणि बन्धुले सम्पादन गर्नुभएको ‘नेपाली लोकसाहित्य र विधागत अनुसन्धानको इतिहास’, डा दयाराम श्रेष्ठले लेख्नुभएको ‘प्रारम्भिक कालको नेपाली साहित्यको पूर्वपीठिका’, कमलमणि दीक्षित र डा नारायणप्रसाद गड्तौलाले सम्पादन गर्नुभएको ‘नेपाली साहित्यका माध्यमिक कालको इतिहास’ र साहित्यकार बलराम अधिकारीद्वारा रचित ‘नेपालमा अनुवादको इतिहास’ समेटिएका छन् ।
नेपाली साहित्यका मोती मानिने युवककवि मोतीराम भट्ट र नेपाली भाषाका साहित्य सेवक कमलमणि दीक्षितको जन्मजयन्ती एकैदिन कुशेऔँसीमा परेकाले सो ठेली यसै दिन विमोचन गरिएको प्रा डा माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलले भन्नुभयो, “यस ठेली पढेर यहाँ भएका गल्ती, कमजोरी र आलोचना गर्न अनुरोध गर्दछु, बिना कुनै आलोचना पुस्तकले गति लिन सक्दैन ।” विसं २०७४ मा यसअघि चार पुस्तक समेटिएका पहिलो ठेली विमोचन भएको थियो । विगतमा विमोचन भएका ती पुस्तकमा ‘नेपाली भाषाको इतिहास’, ‘ब्याकरणको इतिहास’, ‘अभिलेखीय ब्याकरणको इतिहास’ र ‘अभिलेखीय शब्दकोषका इतिहास’ रहेका थिए ।
प्रा डा त्रिपाठीले नेपाली साहित्यको प्राथमिक र माध्यमिककाल कोर्ने व्यक्तिको रूपमा दीक्षितको नाम उल्लेखनीय रहेको चर्चा गर्नुभयो । पत्रकार कुन्दा दीक्षितले विमोचित ठेलीले समग्र वाङ्मयलाई अघि बढ्न सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा आउँदो असोज ३ गते मदन पुरस्कार वितरण गरिने जानकारी दिइएको छ । दीक्षित रहँदा २५ वर्ष मोतीजयन्ती र उहाँको जन्मजयन्ती एकै साथ काठमाडौँमा मनाउने गरिएको थियो । उक्त ठेलीको लेखन स्वदेश तथा विदेशमा रहेका ८४ व्यक्तिबाट भएको कार्यक्रममा बताइएको थियो ।
Leave a Reply