स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
तपाईंको लोकप्रिय दैनिकमा मिति २०७६ साउन २२ गते पृष्ठ नं ४ मा प्रकाशित ‘पाठक पत्र’ प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको र ‘पीडित जनता’ बाट प्रेषित भनिएको उल्लेखित भनाइबाट भक्तपुर नगरपालिकाबाट सञ्चालित देको – मिबा – इतापाके जग्गा एकीकरण आयोजना र सोमा कार्यरत कर्मचारीहरूप्रति जनमानसमा अनावश्यक भ्रम सिर्जना हुनसक्ने भएकोले सोबारे यथार्थ कुरा सम्प्रेषण हुन वाञ्छनीय देखिएकोले लगाइएका आरोपहरू सम्बन्धमा निम्नानुसार तथ्यगत बुँदाहरू त्यसै दैनिकमार्फत स्पष्ट पार्न चाहन्छु ।
आयोजना क्षेत्रको Block F (साविक भनपा ५) का तोकिएका क्षेत्रमा टेवा पर्खाल निर्माण कार्यका लागि रु. ९,२२,५०,८२६ ।– ल.ई. स्वीकृत भई निर्माण उपसमिति र उपभोक्ता समितिको बैठकबाट सामानसहित Full Tender मा जाने निर्णयबमोजिम उल्लेखित कार्यको ठेक्काको लागि मिति २०७५÷११÷२१ गते बोलपत्र सूचना (DMILPP/ NCB/ Works/01/075/76) प्रकाशित भएको हो । तोकिएको म्यादभित्र पर्न आएका १७ वटा बोलपत्रहरूको प्राविधिक मूल्याड्ढनपछि आर्थिक मूल्याड्ढनपश्चात् सार्वजनिक खरिद अनुगमन कार्यालयको आधिकारिक Web Portal बाट Online Bid पेश गर्नेमध्येका सबैभन्दा कम अड्ढ (रु. ४,०५,२१,३३४।– प्रोभिजनल सम र भ्याटसहित) कबोल गर्ने थोदुङ्ग÷कबिर जे.भी.लाई मूल्याड्ढन समितिको सिफारिसमा सार्वजनिक खरिदसम्बन्धी प्रचलित ऐन नियमको प्रक्रिया पूरा गरी अधिकार प्राप्त तहबाट बोलपत्र स्वीकृत भएपछि मिति २०७६ जेठ ८ गते आयोजना कार्यालय र थोदुङ्ग÷कबिर जे.भीबीच उक्त ठेक्काको सम्झौता भएको व्यहोरा अनुरोध छ । यस सम्झौताअनुसार निजले २०७६ कार्तिक मसान्तभित्र कार्य सम्पन्न गर्नुपर्नेछ ।
थोदुङ्ग÷अजम्बर÷शिवराम जे.भी.लाई सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO)बाट २०७६ असार २३ गतेदेखि २०७७ असार २३ गतेसम्मका लागि कालोसूचीमा परेको सूचना PPMO को Website भित्रको सम्बन्धित Menu भित्र प्रकाशित भएको रहेछ जुन हामीले साउनको दोस्रो हप्तातिर मात्रै थाहा पायौँ । जबकि सो मितिभन्दा अगाडि मिति २०७६ जेठ ८ गते नै सम्झौता भएको थियो । आयोजना कार्यालयबाट भएका पत्राचार सोही सर्वोच्च अदालतको (मिति २०७६÷४÷१७) को अल्पकालीन अन्तरिम आदेशअनुसार हाललाई निजको कालोसूचीसम्बन्धी कारबाही स्थगन भएको भनी PPMO को Website मा प्रकाशित भएको देखिन्छ ।
यसअघि आ.व. २०७४÷७५ को निर्माण कार्यका लागि National Competitive Bidding मार्फत ठेक्का प्राप्त गर्ने Contech Pvt.Ltd लाई सम्झौताबमोजिम उल्लेखित कबोल अड्ढमा नबढ्ने गरी ३ वटा प्याकेजहरूको सम्पादित कार्यको लागि रनिङ्ग बिलअनुसार कुल रु. २,११,१२,५७६।– (अक्षरेपी दुई करोड एघार लाख बा¥ह हजार पाँच सय छयहत्तर रुपैयाँमात्र) भुक्तानी भएको लेखा फाँटको रेकर्डबाट देखिन्छ । सोभन्दा बढी रकम भुक्तानी गरिएको छैन । त्यस्तै सम्बन्धित समितिमा छलफल भएबमोजिम आ.ब २०७५÷७६ मा कार्यान्वयन भएको अर्को निर्माण कार्यसम्बन्धी ठेक्काहरूको लागि गणेश निर्माण सेवा प्रा.लि.लाई कबोल अड्ढको सीमाभित्र रनिङ्ग बिलअनुसार हालसम्म रु. १,७०,३७,९६१।– (एक करोड सत्तरी लाख सैतीस हजार नौ सय एकसाठी रुपैयाँमात्र) भुक्तानी गएको लेखा फाँटको रेकर्डबाट देखिन्छ । बाँकी भुक्तानी पनि कुल कबोल अड्ढभित्रै पर्ने बुझिएको छ ।
आयोजनाका सम्बन्धित समिति, उपसमितिमा आवश्यक छलफल गरी कार्यालयको संस्थागत हितलाई मध्यनजर गरी आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म मैले इमानदारीतापूर्वक संस्थागत प्रक्रिया अवलम्बन गरी कार्य गरिआएको व्यहोरा अनुरोध गर्दै एउटा राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने र सामाजिक प्रतिष्ठामा आँच पुग्ने गरी लगाइएका कपोलकल्पित र भ्रामक आरोपप्रति दुःख व्यक्त गर्दछु । साथै मेरो तर्फबाट कुनै किसिमको आर्थिक घोटाला भएको भए सप्रमाण पेश गर्न अनुरोध गर्दछु । यसबारे अधिकार प्राप्त निकायले छानबिन गर्न सक्नेछ र सोका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको व्यहोरा अनुरोध छ ।
आ.ई. दिलभक्त जयना,
हाल भनपा कार्यालय
Leave a Reply