नेपालभाषा साहित्य तःमुंज्याको ऐतिहासिक कदम !
- कार्तिक ७, २०८३
लक्ष्मीहरि ताम्राकार
डेँगु रोग एक प्रजाति लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । यो रोग एडिस एजिप्टाइ र एडिस अल्लो विकट्स जातको पोथी लामखुट्टेबाट सर्छ । वर्षात्को मौसममा डेँगु फिवरको प्रकोप धेरै बढ्छ । डेँगु सार्ने लामखुट्टेहरू जमेको पानी वरपर हुने गर्छन् । डेँगु रोग फैलाउने लामखुट्टेले विशेषगरी दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ । अहिलेसम्म डेँगु मानिसबाट मानिसमा सरेको छैन । डेँगु ज्वरो भएका बिरामीलाई एडिस जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा डेँगु रोग सर्छ । लामखुट्टेको अलावा मानिसहरूको तीव्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको छ । सन् २०१६ मा वर्ड हेल्थ अर्गनाइजेसनले डेँगु रोगको लागि ‘सनोफी पास्चर डेङ भ्याक्सिय नामको भ्याक्सिन बनाएको थियो । यो भ्याक्सिन ९ देखि ४५ वर्ष उमेरका समूहका बिरामीलाई दिने गरेको थियो तर यो भ्याक्सिन त्यति प्रभावकारी नभएको हुँदा वर्ड हेल्थ अर्गनाइजेसनले लामखुट्टे मार्नेमा बढी प्राथमिकता दिएको छ ।
नेपालमा सन् २००४ मा डेँगुको बिरामी पत्ता लागेको थियो । सन् २००६ मा चितवनमा डेँगुका रोगीहरू भेटिएका थिए । सन् २०१० मा ९०० भन्दा बढी बिरामीहरू देशका विभिन्न ठाउँहरूमा भेटिएका थिए । तीमध्ये ५ जनाको मृत्यु भएको थियो । २०७३ मंसिरमा झापाको दमकमा डेँगुको सङ्क्रमणबाट एकजना भारतीय नागरिकको मृत्यु भएको थियो । केही दिनअगाडि पोखराकै एक अस्पतालमा २८ जना डेँगु रोगले सङ्क्रमित भएको समाचार आएको थियो । धाडिङ जिल्लामा एक साताको अवधिमा २० भन्दा बढी बिरामी जिल्लामा उपचार हुन नसकी काठमाडौँ पठाइएको र केही बिरामी जिल्लामै उपचारको क्रममा रहेका छन् ।
डेँगुको खास उपचार छैन । यसको सङ्क्रमित व्यक्तिको शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित बनाइदिन्छ । गम्भीर अवस्थामा डेँगुका बिरामीको सम्पूर्ण शरीरमा रक्तस्राव गरिदिन्छ । डेँगुले बिरामीको शरीरमा हुने प्लाटेलेट्सको मात्रा घटाइदिन्छ । जब प्लाटेलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ तब शरीरका विभिन्न भागमा रक्तस्राव सुरु हुन्छ । यस्तो अवस्थामा रगत दिनुपर्ने पनि हुन्छ । यसको साथै रक्तचाप कम हुने तथा फोक्सोमा पानी जम्ने खतरा पनि हुनसक्छ ।
यो रोगका लक्षणहरू लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखापर्छ । यो रोगले सङ्क्रमित बिरामीहरूमा रुघाखोकी र तीव्र ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खलखली पसिना आउने, जोर्नीहरूमा दुखाइ हुने, बान्ता हुने, स्वास फेर्न अप्ठयारो हुने, पेट दुख्ने, शरीर सुनिने, शरीरका अ·हरूबाट रक्तस्राव हुने, पिसाब रातो आउने, ब्लडप्रेसर कम हुने, बेहोस हुने र रगतमा प्लाटेलेट्सको मात्रा कम भई शरीरका विभिन्न अ·हरूमा रक्त सञ्चार सुचारुरूपले हुन नसक्ने जस्ता लक्षणहरू हुने गर्छन् ।
डेँगु रोगबाट बच्नको लागि सबभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । यसको लागि घर वरपर जमेको पानी छ भने तुरुन्त पुरिनुपर्छ । लामखुट्टेहरू भएको ठाउँमा जाँदा शरीर पुरै ढाकिने गरी कपडा लगाउने, खुला ट्याड्ढी, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेका शिशाका भाँडामा जम्मा भएको पानीमा फुल पार्ने हुँदा यस्ता ठाउँहरूमा पानी जम्न नदिनु, डेँगु लागेको शङ्का हुनासाथ अत्यधिक तरल पदार्थ सेवन गर्ने, डेँगु लागेका लक्षणहरू देखापरेको अवस्थामा अस्पताल वा स्वास्थ्य केन्द्र तुरुन्तै जानुपर्ने हुन्छ ।
अहिले भक्तपुरमा डेँगुका रोगीहरू दिनप्रतिदिन बढिरहेका खबरहरू आइरहेका छन् । समयमै यस रोगबाट मुक्त हुन भक्तपुर नगरपालिकाले वडा वडाहरूमा डेँगु रोगबारे जानकारी, यसको लक्षण र बच्ने उपायहरूबारे स्वास्थ्य सेविकाहरूमार्फत प्रचार प्रसार तीव्र पारेको छ । सफाइ मजदुरहरूको माध्यमबाट फिनेल चुन छर्ने कार्य भइरहेको छ । यो छिट्टै फैलिइने सरुवा रोग र उपचारको लागि औषधि नभएको कारणले गर्दा कुनै पनि सङ्घ संस्था तथा भक्तपुर जिल्लाका सबै विद्यालयमार्फत डेँगु रोगबारे प्रचारप्रसार गरी जनचतेना अभियान सुरु गरी भक्तपुर जिल्लालाई डेँगु महामारीबाट मुक्त गर्नसकिनेछ ।
लेखक बासु माविका शिक्षक हुनुहुन्छ ।
Leave a Reply