भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
सुरज सिंह
हाम्रा देशका शासक नेताहरूको कमजोरी र अडानविहीनताका कारण देशको सावैभौमसत्ता खतरामा परेको चर्चा हामीले सुन्दै र देख्दै आएका छौं । नेपालमा राजनीतिक व्यवस्था परिवर्तन जनताको चाहनाअनुसार भएको हाम्रो मान्यता रहँदै आएको छ तर त्यो पनि असत्य साबित हुँदैछ । नेपालका शासक दलका नेताहरूले जनताको भावना र मागलाई समेटेर निर्णय गरेको नभई विदेशी शक्तिकेन्द्रको सल्लाहअनुसार निर्णय गरेको एक एक गरी सार्वजनिक भइरेहका छन् । यसै सिलसिलामा एक पूर्वभारतीय जासुसले भारतीय गुप्तचर संस्था ‘रअ’ले नेपालको राजतन्त्र फ्याँकेको दाबी गरेका छन् । हालै प्रकाशित ‘रअ’का पूर्वअधिकारी अमर भुषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’मा यो कुरा खुलासा गरेका हुन् ।
पुस्तकमा दाबी गरिएको छ कि रअले तत्कालीन माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन या मनाउन लामो समय खर्चेको र त्यसपछि प्रचण्ड राजतन्त्रविरुद्ध अरु राजनीतिक दलसँग हात मिलाउन तयार भए । पुस्तकमा सन् १९९० मा भारतको अनुसन्धान तथा विश्लेषण संस्था ‘रअ’ले नेपालको सक्रिय राजतन्त्रलाई संवैधानिक बनाउन अभियान सुरु गरेको र भारतीय हितमा सहायक नभएको संवैधानिक राजतन्त्रलाई बिदाइ गर्न भूमिका खेलेको सप्रमाण चर्चा गरेका छन् ।
‘रअ’को अभियानपछि धेरै नेपाली राजनीतिज्ञहरू भारतीय शासक नेताहरू र गुप्तचर अधिकारीहरूलाई समेट्न भेट्न गएको पुस्तकमा उल्लेख छ । त्यसले नेपाली नेताहरू भारतीय विस्तारवादी शासकहरूका हातमा कठपुतली बनेको आशङ्कालाई पुनः पुष्टि गरेको छ ।
Leave a Reply