वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
करभिका
चीनका विदेशमन्त्री वाङ यी आइतबार नेपाल आउँदै छन् । आगामी अक्टोबरमा हुने भनिएको चिनियाँराष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीमा विदेशमन्त्री वाङ काठमाडौँआउन लागेका हुन् । लामो समयदेखि प्रतिक्षा गरिएको सीको नेपाल भ्रमणले नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई नयाँउचाइ प्रदान गर्ने अपेक्षा गरिएको छ । छिमेकी देश भएर पनि चीनको उच्च नेतृत्व नेपालमा कमैमात्र आउने गरेका छन् । सन् २०१६ अक्टोबरमा चिनियाँप्रधानमन्त्री बेन जिआ बाओको छोटो नेपाल भ्रमणयता सीको भ्रमण नै नेपालमा चीनको सबभन्दा माथिल्लो स्तरको भ्रमण हुनेछ ।
चीनका राष्ट्रपति सी चिनफिङ विभिन्न देशको भ्रमण गरिरहने नेता हुन् । चीनको विस्तारित अन्तर्राष्ट्रिय भूमिकाका कारण पनि उनी संसारका विभिन्न कुनामा पुगिरहेका हुन्छन् । अझ विशेषतः सन् २०१३ मा कीर्गिस्तान भ्रमणको क्रममा उनले ‘एक क्षेत्र एक बाटोको योजना’ (वन बेल्ट वन रोड प्रोजेक्ट) को घोषणासँगै विश्वका विभिन्न देशमा लगातार भ्रमण गरिरहेका छन् । चीनका चौधवटा छिमेकी देशहरू छन् । तीमध्ये नेपाल पनि पर्दछ । आफ्ना छिमेकी देशहरूमध्ये अधिकांश देशमा सीले कम्तीमा एक पल्ट भ्रमण गरिसकेका छन् । नेपाल, भुटान, म्यानमार र अफगानिस्तानबाहेक चौध वटा छिमेकी देशमध्ये सीले दस वटा छिमेकी देशमा पाइला टेकिसकेका छन् ।
चीनका छिमेकीमध्ये सीले सबभन्दा बढी ६ पटक रुसको भ्रमण गरेका छन् । राष्ट्रपति निर्वाचित भए यता सबभन्दा पहिलोपटक उनले रुसकै भ्रमण गरेका थिए–सन् २०१३ को मार्च महिनामा । त्यही वर्ष उनले सेप्टेम्बर महिनामा रुसको भ्रमण गरेका थिए । त्यसयता सीले रुसको सन् २०१५, २०१७, २०१८ र २०१९ मा रुसको भ्रमण गरे । सन् १९६० को दसकदेखि आगो र पानी बनेका चीन र रुस (तत्कालीन सोभियत सङ्घ) पछिल्लो अन्तर्राष्ट्रिय राजनीतिमा भने निकट देखिएका छन् ।
सीले चीनका छिमेकीहरूमध्ये भारत, कजाकिस्तान, ताजिकिस्तान र कीर्गिस्तानको सन् २०१३ यता दुई–दुई पटक भ्रमण गरे । प्रजग कोरिया (२०१९), पाकिस्तान
(२०१५), लाओस (२०१७), भियतनाम (२०१७), मङ्गोलिया
(२०१४) आदि देशमा पनि सीले भ्रमण गरे । दक्षिण एसियाली देशहरूमध्ये सीले भ्रमण नगरेका देश नेपाल र भुटानमात्र हुन् । उनले भारतको पटक – पटक भ्रमण गरिसके र सन् २०१९ मा पनि सी भारत जाने तयारीमा छन् । पाकिस्तानमा सन् २०१५, श्रीलड्ढा र माल्दिभमा सन् २०१४ र ब·लादेशमा सन् २०१६ मा सीले भ्रमण गरेका थिए । पटक – पटक चर्चा भएर पनि नेपालमा भने सी आएका थिएनन् । तर, आगामी अक्टोबरमा भने सी नेपाल आउने सम्भावना प्रबल देखिन्छ ।
दक्षिण एसियाली देशहरूमध्ये भुटानसँग चीनको औपचारिक कूटनीतिक सम्बन्ध छैन । लामो युद्धले थिलथिलो बनेको अफगानिस्तानमा सीले पाइला टेकेका छैनन् । त्यसबाहेक चीनको कूटनीतिक सम्बन्ध भएका दक्षिण एसियाली देशहरूमध्ये नेपालमा मात्र सी किन आएनन् भन्ने चर्चा यसअघि पनि चलेका थिए । विशेषतः नेपालको राजनीतिक सङ्क्रमणकालीन अवस्था र सुरक्षा व्यवस्थाको कारण सी नेपालमा नआएको हुनसक्छ । अर्को एउटा कारण भने सीको नेपाल भ्रमणलाई लिएर भारतको कस्तो प्रतिक्रिया हुन्छ भन्नेमा पनि चीन सजग बनेको देखिन्छ । यतिबेला भने नेपालको राजनीतिक स्थायित्व, नेपाल पक्षको आग्रह र छिमेकीसँग निकटको सम्बन्ध बनाउने चीनको पहिलेदेखिको नीतिका कारण सीले नेपाल आउने सड्ढेत गरेको देखिन्छ ।
सीको कुनै पनि देशको भ्रमण भनेको लामो समयदेखिको आन्तरिक कूटनीतिक, आर्थिक र मैत्रीपूर्ण गतिविधिको परिणाम हुने गर्दछ । नेपालमा सीको भ्रमणको विषयमा चीनका विभिन्न निकायले वर्षौंदेखि विभिन्न ढ·ले तयारी गरिरहेको देखिन्छ । यस्ता सबै तयारीबाट हरियो बत्ती देखाएको अवस्थामा मात्र सीको भ्रमण हुने गर्दछ । त्यसकारण सीको नेपाल बसाइँछोटो हुने अपेक्षा गरिए पनि यसले दिन खोजेको सन्देश भने लामो समयदेखि चीनले गर्दै आएको आन्तरिक तयारीको सकारात्मक निष्कर्ष नै हो ।
ओबीओआर वा इन्डो प्यासिफिक
दक्षिण एसिया र पूर्वी एसियामा आजको सबभन्दा प्रमुख अन्तर्राष्ट्रिय विषय कुनै न कुनै कोणबाट चीनले प्रस्ताव गरेको ‘एक क्षेत्र एक बाटो परियोजना’ (ओबीओआर) वा संरा अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीति (आइपीएस) सँग सम्बन्धित छ । संसारका दुई महाशक्ति संरा अमेरिका र चीनबीचको प्रमुख द्वन्द्व यतिबेला व्यापार युद्ध र उल्लेखित दुई रणनीतिमार्फत व्यक्त भइरहेका छन् । चीनले प्राविधिक, सांस्कृतिक, आर्थिक र भौतिक विकासका अनुभव आदानप्रदान गर्ने लक्ष्यसहित विभिन्न देशसँग सम्बन्ध विकास गर्ने आधारको रूपमा ओबीओआर महापरियोजना अघि सारेको छ । त्यही परियोजनालाई अघि सार्दै चीनले संसारका विभिन्न देशमा आफ्नो सम्बन्ध विस्तार गरेको छ । कुनै बेला संरा अमेरिकाले आफ्नो ‘करेसाबारी’ मान्दै आएको ल्याटिन अमेरिकादेखि अफ्रिकी महादेशमा समेत चीनले आफ्नो मैत्रीपूर्ण सम्बन्ध विस्तार ग¥यो । हुँदा–हुँदा युरोपेली देशहरूमा समेत चीनको प्रभाव विस्तार भएपछि संरा अमेरिकी नेतृत्वले चीनको यो विस्तारित प्रभावलाई रोक्न नै इन्डो–प्यासिफिक रणनीति अघि सारेको हो । चीन वरपरका देशहरूसँग चीनको सानोभन्दा सानो अन्तर्विरोधको समेत फाइदा उठाउँदै संरा अमेरिकाले चिनियाँआरोहणलाई रोक्ने प्रयास जारी राख्यो । दक्षिणी चीन सागर, भियतनामसँगको सीमा विवाद, भारतसँगको द्वन्द्वलाई उछाल्नुमा नै अहिले वाशिङ्टनले फाइदा देखेको छ । त्यस्तै चीनलाई उसकै भूमिभित्रै पछार्ने रणनीतिका साथ सिन्च्याङ, थाइवान र हङकङ मुद्दा उछालिएको हो । यी सबैको लक्ष्य चीनलाई कमजोर बनाउनु नै हो ।
