भर्खरै :

ठूल्ठूला सवारीले जनताका घर कमजोर

 
भक्तपुर नगरभित्रका सडकहरू ‘राजमार्गहरू’ होइनन् जहाँ २५–३० टनका १०–१२ पाङ्ग्रे ट्रकहरू आवतजावत गर्छन् । विपरीत दिशाबाट ठूल–ठूला गाडीहरू आउँदा ती २५–३० टन बोकेका ट्रकहरू पेटी र पेटी नभएको ठाउँमा घर र पसलहरूको नजिकबाट ल्याउँछन् ।
धेरै पटक आवतजावत गर्दा घर भासिने डरले टोलका घरपतिहरू तर्सिनु स्वाभाविक हो । यसबारे सरकारले ट्राफिक प्रहरी वा गृहमन्त्रालयमार्फत सदनमा नयाँ विधेयक त ल्याएन नै, तर नगरपालिकाहरू किन मौन छन् ? यस्ता विषय वडा अध्यक्ष र मेयर–उपमेयरलाई त जरुरै थाहा हुनुपर्ने हो । थाहा पाएरमात्रै पुग्दैन कारबाही गर्नुप¥यो । त्यसको अर्थ हो–२०–३० टन बोकेको १०–१२ पाङ्ग्रे ट्रकहरू नगरभित्र निषेध गर्नु आवश्यक छ ।
त्यसको निम्ति अरनिको राजमार्गबाट नगरभित्र पस्ने गेट या स्थानमै ट्रकहरूको तौल नाप्ने मेसिन राख्नु जरुरी छ ।
नगरपालिका जाँचकी र इन्स्पेक्टरहरू पनि त्यस्तै लोडेड् गाडीहरू घरकै पेटी पेटीमा रातभर राखे पनि मतलब गर्दैैनन्, त्यस्ता गाडीहरूमाथि नियन्त्रण गर्नु जरुरी छ । यसबाट सडक पेटीमात्रै होइन पुराना र नयाँ घरहरू पनि भासिने छन् । यसकारण त्यस्ता ट्रक र ट्रिपरहरूलाई क्षतिपूर्ति भराउन अहिलेदेखि नै नगरपालिकाहरूले ऐन–नियम बनाउनु आवश्यक छ ।
एक शुभचिन्तक नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *