अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
बोगाटा, ३० अगस्ट । कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल –जनसेना (फार्क–इपी) पूर्वकमाण्डर इभान मार्क्वेजले कोलम्बियामा पुनः सशस्त्र युद्ध सुरु भएको घोषणा गरेका छन् । उनले बिहीबार एक भिडियो सन्देशमार्फत पूर्व फार्क लडाकूहरू र समर्थकहरूलाई सरकारी दमनविरुद्ध पुनः हतियार उठाउन आह्वान गरेका छन् ।
पूर्व फार्क कमाण्डर मार्क्वेज सरकार र तत्कालीन फार्क विद्रोहीबीच सन् २०१६ मा भएको शान्ति सम्झौताका प्रमुख वार्ताकारसमेत हुन् । माक्र्वेजसँग पूर्व फार्क कमाण्डरहरू जेसस सान्ट्रिन्च र हर्नान डारियो भालास्क्वेज उर्फ एल पैसा पनि देखिएका छन् ।
कोलम्बियाली सरकारले २०१६ मा क्युवाको हवानामा सम्पन्न शान्ति सम्झौताको खुलमखुला उल्लङ्घन गर्न थालेपछि ‘दमनविरुद्ध जनताले हतियार उठाउन पाउने नैसर्गिक अधिकार’ को प्रयोग गरी पुनः हतियार उठाउने निष्कर्षमा पूर्व फार्क लडाकूहरू पुगेका हुन् ।
सन् २०१६ मा भएको शान्ति सम्झौतासँगै कोलम्बियामा ५० वर्षदेखि जारी सरकार र फार्क बीचको सशस्त्र युद्धको अन्त्य भएको थियो । सोही सम्झौता अनुसार फार्क शान्तिपूर्ण तथा मूलधारको राजनीतिमा आएको थियो ।
तर पूर्व कमाण्डर मार्क्वेजले वर्तमान दक्षिणपन्थी राष्ट्रपति इभान डुकको सरकारले विश्वासघात गरेको आरोप लगाउँदै सशस्त्र युद्ध सुरु गर्ने घोषणा गरेका हुन् । उनले भिडियो सन्देशमा भनेका छन् ‘‘सरकारी पक्षले शान्तिवार्ताको मर्ममाथि प्रहार गर्दै सुरक्षा फौज र अन्य हतियारधारी समूह सक्रिय पारेको छ । पछिल्लो दुई वर्षमा ५०० भन्दा बढी सामाजिक नेता–कार्यकर्ता मारिएका छन् र १५० पूर्वगुरिल्ला लडाकूको ज्यान गएको छ ।’’
तीस मिनेट लामो भिडियो सन्देशमा मारिनेमा अधिकांश पूर्व फार्क सदस्य र अधिकारकर्मी रहेको उनले उल्लेख गरेका छन् । वर्तमान राष्ट्रपति इभान डुक सत्तामा आएपछि अत्याचार मौलाएको उनको आरोप छ ।
यता पूर्व फार्कहरूको वैधानिक राजनीतिक पार्टी–साझा क्रान्तिकारी वैकल्पिक शक्ति (फार्क) ले भने शान्ति प्रक्रियाप्रतिको कटिवद्धता पुनः दोहो¥याएको छ ।
पार्टीका अध्यक्ष रोड्रिगो लोन्डनो टिमोचेन्कोले पार्टीका बहुमत सदस्य अझै पनि शान्ति प्रक्रियालाई पूर्णता दिएर कोलम्बियामा क्रान्तिकारी र प्रगतिशील प्रक्रिया बलियो बनाउन लागिपर्ने पक्षमा भएको बताए ।
उता राष्ट्रपति डुकले बिहीबार नै त्यसको प्रतिवाद गर्दै विद्रोहीहरू नार्को–आतङ्कवादी बनेको र छिमेकी देश भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोको सहयोगमा सेल्टरमा बसेको आरोप लगाएका छन् ।
राष्ट्रपति डुकले युद्धको घोषणा गरेका फार्क पूर्व कमाण्डर मार्क्वेजको खोजी गर्न आदेश दिएका छन् । मार्क्वेजको भिडियोमा देखिएका व्यक्तिलाई पक्रनेलाई जनही ८ लाख ८२ हजार अमेरिकी डलर दिने घोषणा पनि उनले गरेका छन् ।
Leave a Reply