वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
काठमाडौँ, १९ भदौ । असोज ३ देखि ५ गतेसम्म भक्तपुरमा हुने नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको तयारीले गति लिएको छ ।
महाधिवेशनको तयारीमा पार्टीका सबै संरचना, जनवर्गीय तथा पेशागत सङ्गठनहरू परिचालन गरिएका छन् । जनवर्गीय तथा पेशागत सङ्गठनका विभिन्न तहमा भेला र बैठक भइरहेका छन् ।
जिल्ला–जिल्लामा महाधिवेशनका प्रचारात्मक गतिविधि भइरहेको छ । सम्मेलनको प्रचारार्थ छापिएका पोस्टर टाँस्ने, पर्चा वितरण गर्ने र महाधिवेशनको लागि मजदुर, किसान, देशभक्त पुँजीपति, प्रगतिशील बुद्धिजीवी, पेशाकर्मीहरूबाट आर्थिक सहयोग उठाउनेलगायतका गतिविधि भइरहेका छन् ।
नेमकिपाको सातौँ महाधिवेशनको उद्घाटन असोज ३ गते शुक्रबार भक्तपुर सल्लाघारीस्थित खुला क्षेत्रमा गरिने छ । सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुहुनेछ । उद्घाटनअघि उपत्यकाका दुई स्थानबाट छुट्टाछुट्टै उद्घाटन जुलुस निकालिनेछ । काठमाडौँको कोटेश्वरबाट बिहान १० बजे र भक्तपुरको च्याह्मासिँहबाट उद्घाटन जुलुस निकालिनेछ । मध्यपुर नगरको बोडेबाट निकालिने जुलुस शङ्खधर चोकमा कोटेश्वरबाट आउने जुलुसमा मिसिने तयारी भइरहेको पार्टी कार्यालयले जनाएको छ ।
पार्टीले महाधिवेशनलाई समाजवादी प्रचार अभियानकै सिलसिलाको रूपमा लिएको छ । समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा जनतालाई सचेत बनाउने अवसरको रूपमा सम्मेलनको तयारी गरिने पार्टी स्रोतले बताएको छ ।
कस्तो हुनेछ सम्मेलनको उद्घाटन ?
नेमकिपाको सातौँ महाधिवेशनको उद्घाटन असोज ३ गते शुक्रबार भक्तपुर सल्लाघारीस्थित खुला क्षेत्रमा गरिने छ । सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुहुनेछ । उद्घाटनअघि उपत्यकाका दुई स्थानबाट छुट्टाछुट्टै उद्घाटन जुलुस निकालिनेछ । काठमाडौँको कोटेश्वरबाट बिहान १० बजे र भक्तपुरको च्याह्मासिँहबाट उद्घाटन जुलुस निकालिनेछ । मध्यपुर नगरको बोडेबाट निकालिने जुलुस शङ्खधर चोकमा कोटेश्वरबाट आउने जुलुसमा मिसिने तयारी भइरहेको पार्टी कार्यालयले जनाएको छ ।
दुवै जुलुस दिनको १ बजे सल्लाघारीको खुला क्षेत्रमा पुगेर उद्घाटन समारोह हुनेछ ।
सम्मेलनको सफलताको कामना गर्दै विभिन्न जनवर्गीय सङ्गठनले विभिन्न रचनात्मक गतिविधि गर्ने तयारी भइरहेको बताइएको छ । भदौको अन्तिम साताबाट देशका विभिन्न जिल्लाबाट सम्मेलनमा सहभागी बन्न जनसमुदाय राजधानी आउने जानकारी प्राप्त भएको छ ।
Leave a Reply