भर्खरै :

‘कम्युनिस्ट’ पार्टीको लोकतान्त्रिक सरकार

हर्षबहादुर केसी
भदौ १७ गते कान्तिपुर दैनिकमा विष्णु सापकोटाद्वारा लिखित ‘एमालेको कम्युनिस्टीकरण’ शीर्षकको लेखमा भनिएको छ, “यो कम्युनिस्ट सरकार नभई कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको परम्परागत संसदीय प्रणालीको लोकतान्त्रिक सरकार हो ।” हुन पनि नेपालमा पहिलो पटक बहुमत जितेको ‘कम्युनिस्ट सरकार’ ले कम्युनिस्टको सिद्धान्त, विचार र आचरणअनुसार कुनै काम गरेको छैन, गरिरहेको छैन । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालमा ‘कम्युनिस्टको सरकार’ भनी देश विदेशमा प्रचार ग¥यो, सत्तारुढ दलले कम्युनिस्टको सरकार भनी नाक फुलायो, धक्कु लगायो । व्यवहारतः नेकपाको सरकार कम्युनिस्ट देखिएन । कम्युनिस्ट बन्न पनि चाहेको छैन । यो विडम्बनाको विषय हो ।
मुख्य कुरा दुई ठूला ‘कम्युनिस्ट’ पार्टी एक भएर दल झन् ठूलो बनेकोमा होइन, दलको उद्देश्यअनुसार सरकारले काम ग¥यो या गरेन भन्ने प्रश्नको हो । साँच्चै नेकपा कम्युनिस्ट पार्टी हो भने करिब दुईतिहाइ मत भनेको कम होइन । नेकपाबाहेक अन्य कम्युनिस्ट पार्टीहरू पनि छन् । यी सबै कम्युनिस्ट पार्टीहरू पुँजीवादी व्यवस्था उल्टाउन लागेका भए निकै बल मिल्थ्यो । वर्गसङ्घर्षको पूर्वाधार तयार गर्दै अघि बढ्नुपथ्र्यो । नेकपाको ध्यान र चासो ठूलो दल बनाउने र सधैँ सरकारको नेतृत्व गरिरहनेमा मात्र रह्यो ।
वर्गसङ्घर्ष गरेर आमूल परिवर्तन गरिएको भए कम्युनिस्ट पार्टीले ५÷१० वर्षमात्र किन शासन गर्ने ? जहिल्यै कम्युनिस्टको सरकार बनाए के भो र ? सरकारको नेतृत्व गर्ने नाउँमा वर्गसङ्घर्षको भावना छोडेर या अब किन आन्दोलन र सङ्घर्ष गर्नुप¥यो भनी सङ्घर्षशील भावना त्यागेर देशमा कसरी आमूल परिवर्तन सम्भव हुन्छ ? देशमा कसरी कम्युनिस्ट आन्दोलन र सङ्घर्ष अघि बढ्छ र कम्युनिस्ट पार्टी बलियो हुन्छ ? सत्ता र राजस्वमा गरिरहेको रजाइँ छोड्न नचाहने सरकार कम्युनिस्टको भनिए पनि आमूल परिवर्तनको निम्ति लड्ने छैन ।
साम्राज्यवाद, विस्तारवादविरुद्ध नलड्ने पार्टीले देशको मुहार फेर्ने छैन । त्यस्तो दल सच्चा कम्युनिस्ट पार्टी पनि हुने छैन । कम्युनिस्ट पार्टीले सत्ता स्वार्थको राजनीति गर्दैन । जसरी भए पनि सरकारको नेतृत्व गरिरहने चाहनामात्र व्यक्त गर्दैन । देश र जनताभन्दा दललाई ठूलो गन्दैन । देश रहोस् या नहोस् पार्टी भए पुग्छ भन्दैन । कम्युनिस्ट पार्टीले गर्ने सबै काम देश र जनताउन्मुख नै हुन्छ । त्यही भएर सर्वसाधारण, गरिब, शोषितपीडित, उत्पीडित तथा मजदुरहरूले कम्युनिस्ट पार्टीलाई साथ दिन्छन् या कम्युनिस्ट पार्टीप्रति बहुमत जनताको साथ र समर्थन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *