नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
पेइचिङ, ३ सेप्टेम्बर । चीनले आणविक सुरक्षासम्बन्धी आफ्नो आधारपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषद् सूचना कार्यालयले सार्वजनिक गरेको ‘चीनमा आणविक सुरक्षा’ शीर्षकको सो आधारपत्रले सो क्षेत्रका आधारभूत सिद्धान्त र नीति तथा नियमनका अवधारणा र अभ्यासबारे प्रष्ट्याइएको छ । साथै, विश्वव्यापी आणविक सुरक्षाको लागि चीनको प्रतिबद्धता र त्यसको निम्ति चीनले गरिरहेका अभ्यासबारे दस्तावेजमा उल्लेख छ ।
बितेका ७० वर्षमा चीनको आणविक उद्योग अनेकन उथलपुथलबीचबाट अघि बढ्यो । चीनको आणविक उद्योग नियमित गतिमा अघि बढ्यो र एउटा पूर्ण प्रणालीको रूप लियो । उक्त प्रणालीले ऊर्जा सुरक्षा, वातावरण संरक्षण, जनताको जीवनस्तर सुधार र उच्च गुणस्तरीय आर्थिक प्रवद्र्धन सुनिश्चित गर्न महत्वपूर्ण योगदान गरेको छ”, आधारपत्रमा लेखिएको छ । “चीनले आणविक सुरक्षालाई सधैं महत्वपूर्ण राष्ट्रिय जिम्मेवारीको परूमा लिएको छ । आणविक ऊर्जा विकास र उपयोगको सम्पूर्ण प्रक्रियामा सो जिम्मेवारलाई एकाकार गरेको छ”, दस्तावेजमा भनिएको छ ।
“चीनको आणविक उद्योग सधैं पछिल्लो सुरक्षा मापदण्डअनुसार विकास गरिएको छ । चिनियाँविशेषतासहितको आणविक सुरक्षाको अनुसन्धानमुखी बाटो पछ्याउँदै राम्रो सुरक्षा रेकर्ड कायम राखेको छ”, आधारपत्रमा उल्लेख छ ।
“चीन सहकार्यात्मक र आपसमा हितकारी अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीको प्रवक्ता, प्रवद्र्धक र सहभागी हो । चीनले आफ्नो आणविक सुरक्षा सुनिश्चित गर्न राम्रो काम गर्दै आएको छ । साथै अन्तर्राष्ट्रिय जिम्मेवारी पनि पूरा गर्दै आएको छ । आणविक सुरक्षाका दुई पक्षीय र बहुपक्षीय सहकार्यलाई जोड दिंदै आएको छ”, त्यसमा भनिएको छ ।
“चीनले सम्पूर्ण मानव जातिको हितको लागि आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगलाई सक्रियतापूर्वक प्रवद्र्धन गर्दैआएको छ । विश्वव्यापी आणविक सुरक्षाको लागि चीनले आफ्नो विवेक र शक्ति प्रयोग गरेको छ”, आधारपत्रमा लेखिएको छ ।
आधारपत्र छ खण्डमा विभाजन गरिएको छ ।
Leave a Reply