नेपाल भूराजनीतिक हिसाबले संवेदनशील क्षेत्रमा अवस्थित हुनाले स्वभावतः यो विश्व शक्तिबीचको द्वन्द्वबाट प्रभावित भएको देखिन्छ । नेपाल चीनको एक क्षेत्र एक बाटो परियोजनामा सन् २०१७ मार्चमा सामेल भयो । आफ्नो प्रभाव क्षेत्र मानेको नेपालको सरकार चीनद्वारा प्रस्तावित परियोजनामा सामेल भएकोमा भारतलाई चित्त बुझेको छैन । भारतले यो परियोजनामा आजसम्म पनि हस्ताक्षर गरेको छैन । तथापि, चीन र भारतबीचको मैत्रीपूर्ण सम्बन्धकै कारण पनि भारतले नेपाललाई यो विषयमा प्रत्यक्ष दबाब भने दिन सकेको छैन ।
पछिल्लो समय नेपाल सरकारमाथि इन्डो प्यासिफिक रणनीतिमा सामेल हुन दबाब परेको बुझ्न सकिन्छ । नेपालमा आइपीएसका उच्चस्तरीय प्रतिनिधिहरूको भ्रमण, नेपालका परराष्ट्रमन्त्रीको संरा अमेरिकी विदेश सचिव माइक पम्पेओसँगको भेट र सो क्रममा आइपीएसमा नेपाल सहभागी बन्ने विषयमा परराष्ट्रमन्त्रीको सहमति आदि कारणले नेपालको भूमिकाप्रति चीन सजग बनेको देखिन्छ । ओबीओआरका कार्यक्रमहरूलाई सरकारले सस्तो प्रचारबाजीमा मात्र सीमित राखेको विषयमा चिनियाँ दूतावासबाट समेत असन्तोष व्यक्त भइसकेको छ । तर, नेपाल सरकारले ओबीओआरलाई जुन गम्भीरताका साथ अघि लानुपर्ने थियो, त्यसमा अझै पनि गम्भीरताको अभाव भएको बताइन्छ । सरकार ओबीओआरलाई गति दिएर आइपीएसलाई हातबाट गुमाउने पक्षमा नरहेको देखिन्छ ।
परराष्ट्रमन्त्रीले भने सरकारको यो अन्योललाई आर्थिक कूटनीतिको जामाले छोप्दै हिँडेका छन् ।
सीको भ्रमण
सीको भ्रमणबाट नेपाललाई चीनले आफ्नो मित्र देशको रूपमा गुमाउन नचाहेको कुरा बुझिन्छ । नेपाल सरकारको अस्पष्ट कार्यनीतिबारे चीनलाई थाहा छैन भन्न सकिन्न । तथापि नेपालको भूराजनीतिक विशिष्टता र मैत्रीपूर्ण छिमेकी बनाउने चीनको नीतिका कारण सी नेपाल आउन लागेका छन् । नेपालबाट लाभ लिनेभन्दा पनि नेपालबाट केही भूराजनीतिक क्षति नहोस् भनेर चीनले नेपालसँग राम्रो सम्बन्ध कायम गर्न चाहेको हुनुपर्छ ।
भारतको लगातार हस्तक्षेप सामना गर्दै आएको नेपाल र नेपाली जनता चीनको छिमेक नीतिप्रति सकारात्मक भएको कुरा चीनले बुझेको छ । नेपाली जनताबीच चीनको सकारात्मक छविका कारण चीन नेपालसँग बलियो छिमेकीको सम्बन्ध कायम राख्न चाहन्छ ।
अक्टोबरमा सीको नेपाल भ्रमणबाट कुनै विशेष ठूलै निर्णय वा उथलपुथल भइहाल्ने अपेक्षा नगरौँकिनभने यो भ्रमण सीको छिमेकसँग राम्रो सम्बन्ध विकास गर्ने मैत्रीपूर्ण भ्रमण नै हो । यसले नेपाल र चीनको सम्बन्धलाई अझ उचाईमा पु¥याउनेछ । विज्ञान प्रविधि र सूचना प्रविधिले आज नेपाल र चीनलाई हिमालयले छेक्न सकेको छैन । नेपाली जनता र चिनियाँजनताबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सीको भ्रमण उपयोगी हुनेछ । नेपाल यतिबेला भ्रमण वर्षको तयारीमा रहेको सन्दर्भमा अक्टोबरमा हुने सीको भ्रमणले चिनियाँ जनताबीच नेपाल भ्रमणको लागि उत्साह भरिदिने आशा गर्न सकिन्छ ।
Leave a Reply